~प्रेम लिम्बु नुगो~
जनतालाई
हर्ष न बिस्मात छ
यो संबिधान ।
[1]
नेताहरु त Continue reading
~ध्रुवसत्य परियार~
सिपाहीले सोध्यो–
हे पादरी, प्रेम के हो ?
भ्यालेन्टाइनले भने–
तिमीले तिम्रै मनको मलिलो माटोमा
तिम्रै हृदयको कलिलो हाँगामा
प्रेमको फूल फुलाउन सक्छौ Continue reading
~निर्मला अर्याल~
आजको जुनेली रातमा
ताराहरूको झिलमिलाहटमा
मायालुलाई नियाल्न मन लागेको छ
मनमा प्रेमका नया तरंगहरू बज्न थालेको छ Continue reading
~डा रामविक्रम सिजापति~
जीवन हाम्रो संग्लो पानी हो
सलल राजै खोला झैं बगौं सलल
मानिस हो मानिस भै मानिसमै हराऔं Continue reading
~सलिना कुमारी चौधरी~
टुँह् डुल्हा मै डुल्ही बनम आइहो बरात लैके
सज् ढज्के डोलिम् बैठम आइहो बरात लैके
टरेसे लैके उप्पर सम्म हर तरफ् टुहार नाउसे
सोह्रा सृंगारम मै सजम आइहो बरात लैके Continue reading
~दिलबहादुर चोधरी~
कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन्। फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि। गुरिया (गुरही) पर्वको बारेमा पनि केहि रोचक प्रसङ्ग छ। Continue reading
~यकिना अगाध~
भनिन्छ,
निदाएकालाई ब्युँताउनु हुन्न ।
म पनि निदाए थें
तीनसय वर्षसम्म
सायद तिम्रो इतिहासको
कुम्भकर्ण मै हुँ ।
जब म Continue reading
~दिपा धिताल~
म नव युगकी नारी हुँ
मेरो पुरानो इतिहास पल्टाउन चाहन्न म
मसँग मैले टेकेको जमिन छ
तर गन्ध आउन दिन्न म
जहा“ मेरी आमा र बज्यैहरूका मुनाहरू चिमोटिएका थिए Continue reading
~काओ यु–पाओ~
अनुवाद : रामेश श्रेष्ठ
ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए ।
‘सारै थाकियो हो, दाइ ।’ एउटा खेतालाले थकित स्वरमा भन्यो ।
‘थाक्न पनि किन नथाक्नु त कान्छा ! आँखा यसो झिमिक्क गर्न पनि पाएको हुँदैन, कुखुरो बास्न थालिहाल्छ, ‘झट्ट उठ ए मोरा हो ! कुखुरो बासिसक्यो, कति मरिरहन्छौ ओछ्यानमा ? हैन यही चालले त कहिले उठाइसक्नु ए गाँठे मेरा त्यत्रा पैसा ! ल ल उठिहाल र जाओ मेलामा काम गर्न, ल ल ‘.. ।’ ल त भनेर आँखा मिच्दै धर्याङमर्याङ गर्दै खेत पुग्यो र काम गर्न थाल्यो, उज्यालो त हुँदै हुँदैन ! कतिबेर काम गरिसकेपछि पो बल्ल उज्यालो हुने सुर गर्छ । हैन के भा’को यस्तो उदेक !’ अर्को खेतालाले आफ्नो मर्म पोख्यो । Continue reading
~खेम बतास~
गरिब बैकिनीको कुर्कुच्चाजस्तो उज्गलो१मा
बस्दै आएको म कोदो हुा
गोसाइ२, कोदो ।
मेरा इजा–बाले
बौसको पूरापूर बालापन पोखेर
जोगाएको बीउको दर सन्तान हुा
मेरा पुर्खाको रगत–पसिनाले
निथ्रुक्क भिजेको छ
यो जमिन । Continue reading
~छम गुरुङ~
म भीडमा बसी आफ्नै अनुहार सम्झेर चुइँगम चपाइरहेछु
केही न केही सोचिरहेछु
डर लाग्छ मलाई
सबसे डराउनेसँग डर लाग्छ
भीडमा नाजुक बेलुन बन्छ अनुहार पनि
परिचयहीन
कथा नमारिने कवितामा पनि गतिहीन डरले गल्ती गर्छु Continue reading
~ऋतिक यादव~
अरूका लागि मात्र भई घृणाको एक दरार
कल्पना बेगर हेर ऊ भिखारी बेहाल छ
एक मुठी चामलको नारालाई बनाई आधार
कल्पनाको खोजमा हेर भिखारी बेहाल छ।
छैन केही खानपिन,मर्नको नै हाहाकार छ Continue reading
~मनोहर काफ्ले~
अम्बिकापुर बाट तीनसुकिया को लागि बिहान ६ बजे नै बस छुट्थ्यो ।चिसो बिहानी, बसको हर्न सुन्ना साथ् म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरी अर्को बस ३ घण्टा पछी अर्थात ९ बजे मात्र थियो र दोस्रो बसमा मलाइ गन्तव्यमा पुग्न ढिलो हुने थियो । ब्रह्मपुत्र नदीमा पुल भएकोले घर बाट सिधै तिनिसुकिया आउजाउ गर्न सजिलो भएको थियो ।
लामो यात्रा भएकोले यात्राको आनन्द र खल्लोपना छेवैमा बस्ने सहयात्रि र उसको आनी बानि मा भर पर्थ्यो । मेरो कामना थियो ‘ एक सुन्दर स्त्री संगैको सिटमा भए यात्राको मज्जै बेग्लै हुन्थ्यो’। ‘बाटो भरि मिठा मिठा साहित्यिक कुराहरु गर्ने ति सहयात्री भै दिए झनै सुगन्ध थपिने थियो’। ‘ खुलेर कुरा गर्ने, सहयात्रीको चासोको बिषय मा कुरा गर्ने, साथै आवस्यक मात्रामा कुरा गर्ने भए त झन् कति राम्रो हुने थिएँ । Continue reading
~रेखा पन्त~
आफू बाँच्नुको यही आधार मान्छु म
बाबु आमा ईश्वर साक्षात्कार मान्छु म
कुन तीर्थ जाँदा भगवान् भेट्यो कसले
मेरी आमा देवीको अवतार मान्छु म Continue reading
~लिला बल्लभ नेपाल~
आफ्नै शक्ति घटाई दूध पिलाई आमा तिमी मै तिर
कस्तो भाव छ तिम्रो दिलहरूमा कस्तो महान् छ शिर
आफ्नो निन्द्रा घटाई रातभरिमा तिम्रो ध्यान मै तिर
कस्तो यो ममता सजायौ तिमीले स्वार्थीयो संसार तिर Continue reading
~श्रेष्ठ सत्य~
नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चाल्र्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै कर्मचारीहरु पनि उसलाई चार्ली नै भनेर बोलाउने गर्छन् । नर्सिङ होममा भर्ना भएदेखि नै ऊ बोल्न सक्दैनथ्यो । मस्तिष्क सम्बन्धी जटिल रोगका कारण चार्लीले आफ्नो बोल्ने र बुझ्ने सामथ्र्य गुमाएको थियो । त्यसो त उसको व्यक्तिगत फाइलमा पनि विगत ५ वर्षमा विस्तार विस्तार गर्दै अन्ततः उसले आफ्नो सम्पूर्ण वाक् क्षमता गुमाउन पुगेको विवरण उल्लेख थियो । सुरुमा यस नर्सिङ होममा भर्ना हुँदा चार्लीको बानी व्यवहार पनि अन्य बिरामीहरुको जस्तै सामान्य लाग्दथ्यो । उसका दुइवटै आँखाहरु हमेशा बन्द नै रहने गथ्र्यो भने संचारको लागि सांकेतिक भाषाको प्रयोग Continue reading
~एम सि सुमित~
मै छोरी अप्जसी जे गर्यो त्येही गाल
काम लागे भांडो नलागे चांही फाल।
नबोलूं भने लाटी घुसघुसे
बोलूं त हजुर छुसी दुर्मुखे
नहांसूं भने कालान्द्री रुन्ची
हासूं त हजुर बेस्या पातर्नी Continue reading
~शान्ति प्रियवन्दना~
मुटु जलाउने आगोको लप्कासँग
खेल्दै, रूमल्लिँदै र भष्म हुँदै
उसको शीतल स्पर्शको अभावमा
आफैँलाई अनुवाद गरेँ
र, स्वयम् ज्वाला बनेँ आगोको
हराएँ आफैँभित्र आफैँ
र, किनाराको खोजी गरेँ
ती सब व्यर्थ र दिशाहीन थिए ।
यी घाउहरु निको हुँदैनन् Continue reading
~किशोर दहाल~
२०७२ बैशाख १२ गते शनिबार !
खाना खाईसकेर कपडा धुँदा बिहानको एघारजति बजिसकेको थियो । म कोठामा बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साे पाठकाे परीक्षा लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र काठमाडाैंका केही बाेर्डिङका पुराना प्रश्नहरु हेर्दै थिएँ । प्रश्न हेर्दै आराम पनि गरिरहेको थिएँ भन्दा हुन्छ । केहीबेर पछि नुहाउने योजनामा थिएँ ।
म ढुङ्गा र माटोले बनेको घरको तेश्रो तला(बुईंगल)मा बस्ने गर्थें । चैत्र महिनाको मध्यसम्म त्यस कोठामा हामी दुईजना बस्थ्यौं । अर्को सरले छाडेर गएपछि म एक्लै बस्न थालेको थिएँ । तल्लो तलामा एनजिओका एकजना स्टाफ बस्नुहुन्थ्यो । त्यसदिनचाहिँ घरमा एक्लै थिएँ । घरबेटीहरु सँगैको अर्को घरमा बस्नुहुन्थ्यो । Continue reading
~समीर पाख्रिन~
कुसुम मेरी छिमेकी । कुसुम र म गाउँको विद्यालयमा एउटै कक्षामा पढ्थ्यौं । उसको घर नजिकै भएकोले ऊ गृहकार्य गर्न मेरै घरमा आउने गर्दथी । कक्षा ७ हामी दुवैले सँगै पास ग¥यौं । कुसुमको बुबाले विदेशबाट फर्केपछि शहरमा घर किन्नुभयो र हजुरबा र हजुरआमालाई गाउँमा छाडेर उनीहरू शहर बसाइँ सरे । यता वृद्धवृद्धा छोरा–बुहारीले छाडेर गएकोमा मर्माहत बनेका थिए भने उता कुसुमले सधैंका लागि गाउँ छाडेर गएकोमा मलाई पनि ज्यादै नरमाइलो लागिरहेको थियो ।
त्यो दिन मलाई किनकिन विद्यालय Continue reading
~जीवराज बुढाथोकी~
प्यूँनै नपा’र्इ झुम्म भै, लागेछ याे, कस्ताे नशा ।
हाेस्मै रहें, बेहाेस भै, खै के भयाे, कस्ताे नशा ।
नामै सुरा, ती सुन्दरी, के-के नशा, धेरै कति,
कक्टेल भै, लागे छ याे, साह्रै चढ्यो, कस्ताे नशा । Continue reading
~कुन्दन काफ्ले~
मीठा–मीठा कुरा गर, सपना आफ्नो पूरा गर ।
जीवन यात्रा कठिन छ, हाँस्तै–हाँस्तै बाँचौं तर ।
जीवन यो घाम छायाँ हो, दुई दिनको यो माया हो ।
भाइचाराको गाथा कथी सुवास चारैतिर छर ।
हिन्दु, मुस्लीम, शीख, इसाई, हामी सबै भाई–भाई । Continue reading
~अशोक ‘खलानको मान्छे’~
एक हुल यात्री हरु
देश बिग्रियो भनी
नयाँ देशको खोजिमा
जङल जङल भड्कदै
गाउ गाउ बाट
आमा दिदी बैनिको
सिर्बन्दी र तिलहरी
देसको लागि ढिक मा लिय
सपनाको देस बनाउन Continue reading
~पुष्पा भण्डारी~
नारि बिना घर उज्यालो हुदैन ,
नारि भए घरमा जालो हुदैन;
नारि नभई घरमा शान्ति हुदैन,
दद्रिदताको के कुरा केहिले नि छुदैन ।।
नारीले घरको चौखटबाट बाहिर निस्किदा औला ठ्याड्याउछ समाज, त्यहि रनभुलमा भुलेर घरबारको पिजडा भित्रबस्यो भने बेकम्माको संज्ञा मिल्छ । घर बसेर काम गर्नु नपर्ने खाएर मस्ती गरेर बसेको सोच्ने पुरुष बिहानैनिस्किन्छ दुनिया संग झगडा रिस लिएर आउछ अनि त्यो रिस पोख्छ; दिन भरि घर भरिको स्याहार सुसार गरेरअझै लोग्ने आउने ब्यग्र प्रतिक्षामा बसेकी बुढिसंग । मेरो माने नारि मात्र माहान भन्ने हैन पुरुषले नि आफ्नो परिबारपाल्न गरेको दु:ख हो सबै, तर दुनियाको रिस घर आएर बुढिलाइ पोख्नु भन्ने पनि त हैन । उ पनि त पुरुषकोपिडा अनि खुशी आधा आधा बाड्न नै भनेर पराइ घर आएकी हुन् नि । तर पनि आफ्नो पतिको जस्तो सुकै ब्यबहारपनि सहेर बस्छिन चुपचाप ; उनको सहन्सिलता दर्शाउदै ।
उनको पनि त दिन भरिको पिडा हुदो हो । भान्सामा काम गर्दा कति पोल्दो हो,कति हात काट्दो हो, हात भरि चोपलाग्दो हो, ढाड भाचिने गरि निहुरिएर कपाडा धुदा, घर भरिको सरसफाई गर्दा ज्यान कति दुख्दी हो , पानि Continue reading
एउटा परिवारमा आमा, बुवा अनि छोरा थिए । छोरा भर्खर ८ वर्षको भएको थियो । यत्तिकैमा एकदिन कसैले ढोका ढकढक्यायो। बुवाले छोरालाई भने, ” सन्दीप ! जा त, गएर, घरमा बुवा हुनुहुन्न, भन्दे ! ”
दिनहरु बित्दै गए । अर्को वर्ष, गाउँबाट सन्दीपको हजुर आमा आइन् । सन्दीपका आमा र बुवाले बसेर बूढी आमालाई के भन्ने क नभन्ने भनेर सल्लाह गर्थे। घरका सामान्य घरव्यवहारका कुरा बारेमा पनि उनीहरुले आमालाई झुट बोलिरहेका हुन्थे । यो सबै कुरा सन्दीपले देखिरहेको हुन्थ्यो । Continue reading
~शेखर दहित ‘कालिका’~
जिम्दरुवक सिरुवम कंगलु आपन नाउसे ध्यार सराङ्गया कैख चिहिन्जाइठ। बाँसहस स्वात्तसे ढेङ्ग, भौकाहस कान छोपल झब्ल्यार कपार, सद्द ठोरचे लिहुर्रल रहथ।
एक पाख्म बडामुश्किलसे एक फ्यारा लहैना दखिनघरान कुवम पनभर्निन ओकर करङ्ग ओ सुखल पुठ्ठा देख्क हँस्ना कर्रा। लागथ उहिन देख्क कौनोफे डक्टरुवन एक्सरा बिनकर्ल ओकर जिउक भित्तरक पाटपुर्जा देखदर्हिस। जिम्दरुवक सिरुवम तिन पुस्तासे ओकर परयार ओह डुन्द्री चुहना बुक्रिम बातस। उ आपन बुदुह त नै देखल लेकिन बाबाक बात अन्सार ओकर बुदु सिरुवम लर्हेन्वा रहिस। एक दिन धानक लाद् बिलटक भैसा साँस उत्मुटाक मरगैल हुँ। जिम्दरुव उ भैसक दामफे ओकर सौकीम जोडदेलिस। सौकीम बुरल विचारा सोँच Continue reading
~श्रीजन श्री~
मानवता थुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।
दुनियाँ यो रुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।
समुद्दर हुन अक्षर इनी , जति डुब्बा उति गैला //
समुद्दरुइ दुनामा हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । Continue reading
~सिम्पल केटा~
अँधेरो कोठा,
उत्तेजक संगित,
चुरोटको धूँवा
कामुक तरुनी,
रक्सीको गिलास Continue reading
~डा. तुलसी भट्टराई~
पृष्ठभूमि
नेपालमा पत्रकारिताको प्रारम्भ साप्ताहिक पत्रिकाबाट भएको कुरा गोर्खापत्रको प्रकाशनबाट थाहा हुन्छ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देव समशेरको सदासयताबाट प्रारम्भ भएको गोर्खापत्र २००७ सम्म करिव ४० वर्ष सम्म साप्ताहिक रुपमा प्रकाशित भएको थियो । २०१७ पछि मात्र गोर्खापत्र दैनिक रुपमा छापिन थालेको हो ।
त्यसबेला विशेष गरी २००७ छेउछाउका वर्षहरु Continue reading
~लीला उदासी~
रुद्र खरेल बित्नुभएको समाचारले मलाई स्तब्ध बनायो। आफ्नै कमजोरीले मैले वहाँ बिरामी परेर तीन महिनादेखि अस्पताल रहनुभएको पनि थाहा पाइनछु। उहाँ बित्नुभएको समाचार मलाई पहिले त पत्यार लागेन, तर संसारमा कहाँ पत्यार लाग्ने कुरामात्र हुन्छन् र ! जे होस् ! रुद्र खरेलको निधन भएको छ र अब उहाँ यस संसारमा हुनुहुन्न । अब उहाँ वहाँका कार्यहरूले मात्र जीवित हुनुहुन्छ । संसारको प्रसङ्ग र क्रम यस्तै हो, तर पनि कहाँ मन मान्छ र ?
म २०२४ साल तिरको गौरादहको एक दिन सम्झन्छु । जहाँ रुद्र खरेलसहितको सक्रियतामा हुँदैगरेको एउटा साहित्यगोष्ठीमा बिना निम्तो म पुगेर पछाडि बसें । गौरादह बजार पुग्दा साहित्य गोष्ठी हुँदै गरेको खबर सुनेर Continue reading
~रमेश खकुरेल~
हाम्रा एक छिमेकी छन्
हेर्दा खूब मिलेका छन्
भित्र त पापीजस्ता छन्
के भनुँ खै यी कस्ता छन् ।। Continue reading
~हिरण्य भोजपुरे~
यसपालि पनि दसैँ आयो ।
पोहोर सालको दसैँ । कस्तो ‘नेपालजस्तै’ दसैँ बन्यो अमेरिकामा ! यसपालिपनि ‘नेपाली’ दसैँजस्तै दसैँ मनाउन मन लाग्यो । एक महिनाअघि नै नव भाइलाई तराईतिरबाट खसी ल्याइदिन अनुरोध गरँे । नवको मुहार खुसीले धपक्क बल्यो । उनले भने — Continue reading