कविता : आऊ प्रेमीहरू मिलेर

~निर्मला अर्याल~

आजको जुनेली रातमा
ताराहरूको झिलमिलाहटमा
मायालुलाई नियाल्न मन लागेको छ

मनमा प्रेमका नया तरंगहरू बज्न थालेको छ
मुटुको ढुकढुकी मादलझैं घन्कन थालेको छ
म कुनै संगीतको दुनियामा भुल्न थालेकी छु
म कुनै प्रेमको सागरमा डुब्न थालेकी छु

रंग र तरंगको संगमले आह्वान गरिरहेको छ
आजको जुनेली रातले कुतकुकत्याई रहेछ
आऊ प्रेमीहरू मिलेर आऊ
ताराहरूले सिंगारिएकी आकाशलाई
धरतीमा उतारी यो रंगीन रात सजाऊ

– डेनभर, कोलोराडो

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.