Tag Archives: रमेश खकुरेल – Ramesh Khakurel

व्यङ्ग्य कविता : बानेश्वरमा मुसो हरायो

~रमेश खकुरेल~ सिस्नेरीमा बाढी आयो बालाजुमा भैंसी बगायो डिल्ली बजार म्याउँ बोल्यो बानेश्वरमा मुसो हरायो । चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : फर्केर जाऊ

~रमेश खकुरेल~ छौ हाम्रा दाजुजस्ता धनजनबलमा छौ निकै नै बढेका धेरै शस्त्रास्त्र जोडी अधिक मद चढी आज छौ रे सडेका नालापानी चपायौ अझ पनि जसको घाउ दुख्तैछ हाम्रो कालापानी पस्यौ जो कलुषित मन ली यो भयो झन् नराम्रो ।। भन्थ्यौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी

~रमेश खकुरेल~ हाम्रा एक छिमेकी छन् हेर्दा खूब मिलेका छन् भित्र त पापीजस्ता छन् के भनुँ खै यी कस्ता छन् ।।

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन – रमेश खकुरेल

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ (कवि रमेश खकुरेल नेपाली छन्दवादी कविता लेखनको क्षेत्रमा सम्मानित नाम हो । अचेल छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या र उपस्थिति त्यतिविघ्न उत्साहप्रद देखिँदैन । ‘विश्व साहित्यमा सबै छन्द प्रयोग गरिएर कविता लेखिएको छैन, त्यस दृष्टिले हामी छन्दवादी … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~ यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : यो देशको म छु

~रमेश खकुरेल~ गर्नु पर्ने गरेकै छु नहुने काम गर्दिन तुष्ट आफ्नै भागमा छु अर्काको भाग खोस्तिन ।। नसक्ने कामका लागि सक्छु भन्दै म ढाँट्तिन पूरा नबन्ने सपना दिन्छु भन्दै म बाँड्दिन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटीको देउता

~रमेश खकुरेल~ भतिजा आज मैले के यस्तो सुन्नु प-यो कुरा सुनेदेखि यहाँ छाती घोच्न थाल्यो तिखो छुरा । घरबार नयाँ अर्को जोड्न थाल्यौ अरे तिमी यो देख्नुभन्दा पहिले किन फाट्तैन यो जिमी ।

Posted in कविता | Tagged | Leave a comment

गजल : न हाबाको न पानी को

~रमेश खकुरेल~ न मौसमको भरोसा भो न हाबाको न पानी को न आफ्नै चञ्चलेपनको न ता रङ्गीन बानीको ।। न खोलाको भरोसा भो न डुङ्गा वा किनाराको न ता तिम्रै हुँ है भन्दै सधैँ छल्ने जवानीको ।।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : झुसिलकिरा

~रमेश खकुरेल~ झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर । खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।। अनगिन्ती हात गोडा कहाँ के के समाउँछ बगैंचाको हरीयोमा राज … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : संकल्प पुनरुक्ति

~रमेश खकुरेल~ सर्पको धर्म हो डस्नु धामीको धर्म औषधि दया सज्जनको कर्म दुष्टको कर्म दुष्कृति । आगो लगाउने आफैं सक्तैनन् त्यो निभाउन तर निर्माण गर्नेले गर्दछन् नव–सिर्जन ।

Posted in कविता | Tagged | Leave a comment