~होमर श्रेष्ठ~
दक्षिण र पश्चिमबाट आँधीबेहरी आयो, उत्तरी हिमालय श्रृङ्खलामा ठोक्कियो। तीन दिन, तीन रात मुसलधारे वर्षा भयो। अपूर्व बाढी उर्लियो। अधिकांश मानववस्ती डुबायो। बाढी मत्थर भयो। महामारी फैलियो। विश्वविद्यालय, प्रधानमन्त्री कार्यालय, संसदभवन, प्रज्ञाप्रतिष्ठान-भवन, राष्ट्रपति-भवन, प्रकाशनगृह, क्याम्पस, स्कूल, नाट्यघर, अदालततर्फ महामारी फैलिँदै गयो। पूर्व तथा वर्तमान प्रमं, मन्त्री, सांसद, प्रशासक, प्राध्यापक, न्यायाधीश, वकिल, नागरिक अभियन्ता, डाक्टर, इन्जिनियर, बेपारी, ठेकेदार,पत्रकार, तस्कर, लेखक, बुद्धिजीवी, प्रहरी, सेना र उच्च शिक्षाका बिद्यार्थीहरू महामारीबाट सङ्क्रमित भए। अस्पतालहरू महामारीका रोगीले खचाखच भरिए। अधिकांश सङ्क्रमितहरू उपचार गर्दागर्दै मरे। Continue reading →