संस्मरण : बुर्का भित्रको जिन्दगी

~भूमि भण्डारी~

पहिलो पटक अफगानी महिलाहरुसँग साक्षत्कार हुदै थियो । मेरो धेरै किचकिच पछि डाक्टर बजीरले स्कूलका शिक्षिकाहरुका लागि पोलियोसम्बन्धी तालिमको आयोजना गरेका थिए । स्वास्थ्य सेवा विभागका प्रशिक्षक रमातुल्लाह खान सहजीकरण गर्दै थिए । मेरो काम तालिमको सुरुमा केही बोल्ने, टिपोट गर्ने र तस्वीर लिने मात्रै थियो । गर्देज सिटी गल्र्स हाइस्कूलको सभाकक्ष तालिम हलका रुपमा प्रयोग हुँदै थियो । अफगानस्तान आएको तीन महिनासम्म पनि यहाँका महिलाहरुको अनुहार नदेखेको म, कस्ता देखिँदा रहेछन् अफगानी महिलाहरु भन्ने कौलुहलमा थिएं । तालिममा Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तिमी छाल, म किनार

~नीता के.सी.”भट्टराई”~

सायद समुन्द्र हो जीवन
अनि म किनार – !
सायद समुन्द्र हो जीवन
अनि तिमी छाल – !

सायद समुन्द्र हो प्रेम
अनि म प्रेमीका
सायद छाल हो प्रेम
अनि तिमी साधीका Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : आँखाभरिको नाम्चेबजार

~प्रतीक ढकाल~

खोलापारकिो ओरालो बाटोबाट झरेर साथीहरू आइपुगे हामी बसेको रिसोर्टमा । पन्थीजी निकै चंगा देखिएका छन् र रामबहादुर दाइको फूर्तिफार्ती पनि हेर्न लायक नै छ । हामीलाई ब्रेकफास्ट खुवाउने यो रसिोर्टले उहाँहरूलाई पनि सम्मानस्वरूप चिया अर्पण गर्‍यो र ७ः४५ मा हामीले यस आँगनलाई छोड्यौँ ।

एउटा सानो खोल्सो भएको यस ठाउँमा पोहोर साल आउँदा धमाधम पाइप बिछ्याइँदै थियो, अहिले त जलविद्युत् गृहकै निर्माण भइसकेछ । यसो अलिकति उक्लिएपछि आइहाल्यो टोकटोक बजार । नाम मात्रैको Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

Poem : The Auction Of Human Mind

~Arjun Dahal~

The gravitational wind sheltered in the hair,
Dismantles the skull,
Then blows inside,
Slowly…..
And slowly…..
The motor nerves watch all the scene.
“Did it stopped??…….Did it??….
Oh No!!!!It’s still blowing…… Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : राक्षस

~बिनोद खड्का~Binod Khadka

धर्मशास्त्रको एउटा पात्र
अन्याय र अत्याचारको
जीउँदो जाग्दो एउटा प्रतिबिम्ब
अतितका कथाहरुमा
देउताहरुलाई लखेट्ने गर्छ
कुटीहरुभित्र पसी लुटने गर्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा असभ्य जिजिविषा

~मोहन बन्जाडे~

तिनका पूर्खाले
हाम्रा पूर्खालाई असभ्य भनेको
वर्ण, जात र थर पिच्छे
कहिले थोक र कहिले खुद्रा रुपमा
अपमान गरेको पनि पढियो (ब्रेकिन्ग नेपाल)
कहिले चोला फेराएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

युद्ध संस्मरण : पहिलोपटक एम्वुस थाप्दैगर्दा

~सरल सहयात्री पौडेल~

नाम मात्रपो नागीको लेक रहेछ, मलाइ लाग्छ यो त सम्पूर्ण सुन्दरताले भरिएको प्रकृतिको उपाहार हो । मेरो गाउँवाट सिधा उकालो हिंड्दा पाँच घण्टा जति लाग्ने यस लेकको नाम मैले सुनेको मात्र थिएँ, पहिलोपटक आइपुग्दै छु । मलाइ लागेको थियो – नागीको लेकमा चारैतिर सुख्खा डाँडा ले घेरेको होला, पानी नभएर डाँडा पुरै डढेको होला, हरियो देख्नको लागी कतै टा…ढा टाढा नजर लगाउन पर्छ होला अर्थात रुखो र नांगो डाँडा भएको कारण नागी नाम राखिएको होला । तर Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : के तिमी आज यो संसारमा हुन्थेउ ?

~हरिकृष्ण भण्डारी~

घरमा नुन नभएको बेला
भुटुन सिद्दिएको बेला
आमा चिच्याइरहेछिन
बुबा कराइरहेछन, गुहार मागिरहेछन
तर तिमी
कपालमा भुटुन , गालामा पाउडर
र ओठ रसिलो पार्नमै तल्लिन छौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : पानीपानी भयो मेरै मन पनि

~दिनेश अधिकारी~Dinesh Adhikari

कहाँबाट आयो, आयो
रुझाएर गयो बेइमानी
के–के गर्‍यो, के–के गर्‍यो
पानीपानी भयो मेरै मन पनि

हावाले दिन सकेन खुसी हेरेर गयो जून
घामले भन्थ्यो बिर्साइदिन्छु सकेन लाउन गुन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सपना र खण्डहर

~उषा शेरचन~

निधारमा कहिल्यै निको नहुने
घाउका टिका थापेर
छातीमा कहिल्यै नमेटिने
सरापका कोसेली लिएर
युगौँदेखि अश्वत्थामाझैँ
भट्किरहन अभिशप्त छौँ

समर्पित प्रेमका Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यी नयन छन् भरिएका।

~सन्दिप संग्रौला “दिलदुखी”~

दुखेर बिछोडका घाउ यी नयन छन् भरिएका।
तिमी भन्छ्यौ मुस्कुराउ यी नयन छन् भरिएका ।।

मुटुमा चोट पुग्दा अाँखामा असर देखिन्छ,
छछल्किन्छन् बनी तलाउ यी नयन छन् भरिएका। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : आउ नयाँ बर्षमा शुभकामना बाँडौं

~दिपक अभिमन्यू~

यो बर्ष धेरै कुरा भए
कहिले तिमी फन्कियौ कहिले म
कहिले तिमीले मलाई छिर्की लायौ
कहिले मैले लाएँ
लुछाचुँडी नि धेरै भयो
लुछाचुँडीमा आनन्द लिए दुनियाँले खुब
न तिमी सरकारमा थियौ न म
हुन त तिमीले जीवनको राजा माने पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : बोतलको पानी

~इन्दिरा दाँगी~
अनु : सुमन पोखरेल

चोरीको रोमाञ्च यौन कामनाजस्तै उत्तेजक हुने रहेछ ।

होइन, म पेसेवर चोर होइन । न त के खाऊँ के लाऊँ भन्ने गरिब पटके चोर, न सम्भ्रान्त मानसिक बिरामी क्लेप्टोमेनिक नै । इन्जिनियरिङको विद्यार्थी हुँ म, बुवाको ‘असल छोरो’, जसको कलेजको फी तिर्नका लागि उहाँले बैंकबाट रिन लिनुभएको छ । खराब हुने सहुलियत मेरो निम्नमध्यम वर्गीय जिन्दगीले मलाई कहिल्यै पनि उपलब्ध गराएन, त्यसैले मैले त असल हुनै थियो । हो ! त्यसैले म असल छु- परिश्रमी, परिपक्व र पढनदास ।

सतपुडाको विशाल पार्किङ क्षेत्रमा घुम्दैछु । भोपालको वल्लभ भवन यदि यस राज्यको प्रशासनिक हृदय हो भने सतपुडा भवन त्यो प्रशासनको नशामा बगिरहेको रगत । मेरो एउटा साथीलाई यहाँ आउनैपर्ने थियो; र म Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति

~बालकृष्ण सम~Balkrishna Sama

क्यै जिते झैं, क्यै संझे झैं,
को त्यो पथमा गाइरहेको ?
मानिस जस्तै सुरु सुरु हिंड्दै
सबलताले तीय निखन्दै

को त्यो पथमा गाइरहेको ?
दुइटा खम्बा बलियो भित्ता,
भित्ता मास्तिर एउटा छाना
राखी, यो हो आलय भन्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्छ वीणा त्यहीँ

~निर्मोही व्यास~Nirmohi Vyas

प्रीति हो सृष्टिको सार यौटै फगत्
प्रीतिमा नै अडेको छ सारा जगत्
चन्द्रका साथमा खिल्दछिन् चाँदनी
खुल्दछिन् मेघका साथ सौदामिनी

चुम्छ आकाशले धर्तिलाई कहीँ
छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : खुल्दुलीमा

~शेखर ‘अस्तित्व’~

डुबेको छ मन खुल्दुलीमा !
लुकेको छ को ? बाडुलीमा ?

नयनमा छ कस्को झझल्को ?
बिझेको छ के ? गोधुलीमा ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक विम्बहरूले सजिएको कवितासङ्ग्रह

~चूडामणि काफ्ले~

दामोदर पुडासैनी ‘किशोर’ नेपाली वाङ्मयसेवीका रूपमा चर्चित व्यक्तित्व हुन् । १८जेठ २०१९मा काठमाडौंको जीतपुर फेदीमा जन्मेका पुडासैनीका हालसम्म दर्जनभन्दा बढी कृतिहरू सार्वजनिक भइसकेका छन् । विशेषतः नियात्रा र कविता विधामा उनको लेखनी क्रियाशील बनेको देखिन्छ । आफूले देशविदेशमा गरेको भ्रमणलाई नियात्रामा अभिव्यक्त गरी उनले आफ्ना पाठकलाई पनि सँगसँगै यात्रा गराएका छन् । त्यसै गरी आफ्ना अनुभूत भावसत्यलाई प्रतिभा र कल्पनाले रङ्ग भर्दै कवितामा अभिव्यक्त गरेका छन् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : असार पन्ध्रमा

~मायामितु न्यौपाने~

मन भित्र खुशी फुल्छ, असार पन्ध्रमा ।
किसानको रहर झुल्छ असार पन्ध्रमा ।

आकाश हेदै्र डल्ला फोरी झार झिलाउँदै,
पाखो बारी सबै डुल्छ असार पन्ध्रमा ।

मनको कालो सबै सबै पखालेर फाली,
हेर मनको आकाश खुल्छ, असार पन्ध्रमा ।

आकाश हेदै्र गोरु नार्दा एका बिहानै,
वर्ष दिनको पीडा भुल्छ असार पन्ध्रमा ।

– वीरगञ्ज–पर्सा

Posted in गजल | Tagged | Leave a comment

गजल : साँच्चै गर्ने विचार राखी

~भुवन निस्तेज~

मायाँ मलाई साँच्चै गर्ने विचार राखी
बस्थ्यौ कहाँ बगलमा तीखो कटार राखी

पत्याउँ पो कसोरी हौ फूल यो तिमी नै
रङ्गीन भो र पतझड नाउँ बहार राखी Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : आउँदैछन् हिसाब माग्न……

~जयन्त शर्मा~

तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है ?
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है ।

अत्याचारको शिकार, अन्यायको मूक गवाही
बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो उ मर्यो नझुकेरै मर्यो

~प्रभा पोखरेल ‘स्वेशा’~

थरी-थरी जीबन थरी-थरी भोगाइ
थरी-थरी बचाइ अनि थरी-थरी मराइ
पलहरु आये दबाउंन दब्दिन भन्यो
खुट्टा ताने कति-कति चुक्दिंन भन्यो
हो उ मर्यो नझुकेरै मर्यो ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : झुन्डेर मर्छु भन्छे….

~कृष्ण के श्रेष्ठ~

मैसँग पो बिहे गर्छु भन्छे किन होला ?
हैन भने झुन्डेर मर्छु भन्छे किन होला ?

नभए नि यो आँगनीमा प्रेमरुपी दुबोहरू
रमाई-रमाई वरिपरी चर्छु भन्छे किन होला ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : जोडिरहेका हातहरु

~सुमित्रा पौडेल ‘आँचल’~

पोखिरहेछन दुखिका पिडाहरु
तर देखिदिने कस्ले ?

देखाईरहेछन आफ्ना रोदनहरु
तर सुनिदिने कसले ?

पर्खिरहेछन ती आशाहरु
तर बुझिदिने कस्ले ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

लोकगीत : डाँडा पारि बन

~इश्वर देवकोटा~

परालले तुनेको चकटी , जान्छौ की त टुसुक्क नबसी
डाँडा पारि बन , खै केले कुँडियो आज तिम्रो मन !!

फूलफुलेछ के होला धयेरी , हिजो आज हिड्छौ नि नहेरी
डाँडा पारि बन , खै केले कुँडियो आज तिम्रो मन !! Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

थारू भाषी लेख : थारु भाषा एक परिचय

~तेजनारायण पञ्जीयार~

थारु भूण्डलके देश मधे जगजाहिर हिमाल पहाडके दखैनबैरिया काखमे आपन नेपाल देश सतयुगहैसे अवस्थित छै । नेपाल दुईटा वडका बडका ढोङ्गाके बीचमे पुनघलहा खमअरुवा लखा उत्तरमे चीन आ औरो तीन दिसरसे मोगलान देश घैरने छै । नेपालके क्षेत्रफल एक लाख सैतालीस हजार वर्गकिलोमिटर आँकल गेल छै जबकि एकर नजसंख्या दुई करोड लगैच्या गेल छै । राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमे साइठटा जाइतके बसोवास छै आ चौवनटा भषा बाजै छै । ए किसिमसे नेपाल एकटा बहुजातिया आ बहुभाषिक राष्ट्र Continue reading

Posted in थारू भाषी रचना, लेख | Tagged | Leave a comment

नेपाली लोककथा : आमा

~अज्ञात~

एक गाउँमा एक विधुवा आमा थिइन् । उनका एउटा छोरा गर्भमा हुँदा नै श्रीमानको निधन भएको थियो । छोरा जन्मिएपछि उनले जेनतेन गरेर उसलाई पढाइन्, हुर्काइन् । छोराले कमाउन थाल्यो, घरमा खुशीका दिनहरु आउन थाले । त्यसपछि आमा-छोराको सल्लाहमा नै छोराको विवाह गर्ने निधो भयो ।

छोराको विवाह गरेपछि जिन्दगी रमाइलो भयो । घरमा सदस्य बढे, चहलपहल बढ्यो । यत्तिकैमा बुहारी गर्भवती भइन् , घरमा झन् हर्षोल्लास छायो । Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली लोककथा : लालटिन

~अज्ञात~

एउटा अँधेरी रातमा केही युवाहरु गाउँको बाटोमा हिंड्दै थिए । यत्तिकैमा उनीहरु एक जना बूढो मान्छेसंग ठोक्किन पुगे। उनीहरुले ती बूढा मान्छेलाई गाली गरे , ” लालटिन लिएर हिंड्ने आफैले, अनि मान्छेहरुसंग ठोक्किदै पनि हिंड्ने ?” ।

ती बूढा मान्छेले भने , ” म त आँखा देख्न सक्दिन बाबुहरु दृष्टिविहीन हूँ “ Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली लोककथा : सपना

~अज्ञात~

एउटा माग्ने व्यक्तिले एक महिनासम्म मागेर जम्मा गरेको पैसाबाट खाएको बाहेकको बचेको पैसाले एउटा ठूलो खुत्रुके किनेछ। पटक-पटक किन्दा पैसा धेरै खर्च हुने हुनाले उसले सुरुमा किन्दा नै ठूलो खुत्रुके किनेको थियो । ऊ त्यो दिन धेरै खुशी थियो । किनकी, सम्पत्तीको नाममा ऊसंग अब एउटा खुत्रुके थियो । उसले खुत्रुकेमा पैसा जम्मा गर्दै गएर एक दिन धनी हुने योजना बनाएर खुत्रुके किनेको थियो ।

पिंडीमा सुत्ने उसले खुत्रुके ल्यायो र आफ्नो गोडा निर राखेर सुत्यो। खुत्रुके ल्याएपछि राम्रो भविष्यको Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘लू’ उपन्यासको सङ्क्षिप्त समीक्षा

~दिनेश प्रधान~

भनिन्छ, मान्छेको सबैभन्दा असल मित्र पुस्तक हो। तर पुस्तक साथीमात्र होइन, कहिलेकाहीं पथ प्रदर्शक भएर आउँछ त कहिले हतियार भएर आउँछ। त्यही भएर होला कहिलेकाहीं स–साना पुस्तकलाई पनि प्रतिबन्ध लाग्ने गरेको हुन्छ।

स्वैर परिकल्पनाका तिलस्मी कथाका किताबहरु तथा चलचित्रहरुको मात्र प्रचारप्रसार भइरहेको हालको समयमा यथार्थपरक तथा राष्ट्रप्रेमले ओतप्रोत भएको कोमलताले चिमोट्ने गरी लेखिएको एउटा सुन्दर आञ्चलिक उपन्यास हो – ‘लू’।

‘उलार’, ‘अतिरिक्त’, ‘खोरभित्र जोकर’, ‘निदाएँ जगदम्बा’ आदि कथा उपन्यासहरुसहित नेपाली कथानक Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सरकारी ड्राइभरको मनोवाद

~वसन्त बस्नेत~

पछिल्लो सिटमा राखेर
तेस्रो विश्वको मन्त्री
सांसद र इतरपार्टीको नेतालाई

म सँधै नियोजित लक्ष्यमा हुइँकिन्छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : धचको धोको

~ईश्वरी ज्ञवाली~

थोरै लेखेर धेरै योगदान बटुल्ने नेपाली साहित्यकारहरूको पङ्क्तिमा धनुषचन्द्र गौतम अग्रस्थानमा पर्छन् । नेपाली साहित्यमा धच गोतामेका नामले प्रख्यात् उनको कथ्य, चित्रण र शिल्पशैलीका दृष्टिले पृथक् महत्त्व छ । जहिले पनि साहित्यलाई कल्पनाको जहाज होइन, सामाजिक जगमा उभिएर रचना गर्ने गौतम आफ्ना रचनामा पात्र छनोट गर्ने क्रममा अत्यन्तै शिल्पी र चनाखो मानिन्छन् । तर, अब उनी हामीबीच रहेनन् । मङ्सिर १९ गते उनको निधन भएको छ ।

आफूले देखेका र भोगेका कुरालाई जीव Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : चरी विम्बः गोलसिमलदेखि कर्‍याङकुरुङसम्म

~यमबहादुर दुरा~

विम्ब विधानमा नेपाली लोकजीवन समृद्ध छ । हाम्रो लोकवाङ्मय विम्बमय छ । लोकवाङ्मयमा असंख्य विम्ब प्रयोग हुन्छन् । लोकअभिव्यक्तिमा जून, घाम, हिमाल, नदी, रङ आदिजस्ता प्राकृतिक विम्बहरू अनन्त रूपमा प्रयोग हुँदै आएका छन् । विम्बको अथाह भीडमा ‘चरी’ को पनि उल्लेख्य स्थान छ । ‘चरी’ लाई विम्बको रूपमा उभ्याउने परिपाटी लोकजिन्दगानीको एउटा हिस्सा नै हो ।

बिहान चराको चिरबिरसँगै आँखा खोलेर दिनचर्या शुरु गर्ने कृषिप्रधान समाजमा चरी विम्बको प्रयोग एउटा यथार्थ हो । हाम्रा लोककथा, लोकगाथा एवम् लोकगीतहरू चरी विम्ब र तिनले उत्पन्न गरेका सामाजिक तरङ्गहरूबाट सजिएका छन् । Continue reading

Posted in लेख | Tagged | Leave a comment