कविता : कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति

~बालकृष्ण सम~Balkrishna Sama

क्यै जिते झैं, क्यै संझे झैं,
को त्यो पथमा गाइरहेको ?
मानिस जस्तै सुरु सुरु हिंड्दै
सबलताले तीय निखन्दै

को त्यो पथमा गाइरहेको ?
दुइटा खम्बा बलियो भित्ता,
भित्ता मास्तिर एउटा छाना
राखी, यो हो आलय भन्दै

पुस्तकहरुले तानिरहे झैं
को त्यो पथमा गाइरहेको ?
झुट नचिन्ने, सत्य अँगाल्ने,
चढ्दै मास्तिर म गिरें भन्ने,

वातावरण नै भूषित पार्ने,
वरपर हेरी अड्न नसक्ने
को त्यो पथमा गाइरहेको ?

आकृति हो तर रुप अनूप,
भाषा हो तर भाव अपूर्व,
मान्छे हो तर आत्मा उच्च,
चारैतिरको मुक्त विचार
यो तेरो प्रतिविम्व उडेको !

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.