समीक्षा : ऐतिहासिक महत्त्वका युद्ध कथा

~मनप्रसाद सुब्बा~

यस क्षण म संवत् १९९२ (ई. १९३५)-को शारदा वर्ष २, सङ्ख्या २,३ र ४ हातमा लिएर बसेको छु। मूल प्रति होइन, फोटो कपी। नेपाली साहित्यको आधुनिक युगलाई उत्थित गर्ने काममा ऐतिहासिक महत्वको भूमिका खेल्ने साहित्यिक मासिक शारदा बल्ल हेर्न पाएको छु यसरी फोटोकपी नै भए पनि।

नेपाली साहित्ययात्रामा माध्यमिक काल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिक कालका अभिनयीहरूलाई मन्चमा उभ्याउने महत् कार्य शारदा-ले गरेको कुरा विद्वानहरू मान्छन्। त्यो आधुनिक युगलाई डोऱ्याए Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : विपी र स्वतन्त्रता

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छताछुल्ल छरिएका किरणलाई
शब्दको गोरेटो हिँडाएर
म पानाको कुनै खोरमा
बन्द गर्न सक्दिनँ ।
गतिशील झर्नामा
कति रंग र तरंगहरू छन् ?
म तिनको परिभाषा गर्न सक्दिनँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : कवि पूर्ण वैद्य

~नीरज लवोजु~

कवि बासु शशीले पूर्णबहादुर वैद्यलाई पूर्ण वैद्य बनाइदिनुभयो। कुरा २०१४–१५ सालतिरको हो। नेपालभाषाको पनि राम्रो ज्ञान भएका कवि बासुकोमा ‘करेक्सन’ का लागि छोडिएको पूर्णबहादुर वैद्यको कविता शशी आफैले अनुवाद गरी बनारसबाट प्रकाशित हुने गरेको ‘उदय’ पत्रिकामा छाप्न दिनुभएछ – पूर्ण वैद्यको नाममा। त्यो कविताको शीर्षक थियो –’सन्तप्त यस धर्तीमा उभिएर।’ त्यतिबेलादेखि उनले पूर्ण वैद्यको नामबाट अथक कलम चलाउँदै आउनुभएको हो।

यद्यपि त्यो पूर्ण वैद्यको पहिलो कविता भने थिएन। विसं २०१३ सालमा Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : काम पाइएन डिग्री पास गरेर

~जीतु खड्का गाउँले~

लय : मलाई अमेरिका येइ , मलाई जापान पनि येइ

आ होइ
काम पाइएन डिग्री पास गरेर
भोगटे बेच्छु तल्लो गाउँ झरेर
चिन्ता छैन केही
मलाई भोगटे नि यही
मलाई कागती नै यही
मलाई सुन्तला नै यही
चिन्ता छैन केही । Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : शिकार फसाउन यहाँ !

~जीवराज बुढाथोकी~

नाका पर्खनु पर्छ, शिकार फसाउन यहाँ !
ठाँउमा पस्नु पर्छ, दुनिया कजाउन यहाँ !!

मानब होस् या, पशुप्राणी सबैको दाउ यही,
नाका भेट्टाए सहज्, सबै तहलाउन यहाँ !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मन लाग्यो

~कृष्ण वस्ती~Krishna Wasti_1

मीठा-मीठा कुरा मलाई गर्नमन लाग्यो ।
तिम्रै लागि बाँच्न अनि मर्न मन लाग्यो ।।

टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न ।
टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड

~शिव प्रकाश~

उसलाई ऊ उजेली भन्थ्यो। उसको नाउँ फरक थियो, तर अर्थ मिल्दोजुल्दो थियो। कहिलेकाहीँ डल्लू भनेर जिक्याउँथ्यो। ङिच्च हाँस्थी।

जोवन खाँदिएकी केटी। चौबीस–पच्चीसको काया। शरीरभरी यौवनका फूल फक्रक्क! हाँसो मीठो थियो। तर, एकाएक हराइ उजेली!

अमेरिकामा हराइ। कुकुरसमेत नहराउने देशमा हराइ। हराए पनि कुकुरसमेत भेटिने देशमा उजेली हराइ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : माया लाको हुँदै होइन

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिमीसंग मैले माया लाको हुँदै होइन
चौतारीमा प्रेमको गीत गाको हुदै होइन।।

नभएका झुट्टा कुरा फैलाउँछौ तिमी
द्यौरालीमा भेट्न पनि आको हुँदै होइन।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता :‘म’ म नै हूँ

~विमल नेपाल~

हरिभक्त कटुवाल हुन, रक्सी पिएको होईन
देवकोटा हुन, चुरोट तानेको होईन
आत्महत्या गरें भने पनि, भैरव अर्याल हुन नभन्नुहोला
किनकि, ‘म’ म नै हूँ

चोईटिए पनि आफैं चोईटिन्छु
जोडिए पनि आफैं जोडिन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यो आउँछ जान्छ

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

भूकम्पको एउटा धक्का न हो दसैँ, यो आउँछ जान्छ
कमजोर मन अनि टहराहरू बेसरी हल्लाउँछ जान्छ ।।

पाँच बजेपछि कर्मचारी छोराको घूस बुहारी नै होली
ऊ बेलुका कोठैमा भात खान्छ रात बिताउँछ जान्छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : जीवनको मुस्कान

~सुमल कुमार गुरुङ~

सरलाले आधाजति सेतै फुलेका केशहरु पन्छाउँदै चश्मा नाकमाथि सार्दै इन्दुको फ्रेममा सजिएको तस्वीरलाई कपडाले पुछ्दै आफ्नो अतीतमा हराउन थालिन् । १९७६, फेब्रुवरी महिनाको पारिलो घाम, ससाना बादलका टुक्राहरु आकाश माथि-माथि कपासको भुवाजस्तै अचल देखिन्छ, मानौं, कुनै चित्रकारले नीलो क्यानभासमा ती सेता बादलका टुक्राहरु कोरेका हुन् । तुरा पिकको पूर्वबाट उदाएको घामको किरणले सरलाको आँगनलाई पोतिसकेको थियो । घरछेउको बगैंचामा घामको न्यानो आनन्द लिँदै सरला र कमला हिजो बेलुकि हेरेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : हिरो

~ललिता ‘दोषी’~lalita-doshi

बिहानको त्यस्तै आठजति बजेको हुँदो हो । आँगनमा उभिएर ढोकातिर हेर्दै

गुप्तमायाले बोलाइन् – ‘ए , शोभा नानी ! शोभा नानी ! भित्र कोही छैन कि क्या हो ? ’

बाहिर निस्किएर सुकुल ओछ्याउदै शरद्ले भने –‘ ए ,बजै पो आउनुभएछ बस्नुहोस् न । आमा त बिहानै मेलामा जानुभयो । मेलाबाट थाकेर आउनुहुन्छ तर..।’

सुकुलमा बस्दै गुप्तमायाले भनिन्–‘ तर के बाबु ? तैँले भन्न नचाहे पनि मलाई सबै थाहा छ ।

तेरो घरमा आटोपिठो छैन होला । कष्णे झाडापखाला लागेर मरेपछि तिमीहरूको बिजोग नै भयो । भर्खर नौ वर्षको भए पनि तैले तीस वर्षे आमाको मन बुझाएको छस् । त्यसैले खुसी छे ऊ ।’ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : कथा कहाँ पुग्यो साथी ?

~ सुन्दर जोशी~

“दुइ ओटा कथाको प्लटमा एउटा मगज घुमे पछि के हुन्छ ?” मैले दिक्क लागेर भ्यानकुभरमा बस्ने मेरो पत्रकार साथीलाई टेक्स्ट गरेँ |

“ल्यापटपको कि बोर्डमा हुनु पर्ने तिम्रा हातका औलाहरु निधार थिची रहेको हुनुपर्छ ” उताबाट जवाफ आयो |

“बिल्कुल ठिक” मैले फेरी टेक्स्ट ठेलें | वास्तबमा साथी, जो सम्पादक पनि हो, उसले भने जस्तै मेरा दुवै हातका औलाहरु घरि घरि निधार छाम्न पुगी रहेका हुन्थे | Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : दयाको मूल्य

~होवार्ड एटउड केली~
अनु : इश्वर देवकोटा

एक बालक आफ्नो दैनिकी गुजारा गर्न र बिद्यालयका निम्ति खर्च जुटाउन घर घरमा समान बेच्दै हिड्ने काम गर्थे | सानो लगानीमा सामान किनेर दुखका साथ बेचेर हिड्नु पर्ने उनलाई खास नाफा हुदैन थियो | अलिअलि कमाएको नाफा बाट उनले खानेकुरा किनेर खाने गर्दथे |

एक दिन उनको व्यापार त्यति राम्रो भएन, गोजीमा पैसा पनि थिएन | उनि असाध्यै भोकाए | भोक लागे पनि उनले खानेकुरा मागेर खाने आँट गरेनन् | जब उनि भोकले कमजोर हुँदै गए अनि एउटा घरको ढोकामा उभिए | एक युवतीले ढोका खोलिन् | उसले ती युवतीलाई देख्ने बित्तिकै पिउने पानी मागे | युवतीले बालक भोकएको र Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~

अस्तित्व आफ्नै भुलेर हो कि
यो ठुलो भीडमै हराए झैँ लाग्छ
दिल भित्र आफै शुन्यता जाग्छ |

कोलाहल धर्ति
अस्थिर छ आकाश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल

~जयदेव भट्टराई~

दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने । भाष्बाण गर्दै, जेल सजायँ पाउँदै युवा अवस्था बिताउने विजय मल्ल ठूलै नेता हुनुपर्ने हो । नाटकको पछि लागेर रङ्गमञ्चमा पर्दा चलाउने विजय मल्ल अभिनयमा पनि ठूलै मान्छे बन्नुपर्ने हो । टोल टोलका केटाहरू अघिपछि लगाएर हिँडने त्यतिबेलाका विजय मल्ल ‘हुल्याहा’ बन्नुपर्ने पनि हो । फुटबल, क्यारेम बोर्डमा च्याम्पियन बनेर साथीभाइ बीच धाक जमाउन सक्ने विजय मल्ल नाम चलेको खेलाडी पनि बन्नुपर्ने हो । जीवनका कैयौं वर्ष कैयौं क्षेत्रमा बाँडिए पनि अन्ततः विजय मल्लको चिनारी बन्यो ‘ठूला साहित्यकार’का रूपमा । Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कविता : एक हुल लामखुट्टेहरु !!

~रजिन पनेरु~

एक हुल लामखुट्टेहरु रातभर
पर्दा भित्र र वाहिरबाट
मलाई तर्साइरहन्छन
के के हो के के मुर्दावादको नाराले
लामखुट्टे मलाई धम्की दिरहन्छ
म कान नथुनि न त बस्न सक्छु
न त उठ्न नै …….! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सभाको भोलिपल्ट

~बिमल गुरुङ~bimal-gurung

सभामा
विशिष्ट अतिथिहरुका सुआगमन पस्चात
माल्यार्पण गरिए तस्बीरमा ।

किला ठोकिएका
मुखहरुबाट राष्ट्रीय गीत बजाइए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा रमेश विकलको योगदान

~डा. खगेन्द्रप्रसाद लुइटेल~

१. परिचय

चन्द्रशेखर शर्मा चालिसे र उनका तीनमध्ये माहिली श्रीमती छायादेवी चालिसेका जेठा सन्तानका रूपमा १९८५ साल कार्तिक भाइटीकाका दिन काठमाडौं जिल्लाको गोकर्ण आरुबारीमा जन्मिएका रामेश्वर शर्मा चालिसे नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध छन् । डेढदुई वर्षको उमेरमा आमाको निधन भई मातृविहीन हुनपुगेका रमेश विकल पाँच वर्षको उमेरमा हजुरआमाको समेत निधन भएपछि बाबुको संरक्षणमा हुर्किएका हुन् । यिनका बाबु सरकारी जागिरे भएकाले आमा र हजुरआमाको निधन भएपछि यिनले आफ्नो बाल्यकाल जागिरे बाबुका साथमा पूर्वको विराटनगरदेखि पश्चिमको Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : सलाम

~डा. विमला श्रेष्ठ~

सलाम
बिदाको हात हल्लाउँदै
वर्तमानसँगै सती गएको
विवेकलाई सलाम ।

सलाम
बुद्धको आँगनमा घाइते Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सानो घरको कथा

~रेशमकुमार सुुनुवार~

सपनाको चिटिक्क सानो घरको कथा
वताउँ पनि कसरी म यो डरको कथा

सङ्घर्षको मैदानमा लडियो कति कति
साँचेकै छु अनुभूति गर या मरको कथा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

जेबी खत्रीका तीन छोकहरु

~जेबी खत्री~

कति धेरै दुःख गर्छन्
पौरखीका हातहरू
दुःखमा नै रमाउँछन्
पौरखीका साथहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के भन्नु खै !

~प्रकाश प्रधान~

दूधकोसीको छेउमा
बसेर नेपालको मानचित्र
हेर्दै छु
सुनकोसीको किनारमा
बसेर आफ्नो भाग्यफल
हेर्दै छु
सप्तकोसीको आसपासमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु खरिद गर्छ मनुष्य !

~तुलसीराम पोखरेल ‘निर्दोषी’~

दाना छैन, पानी छैन
कपास छैन, बास छैन
तर, मनुष्य मृत्यु खरिद गर्छ !

सवारीसाधन सुविधा हो, यो शान–मान पनि हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : असार पन्ध्र

~मायामितु न्यौपाने~

वर्खाको संकेत दिन्छ असार पन्ध्रले ।
हलो, जुवा फारिस किन्छ असार पन्ध्रले ।

धान दिवस मनाउँदै, दही चिउरा खाँदा,
दुख पीडा सबै भुल्छ , असार पन्ध्रले । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नारेको हेर्न आऊ

~अमला अधिकारी~

मेरा बाले गोरू नारेको हेर्न आऊ
आमाले बीउ उमारेको हेर्न आऊ

कति मुस्किलले बनाउँछ चराले घर
चुच्चोले झिँजा ओसारेको हेर्न आऊ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लेख : गजलको परिचय र संरचना, छोटो जानकारी

~ईश्वर दाहाल कविजी~

साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गीत : कल्पनाको गगन

~बच्चु कैलाश~

[कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन….हो।
कहिले होला त्यो दिन, जब होला मिठो मीलन।]…२

साउने झरी कुर्लीकुर्ली, भदौ पनि लाग्यो।…२
लाग्छ शरद, हट्छ झरी, किन्तु आँसु झरी भइरह्यो। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आउनेछ त्यो दिन

~कमल कुमार~kamal-kumar

आउनेछ त्यो दिन
जहाँ पड्किनेछन् ट्वीटहरु
बहिराको नक्कल गर्नेका
फुट्नेछन् कानका जालीहरु

आउनेछ त्यो दिन
जहाँ भित्ताभरि पोतिनेछन्
अन्धाले पनि देख्न सक्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सहर था’ भो

~ज्ञानुवाकर पौडेल~

कस्तो रहेछ त सहर था’ भो
मान्छे हुन् कि प्रस्तर था’ भो

हाँस्ता पनि दुख्यो जब यो मन
दिवा–स्वप्नको असर था’ भो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

युद्ध कथा : एउटा भिन्नै सहिद !

~सरल सहयात्री पौडेल~

ए वुढि ! पानी लिएर आइज त, खुवै तिर्खा लाग्यो । दाउराको भारि वलेनीमा फालेर पिंढिको डिलमा ढाड टेकाउदै रामलाल ले चर्को श्वरमा वुढिलाइ आग्रह गरे । रामलाल उमेरले त्यस्तै पचास वर्ष देखि पचन्नको वीचका मान्छे हुन । उमेरकै हिसावले उनलाइ वुढो देखिनुपर्ने कारण थिएन तर गाउको दुख, कुसमयको खानपीन र दमको रोगको कारणले उनको उमेर ६५ भन्दा माथीको जस्तो देखिन्थ्यो । तैपनि रामलालाको जोसमा कुनै कमि थिएन ।

अन्य दिनहरु भन्दा आज रामलालको अनुहारमा चमक वढी थियो । खलखलि वगेको पसिनाको धाराले उनको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक रात

~विप्लव प्रतीक~

गरम महीनाको एक रात
प्राण जान गाह्रो परेको बिरामीझै
रात प्रातःको सँघारमा शनैःशनैः सर्दैछ।
शहर, दिनभरि दौडिएर
अहिले मुर्दासमान सुतिरहेको छ
कुकुरहरुको सामूहिक गान थामिएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment