नेपाली प्यारोडी गीत : सगरमाथाको फेद मुनी

~प्रेम लिम्बु नुगो~

( गुराँसको फेद मुनी………………… लयमा )

सगरमाथाको फेद मुनी नेपाल भन्ने देश ।
भ्रष्ट लुटेरा नेताहरुले पार्न लागे सेश ।।
माथाको फेद मुनी ………………..­……………….. Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लामो कथा : सन सावर

~शिब ढकाल~

भाग १

म अँजली ।

करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै थियो । मैले सोचे सायद उनीहरू बिहे गरेर कसैले परिसान नगरोस भनेर मोबाइल नो. पनि परीवर्तन गरिसकेका थिए ।। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो साथ् पठाइदेउ

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

एक्लै छु म प्रिये तिम्रो साथ् पठाइदेउ ।
नत्र भने कि त बिश्वासघात पठाइदेउ ।।

तिमीलाई भुलेर म यस्तरी निदाऊ . . .
सक्छौ भने यस्तो एउटा रात पठाइदेउ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पिलो

~छविरमण सिलवाल~

राछसी प्रवृति
टुङ्गीएको छैन,
शरीरमा उम्रने पिलो
राम्रोसंग निचोरीएको छैन ,
कहिले कहाँ आउँछ ,
कहिले कहाँ –
सधै दुःखै दुःख
डाक्टर राम्रो
नपरे र हो कि –
कहिले लुतो भएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आमाकाे याद आउँछ

~विक्रम पवन परियार~

मलाई बाकाे याद आउँछ आमाकाे याद आउँछ
मेराे अामालाई बगाउने खाेलाकाे याद आउँछ

विश्वास गरेकै छु विश्वासले जिन्दगी बनायाे
भनिन् मरेकाे अामाले बच्चाको याद आउँछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनकाे अभिलेख

~विक्रम पवन परियार~

म लक्ष्मी वादी
प्रत्येकदिन बेच्छु याैनी फूल
र प्यास मेटाएर फर्कन्छन् याैनका भक्तजनहरू
तैपनि अझै लामबद्द छन् ढाेका अगाडि ।
•
अायाे, छाेयाे, मुसार्याे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कागहरु किन उडिरहेछन् आकाशमा

~अज्ञात ~

जङ्गलको बीचबाट
एक हूल कागहरु
रुख–रुखबाट ओर्लिंदै आकाशतिर हुईंकिंदै
माथि–माथि ताकेर
कतातर्फ लाग्न खोजेका हुन्
उनीहरु काँ–काँ गर्दै भाग्दैछन्
शायद; Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : बेखबर धरोहर

~प्रकट पगेनी ‘शिव’~

पोखराको मोहरिया टोल। छ्याछ्याप्ती सुनचाँदी पसल। एक–दुई कपडा पसल। त्यसमध्येको एक बजिमय वस्त्रालय। अक्सर त्यस घरमा दुईथरीका मानिसको भिड लाग्ने गर्थ्यो। कोही समरबहादुर बजिमयको पसलमा कपडा किन्न आउँथे, कोही साहित्यकार विजय बजिमयलाई भेट्न। समरबहादुर अर्थात् विजय बजिमयका बुवा। विजयचाहिँ समरबहादुरका तीन छोरामध्येका माहिला।

विक्रमाब्द २०३३ सालमा म क्याम्पस पढ्न देउराली उकाली कास्कीबाट पोखरा झरेँ। पृथ्वीनाराय Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : समय

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

जीवनले बिर्सिएको
तर आवश्यकताले खोजेको
नभएपनि हुने
तर नभै पनि नहुने मनलाई
निकै टाढा भएको त्यो आकृति
रङ्गी विरङ्गी लाग्ने
आवश्यक्ता थियो फूलको
रङ्गमा आखा लोभिएको थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखीझ्यालमा इतिहास

~गिरी श्रीस मगर~

धारिलो आँसी वा कसिंदो फाँसीजस्तै
घाँटीमा बाँधेर सुकिलो टाई,
पी.आर. सपनाको खोजीमा
डलरको हरियो घाँस चपाउँदै
हिंडेथ्यो काठमाण्डौंबाट
डिग्री होल्डरहरूको हुल । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नेहरुको इतिहास

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

जित्नेहरुले लेखेको इतिहास पढेर
म हारेकाले के सिक्न सक्छु ?
त्यहाँ
मलाई मुख बन्द गराउन बनाइएका योजनाहरु वाहेक
केहि नौलो पााइंदैन ।
मैले उठाइएका आवाजहरुलाई
गलत सावित गराउन चलेका वहसहरु पाउंछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहीन युद्ध

~पल्पसा~Palpasa

हुने भए यो सँसारलाई च्यातेर फाल्थेँ
दनदनी दन्किएको आगोमा हाल्थेँ
चाहिँर्दैन मलाई यस्तो झुटो सँसार
सक्ने भए धकेलेर भीरमा खसाल्थेँ

आगोले पानीलाई जलाई दिन्छु भन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गति रोक्दै हिँड्छौ !

~मबि सिंह~Mabi Singh 'Sirish'

हरेक यात्रीका गति रोक्दै हिँड्छौ !
नजाने गाउँको बाटो सोद्धै हिँड्छौ !

कि म पत्झडमा रम्दा असह्य भो?
झरेका पातमा रङ्ग पोत्दै हिँड्छौ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पुरानो नेपाल नयाँ नेपाल

~शिरीष रानाभाट~

पुरानो नेपालमा
घात, अन्तर्घात र प्रतिघातको त्रिकोणभित्र
विश्वासको चौथो कोण खोज्ने क्रममा
तीन भुजाभित्रको
गुरुत्वाकर्षणविहीन शुन्यमा
उडिरहे निराधार
जीवनका धेरै वर्षहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य नै स्वीकार छ

~डा. बेञ्जु शर्मा~

सादा फुलस्केपको मेरो मनमा
तिमीले केही रेखाहरू कोर्यौ
केही चित्रहरू बनायौ
तर रङ्ग राख्न किन बिर्सियौ ?
निर्जीव रेखामा मात्र बाँधिदिएर
एउटा अस्थिपञ्जर बनाएर
किन कतै अलमलियौ ?
कसैले तिमीलाई
अँगालोभित्र बाँधेर राख्यो होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुङ्गाको बोली

~मञ्जु काँचुली~

जब मनले त्याग्छ जीवन र वस्तुको आकर्षण
तिमी मेरो वा म तिम्रो हुन्नँ

भावनाको बन्धन, वासना र ध्येय हुन्न
समतामयी बुद्धिले पीपलका हाँगा–हाँगामा
भर्याङ चढ्दै बढ्छ

सरल पाइलाले जब माटो र बाटोहरू
छोड्दै–छोड्दै अघि बढ्छ
जीवनमुक्तिको पदचिह्रनबाहेक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐनामा चस्मा

~महेश प्रसाईं~

आँखाको पनि रिदम हुन्छ
चस्मामा कति विश्वास छ,
ऐनामा सबै कुराहरू देखिँदैनन्
कमसेकम
तिम्रो ढाड देखिँदैन
पिठिउँ देखिँदैन
मेरूदण्ड देखिँदैन
कुर्कुच्चाहरू देखिँदैनन्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~राजेन्द्र शलभ~

सूर्यजस्तै ठूलो रातो टीका
निधारमा लगाउँदा
मेरी आमा साह्रै राम्री देखिनुहुन्थ्यो
संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस
तर बुबा बित्नुभएपछि
आमाले रातो टीका लगाउन छोड्नुभयो
बिना टीका मलिन देखिन्छ आमाको अनुहार । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपिडा

~बद्री पलिखे~Badri Palikhe

शरीर
राष्ट्रपिडाको ज्वरोले निष्लोट छ ।
शरीर राष्ट्रनै त हो,
सगरमाथा शिर निहुरिएको छ ।
सँधै घाम उदाउने उज्यालो अनुहार
अँध्यारो देखिन्छ ।
शरिर ज्वरोले निष्लोट छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उसले भन्यो

~मौसमजी भण्डारी~

बिहानै गर्जेर उसले भन्यो
आइज फर्केर उसले भन्यो

मरेर गरेको त्यो पल त्यागको
खै मूल्य झर्केर उसले भन्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : किन हो मनपेट खोलिनन

~रामेश्वर पौडेल~

हेलो हेलो भनेर बोलाँ ॥ किन हो उनी चाहि बोलिनन
धेरै भयो नभाँको भेट ॥ किन हो मनपेट खोलिनन

हाम्रो घरमा आउने जाने ॥ पहिला पनि हुन्थ्यो Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

समीक्षा : प्रयोगधर्मी कथामा इन्द्रबहादुर राई

~महेश पौड्याल~

इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा सशक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत गर्याे र दार्जिलिङका पहाडभरि छरिएका नेपालीहरूका दैनन्दिन दुःख र पीडाका कारुणिक यथार्थहरूलाई आख्यानको माध्यमबाट सतहमा ल्याइदियो ।

बालासन, छोटा रंगीत, टिस्टा, कालिम्पोङ र गान्तोक जोड्ने साँघुरो सडक, चियाकमान र त्यहाँ उम्रिएका असङ्ख्य दुःखका कारुणिक कथा, आम मान्छेका सपना र विसंगत जिन्दगी, र तल मैदानमा सुतेको बेखबर प्रशासन । यी ती चित्रविम्ब हुन्, जसको योगले हाम्रो सचेत मस्तिष्कमा इन्द्रबहादुर राई नाम गरेको एउटा विशाल गन्धमादन पर्वतको कलाकृति प्रस्तुत गर्दछ, Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : उनको स्पर्श

~कृष्ण अधिकारी~

सुरक्षा जाँचको वेला भयो । झोला बोकेर दुई कदम अगाडि बढेपछि याद आयो–“ए मलाई उडाउन रसिला पनि पो आएकि छन् त ।” फिरेँ र रसिलाको अगाडि झोला राखेँ । उनको अनुहार हेरेँ । तमतम्याइलो, फुङ्ग उडेको अनुहार । कालो वादल मडारिई रहेको छ, मानौँ तुरून्तै बर्सिन्छ, घरघोर बर्षा ।

छि ! कस्तो केटाकेटी जस्तो । म फिरि त हाल्छु नि, एक महिनामा । राम्रोसँग घर जानु । राम्रोसँग आग्लो लगाएर सुत्ने गर्नु । संक्षिप्त सल्लाह दिएँ र झोला बोकेर हिँडे । यतिखेर म सम्झिरहेको छु । रसिलाको अवस्थासँग पटक्कै गम्भीर थिइन म त्यसबेला । बोइङ चढ्ने र नयाँ देशमा पुग्ने रहरले मेरो मन उचालिएको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : कृत्रिम तालहरूमा डुबुल्की मार्दा

~प्रकाशप्रसाद उपाध्याय~

आफ्ना ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पौराणिक महत्त्वका विभिन्न स्थल र नगरहरू वा प्राकृतिक सुन्दरताले सिँगारिएका वा औद्योगिक महत्त्वका प्रतिष्ठानहरूसित सम्बद्ध रहेकाले पाएका ख्यातिको परिणामस्वरूप संसारका अनेक देसहरू विश्वभरिका पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् । आफ्नो व्यापारिक महत्त्व, शिक्षाका उच्च केन्द्रहरू र विशाल मिसिगन लेकको अलौकिक सुन्दरताले गर्दा संसारभरिका पर्यटकहरूलाई आफूतर्फ आकषिर्त गर्ने यस्तै स्थलमा उत्तरअमेरिकाको शिकागो नगर रहेको छ । इलिनाय राज्यको यस हरिलोभरिलो र नैसर्गिक सुन्दरताले परिपूर्ण शिकागो नगरलाई आफ्नो विशाल जलराशिद्वारा मिसिगन लेकले जुन सुन्दरता प्रदान गरेको छ, त्यो पर्यटकहरूका लागि मात्र मनोहर र दर्शनीय नरही कविको कल्पना र कृतिको एक उत्त Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता

~प्रकाशमणि दहाल~

गाडी छुट्नासाथ पछाडि सिटमा कोही बोल्यो, “मलाई गाडीको यही बानी मन पर्छ, यात्री कुरनिरहने । वास्तवमा यात्री कुररिहने र जहाँसुकै रोक्ने गाडीले नै बानी बिगार्छन् ।” अर्को उत्तेजित स्वर घन्कियो, “छुट्नासाथ कस्तो कुदाउँछन् नि रेस कम्पिटिसनजस्तै !” तेस्रो आवाज बोल्यो, “तब त मान्छे पनि माररिहन्छन् नि !” अर्को नारी स्वर मिसियो, “यत्तिकै त छ नि ! कहिले यहाँ, कहिले उहाँ । अनि त गाडी पनि जलाइदिन्छन् नि !” फेर िफक्र्यो पहिलो स्वर, “गाडी जलाएर पो के ? सम्पत्तिको नास । मरेको मान्छे फर्किने होइन ! गल्ती त ट्राफिकको हो नि ! यिनीहरूले कन्ट्रोल गरे भइहाल्थ्यो नि !” नारी स्वर दोहोरयिो, “के भन्नु ट्राफिकलाई पनि ? यिनीहरूलाई कसले टेर्छ यो नयाँ गणतन्त्रमा ? मलाई त माया लाग्छ यिनीहरूको ! दिनभर िधूलो र धूवाँमा ड्राइभर-खलासीको घुर्की-फुर्ति र Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्याकुल माइलाका दुई मुक्तकहरू

~व्याकुल माइला~

रामेछाप
कहिल्यै नओइलिने फूल बनेर फुल्ने पुष्पलालहरूलाई
कालो अँध्यारोलाई नै चिरेर बल्ने कृष्णलालहरूलाई
एक मलिलो धर्ती र खुल्ला आकाश हो रामेछाप
नभए सोध, चट्टान फोरेर बग्ने गङ्गालालहरूलाई ।

झाप्पागाउ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तरङ्ग जिन्दगीको

~रामभरोस कापडि ’भ्रमर’~

गजल गायिकी हो तरङ्ग जिन्दगीको
भाव वनिता हो तरङ्ग जिन्दगीको

अभिव्यक्तिमा आउँछ धुन तालको सरगम
शब्द व्याख्या हो, तरङ्ग जिन्दगीको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : रुनु पर्ला भन्ने डरले

~श्रीपुरुष ढकाल~

रुनु पर्ला भन्ने डरले
हाँस्न छोड्नु हुन्न
मर्नु पर्ला भन्ने डरले
बाँच्न छोड्नु हुन्न ।

सुस्त सुस्त बढ्नु पर्छ
अडिँदा लक्ष्य भेटिंदैन
लामो छ है जिन्दगी यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : परिष्कृत र यथार्थपरक ‘भ्रममार्ग’

~डा.लक्ष्मणप्रसाद गौतम~

लघुकथा आख्यानको एउटा प्रभेद हो, र कथाको उपभेद पनि हो । यो स्वयम्मा पूर्ण, खँडिलो, सूत्रात्मक, प्रभावकारी, चोटिलो, सटीक र प्रभावोत्पादक हुन्छ । घटना र अनुभूतिको एउटा झोँक्का उत्पन्न गराउनु र पाठकमा त्यसको तीव्र तथा तीक्ष्ण प्रभाव छाड्नु लघुकथाको विशेषता एवम् अभिलक्षण हो । श्रीओम श्रेष्ठ ‘रोदन’को ‘भ्रममार्ग’ (२०६७) नामक लघुकथा सङ्गृहीत लघुकथाहरू उपयुक्त विशेषता र अभिलक्षणका दृष्टिले समेत सवल र सफल देखिन्छन् । उनको पछिल्लो लघुकथा कृति ‘भ्रममार्ग’ समकालीन नेपाली लघुकथाका क्षेत्रको पृथक प्राप्ति हो । ५१ लघुकथा रहेको यस कृतिभित्रका लघुकथामा नेपाली जीवन र समाजका असङ्गत परिस्थिति एवम् परिवेशलाई अन्तर्वस्तु Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : सिद्धिचरण श्रेष्ठको ‘आँसु खण्डकाव्य’ले उब्जाएका लहरहरू

~डा.नेत्र एटम~

हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ ।                                                                                                          — एलेक्स टान

सिद्धिचरण श्रेष्ठले आँसु (२०५०) खण्डकाव्यलाई सामाजिक शोषणप्रतिको विद्रोह र समानताप्राप्तिका निम्ति मानवीय आकांक्षा सशक्त रूपमा प्रक्षेपण गर्ने कलात्मक माध्यम बनाएका छन् । वास्तवमा आँसु दुर्दमनीय परिस्थितिप्रति व्यक्तिको असहमतिलाई तीव्र रूपले प्रतिक्रिया जनाउनका निम्ति प्रकृतिप्रदत्त एउटा महत्त्वपूर्ण Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मौलिक स्वरूप

~प्रा. डा. जीवेन्द्र देव गिरी~

१. थालनी

नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत विशेषताहरू छन् । नेपालभित्र र बाहिर ठूलो सङ्ख्यामा यसका वक्ताहरू छन् । कथ्य र लेख्य अनि औपचारिक र अनौपचारिक सबै प्रकारका भाषिक अभिव्यक्ति यसका माध्यमबाट हुँदै आएका छन् । नेपालको एक प्रमुख राष्ट्रभाषाका रूपमा रहेको यस भाषाका विभिन्न क्षेत्रीय, सामाजिक र प्रयोजनपरक भेदहरू रहेका छन् । यी सबैका आलोकमा यसको मौलिक स्वरूपलाई ठम्याउन सकिन्छ । Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

अनूदित कविता : लुसानकाे उकालाे

~माअाे त्सेतुङ~

उडेर थाकेर बसेकाे चराे जसरी
याङ्जेमाथि पर्वतस्तम्भ ठडिएकाे छ,
त्यसकाे हरियाे शिरमा
मैले चार सय फन्काे मारेकाे छ ।
चिसा अाँखा बाेकेर
मैले त्यहाँबाट समुद्रपारि नयालेकाे छ । Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment