कथा : त्याग

~नारायण पोखरेल~

जब म तेह्र बर्ष को थिएँ , त्यो बेला मेरो मिल्ने साथि कोहि पनि थिएनन् । हाम्रो परिवार गाँउको निम्न बर्गमा गनिन्थेँ।म कक्षा आठ मा अध्यनरत थिएँ ।एक दिन गाँउकै धनाढ्य ब्यक्ति को छोरो सँग मेरो घनिष्ठता बढ्न थाल्यो ।उ गाउँको धनी ब्यक्ति को एक मात्र सन्तान थियो ।म भने दुई सन्तान मध्यको कान्छो थिएँ ।मेरो दाई हुनुहुन्थ्यो ।दाई पनि पढ्दै हुनुहुन्थ्यो ।र त्यो साथिको नाम थियो “राजिब”। हामि दुई मा कैले पनि धनि र गरिबको कुरा हुने थिएन ।हामि दुई सँगै स्कुल जाने सँगै फर्कने गर्थ्यौ । केहि समयपछि उसको केटि साथि पनि हामि दुइको ग्रुपमा मिसिने कुरा गरिन् । मैले पनि सहमतिको जनाएँ ।अनि हामि त्यस दिन देखि तिन जना भयौँ । जहाँ जादा पनि तिन जना सँगै हुन्थ्यौँ ।केटिको नाम थियो “शलिना”।हरेक कुरामा निर्णय हामि तिन जना नै लिने गर्थ्यौ । हेर्दा गहुँगोरि शलिना , प्राय जसो दुई चुल्ठो कपाल बाट्थि,ओठ मा लिपिस्टिक प्रायजसो लगाउथी ।केहि खानेकुरा खाँदा पनि लिपिस्टिक पुछिन्छ कि जस्तो गरि अलि असजिलो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : फगत एक नजरमा

~केशवराज पिँडाली~

फगत एक नजरमा कसैले लियो मन
जति बिर्सून भन्छु उति सम्झने झन्
फगत एक नजरमा

प्रथम भेट मै भित्र कुत् कुत् उठेथ्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मानिस खोजि रहेछु

~डा. विश्वनाथ ‘प्रेम’~

छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा एउटा मानिस खोजिरहेछु ।

भेटे कहीँ बताए, हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपूत कोही
यो प्रश्न ख्याल राखे सबलाई साधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल गजल : दौरा-सुरुवाल रुचाएँ

~शेखर ‘अस्तित्व’~

ढाका-टोपी, दौरा-सुरुवाल रुचाएँ !
सारङ्गी र मादलको ताल रुचाएँ !

समुद्रका कथाहरू सुन्नुभन्दा त ,
मैले मेरै गण्डकीका छाल रुचाएँ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ढुंगा

~बिमल गुरुङ~bimal-gurung

ढुंगालाई
मंगलग्रहको टुप्पीबाट
तल ।।।।
गल्छितिर झारिदिए पनि हुन्छ
नझारे पनि हुन्छ
केहि फरक पर्दैन ।

ढुंगालाई छाडै छाडा मान्छेहरुको राज्यबाट
पानी माथि गुडाउँदै
टापुहरुको राष्ट्रसम्म पुर्‍याए पनि हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : म पनि बोलि

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

बोलिनौ तिमी र म पनि बोलिन,
कस्यौ झन त्यो गाँठो र मन यो खोलिन |

छचल्किदै थियो शब्दको सागर,
पाएन किनारा र मुटु घोलिन | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति

~डा. कुमारबहादुर जोशी~

प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । विसं १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले यो दिन हामी धनसम्पत्तिको अधिष्ठात्रीदेवी लक्ष्मीको पूजाआराधनाका साथसाथ लक्ष्मीजयन्ती वा देवकोटा जयन्ती पनि मनाउँछौं । गत ०६६ साल महाकविको जन्मशताब्दी वर्ष थियो र वर्षभरि नै स्वदेश र विदेशमा पनि अनेक कार्यक्रमहरू गरी नेपालीहरूले उनको शतवाषिर्की मनाए । तीमध्ये त्रिमूर्ति निकेतनको तत्त्वावधानमा देवकोटा शतवाषिर्की समारोह समितिको आयोजनामा काठमाडौंमा सम्पन्न पञ्चदिवसीय अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन र समितिद्वारा प्रकाशित महाकवि देवकोटा विषयक प्रकाशनहरू उल्लेखनीय रहे ।

मध्यमवर्गीय हिन्दु ब्राह्मण परिवारमा जन्मी हुर्केर अंगे्रजी पढेका असाधारण र बहुमुखी प्रतिभाका धनी Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : फूल फुल्यो

~रीता चौधरी~

ढकमक फूल है फुल्यो भयो वनै रमार्इलो
मायालुको आगमनले भयो मनै रमार्इलो

बेली है फुल्यो गोदावरी फुल्यो है चम्पा चमेली
रातकी रानी मगमगाउँदा रमार्इलो लाग्छ है जुनेली Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

थामी भाषी कविता : रबिन्द्र बुबु !

~अनुपम ‘नवोदित’~

रबिन्द्र बुबु !
नाङ
लिपेन बुसिदु
उभो-उभो
टानिटापूरको लाङ्खेङा निक्नान
नाङ निक्नादुदेखी नै
ङ्याकाडेको पोले च्यानान
नाङाईको मिङ बुसिनान Continue reading →

Posted in थामी कविता | Tagged | Leave a comment

आधुनिक गीत : जिन्दगीको मैदानमा

~लता शर्मा~

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

जिन्दगीको लडाई सधैं, एक्लै लड्नु परनी ।
मैदानको सिपाही भयो, मेरो जिन्दगानी । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हार्दिक अपिल

~रेखा पन्त~

ए ! नयाँ वर्ष
जगाइदे निदहरुलाई
ब्युँझाइदे शहीदहरूलाई
बुद्धको देशमा बुद्दू धेरै भए
वक्ता हैन कर्ता चाहिएको छ
मानवियता कैद नहोस्
सम्बन्ध कहिल्यै अवैध नहोस्
बहादुरलाई मूर्ख नबनाइदे
सुपुत्रको खाँचो छ कुपुत्र नजन्माइदे
ताकि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : बुढा र बूढी

~मनोहर काफ्ले~

एक जोडी थिए , बुढा बूढी
थिएनन् तिनीहरुका , छोरा छोरी ।
गफै गफमा, एक दिन
पर्यो घमासान ,जोरा जोरी ।।

बुढो भन्छ, खिल्ली गर्दै
ए भातमारा , बेकामे बूढी ।
सातदिनमा तैले , गर्ने काम त
गरिदिन्छु एकदिनमै , थपडी मारी ।। Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : मेरो अनुपस्थिति दशैंमा

~दीपेन्द्र के.सी. ‘अपजसी’~

हो !
यसपालि पनि
म आउन पाउँदिन
दशैंमा ।

यसै सिजनमा
भिक्टोरिया क्रस खोज्नुछ
अफगानिस्तान वा इराकतिर
परमवीरचक्र खोज्नुछ
कारगिल, जम्मू वा यतै कतैतिर ।
म आफनै सीमामा उभिएर
देशलाई जमराले सिँगार्नुपर्ने वेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम निर्णय

~विश्वराज अधिकारी~

क्यानडा बसेको दस वर्ष भयो तर यो बितेको दस वर्षमा उसले थाहा पाउन नसकेको कुरा केही छ भने त्यो हो उसले यहाँ सुखमय जीवन बिताइरहेको छ वा उसको जीवन स्वदेशमा भन्दा झन् बढी दु:खमय हुन पुगेको छ, यो परदेशमा । कतिपटक उसले यस विषयमा चिन्तन मनन गर्‍यो । आफूले आपैंmलाई चित्त बुझ्ने किसिमको उत्तर दिन सकेको छैन, आफूलाई विदेशमा राम्रो लागेको छ वा छैन भन्ने आफ्नै अन्तरमनले सोधेको यो प्रश्नको । आफूलाई विदेशमा रमाइलो वा नरमाइलो, के लागेको छ त्यही आधारमा उसले अर्को एउटा निर्णय पनि गर्नुपर्ने छ । त्यो निर्णय हो– बाँकी जीवन विदेशमा नै बिताउने अथवा स्वदेश फकिर्ने । पहि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक्ली षोडसी

~अवतार ढकाल~

एउटा एक्लो खम्बामुनी
एउटी एक्ली, फगत एक्ली षोडसी
बसिरहेकी छिन झोक्राएर ।

वादलले ढाकिएको छ
उनीमाथिको आकाश
र कुहिरो भित्र क्रमश हराइरहेछ
एउटा कालो काग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना : विदेशबाट

~ईश्वर मानन्धर~

ए स्वदेशका मेरा साथीहरु
हामी विदेशिएका छौं
स्वेच्छाले होइन
विवशताले
नसम्झनू, हामीले बिर्सेका छौं
आफ्नो देशलाई
संस्कृति र रीतिरिवाजलाई
आफ्नो परिवारलाई
नसम्झनू ।
पश्चिमी जगतको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : लाइपजीकदेखि लोपोन्मुख भाषासम्म

~कृष्ण धराबासी~Krishna dharabasi

पौने दुई घण्टामा हामी लाइपजीक विश्वविद्यालयको प्राङ्गणमा पुग्यौं । गाडीबाट उत्रे पछि मि. उल्फको पछि पछि हामी विश्वविद्यालयको पाँचौ तल्लामा जानको लागि लिफ्ट तिर लाग्यौं । लिफ्टमा पुग्नु अघि वरै आँगनमा तीनचार जोर केटाकेटी एकअर्कासँग कति मजाले लपक्क भएर ओठमा ओठ टाँसिरहेका देखिए । टाँसिरहेका मात्र हुन् कि चुसेका पनि, त्यो चाहिँ विचार गर्न भ्याइएन, किनभने विप्लवले भने–
– ‘त्यता ध्यान नदिनु नि । यो त यहाँको स्वभाविक कुरा हो । तिनीहरुलाई हेर्नु असभ्य मानिन्छ ।’ Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

युद्ध कथा : संकल्प

~सरल सहयात्री पौडेल~

‘रातपनि दिन भइदिएको भए वरुफुर्सद त हुने थिएन नि †, फुर्सद नभएको भए मेरो मनमा नचाहिंदा तर्कना सायद खेल्नेपनि थिएन होला †’ रातको झण्डै एक वज्न लागेको छ, उदीपलाइ निन्द्रा आएको छैन । वरु यस्तै तर्कनाहरु मनमा खेलीरहन्छन् । एउटा सानो कचक्क परेको विना झ्यालको अ“ध्यारो कोठा छ ।, लोडसेडिङको कारण विजुली छैन, मैनवत्तिको उज्योलो सकिन अव निकैवेर कुर्न पर्दैन । मधुर उज्यालोमा मटितेल विनाको कालो स्टोप लडीरहेको छ, धारामा पानी नआएको कारण वाल्टीनमा पानी छैन, दुइकिलो चामलको प्लाष्टिकमा अब त्यस्तै आधामाना जतिमात्र चामल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : स्रष्टा मनु र लुङमारी मिथक

~अतित मुखिया~

बिज्ञानको तेश्रो आँखा साइवर मार्फत फेसबुकको भित्तोमा सकृय स्रष्टाका रुपमा मेरो मस्तिस्कमा दर्ता भएका धेरै नारी स्रष्टाहरु मध्यका मनु लोहोरुङ एक प्रतिभायुक्त स्रष्टाका किस्तामा पर्ने स्रष्टा हुन । लुङ्मारी मिथक कविता कृतिका रुपमा प्रकाशनपूर्व छोटो भुमिकाको लागि आग्रह हुदाहुदै पनि तत्काल मेरो अनुसन्धान अध्ययनको व्यस्तताका कारण मैले यस कृतिको भुमिका लेखनमा सहयोग गर्न सकिन । प्रत्यक्ष परिचयको बावजुद पनि मलाई दाजु-माइति)को सम्बोधन गर्दै म बसेको भूगोलभन्दा टाढा अर्कै गोलार्धबाट मलाई सम्झेर कोशेलीका रुपमा पठाउनी पठाइएको मनु बैनीको कविता कृति मेरो हातमा आइपुग्यो । भाई रमेश पौडेलको आकर्शक आवरण सज्जाको शिरनेर उल्लेख गरिएको शिर्षक अक्षरले त झनै आकर्षण बढायो । पुस्तक हेर्नसाथ एउटा कथन झट्ट याद आयो “अन्तरमनदेखि आस्था पगाल्दा जुनसुकै ढुङ्गा पनि साक्षात भगवान नत्रभने जस्तोसुकै मुर्ति पनि ढुङ्गा ।” र Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

लिम्बू भाषी रचना : वालिहाङ तङ्नाम मुन्धुम

वालिहाङ तङ्नाम मुन्धुम

गायक यादन नुनाम सेर्माज्यूले स्वरबद्ध गर्नु भएको वालिहाङ तङ्नाम मुन्धुमको पूर्ण पाठ (यसमा मूलतः अध्येयता डिबी आङ्बुङज्यूको योगदान रहेको छ ।)

अँध्यारो परेपछि राति खेलिने लालिङ्घेÞ ।।

लालिङ्घेÞ साम्लो Continue reading →

Posted in लिम्बू भाषी रचना | Tagged | Leave a comment

कविता : गाउँ

~भक्तराज न्यौपाने~

हाम्रो सिम्पाने गाउँबाट
सीधा उत्तरमा पर्छ– काठमान्डू।
काठमान्डूबाट जब फर्कन्छन्
जम्बरे, अम्बरेहरु
शहर गाउँ घुम्न आए झै लाग्छ
थरी–थरीका मोबाइल, बिस्कुट, चाउचाउ
केटाकेटीका लागि रंगचंगी लुगा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मोड, कथा, घटना

~दुर्गा विनय~Durga Binay

हिंडिन्छ कत्ति बाटाहरू । कत्ति मोड र कत्ति गोरेटोहरूबाट कट्छ जीवन । घुम्तीहरूमा घुम्छ जीवन । एक दिन जीवन अडियो यस्तै एक घुम्तीमा पुगेर । टक्क ।

– “ओ लेखक महोदय !” एउटा आवाज आएर ठोक्कियो कानमा । चिनेको हुइनँ मैले त्यस मान्छेलाई । उसले भनिरहेको थियो । “मैले तपाईंको धेरै कथा, लेखहरू पढेको छु । घतलाग्दा छन् तपाईंका लेखहरू । मलाई तपाईंंको लेखनी मनपर्छ ।”

उसको कुरा बुझ्न घोत्लिनुपर्छ जस्तो लागेको छैन मलाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कागजको फिरफिरे

~विप्लव ढकाल~

तिम्री आमा
मजदूरको जुलूसमा हिंड्दाहिंड्दै
बूढो पाठेघरको थैलोबाट
फ्यात्त
सडकमा झारेका थियौ तिमी!
र पहिलो शब्द सुनेका थियौ―
मूर्दावाद!!
तिम्री आमासँग थिएन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको छोरो

~बिर्ख ‘क्रान्ति’~

ए बुबा !
गणतन्त्र दिवसको सभाहलमा हरफैपिच्छे ताली खाएका,
तिनै तात्ताता कविताहरु मलाई अंशवण्डा दिनुस् ।
तिनै कविता बेचेर म पूरक एसएलसीको ट्युसन फि तिर्छु ।
तिनै कविताहरु बेचेर अर्थशास्त्रमा मास्टर गर्छु ।
तिनै कविताहरु सातदोबाटोमा शानका साथ भ्याट कारोबार गर्छु ।
तिनै कविताहरु जिल्लाको उद्योग वाणिज्य संघमा आवद्ध गराउँछु ।
तिनै कविताहरु विश्व व्यापार संघसम्म पु¥याउँछु ।
तिनै कविताहरुले देशको कुल आम्दानी बढाउँछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुच्छर पलाएको मान्छे

~चन्द्र घिमिरे~

नहुनु भयो!
संसारको एक कुनामा
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार विजेता छानेकै दिन
अर्को कुनामा मान्छे भटाभटी रोगाए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खै सिताराहरु ?

~कृष्णसिंह पेला~

शून्य भैगो गगन खै सिताराहरु ?
जूनले झार्दछिन् अश्रुधाराहरु

कोही छैनन् र आज सर्वहाराहरु ?
के सडकमै सकिए ती नाराहरु ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : झुपडी

~सुरेन्द्र जोशी~

बीच मा लटरम्म फेलेको राता अनार
पुरानो तार र बारको ओझेलमा
खोलाको किनारमा
सुहाएको छ बेहुलि जस्तै,
पारि सिर्के डाडा बाट असारे आप जस्तै बेलुकी पख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डोटेली गजल : अब कि हो गर्दु?

~श्रीजन श्री~

इसोइ छ येइ जमानामाइ अब कि हो गर्दु?
खुकुरी है तरवार लाग्द्या तरवार है कर्दु।

उइले हाण्यो गुलेलीले मुइले जोड्या हातु,
क्याकी रिसु हो यो सुदी पस्यो बन्दूक भर्दु? Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : आह्वान

~राधा कार्की~

यसलाई मैले सम्हाल्न सकिनँ
सधैँ बरालिएर बकम्फुसे कुरा गर्छ
छिमेकीको सारमा जुँगा हल्लाउँछ
घर, करेसाबारी वास्ता भएन यसलाई ।

बाजेले भनेका थिए–
यसलाई पढाएर ठूलोमान्छे बनाएस्
तल्ला घरे कान्छो कुपोषणले म¥यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : घर

~भवानी पाण्डे~

घर सबको भर हो सुखदुःख दुवैमा
घरविना सबैलाई लाग्छ साह«ै डर
हावा, हुरी, बतास पानीबाट बचाउने Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

गीत : आफ्नो भनुँ कसलाई यहाँ

~सुषमा अधिकारी~

पराई तिमी भयौ भने )२
(यति माया गर्दा पनि )२
मलाई छोडी गयौ भने
म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने
म त मर्छु मर्छु कसम मर्छु… Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : टागन घाेडा

~शरद पाैडेल~

तिम्राे तबेलामा बाँधिएकाे
मात्र म टागन घाेडा,
निगाहले दिएकाे
अलिकता भुसा खाएर
स्वामी भक्तिमा हाजिर छु !

ए ! सुसारेहरू हाे ख्वामितका, Continue reading →

Posted in कविता | Tagged | Leave a comment