गजल : फूल तिमी नयाँ वर्ष सँगै

~रबिन राणा~

वसन्तको फुल हौ चारैतिर ढकमक फूल तिमी नयाँ वर्ष सँगै
मायाप्रेमको खेती हौ सबैको मनमा झुल तिमी नयाँ वर्ष सँगै

तिम्रो हरेक बानी व्यवहार राम्रो अनि सभ्य लाग्छ मलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बलात्करीलाई पत्र

~दिपा धिताल~

ओहो ,! कति स्वतन्त्र छस है तँ ? धर्तिलाइ बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन,यो धर्ती तेरो पनि हो ,मेरो पनि हो । यी पाइलाहरु टेक्ने अधिकार तेरो पनि छ ,मेरो पनि छ । हरेक दिन हिंड्दा अँध्यारो उज्यालो पार्ने त्यो आकाश तेरो पनि हो ,मेरो पनि हो । शरीर तेरो पनि छ ,मेरो पनि छ । यो समाज यो देश तेरो पनि हो ,मेरो पनि हो । अस्तित्व तेरो पनि छ ,मेरो पनि छ ।

हेर, बलात्कारी आज तलाई किन यसो लेख्दैछु सुन्दै जा । कान भए पनि बहिरो नबनेस् । आँखा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : लुटिन्छन् चेलीहरु

~यान प्रकृति~

अचेल दिन दहाडै लुटिन्छन् चेलीहरु
आफ्नै श्रीमानबाटै कुटिन्छन् चेलीहरु

कठै ! ती निर्दाेष सोझा,साझा नानीहरु
आफन्तको हातबाटै बेचिन्छन् चेलीहरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : के राम्रो

~रामेश्वर पौडेल~

मरेको माछा राम्रो, मिनेतको भन्छन् धन
जमेको दही राम्रो,भन्छन् रमाएको मन
फूलेको फूल राम्रो भन्छन् बास्ना छरी छरी
मुस्कुराको ओठ राम्रो,मायालुलाई हेरी Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

नियात्रा : शेक्सपियर, हामी र मर्ने सालिकहरू

~कृष्णचन्द्रसिंह प्रधान~

बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, वाल्मीकि, व्यास, गिलगमेसजस्तो पनि ।

भरखरै उनको एउटा अर्को तस्बिर सार्वजनिक गरिएको छ । यो तस्विर उनको मृत्युको छ वर्षअघि मार्टिन डोरसाउनले बनाएका हुन् भन्ने उनका अनुयायी स्टेन्ले वेल्सको अनुमान छ । अनि तस्विर हेरेर शेक्सपियरलाई ‘हिरोकवि’ भने । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

अनुभूति : एउटा ईर्ष्या यस्तो पनि

~प्रकाशमणि दहाल~

“ऊ कपन बगलामुखी आइपुग्यो !” अनायास चहकिएको बालस्वरसँगै मेरो नजर घुम्यो र बस रोकिँदा म ढोकामा पुगिहालेँ । आज पनि म पहिलो भएँ भित्र पस्नेमा र सामुन्ने चालकपछाडिको सिट खाली भेटेर बसिहालेँ ।

त्यसो त मलाई भेटेसम्म चालकका समानान्तरको फ्रन्टसिट नै मनपर्छ । त्यो नपाए दोस्रो प्राथमिकता हो यो अहिलेको । त्यो पनि नभए जुन भेटिन्छ त्यही सही, नत्र कहिलेकाहीँ उभिनै पनि पर्छ, त्यो अर्कै कुरा । चालकका समानान्तर सिटमा बस्ता मलाई आफू पनि चालक भएजस्तै लाग्छ । किन ? त्यसो त म एउटा निकै वरिष्ठ प्राध्यापक । हरेक मान्छेको ‘स्ट्याटस’ हुने र त्यसको वर्गीकरण पनि हुने चलन अनुसार उसको भन्दा मेरो Continue reading →

Posted in अनुभूति | Tagged | Leave a comment

कविता : म लाटी

~अमृत सिङ थिङ~

म त बिना नभएको मृग
र पो सिकारी बन्दुक ताक्दैन
छैन म सँग दिने त्यस्तो कुरा
र पो कसैले माग्दैन
फूल म पनि हु फुलेको छु अरु जस्तै
म भित्र मीठो सुगन्ध छैन
रङ्गाउन रङ्गीन रङ छैन
र पो डराउदिन म
ती भमराहरु सँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

उषा शेरचनका तीन मुक्तकहरु

~उषा शेरचन~

कृतध्न
अमूल्य भोट दिइसकेपछि अब जनताको के काम छ यहाँ ?
बेकारका आर्तनादहरू सुनिरहन कसलाई पो फुर्सद छ यहाँ ?
बाँचुन्जेलदेखि नमरुन्जेलसम्म आफूलाई कसरी हुन्छ, आफ्नै
कुर्सी जोगाउने हरउपाय खोज्दै दौडधुप गर्दैमा ठिक्क छ यहाँ !

अर्ती Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

समीक्षा : बालसाहित्यकार विजय चालिसे लेखक

~धनराज भट्टराई~

चिनारीः

विक्रम सम्वत् २००८ साल असार २२ गते आषाढ शुक्ल तृतीयका दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी गाउँ आरुबारी भन्ने ठाउँमा जन्मेका विजय चालिसेको पिताको नाम रामेश्वर शर्मा चालिसे (साहित्यिक नाम रमेश विकल) र माताको नाम सुशिला चालिसे हो (विजय चालिसेसँगको कुराकानीबाट प्राप्त जानकारी) । पिता रमेश विकल साहित्यिक एवम् राजनीतिक गतिविधिमा संलग्न भएकाले गर्दा प्रायः घरबाहिरकै कार्यमा व्यस्त भएकाले लामो समयसम्म यिनको बाल्यजीवन पिताजीको सानिध्यबाट टाढा रहन पुगेको थियो । तथापि पिताजीले बेलाबखतमा घरमा ल्याउने पुस्तक, पत्रपत्रिका पल्टाएर हेर्ने, पढ्ने गर्दा र यिनको आफ्नो जग्गा Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अब यस्तो कहिल्यै नहोस् : बाबुराम आचार्य

~रमण पनेरु~

‘अब यस्तो कहिल्यै नोस्’ इतिहास सिरोमणी बाबुराम आचार्यका ऐतिहाँसिक लेखहरुको सँगालो हो । २०१५ सालको आसपासमा लेखिएका यी लेखहरुमा बहादुर शाह देखि देब शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरुको बारेमा जानकारी पाइन्छ । विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् । यस अघि पढेको जगदीश घिमिरेको सकसमा उल्लेख गरिएका धेरै घटनाहरुको सत्यताका बारेमा शंङ्का उत्पन्न भएको थियो । यो पुस्तक पढ्दा त्यसमा भएका धेरै कुराहरुको गैह्र आख्यानपूर्ण विवरण पाइन्छ । सायद जगदीश घिमिरे जिवितै छँदा उनको पुस्तकका बारेमा गहन छलफल भएर त्यसको श्रोत सामग्रीका बारेमा पनि केहि प्रकाशित भएको भए उनको पुस्तकको महत्व Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : कुकुरहरु

~कमल कुमार~kamal-kumar

किन भुक्छन् कुकुरहरु ?
तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई

किन झम्टिँदैनन्?
मालिकहरुलाई
देख्दैनन् किन कुनै आतंक?
रगत लत्पतिएका कम्ब्याट पोशाकमा
कम्मरमा लुकाइएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : उनै पशुपतिलाई, कोटि नमस्कार

~लता शर्मा~

उनै पशुपतिलाई, कोटि नमस्कार,
उनै पशुपतिलाई, कोटि नमस्कार ।

भारतको कन्नौजबाट जुम्ला चढेका ।
सिंजाबाट सल्यान हुँदै सुकौरा झरेका ।
आचार्य थर हो हाम्रो विद्याले दिएको ।
अग्नि प्रकट गरी पद्वी पाएको । Continue reading →

Posted in नेपाली गीत | Tagged | 2 Comments

कविता : मेरी शरत्पूर्णिमा

~निर्मोही व्यास~Nirmohi Vyas

मेरो प्रीति–प्रभातकी हिमचुली ! आऊ खुली झल्मल
मेरो भाव–तरङ्गिणी ! बग तिमी गर्दै सदा कल्कल
आऊ पङ्ख फिँजी उडेर भुरुरू ए सर्वसौभाग्यदा !
आँखामा बिपना भई बस तिमी मेरो सदा सर्वदा
०
आभा स्वर्ण–प्रभातको गगनमा झल्केसरी झल्झल
थोपा निर्मल शीतका कमलमा टल्केसरी टल्पल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : लज्जा

~सुमन सौरभ~

उसले क्लोरिनको गन्ध फैलिरहेको कोठाको चारैतिर हेरि र आश्चर्य व्यक्त गरि -‘ यो कुन ठाउँ हो ? म कहाँ छु? बलात्कार बाट बच्न लाचार भएर आत्महत्या गरेकी थिएँ मैले त , कहाँ आइपुगेँ ?’

‘तपाईं लास घरमा हुनुहुन्छ म्याडम , हामी तपाइँजस्तै लासहरू हौं , समय पर्खिरहेका ।’

‘ हँ लासघर? किन ? तपाइँहरू पनि लास ? समय पर्खेको ? किन ‘ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : गजल बन्दथ्यो

~भुवन निस्तेज~

हृदय भाव उर्ली गजल बन्दथ्यो
बहर काफियाले कहाँ गन्दथ्यो

मलाई ऊ साँचेर श्मशानमा
स्वयंलाई नाप्दै डउर खन्दथ्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म हुँ सरोज चेपाङ

~अनुपम ‘नवोदित’~

स्निग्ध हिमशैलको वात्सल्यमा
चर्खा जस्तै घुम्ने ऋतुचक्रहरुमा
हरित उपवनको
नवपल्लवित
वसन्तकालिन अाँचलहरुमा
सुविधायुक्त आमोद-प्रमोद नभए पनि
तिमीले मलाई दोस्रो दर्जाको बनाए पनि
चेपाङलाई हुकुमी प्रजाको संज्ञा दिए पनि
अजश्र कठिनाइहरुको सामना गर्दै
वसन्तकोकिल झैं आल्हादित हुन्छु
सुन्दर-सुन्दर पुष्पलतिकाहरुमा रम्छु
सुन्दर-सुन्दर आविष्कारहरुमा जम्छु
सुन्दर सुदूर भविष्यमाथि गम्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : स्वर्ग जाने बाटो

~भीष्म उप्रेती~Bhishma Upreti_1

चामेको बिहान निकै जाडो थियो। सबेरै आँखा खुले पनि ओछ्यान छोड्न मनै नलाग्ने। तर, उठ्न ढिला हुँदा बाथरुम पाउन पालो कुर्नुपर्ने सम्भावनाले सुत्न दिएन। नुहाउन चाहन्थेँ। पानी छोएपछि त्यो उत्साह पनि मरेर गयो। कपालसम्म नुहाएँ जसैतसै।

हिजोअस्तिजस्तै आज २०६५ सालको कात्तिक २१ गते पनि कवितागोष्ठीको कार्यक्रम राखिएको थियो, बिहानै। मलाई बासी कविता सुनाउन मन लागेन। यत्रो प्रकृतिको काखमा ताजा हावा र ताजा वातावरणले मन, मस्तिष्क दुवैलाई ताजा गराएको बेलामा नयाँ कविताको स्केच कसो नबनाउनु? श्रीओमजी बाहिर निस्केको बेलामा फेर िनिकालेँ यात्राको डायरी र भावनाको बेगलाई डायरीमा उतारेँ। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : सुशासन प्रवर्द्धन र संघियता

~ऋतिक यादव~

संघियताको चुनौतीमा सुशासन कसरी एकसाथ हिड्न सकिएला,
कानुनी सर्वोच्चता र पारदर्शीताको अभाव मुलुकमा कहिले सक्लान्,
कुशल राजनीतिक एजेण्डासँग कसरी एकसाथ हिड्न सकिएला,
राजनीतिक चुनौतीले भरीभराउ सुशासनको प्रतिक्षा कहिले सक्लान्

अर्थतन्त्रको जग खल्बल्याउनेहरु लाई कसरी हटाउन सकिएला,
नितीगत भ्रष्टाचारमा नै चुर्लुम्म डुबेकाहरू कहिले निस्कन सक्लान्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पण्डित ‘बा’को चिहान

~लक्ष्मण वियोगी~

‘यादो ओ पातेँ’, भन्दै सुनमया उकालो लागी।

म ठूलो चिन्नेको रुखनिर बसेर घोरिन थालेँ–

बाङ्खे गाउँ, यहाँको रोदीघरले मौलिक जीवनको मर्म बोकेको थियो। गुरुङ गाउँ, रोदीमा बज्ने मादल, मुर्चुंगा र चाँपमा रयाले, रानीस्वाँरा र माझकोटको गरिमा थियो। रंगीचंगी फूलको सग्लो माला थियो, गाउँ र त्यो भेग।

कीराले आरती नगाउँदै, मादलको पाक्कुम गुम ˜ ˜ ˜ गुम पाक्कुम गुम ˜ ˜ ˜ सुरु हुन्थ्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शोधपत्र : ‘उत्सर्ग’ महाकाव्यको विधापरक अध्ययन

~इन्दिरा घिमिरे~

त्रिभुवन विश्वविद्यलय मानविकी तथा सामाजिक शास्त्र
सङ्काय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस 
नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह 
द्वितीय वर्षको दसौँ पत्रको 
प्रयोजनका लागि
प्रस्तुत

शोधपत्र

शोधार्थी
इन्दिरा घिमिरे
२०७४ 

शोध निर्देशकको सिफारिस Continue reading →

Posted in शोधपत्र | Tagged , | Leave a comment

लाेक कथा : सतीकाे सराप

~सङ्कलन : टिका मिलन~

अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् । यो घाटले भोजपुर जिल्लाको दिंला र संखुवासभा जिल्लाको तुम्लिंटारलाई जोडेको छ । यो घाटको नाम सतीघाट कसरीरहन गयो भन्ने बारेमा बिभिन्न खाले किंबदन्तीहरू सुन्न पाइन्छ । जसमा एउटा यस्तो कहानी पनि छ । परापूर्व कालमा यो घाट अरुण नदीमा आवत जावत गर्ने घाट नभएर, मसानघाटको रुपमा मात्र रहेको थियो ।

भोजपुर जिल्ला पटि भनौं वा दिंला तिरका मान्छेको दाहसंकार गर्ने मुख्य घाटको रुपमा मात्र थियो । त्यो घाटको Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

समीक्षा : ‘पापिनी आमा’ खण्डकाव्यको विश्लेषण

~माधव बियोगी~

सुन्दर खण्डकाव्यको सिर्जनामा माधव घिमिरे अग्रपङ्तिमा आउने स्रष्टा हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सबभन्दा बढी चर्चामा रहेको खण्डकाव्य ‘गौरी’का स्रष्टा समेत रहेका माधव घिमिरेका अन्य खण्डकाव्य राष्ट्रनिर्माता, धर्तीमाता, पापिनी आमा, राजेश्वरी आदि सबै उत्कृष्ट छन् । उनको समग्र साहित्यिक व्यक्तित्वमा खण्डकाव्यगत पक्ष पनि सशक्त देखिन्छ । घिमिरेलार्ई राष्ट्रकवि’ को उपाधि दिलाउन सहयोग पु¥याउने कृतिमध्र्ये राष्ट्रनिर्माता’ खण्डकाव्य पनि एक हो । यहाँ उनको लघुआकारको खण्डकाव्य पापिनी आमाका विषयमा मोटामोटी चर्चा एवं विवेचना गर्ने प्रयत्न गरिएको छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : कविता सिद्धान्त र नेपाली कविताको इतिहास

~डा.लक्ष्मणप्रसाद गौतम~

इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि साँचो कुरा गर्नुपर्दा समग्र नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा लेखिएबाहेक विधागत इतिहास लेखनका दृष्टिले भने नेपाली साहित्य निकै पछाडि छ । विश्वविद्यालयस्तरीय पाठ्यप्रयोजनका लागि पाठ्य वा सन्दर्भपुस्तकका रूपमा लेखिएका विविधतामय र अन्योलग्रस्त सामग्रीबाहेक विधागत इतिहासको कुनै ठोस, वैज्ञानिक, वस्तुगत र व्यवस्थित अध्ययन–लेखन नभइरहेको सन्दर्भमा डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास नामक ग्रन्थ एउटा आधिकारिक र मानक ग्रन्थका रूपमा आएको छ । यस ग्रन्थले एकातिर कविता विधाका समग्र सैद्धान्तिक पक्षको गहन विश्लेषण गरेको छ भने अर्कातिर कविताविधाको विधागत साहित्यिक इतिहास लेखनका क्षेत्रमा पहिलो र सशक्त फड्को मारेको छ । Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : “मोहनविक्रम सिंहका दुई नाटक”को विशिष्ट यात्रा

~प्रा.डा. खेम कोइराला बन्धु~

वक्र्षको झर्झरमा मैले युगको नृत्य देखेको छु
ढुकुरको कुकुरमा मैले संगीत सुनेको छु ।

१. मोहनविक्रम सि.ह (१९९२) नेपाली वाङमय विधामा एक विशिष्ट व्यक्तिको रूपमा देखा पर्छन् । उनको लेखन यात्रा एकातर्फ साहित्यिक छ भने अर्कोतर्फ गैर साहित्यिक । उनका सबै कृतिहरू मूलतः राजनीति र दर्शनमा केन्द्रित छन् । गैर यस अर्थमा हेर्दा सिंहको लेखन यात्रा उनको राजनीतिको भारी बोकिएको भन्ने देखा पर्छ । उनको राजनीति दर्शन भने माक्र्सवादी, लेनिनवादी दर्शनमा आधारित रहेर लेखिने साहित्य नै हो । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : जुँगाको बजार

~कात्यायन~dhanwantari-mishra-katyayan

– उत्तरी-ध्रुवको विशाल हिमसागरको हिम-तटमा अपूर्व खुल्ला बजार खुलेको समाचार आँधीबेरी झैं फैलिरहेको थियो |

– पेन्गूईनहरू जुँगाको ब्यापार गर्दैथिए |

– विभिन्न जातका मकैका जुँगाहरू थिए |

– मूषकहरूदेखि लिएर बानर, स्याल, सिंह आदि जनावरहरू लगाएत जल-थल-गगनका अनेक नश्लका अनेकन जुँगाहरू सजाइएकाथिए | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परामर्श

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

उनी अर्कोसँग विवाह गरेर गए पछि उनलाई नदेखेको धेरै भैसकेको थियो। एक दिन उनी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो कार्यालयमा आइपुगिन्। उनलाई एक्कासी त्यसरी देखेपछि मेरो मानसपटल तरङ्गित भयो।

उनको पहिले जस्तै गोरो अनुहार, सलक्क परेको नाक, चन्चल आँखा अनि महँगो चमकदार कपडाले उनी निकै आकर्षक देखिएकी थिइन्।

‘तपाईँ यहाँ?’ उनको आकर्षक व्यक्तित्वसँग चिरपरिचित हुँदै म सोध्छु। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : छेपारोको रङ्ग

~राजेन्द्र ज्ञवाली~

पहिलो गासमात्र मुखमा के हालेको थिए, मोवाइल अनौठो आवाजकासाथ टेबलमा हल्लीन थाल्यो । मैले वोल्न नपाउदै उताबाट कियानाले भनी–आज ठूलो हिमपात भइ रहेछ है, त्यसैले तिमिलाई काममा जान मैले राइड दिन्छु तयार भएर वस्नु । मैले गाडी नचलाउने कुरा मेरो स्टोर सामु काम गर्ने कियानालाई राम्ररी थाहा थियो ।

जनवरीको विहान थियो त्यो । घर हिटरको तापले न्यानो भएको र झ्याल ढोका सबै बन्द भएको कारण वाहिरको मौषमका वारेमा मलाई केही थाहा थिएन । उसलाई ‘हुन्छ’ भनेर कुरा टुङ्ग्याएपछि म खाँदाखाँदै उठेँ र ढोका अलीकति खोलेको मात्र के थिए वाहिरबाट चिसो हावाको मुश्लो मेरो अनुहारमा ठोकियो । अनी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चक्रवत

~हरिप्रसाद भण्डारी~

“भइहाल्छ नि हजुर, यसो चियासिया खुवाउन पनि पाइएन त्यसैले…. । हजुर केन्द्रमा बस्ने सरहरूले हाम्रो ख्याल नगरिदिए त हाम्रो को नै पो छ र हजुर ?”

यसरी जिल्लाबाट आउने कर्मचारीहरूले बिस्तारै बिस्तारै सम्पर्क गर्दै जान थालेका थिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मन छिनमै फुटी गयो

~भुपेन्द्र महत~Bhupendra Mahat_1

पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो

मुटु कोपरेर हाँस्यौ तिमी दिमागमा तनाव थियो
जती होसियार भए पनि सुझबुझ लुटी गयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छेस्का : रुच्दैन है भात

~रमेश पल्लव~

देऊ मलाई समाउनलाई तिम्रो कोमल हात
किन फिक्री गछ्र्यौ तिमी हेरी मेरो जात

तिम्रो रुप फूल जस्तो लाग्यो मलाई मात Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

कविता : आगो उठ्न सक्छ

~नारायण अधिकारी~Narayan Adhikari

सलाईको काँटी
तेलको बत्ति
चुरोटको ठूटो
भिन्नै रुपका एउटै वस्तु- आगो ।

मट्टितेल-पेट्रोल
डिजेल-ग्यास
ज्वलनशील पदार्थ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हो यो कस्तो ?

~मबि सिंह~Mabi Singh 'Sirish'

टुट्ने जोड हो यो कस्तो ?
घट्ने योग हो यो कस्तो ?

बैरीलाई हँसाउने
मेरो शोख हो यो कस्तो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment