कविता : दिन सक्छौँ भने….

~दीप गोले~

मलाई
ऊ मधेशी, पहाडी, हिमाली
भाई भाई लडाउने
जात जात जुधाउने
देशलाई टुक्रा टुक्रा बनाउने
सङ्घीयता भएको संविधान होइन
सयौँ फूलहरू फुल्न सक्ने
अखन्ड फुलबारी सहितको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : लुसुन : सतत सङ्घर्षशील लेखक

~इस्माली~

नेपाली साहित्यका पाठकहरूका लागि लु सुन (ल्यू सुन, लु श्यून) नौलो नाम होइन । ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यान कृतिहरू लगायत यिनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएका छन् । लु सुनका कृतिहरूलाई नेपालीमा अनुवाद गर्नेहरूमा साहित्यकार शान्तदास मानन्धर अग्रणी रहिआएका देखिन्छन् । वर्षेनीजसोे विभिन्न नेपाली साहित्यिक पत्रिकाहरूमा तथा अखबारहरूमा लु सुनका बारेमा चर्चा पनि भइरहेकै हुन्छ । नेपालका केही साहित्यकारहरूको अग्रसरतामा महाकवि Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : एउटा सानो जंगलको कथा

~शिशिर शर्मा~

एकादेशमा एउटा जंगल थियो । त्यो जंगललाई चारैतिरबाट ठूलाठूला दुई जंगलले घेरेका थिए । त्यो बीचको सानो जंगलमा िवभिन्न जाति प्रजातिका जनावरहरू बस्थे । उनीहरूको आ–आफ्नै भाषा, संस्कृति, धर्म आदि थियो । यस्तो विविधता भए पनि त्यहाँ सबै जनावरहरू मिलेर बसेका थिए । त्यस जंगलमा जनावरहरूका समूह पनि थिए, राजनीतिक पार्टी जस्तै ७÷८ वर्ष अगाडि सबै जनावरहरूले १९÷२० दिन आन्दोलन गरेर निरंकुश सिंहहरको शासनको अन्त्य गरेका थिए । जनावरको स्वशासन भनेर केही स्याल, ब्वाँसो आदिका समूहले शासन गरेका थिए । जंगलका लागि नयाँ कानुन बनाउनका लागि ५÷६ सय जनावरहरूलाई सबैले पठाएका थिए । तर उनीहरूले कानुन बनाउन सकेनन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आउ सबले हात मिलाउँ

~जीवन शर्मा~

आउ सबले हात मिलाउँ
भूकम्पका यी पीडा बिसाउँ
जानेहरू त गैहाले
बाँच्नेले फेरि संसार सजाउँ

कहीँ फुट्छ ज्वालामुखी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कल्पना पौडेल ‘जिज्ञासु’का तीन मुक्तकहरु

~कल्पना पौडेल ‘जिज्ञासु’~

(१)
विनासकारी भूकम्पले देशको बेहाल भयो
हजारौँले ज्यान गुमाउँदा लासैलासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
२०७२ इतिहासमा कालो साल भयो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : द्यौला

~केशरी अम्गाई~

खै कतिखेर
देउताको पहरा दिँदा दिँदै
आफ्नै पहरा दिन बिर्सेका मेरा पुर्खाहरूलाई
तिम्रा अलिखित शास्त्रहरूबाट
कसरी खसालिएछ पिँधमा ?
इतिहासको पदचापमा मेरा बराजुहरूलाई
अपराधी नै किन नहुन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : “रक्तिम यात्रा” का अनुभव

~नारायण शर्मा~

देशमा संविधान निर्माण हुन नसक्दा जनताले रगत पसिना र आँसुसँग साटेर ल्याएका गणतन्त्र लगायतका हक र अधिकारहरूमाथि कालो बादल मडारिइरहेको छ । देशको राष्ट्रियता दिन–प्रतिदिन सङ्कटग्रस्त बन्दै गइरहेको छ । हाम्रँे राष्ट्रिय अखण्डता र जातीय सद्भाव छिन्नभिन्न हुने सन्त्रास छाइरहेको छ । सत्ता सञ्चालनको साँचो हातमा लिएका र त्यही साँचो आफ्नो हात पार्न कस्सिएकाहरू दुवैले जनआन्दोलन र निर्वाचनको म्याण्डेडलाई बिर्सदै गइरहेको प्रतित हुँदैछ । समयले फेरि एक पटक जनताबाट सशक्त खबरदारीपूर्ण आन्दोलनको माग गरिरहेको छ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : धान फलेन

~एम.एल. ओली~

धानको बालो झुलेन खेत पपट्टो रिसियो
पेटारीभित्र मुसाको साथ बाँदर मिसियो
झाङ्गियो बोट फलेन नोट ढल्कियो आलीमा
कसौडी घोप्टो परेर रोयो भातको थालीमा ।

नगोडी बोट चलायो ओठ जिब्रोले चुसेन
निस्केर जरा बाहिर आयो माटोमा घुसेन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : बानी

~भवानी पाण्डे~

धूलो कति उडेको बुङबुङ गरेर
बल उस्तै खेलेको हल्ला धेरै गरेको
राम्रो हो कि नराम्रो साथीभाइ चलेको ?
धूलैधूलो उडेर नचिनिने भएको Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

सूत्रकथा : जीव जिउँदो रहन्छ

~हिरण्य भोजपुरे~

– जीव जिउँदो रहन्छ ।

– त्यसले आकार बदल्छ । Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

संस्मरण : धुवाँ, जिन्दगी र चंगा !

~राजेन्द्र पराजुली~Rajendra Parajuli

उडिरहेको चंगाको लयसँग मान्छेको मनलाई तुलना गर्दा उस्तैउस्तै लाग्छ मलाई । मन हरदम चञ्चल रहन्छ, तर चंगाको चञ्चलता हेर्न निश्चित समय आउनुपर्छ । मनको कुनै मूल्य छैन, चंगा मूल्यको परिधिमा कैद छ । म १० वर्षको छँदा एउटा रोज्जा चंगाको मूल्य ५० पैसा थियो ।

त्योमध्ये एउटा निश्चित समय भनेको दसैं थियो । केही दिनमा हिन्दु धर्मावलम्बीका घरमा त्यो पर्व आरम्भ हुनेछ, हरेक वर्षजस्तै । क्यालेन्डर पल्टँदै जान्छ र मध्यपृष्ठतिर सधैं दसैंले स्थान सुरक्षित गर्छ । निश्चित छ यसको Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य छोक : नेपाल खुल्ला

~लक्ष्मण नेवटिया~

लामो बन्द पछि जब
बन्द नेपाल खुल्यो,
विदेशीयात्रुले सोध्यो मलाई,
नेपाल कति दिनका लागि खुल्ला छ?
मलाई जानु हुम्ला र जुम्ला छ। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेवारी कविता : जित: सा:प चिन्ता जुयाच्वन

~नविनप्रकाश श्रेष्ठ~

मनूतय् नये पित्यायेवं
चा न नयेगु स्वये य:
ल्वहँ न नयेगु स्वये य:
धलय् बा: वगु ल: न त्वनेगु स्वये य:

गथे
स्वस्थानिया बाखनय्
गोमा बमूनिया नये पित्या बलय्
नयेगु तातुनाः खुसिइ वान्छ्वया त:गु जा Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : किनेको हावा

~गोविन्दप्रसाद आचार्य~

प्रकृतिले शुल्क लिन्न हामीले फेर्ने हावाको
शुल्क तिर्नु परेको छ जिन्दगीका आभाको
प्रकृतिको हावा बेची नलुकाउ नोटहरू
अविवेक फल्छ भने काटिदेउ बोटहरू

बोली जति बोले पनि मिटरमा चढेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति अनि शान्तिको भ्रान्ति

~बाबुराम आचार्य ‘विकल्प’~

क्रान्ति अनि शान्तिका नारा फलाक्नेहरू
आज भ्रान्तिका नारा फलाक्दै छन् रे
ख्वै किन हो किन आज उनीहरू
शान्तिको नाममा देशकै अस्मिता बेच्दैछन् रे

मैले त सुनेको थिएँ, पढेको थिएँ
क्रान्ति पछिको शान्ति चाहिएको छ रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनेली तिमी किन मलिन छेऊ ?

~माडीखोले दाइ~

परिवर्तनसँगै जुनेलीका आशाहरू मौलाएका थिए
चुक परेको रात चिर्दै, जब बिहानी तिरमिरे भयो
मुसुक्क मुस्काउँदै आँखाका किरणहरू पाखाभरि फैलिए,
जुनेली तिनिक्क आङग तन्काउँदै दैलोबाट बाहिर निस्किन्
क्षितिजको हिमालले फिस्स मोती टल्कायो
खोई के भयो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रत्ना

~दुर्गा विनय~Durga Binay

त्यो यात्रीलाई आज निन्द्रा परेको छैन । मनमा अथाह पीडा बोकेर हिंडेको उसको गन्तव्य अस्ति नै कहिले हराइसकेको रहेछ ।

के–के सोचिरहेको ऊ जुरूक्क उठेर पलङ्गमाथि बस्यो र झ्यालको पर्दा एक छेऊ तानेर बाहिर हेर्न लाग्यो । बाहिर चुक घोप्ट्याएझैं अन्धकार थियो । चिसो हावा उसले महसुस ग¥यो । हावाको बेग बढेको थाह भयो उसलाई । फेरि फर्किएर सिरकमा गुटमुटियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चिडियाखानाको सिंह

~सीमा आभास~

अँध्यारो गुफामा बसे पनि
चिडियाखानामा थुनिए पनि
सिंह त सिंह नै हुन्छ।
गर्भबाट पनि सिंह नै जन्माउँछ।
युगयुगदेखि भोको पारिए पनि खाँदैन घाँस
हजार पहरेदारले घेरिए पनि गर्दैन आत्मसमर्पण Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल सानै छ, देवकोटाज्यू!

~विनोदविक्रम केसी~

हे महाकवि! हे पण्डितपुत्र!
आफ्नै हुर्मत लिने
कस्तो स्वाँठ प्रश्न गर्नुभएको तपाईंले–
के नेपाल सानो छ?
नेपाल सानै छ, देवकोटाज्यू!
हुँदै नभएको विशालता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डोटेली गजल : झाउ कसेरी मुइ

~सुरेश भट्ट ‘साहित्यप्रेमी’~

बिदेशका तइ खाडी, झाउ कसेरी मुइ
जन्मभूमि छाडी , झाउ कसेरी मुइ

न त भाइ छ घर, न दाइ छ मेरा
इजाबुवा एक्लाइ पाडी, झाउ कसेरी मुइ Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

निबन्ध : जीवन शब्द र जीवनको अनुभूति

~कृष्ण सिंह पेला~

रेश्मा ! मैैले तिमीलाई तिम्रो पत्रमा लिखित शब्दहरुको बीचको अवकाशमा बडो धैर्यताका साथ पढें । तिम्रा शब्द र भावको कोमलताले तरंगित भएको मेरो हृदयसागरमा जुन आनन्दका लहरहरु उठे तिनलाई म पुनः शब्दहरुमा अनुवाद गर्दैछु । विचार,अभिव्यक्ति र वास्तविक अनुभूतिमा यदि संगति छ, सामञ्जस्य छ, समानता छ भने यौटा कुरा अति सुन्दर लेखिएको छ त्यो के भने “फरक भनेको सोचले मात्र पर्ने रहेछ” । वास्तवमा ज्ञान र अज्ञानमा फरक त्यतिकै मात्र छ । जीवन त जति प्रकारका व्यक्ति छन् त्यति प्रकारले परिभाषित हुन सक्छ तर के जीवन त्यति प्रकारको हुन सक्छ त ? जीवन त एउटै हो । जीवनप्रतिको धारणा फरक फरक हुन सक्छ , जीवनशैली फरक फरक हुन सक्छ । जस्तो एउटा दुःखी र निराशावादी व्यक्तिले सागरलाई हेर्दा उसले आँसुको सागर देख्छ भने एउटा आनन्दित व्यक्तिले Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

डोटेली गजल : मेरी प्यारी

~सुरेन्द्र जोशी~

मायामी दुख पडेले, मुख मड़कालि मेरी प्यारी
मेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !!

रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेले
रिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : आमा तिमी मात्र किन ?

~सुरेन्द्र जोशी~

तिमी रोयौ आमा,
ति वेदनाका बिम्बहरुको नुनिलो स्वाद
घुटु घुटु प्यूँदा,
छोराले किरिया गर्दा
तिम्रा पिण्डहरुमाथि तिलाञ्जलीको हस्ताअक्षर
गरेको जस्तो लाग्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तुच्छ जीवनको महान् गाथा

~आहुति~

यो धर्तीको म जुठे नामको तुच्छ गरीब
नाईँ !
म बन्न सक्तिन महान् !
रामप्रसाद शर्मा
आम्मै आम्मै !
उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : तोरीलाहुरे चोकमा एक छिन

~रुद्र खरेल~

मेरो छेवैमा एउटी प्लास्टिककी मोडेल युवती सिसाभित्र उभिएकी छ । वास्तवमा ऊ कहिल्यै बस्दिन र सुत्दिन पनि । उसले केही सोच्नुपर्दैन । सुनौलो केशभित्र उसको टाउको खोक्रो छ, आकर्षक बनाउन प्रयत्न गरिएको उसको छातीभित्र न मुटु छ न कलेजो । ऊ खोक्रो हुन्नथी भने आजसम्म सयौँ पटक बलात्कृत हुन्थी । ऊ यति मात्र कारणले बलात्कृत भएकी छैन कि ऊ प्लास्टिकको खाक्रो मान्छे हो । हरेक साँझ उसलाई पनि हेरेर यस चोकमा मुख मिठ्याउनेहरू छन् तर ऊ कवाफमा हाड भएकी छ । मुटु, कलेजो र गिदी नहुनु सबैको लागि अभिशाप हुँदो रहेनछ, यो ‘नहुनु’ उसका Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : विस्मात

~राधा कार्की~

ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई । सँगै अर्को व्यक्ति पनि थियो । उनीहरू दुबै मिलेर काम गर्नुपथ्र्यो । सुरु–सुरुमा नयाँ भएकाले त्यो व्यक्तिसँग सहयोगको अपेक्षा राख्थी । साखै पल्टिनेहरूले सँगै रहेको त्यो व्यक्तिका बारेमा भन्ने गर्थे, ‘यो कोढी छ, हेर न हामीजस्तो खुलेर कुरा गर्दैन ।’ एक दिन ठूलो हुरी चल्यो । ऊ लडी । शिर र पाउमा गहिरो चोट लाग्यो । साखै पल्टिनेहरू भाग्न नसकेकोमा ऊमाथि थुप्रिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : रुद्र खरेलका व्यङ्ग्य निबन्धको विषयक्षेत्र

~नरनाथ लुइँटेल~

नेपाली हास्यव्यङ्ग्य लेखनमा अत्यन्त गुरुत्व राख्ने स्रष्टा रुद्र खरेलको व्यङ्ग्य कलाका बारेमा त्यति धेरै मूल्याङ्कन एवम् चर्चा भएको छैन । खरेल आफैँ पनि अलि बढी नै अन्तरमुखी स्वभावका स्रष्टा भएका कारण पनि यसो भएको होला । अनि खरेलका विशेषतः हास्यव्यङ्ग्य कृति एवम् रचनाहरूका बारेमा समालोचकहरूको पर्याप्त ध्यान खिचिएको देखिँदैन । शास्वत निबन्धमा रमेर कलम चलाउने रुद्र खरेलका छ वटा निबन्धसङ्ग्रह प्रकाशित भएका छन् भने विभिन्न पत्रपत्रपत्रिकामा दर्जनौँ निबन्ध रचना छरिएर रहेका छन् । खरेलका प्रकाशित निबन्ध कृतिहरूमा ‘तपाइँको Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिका

~शिव रेग्मी~

नेपालका जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने मेरो जिज्ञासाको फलस्वरुप जन्मेको यो पहिलो आलेख हो । यसमा धेरै पत्र–पत्रिकाहरु छुटेका छन्–म कायल छु यसलाई पूरा गर्ने काममा लाग्नेछु । अध्ययनशील विद्वान सम्पादक÷प्रकाशक वा जसलाई जानकारी छ, लिखित सूचना पाउन सादर अनुरोध गर्दछु ।

राणाकालीन प्रशासकीय इकाइको रुपमा इलाम सुरुमा धनकुटा गौँडा अन्तर्गत पथ्र्यो भने पछि इलाम पनि छट्टै गौँडाको रुपमा रहेको थियो । २०१८ सालमा चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजित हुँदा इलाम मेची अञ्चलको सदरमुकाम कायम भएको थियो । तर पछि सदरमुकाम पनि झापा जिल्लामा सरेपछि इलामको Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : ह्वेल

~बिमल गुरुङ~bimal-gurung

म आउँदैछु
तपाईहरुको सहयोगको लागि आउँदैछु
तपाईहरुको मोर्चामा
एक संख्या थपिएर आउँदैछु ।

यो टाढाको कोठाबाट
म तपाईहरुलाई शुभकामना मात्र दिन सक्दिन
यो टाढाको कोठाबाट
म रातदिन आँखाबाट धारा बगाउँदै
तपाईहरुलाई कल्पन मात्र सक्दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको अस्तित्व र स्वभिमान

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

अ अथवा अस्तित्व
स्व अथवा स्वभिमान
हरेक देश र जनतासंग
गासीएको हुन्छ
टासिएको हुन्छ
अलङ्कार हुन् यी दुर्इ अक्षरहरु
हरेक देश र जनताको
त्यसैले देश र जनताको लागि प्रीय हुन्छ
अ र स्व
अथवा अस्व Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखा छोप्दैमा अरुले नदेख्ने त होइन

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

खालीपेट पाल्नका लागि आउँछ
आँखा चिम्लिन्छ, खोल्छ, घुर्छ
फेरि सास फेर्छ
वरिपरि बस्नै नसकिने गरि गन्हाएको छ
अरुको सुबिधा काट्छ
आफ्नो सुबिधा बृद्धि गरिरहेको हुन्छ
एसो गर्दा खुसी हुन्छ
दरिद्रतामा अझ भासिंदै गएको हुन्छ
उस्ले आफैलाई छल गरिरहेको हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढो भ्वाइलिन धुन र माया !

~समाश्री~

ऊ कोठामा छ
उसँगै
तार खुकुलिएको एउटा भ्वाइलिन छ
उदासिमा बेरिएर मौन बसेको गजो छ
र कोठाभरि
अनन्त फैलिएको यादहरू छन्
सँधै दोहरि रहने यादहरू
बुढा भएका छैनन्
यादहरू हरेक सम्झाइमा
फेरी तरोताजा हुन्छन्
यादहरू विगत हुँदैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment