~केशरमान बिसी~
धिपधिपे दियालोको प्रकाश कतिखेर पारि लेकाली पहाडबाट आएको तीब्र वेगको आँधीले निभाइदिन्छ । अरुनिमा दाउरा जोरजाम गरेर आगो फू फू गर्दै सल्काउँछे । अजय आज पनि साहुको काममा गएको छ तर बेला भइसक्यो फर्केको छैन । अरुनिमा चुलो बालेर मात्र के गरोस् पकाउनका लागि घरमा कुनै सरजाम छैन, उसले आज फेरि उही मकैको खोले पकाउने तरखर गर्दैछे ।
सन्ध्याकालीन रश्मीहरुले धर्तीबाट विदा लिँदैछन् । विस्तारै–विस्तारै कालीरातको पदार्पण हुँदैछ धर्तीमा तर त्यो कालीरात हिजोभन्दा आज झन्–झन् भयानक बनेर आउँदैछ भने आजभन्दा भोलि अझ भयावह हुने संकेत छ । त्यो घरमा भूत, प्रेत, मसान भिœयाएर झनै कठोर, झनै निर्मम झनै निर्दयी भएर आउँदैछ कालीरात । Continue reading →