Tag Archives: Jiwan Khatri

कविता : आग्रह

~जीवन खत्री~ तिमी जाँदा, आफू संगै लगेछौ एक अन्तरा हिउँको गीत एक अञ्जुलि झरनाको प्यास भञ्ज्याङको एक थुङ्गा गुराँस र गाउँको एउटा मुस्कान पनि, लगेछौ र संगै लगेछौ पोको पारेर अलिकती तिमी जस्तै चञ्चल देश

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा खस्रो चित्र

~जीवन खत्री~ कलालाई कलाको रुपमा नबुझ्ने एउटा साथी छ मेरो उसलै पठाइदिएछ मेरो ठेगानामा एउटा विचित्रको खस्रो चित्र ठिक यति बेला, यही चित्रलाई नियालिरहेछु। हुन सक्छ, यो चित्र भिन्चीले बनाएको हो, जसले मोनालिसाको नरम तस्बिर छाम्दा-छाम्दा वाक्क भएर यो खस्रो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको मरूभूमिबाट

~जीवन खत्री~ बाध्यताको आँधी घरभित्र छिरेर नबगाएको भए बाको अनुहारबाट घाम नचोरेको भए आमाको आँखामा चम्कने जून फूलजस्तो मुस्कान प्रियाको ओठबाट नखोसेको भए नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए पुर्खाले उपहार छाडीगएको जिउँदो घर र ताराहरूले गुच्चा खेल्ने आकाशजस्तो आँगनसँग … Continue reading →

Posted in कविता | Tagged | Leave a comment