कविता : म तिमी नै हो

~अनन्त निरौला~

अलिकती तिमीसित
वायु लिएको छु
अलिकती तिमीसित
पानी लिएको छु
अलिकती तिमीसित
भोजन लिएको छु
अलिकती तिमीसित Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आउँछ कि ? सरकार

~अनुपम ‘नवोदित’~

बालुवा पेलेर तेल, आउँछ कि ? सरकार
वाक्पटुताले त रेल, आउँछ कि ? सरकार

भेदभाव छुवाछूत, सबै ज्यूं का त्यूं छन्
यो नफाली अब मेल, आउँछ कि ? सरकार Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : साँझमा आज

~अमृत सिङ थिङ~

गर सानू बन्द बस्त आउदैछु साँझमा आज
तिर्खा र पानी मात्र , हुनुपर्छ साथमा आज

हजारौं रातहरु बिताएँ सम्झनमा पौडेर
निदाउनु छ मस्तले तिम्रो न्यानो काखमा आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : खप्परमा बोकेर हिँडिरहेछ

~प्रोल्लास सिन्धुलीय~

बाबु पुस्तैनी दुःख खप्परमा बोकेर हिँडिरहेछ
छोरो नखरमाउली पल्सरमा बोकेर हिँडिरहेछ

बाटो त्यही हो, पुस्ता हिँडे अनि ऊ हिँड्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन कला

~रमेश पौडेल~

एकसरो जिन्दगी बाँचेर
बन्धकी खुशी हाँसेर
किस्ताबन्दीमा तिर्दैछु
मोनालिसा मुस्कानहरू
बाँच्नु यौटा जिजीबिषा
हाँस्नु अर्को अभिष्ट
उभिएर यसैको दोसाँधमा
फुकिरहेछु ट्राफिक सिट्टी
अलकत्रले छोडेको सडकजस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रवासको ‘रेडियो जिन्दगी’

~क.दी.~

अनेक प्रकारले ‘इन्टरेष्टिङ’ छ यो किताप। एक जना खाँटी राष्ट्रवादी नेपालीले छिमेकी देशमा चार दशक सरकारी सेवामा बिताएको कथा हो यो। खान लाउन दुःख नभए पनि उनले त्यहाँ काटेको कहरको कथा हो ‘रेडियो जिन्दगी’। सप्तरीको राजविराजमा जन्मेको मध्यवित्त ब्राह्मण परिवारको एकजना केटो नेपालको राजधानीको मुखै नदेखिकन भारतको राजधानी पुग्छ। त्यहीं बसेर पढ्छ, जागिर खान्छ अनि रिटायर भएपछि मात्र नेपाल उक्लन्छ। उसले त्यहाँ अनागरिक जस्तो ‘विदेशी’ भएर खेप्नु परेको पीडा बोलेको छ पुस्तकको पानाले।

प्रकाशप्रसाद उपाध्याय (दाहाल) को आत्मकथात्मक तर आख्यानपरक किताप हो यो। यो पढ्दा धेरै ठाउँमा कथा या उपन्यास पढेजस्तो लाग्छ। पाठकको मनलाई तान्छ त्यसले। अल इण्डिया रेडियोको नेपाली प्रभागमा काम गर्दा प्रकाशप्रसादको भेटघाट र चिनजान भारत र नेपालका ठूल्ठूला हस्तीहरूसँग हुन्छ। कितापमा उनले ती प्रसङ्ग प्रस्तुत गरेका छन्। साथै Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सजल महेश आचार्यका तीन मुक्तकहरु

~सजल महेश आचार्य~

(१)
एकैछिन तिमी विना रहुँला ममा धीर छैन
तिमी नै छौ सम्झनामा अरु केही पीर छैन
हावासँग पनि इर्ष्या लाग्छ तिमीलाई स्पर्श गर्ने
तिमी नजर परेदेखि तनमन केही थिर छैन ॥

(२) Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

समीक्षा : संयमका प्रतीक गोविन्द गोठाले

~इन्द्र माली~

गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन । यो एक किसिमको पुर्ख्यौली परम्परा भने पनि सायद अत्युक्ति हुन जाने छैन । किनभने आजभन्दा एकसय बाह्र वर्षअगाडि बनारसबाट निस्केको निर्गुण भजनमा हिन्दी, नेपाली र नेपालभाषाका गीतहरू समावेश भएको थियो । उक्त गीतहरूका प्रणेता गोविन्द गोठालेका हजुरबा सुब्बा वीरबहादुर मल्ल हुन् । उनले जीवनमा निकै सङ्घर्ष गर्नुपर्यो । उनको इमान्दारिता र कर्तव्यनिष्ठताका लागि तत्काल राणा शासकको Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘स्मृति’ भित्रको प्रेम बहस : एक समीक्षा

~प्रकाश थापा मगर~

प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले २०७१ को अन्ततिर एउटा खण्डकाव्य प्रकाशित गरेका थिए : “स्मृति” । २०७२ सालको वैशाखमा शक्तिशाली भूकम्प आएकाले र २०७२ असौज ६ गतेदेखि भारतले नाकाबन्दी लगाएपछि नेपाली जनताले इतिहासमा कहिलेकाहीँव्यहोर्नु पर्ने अकल्पनीय पीडा व्यहोर्नु परेको छ । यस्तो प्रतिकूल परिस्थितिका वावजुद तैपनि छिटपुट साहित्य प्रकाशन भइरहेकै छन् । त्यसमाथि विमर्श भइरहेकै छन् । यो नेपाली जनताको जीवन सौन्दर्य नै हो– अकल्पनीय पीडाका बीच पनि मुस्कुराउने । आखिर, हामी पानी मात्र खाएर देश बचाउन लड्ने वीर गोर्खालीका सन्तान न हौँ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : आइ वान अ डेट विद यू

~सविता सापकोटा~

साझ ढल्किँदै थियो । गन्तव्यलाई पन्छाउँदै बाटोमा मानिसहरु हिँडिरहेका थिए । कोही आफ्नो बासतिर, कोही भट्टी पसलतिर, कोही काममा । सडकको पेटीमा बसेर व्यापार गर्नेहरु आफ्नो सामान उठाउँदै थिए । ट्राफिक दाइहरुलाई गाडीको चाप नियन्त्रण गर्न भ्याई नभ्याई थियो । साझ परे पनि त्यसको प्रवाह नै नगरी अन्य दिनभन्दा सुस्त गतिमा आफ्ना पाइलालाई अगाडि बढाउँदै थिएँ ।

दिनमा भन्दा पनि रातमा हिँड्दा छुट्टै आनन्द आउँछ । सायद एक्लोपन र अन्धकार मन पराउँने भएर होला । बाटोमा ठोक्किँदै हिँड्नेहरुप्रति पनि कुनै गुनासो थिएन । बाटोको जाम छोडेर पेटीबाट साइकल गुडाउने साइकल यात्रीको टिङटिङ घण्टीले पनि मलाई केही असर पारेको थिएन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “अनौठा दिनका सम्झना” : एक समीक्षा

~इन्द्रकान्त शर्मा~

आदरणीय मित्रल कृष्ण थापाले यो पुस्तक पढेर टिप्पणी लेखिदिनु होला भनेर आफूले लेखेको “अनौठा सम्झनाका दिन” भन्ने पुस्तक दिएको धेरै लामो समय भयो । पुस्तक पढेर सामान्य समीक्षा लेखिदिने मलाई समय नै मिलेन । बल्ततल्ल धेरै समयपछि यो पुस्तक पढेर भ्याउन सफल भए । के पो होला जस्तो लागेको थियो, पुस्तकका पाना पल्टाउँदा । तर पानाभित्रका शब्द र लाइन पढ्दा भने चिज सोचेभन्दा फरक फेला पर्‍यो । त्यसपछि मलाई निम्न रूपमा पुस्तकको टिप्पणी गर्न मन लाग्यो ।

“कक्षा ८ मा अध्ययन गर्दा फटाहले लगाएको चुक्ली”—“तेरो छोरा बहुदललाई समर्थन गर्छ । उग्र छ । पञ्चायत र पञ्चले भनेको मान्दैनन्् । त्यसकारण स्कुल नपठाउनू । बिग्रन्छ ।” (कबे, टङ्के, नरे र ललितेलाई यो पुस्त Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : उठौँ जुर्मुराई सबै स्वाभिमानी

~निर्मोही व्यास~Nirmohi Vyas

अहा ! देश हाम्रो थियो स्वर्गतुल्य
कठै ! आज भो रौरवै नर्कतुल्य
हराए हिजोका सदाचार निष्ठा
यहाँ छैन बाँकी कसैको प्रतिष्ठा
०
मिलेरै बसेका सयाँै जात–जाति
बने आज यी आपसैमा नजाती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : राम्रा कथाहरूको सङ्गालो “काला सर्पको खोजी”

~गिरिप्रसाद बुढा~

प्रगतिशील साहित्यकार हरिप्रसाद भण्डारीद्वारा विभिन्न समय र स्थानमा रचना गरिएका लघुकथाहरू सङ्गृहित एउटा महत्वपूर्ण साहित्यिक कृतिको नाम हो– “काला सर्पको खोजी” ।

साझा प्रकाशनद्धारा प्रकाशित यो कृतिमा कुल ६३ वटा लघुकथाहरू सङ्ग्रह गरिएको छ । यसरी सङ्ग्रह गरिएका लघुकथाहरूमध्ये धनगढीको बसाइूमा लेखिएको “अनौठो प्रजातन्त्र”, बागलुङको बसाइूमा लेखिएको “निर्वाचन” र बेनीको बसाइूमा लेखिएको “चक्काजाम” वाहेक अरू जम्मै कथाहरू काठमाडौूमा रहूदा लेखिएको देखिन्छ । साथै यी कथाहरू गोरखापत्र, गरिमा, जनमत, ज्योति, मधुपर्क, मिर्मिरे, यूगभाका, युवामञ्च, वेदना, समष्टि, गुल्मेली आवाज जस्ता पत्रपत्रिकाहरूवाट साभार तथा आभार गरिएको र यसरी विभिन्न समय परिवेशमा रचित थरिथरि कथाहरूको बीचबाट “काला सर्पको खोजी” शीर्षकको लघुकथालाई छनौट गरी यस कृतिको नामाकरण गरिएको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मन हरेर लेख्यौ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

लेख्नु’थ्यो लेख्यौ, सबको मन हरेर लेख्यौ,
दाम आउँछ जान्छ, नामका लागि मरेर लेख्यौ ।

धन्य छ तिम्रो मन, मुटु अनि धमनी,
साहूलाई कूत, बुझाउन पाथी भरेर लेख्यौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : “पूजा” नाटकमा शहीद गाथा

~रामप्रकाश पुरी~

१. शहीदको शान

“शहीद” भनेको देश र लोकको हितका लागि आफ्नो प्राणको आहुति गर्ने मानिस हो । यो मानिसको शक्ति, तागत र विवेक सामान्य मानिसको धरातलबाट उठेर भिन्न ढङ्गको उचाइमा कायम भएको हुन्छ । सामान्य मानिसले नै सङ्घर्षको माध्यमबाट शहीदको उचाइ जस्तो दुर्लभ र कठिन ओजस्विता प्राप्त गर्दछ । तर यो शक्ति र तागतमा त्यागको भावना, वलिदानको साहसित यात्रा, निस्वार्थ उद्देश्यहरू र उच्च विवेकको समिश्रण तत्ववगुणको बढीभन्दा बढी प्रभाव रहेको हुन्छ र राजनीतिमा सङ्घर्ष गरेका मान्छेहरू राष्ट्रका गरिमामय पदमा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : अतिरिक्त नासो

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ सान्ता-बारबराको सामुद्रिक पार्श्वमा सारा संसार भुलेर एंग्लो-मेक्सिकन सुन्दरीको कम्मरमा दुवै हातले बेर्दै माइकल ज्याक्सनको तालमा नृत्य गर्दै थियो | मोबाईलको चर्को रिंग-टोनले उसको एकाग्रतालाई भंग गर्छ | औपचारिक वार्तालाप पछि कोही उसको आफन्तले फेरि पनि उसलाई अप्रिय समाचार सुनाउँछन् |

– सुन्दरीलाई अर्को कुनै दिन भेट्ने वचन दिंदै ऊ आफ्नो वासस्थान जान्छ र ब्लू-लेबलको दुई-पेग घुट्काई सके पछि श्रीमतीलाई फोन गर्छ र सोध्छ – “के मैले सुनेका कुराहरू साँचा हुन् ?” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बस्तीको व्यथा

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

थिलोथिलो पारिएका वस्तीहरु
स्वतन्त्रताको नामसंगै अनुहार कोपरिनु परेका छन्
बलात्कृत हुनु परेका छन्
रस चुसेर खोस्टा पारिएका छन्
बिनासिएका छन्
आँसु चुहाउनुको विकल्प छैन
सवै रोएका छन्
म अपबाद होइन
म पनि बेस्कन रोएको छु ।
मैले छोडि आएको वस्तीको व्यथा यस्तो छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुवायो गजलमा !

~शेखर ‘अस्तित्व’~

हँसायो गजलमा रुवायो गजलमा !
यो शेखरले पागल बनायो गजलमा !

सुन्दासुन्दै सबैमा भन्थें रे श्रोताहरूले !
सुन्यो जस्ले त्यो नै हरायो गजलमा ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : Night, Morning and Around

~Eagam Khaling~

Mind connects mind,
Lips connect lips
Together with the rhythm of breathings,
Secreting a pink-pain between
In the swing of desires
Erupting the hot white lava
From the top of a mountain
Above black forests of two hemispheres—
A fate of the whole night’s dream Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : महानगरभित्र

~मातृका पोखरेल~

बिहानको करिब दस बज्दै थियो ।

म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ । त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किंदै पछिल्तिर फर्किएँ ।

‘हजुर, नमस्कार !’ एउटा युवक मुसुक्क मुस्कुराइरहेको थियो ।
परिचित जस्तो अनुहार लागे पनि मैले राम्ररी ठम्याउन सकिन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पूराको उपन्यास सानो तर पूरा

~शारदाप्रसाद शर्मा~

शारीरिक तन्दुरुस्तीका दृष्टिले सबल नदेखिए पनि इच्छाशक्तिका दृष्टिले अब्बल समिता श्रेष्ठ ‘पूरा’ को सानो साहित्यिक सौगात ‘नयाँ सोच’ नामक जुन लघु–उपन्यास शब्दयात्रा प्रकाशनले आयोजना गरेको साहित्यिक सभामा सार्वजनिक भयो, त्यो सानो भएर पनि वजनदार छ । नौ कक्षाबाट माथि जानै नपाएकी केटी, त्यसमाथि शारीरिक अस्वस्थताले अत्यन्त कष्टकर जीबन बाँचिरहेकी मान्छे, Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सन्तरे

~पुष्कर रिजाल ‘पुष्प’~

कठै ! विचरा । सन्तरेलाई देख्ने बित्तिकै जो कसैको जिब्राले यही फट्कार्थ्यो । ऊ किन सबैको विचरा बन्यो त । को हो सन्तरे ? करिब १० वर्ष पहिले मेरा मनमा यस्तै प्रश्नले डस्थे ।

नेपालको उच्च पहाडी भेग सधैं जाडो हुन्छ । देवकोटाले पहाडी जीवन निबन्धमा पहाडको पारख गरेकै छन् । सन्तरे पहाडतिरै जन्मेको रहेछ । उसका बाजे बराजु सबै भरिया रहेछन् । उसका दाजुभाइ पनि भरिया । उसलाई आफ्नो गाऊँ सम्झना भएन । भन्थ्यो बाले ऐलानी जग्गा अलिकति चर्चेका थिए । हामी छ–छ भाइलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै उस्तै लाग्छ

~रेखा पन्त~

बर्षौ देखी
मान्छे बस्न छोडेको रित्तो घर
चियाईरहन्छ
आफन्त बस्न छोडेको रित्तो मनले ।
त्यो घर एक्लो
अनि एक्लो म ।
लिपपोत विना फुस्रो र धुलोमैलो घर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डेनभरको प्रभात

~निर्मला अर्याल~

आज बिहान मैले देखें
कस्तो राम्रो डेनभर
हेर्दा हेर्दै म त भएँ
अति नै गदगद Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फेरि नफर्कने गरी

~उषा अधिकारी (घिमिरे)~

नेपाली समय अनुसार साँझको ठीक ६ बजे अबुधाबी विमान स्थलबाट काठमाडौँका लागि विमानले भुइँ छोड््यो । अब हामी चार घण्टामा काठमाडौँ उत्रने छौँ । सम्भावित प्रश्नहरू जस्तै— अब कहिले फर्कने र नफर्कने किन ? आदिको उत्तर के दिने ? मेरो मन विचलित हुन्छ । म र मेरी पत्नी बाहेक विमानमा अरू धेरै मानिस थिए । आँखा चिम्लिएर म सोच्न थालेँ । २०–२२ वर्षको विदेश बसाइमा मैले के आर्जन गरेँ ? जीवनका उर्वर पलहरूको लगानीको प्रतिफल मसँग के छ त ? साथमा मैले के ल्याउन सकेको छु ? सन्तानको व्यवहारले दुखेको चित्त उनीहरूसँगैको बिछोडले विचलित भएको मन, स्वदेशजनले स्वीकार गर्छन् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : चौँरीखर्कमा ऊँट

~विनय कसजू~

“दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है,” विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, “पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।”

बाको कुरा विकासले के मान्थ्यो? “हाम्रो चौँरी गोठमा बस्छ, चौँरीले खाने घाँस कुँडो त्यसले पनि खान्छ,” उसले ऊँट जसरी पनि लिएर आउन भन्यो। आफूले कसैलाई दुःख नदिने र चौरीखर्कका ऊँट चराउने कुरा पनि बतायो। ऊँट नल्याइदिए आफू स्कुल नजाने र बासँग पनि नबोल्ने भन्दै जिद्दी पो गर्न थाल्यो। Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

गजल : उदास भएकी छु

~तारा पराजुली~

केही खुशी केही उदास भएकी छु
अचेल तिम्रै प्रेमकी दास भएकी छु।

तिमीले उपहारमा शिशिर पठायौ
र त म आफैं मधुमास भएकी छु। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : बहुआयामिक सामाजिक उपन्यास ‘वादी’

~ऋषिराम पाेख्रेल~

काल्पनिक घटनालाइ पनि वास्तविक जीवनमा घटित घटनाको अनुभूति दिलाउन सक्ने सिद्धहस्त साहित्यकार एवं प्रत्येक न्यायका उपभोक्तालाइ न्यायको मर्म बुझेको अनुभूति दिलाउन सक्ने दक्ष विद्वान न्यायकर्मिद्वारा लिखत एउटा सशक्त बहुआयामिक सामाजिक उपन्यास पढ्ने अवसर मिल्यो । झण्डै आधा दशकको यो उमेरमा अध्ययन गरिएका विषयबस्तुहरुमा ‘वादी’ नामको सामाजिक उपन्यासलाइ जत्तिको रुचि पूर्वक अरु विषय वस्तुहरु सायदै पढिन मैले ।

पढ्न त मैले डायमन सम्सेरद्वारा लिखित ‘बसन्ती’ र मोदनाथ प्रश्रित द्वारा लिखित ‘देवासुर संग्राम’ पनि

Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : मानवअधिकारवादी

~फडिन्द्र अकिञ्चन~

गायत्री मन्त्र, राष्ट्रगान, एफएम रेडियो र टेलिभिजनका लामा स्टेशन आइडी टोनले शहरलाई ब्युझाउने क्रम शुरू भएको थियो । पूर्वमा स्पष्ट हुँदै थियो माघको दिन प्रारम्भ हुने संकेत। बाक्लो तुवालोले पुरै बस्ती ढाकेको थियो । डाँडातिर हिउँ परेकोले चिसो निकै बढेको अनुभव हुँदै थियो पोखरामा । अरू बेलाताँती देखिने मोर्निङ वाक जानेहरू फाट्टफुट थिए सडकमा । यस्तो लाग्थ्यो चिसोले चाडै नै आफ्नै साम्राज्य सुम्पिदै छ मान्छेलाई ।

सुनगाभा एफएमले धार्मिक कार्यक्रमलाई बिचमै रोकेर बे्रकिड न्यूज भन्यो–‘ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपाली को सान

~सुभाष भण्डारी~

हिमाल पहाड तराइका
ति पाखा पखेरामा
खोला झर्ना बस्ती
अनी नेपाली आकाश मा
मेरो प्राण भन्दा प्यारो देश नेपाल लुकेको छ

डाफे मुनाल शान्तिको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युद्ध कथा : फेरिएको सम्बन्ध

~सरल सहयात्री पौडेल~

प्लाष्टीकले वेरेकै भएतापनि ढाडमा गह्रौं गरि वोकेको झोला भिषण वर्षातको कारण भिजी सकेको थियो, चेर्दुङ लेकको चाम्रो माटो चिप्लो न चिप्लो भएको थियो । लेकमा हुने भिरालो वारिको वीचमा वनाइएको गोरेटोमा पानी परेपछि दश मिटर माथी उग्लीने र ९ मिटर तल झर्ने हुन्थ्यो । यस्तोवेला हामी हातमा वोक्ने राइफल दोकाँधे पारेर भिथ्र्यौ र दुवै हात फकुवा वनाउथ्यौं । अनि ?, अनितः एक हातले वाटो समात्दा एक थाप्रा हिलो आउथ्यो र अर्को हातले समात्यो अर्को थाप्रा, दुवै हातमा दुइ थाप्रा हिलो भएपछि खुट्टाले ठाउँ मा भर दिंदैनथ्यो र चिप्लेर नौमिटर तल । दुःखका कुरा फरक हो तर धेरै मान्छेका हुलमा, नयाँ जीवनको खोजी गर्नेहरुका पंक्तिमा अर्थात नवीन सपनाको सन्सार खोज्नेहरुका भिडमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनुसन्धान लेख : नेपाली लोकबाजा, विनायो–मुर्चुङ्गा : एक चर्चा

~नारदमणि हार्तम्छाली~

नेपाली लोक बाजाहरूको सांगीतिक चर्चा उठाउँदा त्यो परापूर्वकालीन (दुई–अढाई लाख वर्षअघि देखिकै) समाजको सांस्कृतिक बिम्ब र सांङ्केतिक भावभाषासँगै अर्मूत सांस्कृतिक सम्पदाको झलक–झिल्काहरू पनि साँझको जुनकिरीझैँ देखिन्छ ।

जसले एकातिर, विश्वमा नेपाली सांगीतिक पहिचानको स्वअस्तित्वलाई दर्ता गरिरहेको छ भने अर्कातिर, मानवशास्त्रीय अर्थले नेपालमा आधुनिक मानव समुदाय (विगत ८/९ वर्षदेखि) को सक्रिय विचरित हैसियतको चिनारीसहित गतिशील प्रतिस्पर्धात्मक अवसरमा आफ्नो पहुँच पनि पढाइरहेको छ । अतः यसले हामीलाई आफ्नो अपनत्वको आत्माभाव जागरणसँगै  विश्व सभ्यताको आधुनिक आँगनति Continue reading →

Posted in लेख, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment