विनय राजोपाध्यायका ५ नेवारी हाइकुहरु (नेपालीमा अनुवाद सहित)

~विनय राजोपाध्याय~

१) सुथ

हृयाउँ निभाः जः
चा पुला वःगु सुथ
हृयाउँ मस्त थेँ

२) न्हिंल Continue reading →

Posted in नेवारी हाइकु | Tagged | Leave a comment

पुस्तक समीक्षा : “देशविहीनहरू” कथा सङ्ग्रह : जीवनका भोगाइहरूको सङ्ग्रह

~रामप्रकाश पुरी~

१. प्रारम्भः

“देशविहीनहरू” कथा सङ्ग्रहका लेखक प्रकाश थापा मगर पुस्तककारका दृष्टिले पहिलो हुन् । तथापि उनका विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न लेख÷रचना, समीक्षाहरू पहिलेदेखि नै प्रकाशित हुँदै आएका छन् । यसकारण लेखनका दृष्टिले लेखक थापा परिपक्क र अनुभवी सर्जकहरूभित्र पर्दछन् । उनी जीवनका भोगाइहरूमा पनि स्वदेशभित्रको अव्यवस्था, विसङ्गति, गरिबी र असमानताबाट पैदा भएका विशृङ्खलित र तनावपूर्ण जीवन परिवेशदेखि प्रवासी नेपालीहरूले बिताइरहेको कठिन, अपमान र असुरक्षित जीवनको मैदानबाट भुक्तभोगी हुँदै सङ्घर्ष र मुक्तिको वास्तविकताको राजनीति तथा विचार र Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : चितवनको साहित्यिक पत्रकारिताको सङ्क्षिप्त रुपरेखा

~डि आर पोखरेल~

१. पृष्ठभूमिः

साहित्य जीवनको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज रुपान्तरणको औजार पनि भनिन्छ ।
साहित्यको यस भूमिकालाई अगाडि बढाउने यसका पूर्वाधार भनेका पत्रपत्रिकाहरु हुन् । स्रष्टाका साहित्ययात्राको प्रारम्भिक पाठशाला यिनै हुन् । त्यसमाथि साहित्यिक पत्रकारिता आम पत्रकारिता क्षेत्रको विशेष अङ्ग पनि हो । सिर्जनात्मकता, बौद्धिकता, प्राज्ञिकता, उध्र्वगामिता, यथार्थपरकता यसका विशेषता हुन् । भाषाको विकास र सांस्कृतिक निकाशमा पनि यसकै हात रहेको हुन्छ । Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : राष्ट्रिय वियोग

~हुमाकान्त आचार्य~

आपत्ति पर्‍यो विपत्ति पर्‍यो
पर्‍यो नि बज्रपात
भन्दै रुदैछिन नेपाल आमा
खोज्दै लौ हाम्रो साथ

यो काख लुट्यो, सिन्दुर पुछियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्रकथा : एउटा अर्धाङ्गिनीको चिठी

~अज्ञात~

प्राण प्रिय
धेरै धेरै सम्झना ।

बिहानको भालेको प्रथम प्रहरको बेला हो शायद । पूर्वतर्फ भुकभुके उज्यालो हुन आँटेको थियो । आज नमिठो निद्राभित्र तिमीलाई सपनीमा देखेँ । सम्झेर ल्याउँदा यो मुटु पिरो भएर आयो । असह्य वेदनाले छिया छिया परेको यो हृदयमा एक्कासी सुल चले झैँ हुन्छरू। बेला बेला स्मृतिका डोबहरूमा ती रोमाञ्चित क्षणहरू सम्झन्छुरू। रित्तो मन, रित्तो कोठा, अनि, कहिलेकाहीँ रात रातभरि निद्रा लाग्दैनरू। उफ…. आह….. ! यो मुटु पनि त्यसै ढुक्ढुक् गर्छरू। बिछोडको पीडा कस्तो हुन्छ भन्ने कुरा हामी दुवैले विभिन्न पुस्तकहरू अध्ययन गरेर Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

गजल : कागलाई बेलसरी

~हिरारत्न श्रीशा~

मलाई यो चाडपर्व हुन्छ कागलाई बेलसरी
गरिबको जिन्दगी यो सधै साउने भेलसरी

युगौदेखि पिल्सिएर बाँचेको छु यो समाजमा
हर खुशीमा बन्देज छ, भा छ जीवन जेलसरी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अनुरोध आमालाई

~एम. वि. बुढा~

आँगनीमा नखोज्नु आमा
मेरो अर्कै संसार छ
आफ्नै छेउ नडाक्नु आमा
लडाइँको संघार छ ।

बाटो छेक्ने हैन आमा
पुगिसके मेरा मित्र
छैन मुक्ति यहाँ आमा
पुरानो उही जन्जिरभित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नेता भेटिन्छन्

~कल्पना पौडेल “जिज्ञासु”~

चिल्ला कारभित्र रोडमा नेता भेटिन्छन्
पैसै पैसा फल्ने बोटमा नेता भेटिन्छन्

चुनावको बेला मात्र गरिबको आगनीमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भन पण्डित्

~कमल कुमार~kamal-kumar

भन पण्डित्
फलाकेर क्लिष्ट मन्त्रहरु
कति बालिकालाई पढ्न सिकायौ?

घिउमा मुछेका अन्नका दानाहरु
होमेर अग्नी देवतालाई
कति भोकलाई शान्त पार्यौ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–२

~गोविन्दप्रसाद आचार्य~

खान नपाएजस्ता तिम्रा दूतहरू
जो–कोहीसँग एक गिलास
चिया माग्ने गर्छन्
कस्ता दूत पालेछौँ यमराज ?
कहिल्यै अन्न नदेखेजस्ता
सुकिला पोशाकमा रूमाल ओछ्याएर
सडकमा माग्लान्जस्ता
तिम्रो भाँडा माझ्न पाउँदा फुल्ने दूतहरू
तिम्रो ठाउँ पाए कस्ता होलान् यमराज ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवित अभिभावकको टुहुरो म

~रमेश भट्टराई ‘सहृदयी’~

१.
मेरा बाबा आमाको प्रेमिल अनन्य सपनासँग
म पहिलो भविष्यको कल्पना सागर….
कैयौँ रात म गृहकार्यका पानासँगै
मेरो भाग्य रेखाका गन्थन सुन्थेँ
म मुक थिएँ सायदै
तर,
मेरा मगजले बेलवज तर्कना पस्किरहन्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ओत लाग्न कहाँ जाऊँ ?

~निर्मोही व्यास~Nirmohi Vyas

ढले आदर्शका मेरा सहारा बर-पीपल
ओत लाग्न कहाँ जाऊँ ? कहाँ तापूँ म शीतल ?

दधीची-शिविका निम्ति छन् ताता झीर आज झन्
पासो थापेर जो चारो छर्छन्, ती दानवीर छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चर्किएको घर

~अनुष्कर पुष्कर गुरुङ~

पोथ्रा पोथ्रैले पोतिएको पात्रो घर
पत्ता र पत्तकरको पतारिंगेको पात्रो जस्तो
रनेको चर्किएको घर छ
त्यो घरमा के छ भनेर हेर
एउटा थाल ,एउटा बटुको र एउटा ग्लास
भूइमा लड़ेको छ
कालो मोसोले रंगिएको कराइ , डेक्चि , कसौड़ि
कित्लि , छरपष्ट छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐतिहासिक मुकुन्डो

~अनुप जोशी~

सबैभन्दा सजिलो हुन्छ
कहिल्यै नदेखेको अनुहार सम्झिन

जुनको चमकता लेपेर
उज्यालै उज्यालो छरिदिए पनि हुन्छ
फूलको कोमलता मिसाएर
मनैभरी सुम्सुम्याईरहे पनि हुन्छ
हुन्छ-कल्पनाको क्यानभाषमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~अनिल श्रेष्ठ~

जिन्दगी
म जिन्दगी जिइरहेको छु
म जिन्दगी महसुश गरिरहेको छु
म जिन्दगी खोलाझैं बगिरहेको छु
समुन्द्रको मझदारबाट म जिन्दगी
किनारा पु-याउने कोसिशमा छु

जिन्दगी
शब्द मै ज्यान भरिएको छ
यसैमा सबै बाँच्न चाहिरहेको छ
यसैलाई सबैले खोजिरहेको छ, रोजिरहेछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देश

~अनिलकिशोर घिमिरे~

कालो सुनको पहाडमा
सल्लाघारी ढकमक्क छ
दाजुभाइहरू खानीभित्र छट्पटिएका छन्
कराही घोप्टिए जस्तो कालो थुम्कोबाट
मुठीभर ठेकेदार दिनका दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बनाऊँ आफ्नै देश

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

माउरी पाल्ने माउरी पालौँ गाई पाल्नेले गाई
परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई

जन्मभूमि नेपाल आमा बिर्सी जान्छौ कहाँ ?
सोची सम्झी नयन खोले के छैन र यहाँ
पहिले आफ्नै देश बनाऊँ जोस जाँगर जगाई
परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ओ चित्रकार !

~अमर गिरी ~amar-giri

ओ चित्रकार !
तिमीले जुन चित्र बनाइरहेछौ
त्यो मेरो होइन ।
त्यहाँ मेरो शिर, हात र खुट्टाहरू छैनन्
त्यहाँ मेरा आँखा, नाक र ओठहरू छैनन्
त्यहाँ मेरा सुख-दुःख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी गजल : हिति दयां छुयाये

~अनिक शाक्य~

लः गबलें हा:गु मखु हिति दयां छुयाये
नुग्लय् खिति दु ख्वा हिसि दयां छुयाये

थाय् बाय् फुक्क डोजरं नयाच्वनं तिनि Continue reading →

Posted in नेवारी गजल | Tagged , | Leave a comment

कविता : दशगजामा दिल बहादुर

~लक्ष्मण नेवटिया~

देशको व्यथाले पोलेको छातीमा,
विदेशिको फुली झुन्ड्याएर,
दशगजा को दक्षिण पट्टी उभेको,
दार्चुलाको दिल बहादुरका आँखा
आफ्नो विवशताले टल्पलाएका छन्।
एक निमेष पनि स्थिर न रहेको मन
दौडेर फर्कन चाहन्छ आफ्नै जन्मथलोमा। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम र बन्दुक

~राजेन्द्र शलभ~

मेरो हातको कलम थुतेर
तिमीले मेरो हातमा बन्दुक राखिदियौ
बन्दुकको मोहले हो
वा तिम्रो डरले
मैले त्यो बन्दुक जोडले अँठ्याईरहेँ ।

तिम्रो बोलीले मलाई मोहनी लायो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रङ्गशाला

~मञ्जु काँचुली~

कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क छोपेको छ । देखिएको छ त केवल पुरुषको अनुहार, भाषण गर्दा उदाइरहने उसको दाहिने हात । पुरुषको अभिनयप”र्ण भाषण यस प्रकार छ :

“आजका महिलाहरूले आफूले पाएको वाक्स्वतन्त्रताको सही सदुपयोग गर्न हिच्किचाउनु पर्ने म त्यस्तो कुनै कारण नै देख्दिन । उनीहरूले स्वतन्त्रताप”र्वक आफ्नो वाणीको प्रयोजन गर्न सक्ने Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विद्रोह : धरतीको एक टुक्रा टेकेर

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

एक्लै उभिएको छु क्षितिजमुनि
धरतीको एक टुक्रा टेकेर
क्षितिज, पर डाँडाको उचाइमा
एक्लोपनको बोझ बोकेर
मजस्तै अन्यमनस्क खडा छ
— रक्सीले छोडिसकेको रक्स्याहाजस्तो ।

मैले टेकेको धरती हल्लिँदै छ
मभित्रको आक्रोश विस्फोट
ज्वालाका रूपमा निस्कनलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : लैजा चरी मेरो खबर

~दिनेश अधिकारी~Dinesh Adhikari

कुरा सुन्छु नानाथरी, गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरी
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर

हातमाथि हात राखी, देवी–देवता सबै भाकी
लाएको यो चोखो माया कतै बिर्सिदिने हो कि ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रत्युत्तरमा व्यक्त इच्छाहरू

~उषा शेरचन~

सगरमाथाझैँ शिर उचाल्न सिक भन्छौ तिमी…
हिटलरले उचालेको शिरले
विश्वयुद्ध जन्मायो
सम्पूर्ण विश्वलाई त्रसित पार्यो
म चाहन्नँ, मैले उचालेको शिरले
मानवता ओइली झरोस्। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नाङ्गो

~अविनाश श्रेष्ठ~

कवि-लीला : नाङ्गै नुहाउने सनक

सङ्क्रमणकालबाट गुज्रिरहेको देश दर्ुदशा भोग्न बाध्य । जनता दुःख पाउन विवश । चारैतिर हाहाकार । जताततै आतङ्क । हत्या । अपहरण । बम-विस्फोट । आगजनी । लुट । धम्की । जबरजस्ती चन्दा । सामूहिक नरसंहार । बलात्कार । अर्काको जग्गा, धनसम्पत्ति कब्जा । बन्द । हडताल । चक्काजाम । झन् त्यसमाथि थपिन आइपुगेको ‘मधेस एक प्रदेश’को बबन्डर । तर्राई बन्दको अन्तहीन सिलसिला । मट्टीतेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यासको अभाव र कालोबजारी । जनतामा जताततै वितृष्णा, हाहाकार र हताशा । मह“गी । आधा पेट । पैसाको अवमूल्यनभन्दा चर्को अवमूल्यन मान्छेको, मानवताको । यी सबै भद्रगोलको कारक- टपरटुइ“या राजनीतिबाजहरूको अत्यन्त विवेकहीन फोहोरी राजनीति ।

देश यस्ता सिलसिलाबद्ध राजनीतिक पासोहरूमा पररिहेका बेला एक जना चर्चित कविलाई र्सार्वजनिक स्थलमा नाङ्गै नुहाउने कुत्सित सनक चढ्यो । यो कुरो उसले एक जना अन्तरङ्ग मित्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भतेर र आँखाहरू

~कणाद महर्षि~Kanad Maharshi_1

हरेक मान्छेको काँध काँधमा एक एक मुर्दाको अवतार थियो
र त्यो भिड क्रमशः दुब्लाउँदै कुनै सभामा परिणत हुने आशंका थियो
खप्परहरू उसिनेर सुरुवा बनाऊ
गिदीहरू साँधेर अचार बनाऊ
मुटुहरू कुहाएर जाँड बनाऊ
र त्यसपछिको भोजमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको घाउ

~कृष्णभुषण बल~Krishna Bhushan Bal

कुन बतासले उडायो यसरी, पत्करझैँ पानीमा तैरिएको छु
कुन हतारको बाढीले बगायो यसरी, आफन्तहरू हेर्दै बगेको छु।

सानो लहरले पनि बगाउन सक्छ मलाई, छाल नैकिन चाहियो र
जसले पनि घाँटीमा बल्छी अल्झाउन सक्छ मलाई, जाल नै किन चाहियो र, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नभेटिए जाती भन्दाभन्दै

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

नभेटिए जाती भन्दाभन्दै
कुनै सुदूर टापुमा र त्यसको एकान्तमा
तिमी भेटिएका छौ ।
उस्तै छौ तिमी
गुलाफी तिम्रो ओठ उस्तै छ
चाक्लो फराकिलो निधारमाथि
कालो गुलाफ जस्तो केशराशि उस्तै छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जसको दरबार हुँदैन

~शालिकराम मुसाफिर~

इज्जत उसलाई नि गर, जसको दरबार हुँदैन
भरोसा उसलाई नि गर, जसको घरबार हुँदैन ।

अमिर त अमिर नै छन्, फकिर मनको ख्याल गर
मन उसको गङ्गाजल हो, त्यो कहिल्यै तरबार हुँदैन ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : घरबेटी बा

~गोपाल बराल~

होचो होचो, भँुडी ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको, कपाल फुलेको, तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटिहाल्छन्, त्यो मान्छे हाम्रो घरबेटी बा भनेर । उनको हुलिया बताएपछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुँदैन । हुन त घरबेटी बाको राजनीति, समाज सेवा, साहित्यकार, शिक्षाबिद, मानव अधिकारबादी, सहकारीकर्मी लगायतको धेरै हिसाबको परिचय छ टोलमा । तर पनि उनको जीबिकोपार्जनको मूलस्रोत घरभाडा भएकोले उनलाई भाडाजीवी भन्दा फरक नपर्ला । पहिला पहिला यो टोलका धेरै जनाको मूल पेशा कृषि थियो । अहिले धेरैको बाँच्ने मूलस्रोत भाडा नै भएकोले भाडाजीबी भनिएको हो । कहिलेकाहिँ यो पेशामा पनि सङ्कट नपर्ने चाहिँ होइन । यस कर्मको अप्ठ्यारो बेग्लै खालको हँुदो रहेछ ।

गज्जब गज्जबका स्वभावका मान्छेहरूसँग सङ्गत गर्नु पर्ने हुन्छ यस क्षेत्रमा कहिलेकाहीँ । कोही घ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : बगेन आँसु चोटले

~सरोज घिमिरे ‘कर्कट काश्यप’~

सुकेछ आँत घातमा, बगेन आँसु चोटले ।
कठोर प्रेम मातमा, बगेन आँसु चोटले । ।

भएन बोल्न फोनमा, खराब काम के भयो,
मनुज मित्र जातमा, बगेन आँसु चोटले । Continue reading →

Posted in गजल | Tagged | Leave a comment