कविता : चोटहरु

~विधान आचार्य~

तिमीले दिएका चोटहरू
फूलभै सँगालेर
छातीमा नसमेटेको भए
म कसरी तिमीलाई
बारम्बार सम्भिmरहन सक्थैँ र ?
तिमी आगो बोल्थ्यौ
आँधी हिँड्थ्यौ,
र सुनामी उत्पातले
मलाई लथालि· पाथ्र्यौ
म त्यही आगोका शब्दमा
फूल सुम्सुम्याउँथे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कसमस कोनिया

~श्यामल~Shyamal_1

गुडबाई कोनिया,
फेरि भेटौँला।

फेरि भेट हुनुअघि
ओहो, केही ठेगान छैन
के–के हुने हो
तिम्रो–मेरो फेरि भेट हुनुअघि,
सरकारले दिएको पानीले
म मर्न सक्छु
म मर्न सक्छु,
बजारमा राखिएका विषाक्त औषधिहरुले
पुस्तक पसलमा सजाइएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध : तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~

तिमी बुद्धको
स्वप्निल आँखालाई निहार
त्यहाँ शान्तिको
दिव्य सन्देश पाइन्छ
देश बनाउँदाबनाउँदै
वा देश बचाउँदाबचाउँदै
ती जो मरेर अमर बने
सहिदहरूलाई—
माया गर्ने
एउटा देश चाहिन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्य

~विमल कोइराला~Dr Bimal Koirala

बिहानीपखको कलिलो सूर्य
मलाई औधी मन पर्छ,
जेठ–असारमै पनि भतभती पोल्ने
ताता–उज्याला–राता एकसाथ थुप्रै सम्झना आउँछन्
सूर्यलाई देख्दा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : महसुस

~डिल्ली पौडेल~

यस्तै छ यहाँ को चलन,छैन काहीँ खुसी ,रमाइलो को अाघिहुरि।
सफल हुन खोजे,शिखर चुम्न खोजे हान्छन आफ्नैले पछाडि बाट छुरि।

सोझो सिधा हुनै हुन्न, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभद्रता ….

~हरिमाया भेटवाल~

समयको सानु फुर्को समातेर
मैले सडकमा उभिनु
अभद्रता ठान्छौ भने
मैले टेकेको माटोको कसम
म अभद्र छु यतिबेला

मलाई लाखौ पटक भत्काउन आए
ऐतिहासिक दस्तावेजहरु
धार्मिक ग्रन्थहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो उज्यालो

~सोम खनाल~som-khanal

ऐनाको सामु उभेर शरीर खिस्रिक्क हांसेर
कल्पन्छ आफ्नै कर्मको टीका निधारमा टांसेर-
आंखामा पसी मूटुमा बसी हृदय छोएको
सपनाबाट ब्यूझेर निन्द्रा अंगाली रोएको ।

आकास माथि उडेर जाने बादलु छांयाका
तिर्सना हैनन् जीबनका दिव्य तस्बीर ती मायाका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उस्ता–उस्तै यहाँ

~रमेश भट्टराई ‘सहृदयी’~

बाहिर स्याल तर भित्र सिंह गर्जन उस्ता–उस्तै यहाँ
मखुण्डोमा देउता देख्छु तर दानवीय रुप दुरुस्तै यहाँ

रित्तिएको पुख्र्यौली थोत्रो भाँडोको भिखले नपुगेपछि
जुर्मुराए बुख्याँचाहरू निरीह रगत चुस्दा–चुस्दै यहाँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्साह र जोस छैन

~कुन्दन काफ्ले~

मरी–मरी बाँच्नु पर्ने कस्तो रहेछ कर्म मेरो
घरी–घरी नाच्नु पर्ने कस्तो रहेछ शर्म मेरो
सँधैभरी ढाँट्नु पर्ने कस्तो रहेछ धर्म मेरो
परी–परी साँच्नु पर्ने कस्तो रहेछ मर्म मेरो

बाध्यतामा मान्छेले त, जे सुकै नि गर्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मतदान गरियो

~समीर पाख्रिन~

दर्केपानी गाउँपालिकामा पनि चुनावको आगमनले निकै चहलपहल बढेको थियो । हिजोसम्म बा¥हमासे खेलेर दिन काटने लाठेहरू विभिन्न दलमा आबद्ध भई चुनावप्रचार–प्रसारमा लागेका थिए । हुन पनि बिहानको नास्तालगायत दिउँसो–बेलुकी मासुभात खान र टिल्ल मात्न पाएपछि अरू के चाहियो ? चुनाव नजिकिंदै जाँदा विभिन्न दलका नेता–कार्यकर्ताहरू बेला–कुबेला घर दैलोमा आएर भोट माग्न थालेका थिए भने कोही चाहिं हातमा लाठो बोकेर खबरदार भोट हाल्न जाने होइन भन्दै तर्साउन आउने गरेका थिए । कतिपय त गोठमा गयो गोठैमैं पुग्ने, खेतबारीमा गयो खेतबारीमैं पुगेर भोट माग्ने गरेकाले होला मतदाताहरू आजित भएका थिए। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हाम्रा नेता र नेल्सन मन्डेला

~सञ्जय संयोग~

हामीले त नेल्सन मन्डेलालाई
राम्ररी जानेका छौं
संविधानभन्दा सत्ता ठूलो
यो कुरा मानेका छौं

जनता–जनताबीच समानताका
लागि बसे उनी जेल
हामी त आफ्नो गोजी भर्नका लागि
खेलिरहेछौं फोहरी खेल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : कर्ण

~उमाशङ्कर द्विवेदी~

पुरानो कुरा हो, एक चोटि राजा कुन्तिभोजकहाँ एकजना महान् तेजस्वी ब्राह्मण आए । उनको शरीर अग्लो तथा कपाल र दार्हीजु·ा ठूलो ठूलो बढेको थियो । उनी बडो दर्शनीय र भव्यमूर्ति थिए तथा हातमा दण्ड धारण गरेका थिए । उनको शरीर तेजोदिप्त थियो तथा मधुको समान पि·लवर्ण थियो, वाणी मधुरो तथा तप र स्वाध्याय नै उनको आभूषण थियो । ती ब्राह्मण देउताले राजासित भने– “राजन्, म तपाईंको घरमा भिक्षा माग्न आएको छु तर तपाईं वा तपाईंका सेवकहरूद्वारा मेरो कुनै अपराध गर्नुहुँदैन । यदि तपाईं Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गजल : ओर्लिने कहाँ हो ?

~विप्लव ढकाल~

चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?
…
माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो
चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने

~गणेश खड्का~

भक्तिको लौह गर्दनको कसम !
आधा होसमा र आधा बेहोसमा हुँदै होइन
पुरै होसमा चौतर्फी सोचविचारका साथ
दुधको दुध,पानीको पानी बक्दैछु –
मेरो एक इन्च माटो मिच्यौ भने
म तिमीहरुको दुई इन्च गर्दन छिनाइदिनेछु
मैले टिस्टा नदी उकालो फर्काउन बाँकी नै छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वियोग

~इन्दिरा थापा~

पत्थरको मन किन आज
दिन–दिन पग्लदै छ
एक सुरमा बगेको खोला किन आज
दोबाटोमा पुगी अल्झेको छ
दिन विते रात अनि वर्ष वितिसके
सम्झना यो मनबाट कत्ति पनि हटेन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नुमकलालको नुर

~प्रथा~

भैँसीको नथ्थीमा नाकी उनेर
मैले भैँसी डोर्याएँ
र त्यहि भैँसीको पिठ्युमा बसेर
तिमीले भैँसी चरायौ !
झोलामा कापी र पेन्सिल बोकेर
म स्कुल गएँ
र त्यहि कापीका पानाहरू पल्टाएर
तिमीले कक्षामा बाह्रखरी लेख्यौ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालाहरूको गीत

~बलराम तिमिल्सिना ‘विप्लव’~

कालोको मन कालै हुन्न, गोराको मन गोरो
मन गुणाको मान्छे हुन्छ जसको होस छोरो
मन विर्सी खोज्छौ तिमी ,मात्र गोरो छाला
बढ्ता दिलदार हुन्छन् ,गोराभन्दा काला

सेतो भन्दा पवित्र छ हाम्रो कालो रंग
अनाहक घिनाउँछौ हामीहरूसंग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जिनिस

~सुन्दर मानन्धर~Sundar Manandhar

भर्खरै कक्षाभित्र प्रवेश गरेको एकजना युवक पातलो शरीर, गडेको आँखा, लामो नाक, छुस्स दाहृी बढेको, चप्पल लगाएको, लामोकपाललाई तेल लगाएर पछाडि फर्काएको, पाइन्ट बाहिरै कमिज, हातमा पुस्तक र कापी लिएको– मन तानियो ।
कक्षामा अन्य विद्यार्थीका तुलनामा ऊ भिन्नै देखिन्थ्यो ।

अगाडिको बेञ्च खाली थियो । विद्यार्थीहरु पछि–पछि बसेका थिए । ऊ सबभन्दा अगाडिको उक्त बेञ्चमा आएर बस्यो ।

उमेर सानै भएपनि उसको व्यवहार देख्दा परिपक्व लाग्थ्यो । ऊ निकै भावुक देखिन्थ्यो, उसको उदासिन चेहरा कालोपाटीतर्पm तेर्साउथ्यो । मैले पढाइरहदा उसले कापीमा टिपिरहन्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Snow and You

~Dinesh Adhikari~Dinesh Adhikari
Translation: Robin Sharma

Cold snowflakes are falling
Making one feel warm
And I, remember you
In the moments of our first days
The first days of our meeting –
At that time
You were very soft and warm ! Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

छोक : एक्लो

~सैलेन्द्र साकार~Shailendra Sakar

पात झै एक्लो रुखमा
रुख झै एक्लो जङल मा
कोइला झै एक्लो अग्नी कुन्डमा
बाटो झै एक्लो यात्रा मा
सुकरात झै एक्लो मानिस मा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा आत्मा कहानि

~रामकुमार श्रेष्ठ~

कामै के छ र ए साथी हो
त्यसैले सुन न त एउटा आत्मा कहानि
गाइजात्रै गाइजात्रामा एउटा थपनि।

कसैले भनेन-
हिमाल तिम्रो हातबाट गुम्छ,
पहाड तिम्रो हातबाट गुम्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ – शहर

~कमल कुमार~kamal-kumar

गाउँदेखि शहरसम्म एउटा बाटो छ
कहिँ हिलो कहिँ धुलो माटो छ

एका विहानैदेखि गाउँ
ट्याङ्करका ट्याङ्कर
‘शुद्ध खाने पानी’ दिन्छ शहरलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गितारको गीत

~मञ्जुल~manjul

कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो
आफ्ना बलिष्ठ हातहरूले
मेरा तारहरूमा बेस्सरी हिर्काएर
झनझनाउँदा स्वरहरू फैलाइदिए हुन्थ्यो
कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो

मलाई एउटा कोठाको अँध्यारो कुनामा
किच्रिक्क परेर
थन्किएर
दिन बिताउन मन परिरहेको छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको सुगन्ध

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

लालीगुराँशका बोटहरू
कम्जोर भएका छन्,
सगरमाथाको ओरालो पाखोमा
ओरालो बग्दैछ माटोहरू,
माटो कम्जोर बन्दैछ ।

फुल्न कठिन मान्दैछ गुराँश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : निर्णय नं. १

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

आकस्मिक बोर्ड बैठकका लागि सूचना जारी गर्ने आदेश अध्यक्षज्यूले सचिवलाई दिन्छन् ।

विषय : एजेण्डा यस प्रकार छन् ।

(क) कम्पनीको हालको उत्पादन क्षमतालाई दस गुणा बृद्धि तुरुन्त गर्ने, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रभु !

~निर्मोही व्यास~Nirmohi Vyas

गोटी षड्यन्त्रका चाहे जति चालिसियोस् प्रभु !
खसी घोर्ले, सिसी झिल्के जति ढालिसियोस् प्रभु !

घाम-जून हजूरैका हुने पेवा गए दिन
नौ लाख पिल्पिले तारा जति बालिसियोस् प्रभु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आज साउन दर्कदैंछ

~भुवन निस्तेज~

सिद्धियो लामो खँडेरी आज साउन दर्कदैंछ
ज्युनुको जानी महत्ता जिन्दगानी फर्कदैंछ

सायदै मैले सिकेन सोह्र आना जिन्दगी
के भयो पाउ मुनि गर्लम्म पैह्रो घर्कदैंछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : धेरै माछाहरू

~भीष्म उप्रेती~Bhishma Upreti_1

जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो । जिपले हामीलाई चिसापानी बजारसम्म लगिदियो । त्यसभन्दा अगाडि जान हिँड्नुपर्ने रहेछ । नदीको किनारै किनारको बाटो । नदीको बहाव, ढुंगाहरूमा पानी ठोक्किएको आवाज र त्यसले निकालेको सेतो फिँज, रूखहरूको हरियो–मन भुवा जसरी हलुकिएर उड्न पर्याप्त थियो । नदी होस् वा समुद्र र यसको किनार, यिनले मलाई बडो अनौठो किसिमले आकर्षित गर्दछन् ।

नयाँ ठाउँको भ्रमणले भूगोलको बारेमा मात्र जानकारी गराउँदैन, स्थानीय तहको सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेश समेत बताउँछ । मलाई यसरी सिकेको कुरा दिगो हुन्छ भन्ने लाग्छ । म समय मिल्नासाथ भ्रमणमा निस्कन्छु । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : सत्य र भ्रम

~भीष्म उप्रेती~Bhishma Upreti_1

हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरँिदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयहरूमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफूले चाहेर मात्र हुने विषय नभएपछि ।

जीवनमा एक ठाउँमा उभिएर एउटा सत्य स्वीकारेको तथ्य अलि पर पुगेर हेर्दा अर्कै देखिँदो रहेछ । अझ अलि पर गएर हेर्ने हो भने दृश्यको अर्कै पाटो देखिँदो रहेछ- झन् अर्को सत्य । यात्रामा हिँडेको यात्रुले हिँड्दाहिँड्दै दृश्यचित्र बदलिँदै गएर रोमाञ्चकता थपिएजस्तो जीवन पनि उमेरको प्रवाहमा बगेर जतिजति पर पुग्छ, त्यतित्यति नै सत्यको रूप, आकार र अर्थ बदलिँदो रहेछ । यात्रा अर्थपूर्ण लागेजस्तै जीवन पनि झन्झन् Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : उसको खोकी

~कात्यायन~dhanwantari-mishra-katyayan

– सानो छंदा नै उसको खोक्ने बानी थियो | चिंतासहित सबैले मन पराउँथे, औषधि-मूलो पनि गर्थे | माया गर्थे | हुँदा-हुँदा उसको बानी नै भैसकेको थियो | खोकी लागेको बहाना गर्ने र खोकिरहने |

– उसले खोक्दा आफ्ना नाता-गोता, ईष्ट-मित्र, छर-छिमेकी मात्र हैन सारा पल्टनै उल्टेर आउनथाले उसलाई भेट्न | ऊ खुसीले गद्गद हुन्थ्यो मान्छेहरू भेट्न आउँदा र औषधोपचारको सरसल्लाह गर्दा |

– उसको खोकी सबैको केन्द्र-विन्दु थियो | भूकम्पको केन्द्र-विन्दु बारपाकलाई पनि बिर्साउन सक्ने क्षमता Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पराजित समय

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

एक लिखित निर्देशनको
पालना नहुदै
अर्को आदेश आएको छ फैसलाको ,
जारी छन् जाहेरीहरु
अनुशासनविहिन हस्ताक्षरको अभिलेखालयमा
सम्पादित हुन् बाकी छ फूलले हालेको मुद्दा ,
सुनुवाई कहिले हुने हो थाहा छैन ,
अझै फूलले कति रगत बगाउनु पर्ने हो ,थाहा छैन !
युगौ भै सक्यो ,फूलले अधिकार माग्दै आएको , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छेस्का : मेरी प्यारी छोरी

~रमेश पल्लव~

किन सधैं ढिलो आउछ्यौ मेरी प्यारी छोरी
ठुस्स परी झर्कीहाल्छे यो नक्कली मोरी

रुप उसको धिपिक्कै छ कत्ति साह्रो गोरी Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment