निबन्ध : नेपालका सन्दर्भमा लुसुन

~निनु चापागाईं~

विश्व साहित्यका महान् हस्तीहरूले आफ्ना कृतिहरूको रचना खास सामाजिक, ऐतिहासिक परिप्रेक्ष्यमा सीमित भएर गर्ने गरेका छन्, तापनि कालान्तरमा आफ्नो रचना सामथ्र्यका कारण तिनका रचना आफ्नो देश र काललाई अतिक्रमण गरेर विश्वव्यापी बन्न पुग्दछन् । आधुनिक चिनियाँ साहित्यका संस्थापक एवम् चिनियाँ साहित्यको समाजवादी यथार्थवादी धाराका प्रमुख हस्ती र प्रतिनिधि लुसुन आफ्ना रचनाबाट आफ्नो देश र काललाई अतिक्रमण गर्ने महान् विश्वप्रसिद्ध साहित्यकारमध्ये एक हुनु हुन्छ ।

आज हामी उहाँको १३२ औँ जन्म जयन्ती समारोह मनाउन यहाँ भेला भएका छौँ । लुसुनको जन्मभूमिका सांस्कृतिककर्मी र नेपालका सांस्कृतिककर्मीहरू एकै ठाउँमा भेला भएर नेपालमा मनाइएको यस जन्म Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : हिँडेर छोडेको बाटो !!!

~रजित ओझा~Rajit Ojha

भाग – १

कलंकीमा आज पनि बिहान घुइँचो थियो । कलंकी सबैभन्दा चाँडो जाग्ने ठाउँ  होला काठमाण्डौको वा भनौँ कहिल्यै नसुत्ने । गाडीहरु ट्राफिक जाममा परेर बाटोको चौडाईलाई शंकाको घेरामा पारिदिन्छन् । घडी ब्यापारी समय बेच्दैथियो बिहान बिहानै ! चियाको बाफले कलंकीलाई पक्कै पनि अरु ठाउँ हेरी अली तातो बनाउँछन् होला । छेउछाउ मा चुरोट खाएका मान्छेहरुले मेरो तलतल बढाए । मैले गोजीबाट सुकुमेल निकालेर चबाएँ आजकल चुरोट छोड्ने प्रयास गर्दैछु । कलंकी आजको मेरो बाध्यता थियो ।चिप फेयर मा प्लेनको टिकट भेट्टाए पनि दुइ दिन मौसमले गर्दा नउडेपछि बहिनीको बिहे भ्याउनलाई कलंकी को एयरपोर्ट रोज्नै पर्ने भयो ।

बस भित्र आजको दिन राम्ररी जाओस् भनेर शिवजीको फोटोमा धुप जलाएछन् । म भित्र छिर्दा धुपको बासना ढोका सम्म थियो । मन नलागी नलागी माथि ब्याग राख्दै सिट हेरेँ । खोल थोरै च्यातिएको थियो । कुनै Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : भ्रम

~रुमानी राई~rumani-rai

तपाईले देखिरहनु भएको छ
एउटा दृष्य
जो तीन उपदृष्यहरुको यौगिक दृष्य ।

उपदृष्य-१

विषालु सर्प Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : मन्थली, मकैको खेती र स्रस्टा जमघट

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

पुगेकै साँझ थाहा भयो, रामेछापको मुहार एक्लो प्रयासले फेरिएको रहेछ । सुनेर होइन, देखेपछि पत्याउन करै लाग्यो । रामेछापका बस्तीबस्ती पुगेर सरकारले त्यहाँको जीवनस्तर सुधारेको होइन रहेछ, झन्डै तीन दसक निरन्तर समर्पित भएर लागेका रामेछाम मन्थलीका जगदीश घिमिरेले पो रहेछ ।

त्यसो त विकास निर्माणको कार्य एक्लै त किन हुन्थ्यो र ? तर त्यसको सोच र योजना बनाएर नेतृत्व नगरे समाज परिवर्तनजस्तो गहन र जिम्मेवार काम त्यसै फत्ते पनि त हुँदैन । त्यही सोच उब्जाए, योजना बनाएर त्यसको नेतृत्व गरेका रहेछन्, समाजसेवी बनेर साहित्यकार घिमिरेले । जान्न र बुझ्न चाहनेलाई पटकैपिच्छे Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : बाध्यता छ आज

~रामप्रसाद गैरे~

युवा जीवन पुदेशमा फाल्नै पर्ने बाध्यता छ आज
उठौँ न चेतनाको दियो बाल्नै पर्ने बाध्यता छ आज

जेनकेन एसएलसीसम्म पढ्छु भन्यो जेठो छोराले
भिसा लाउने कदम चाल्नै पर्ने बाध्यता छ आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सर्पकोे खोजीमा

~भुपी शेरचन~

काठमाडौँ
अझ भनौँ
यो सिङ्गै देश नै
दिन पर दिन
कालो–नीलो हुँदै गैरहेको छ
सर्पदंशित मान्छेझैँ

म सर्पको खोजीमा छु
हो, म ती विषालु सर्पहरूको खोजीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हाम्रा नेताहरू

~दीप गोले~

गणतन्त्रलाई निमोठ्दैछन् हाम्रा नेताहरू
पद र कुर्सीमा लड्दैछन् हाम्रा नेताहरू

कोहीलाई चाहियो राष्ट्रपति, कोहीलाई मन्त्री Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : स्खलन

~मनु वि.क.~

एउटा मान्छे, जो जनताको कुरा गथ्र्यो
शोषण उत्पीडनको विरोध गर्‍यो
जो जनताको एकताको कुरा गर्‍यो
सर्वहारा सङ्गठन र चेतनाको वकालत गथ्र्यो
हो ऊ जनताको अधिकार प्राप्तिका लागि
भोकै प्यासै कुद्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा :छोड-पत्र

~कात्यायन~dhanwantari-mishra-katyayan

एकदिन अड्डामा :
– ‘तपाईंहरू बीचको मतान्तर के हो ?’
– ‘केही छैन |’ – ऊ भन्छ |
– ‘वहाँ असन्तुलित हुनुहुन्छ |’ – ऊनी भन्छिन् |
– ‘के कुरामा ?’ – सम्बन्धित अधिकारी प्रश्न गर्छन् उनीलाई | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : च्यातिएको कश्मीर

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

प्रकृतिको सुन्दरतामा सजिएको एउटा कश्मीर
जति सुन्दर छ भित्र त्यति नै
छियाछिया भएर वाँचेको छ÷ जलिरहेको छ
विभिन्न आकारमा चोइटा चोइटा भएर टुक्रिएको छ ।
प्रकृतिमाथि मान्छेहरुले अपमान गरेको छ
मान्छे आप्mनो स्वार्थपुर्तिको लागि निर्दयी भएको छ
त्यहाँका खोलानालामा बग्ने पानीहरु
स्वतन्त्र भएर बग्न पाएका छैनन्
हिमाल पहाडहरु खुलेर हाँस्न सकेका छैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : दशैं एक चिन्तन

~कृष्ण वस्ती~Krishna Wasti_1

दशैंको शुरुवात हुन अब केही दिनमात्र बाँकी छ तर यसको चर्चापरिचर्चाले भने नेपाली जनजीवनलाई लपक्कै ढाकिसकेकोछ ।देशविदेशमा रहेका आफन्त जन आउँने खबरले कसैको घरमा खुसी छाएको छ र घर फर्कन चाहनेहरू दिन गनेर रमाइरहेका छन् ।आफन्त मिलनको आनन्द नै त दशैं हो ,मिलन नै नहुने हो भने त दशैं भन्ने कुरा अलिनो भइहाल्छ ।

अर्कोतिर कुनै कारणवश यो बेलामा घर फर्कन नसक्नेको पीडा हृदयविदारक छ ।दशैंमा घर जान नपाउँनेको मन यता अमिलो छ भने घरमा बस्नेको मन पनि धमिलो छ त्यसैले घाउ सुम्सुम्याउनुमा दशैं बित्ने निश्चित छ ।पारिवारिक मिलनको केन्द्रको परिधिमा नै दशैंका यावत् रमाइला पक्षले शोभा पाएका हुन्छन् । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : बिदाई

~रुमानी राई~rumani-rai

हाे,
अब हाम्राे भेट कहिल्यै हुने छैन
र,भेट हुनुको कुनै अर्थ पनि हुने छैन ।

प्रत्येक भेटमा,
तिम्रा गुलावी अाेंठहरु मुस्कुराउने छैनन्
मभित्र कुनै तरङ्ग पैदा हुने छैन ।

छुट्ने बेलामा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : महादेवको पोस्टर

~शार्दूल भट्टराई~shardul-bhattarai

यस्तो ठाउँमा त्यस्तो पोस्टर किन टाँसेको होला ? त्यो पोस्टर देखेदेखि नै मेरो दिमागले त्यसको कारण खोजिरहेको थियो । म त्यो पोस्टर टाँस्नुको कारणबारे जान्नका लागि उत्सुकतापूर्वक लागिरहेको थिएँ । अरूले भने मेरो उत्सुकतालाई बेकारको प्रयत्न ठानिरहेका थिए । अरू कसैले त्यो पोस्टरका बारेमा चासो राखेर सोधखोज गरेझैँ पनि मलाई लागेन ।

मलाई त्यो पोस्टरको कुरा सामान्य लागिरहेको थिएन । त्यस रातको मेरो निद्रालाई समेत बिथोल्यो, त्यो पोस्टरले । निदाउने प्रयत्न गर्दागर्दै पनि मेरो दिमागमा कुराहरू खेलिरहे । सोचिरहेँ, ‘त्यस्तो ठाउँमा त्यो पोस्टर टाँसिनुको अर्थ के होला ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परिभाषा

~योगेन्द्र काउचा~

परिभाषा
सतलजको फाँटसम्म
पूर्वको टिष्टासम्म
पश्चिमको काँगडासम्म
मात्र होइन
देउथलको किल्लासँग
भक्ति थापाको रगतसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Iraq War

~Purna Infada~
Translated by Yuyutsu Sharma

From the sky are dropping bombs
even before delicate lips
can quiver to smile a little.

In a tiny children’s brains
are intermittently bursting, tragic bombs Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Poem : Beautiful Neighbour

~Eagam Khaling~

I have a big poster of ‘Kanchanjanga’
On the wall of my uncosy room.
I swear, it’s not by me.
Moments curtained by the lives’ mountains
Couldn’t be seen again.
Winter sun is very warm and lazy at torrent. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

नेवारी गीत : छि भाजु झाइला धकाः

~विमल ताम्राकार~

छि भाजु झाइला धकाः सुथ न्हापां म्वल ल्हुयाः
क्वलं बुयाः, अजः उलाः, सिन्हः तिनाः समाः याना ।

छि भाजु झाइला धकाः ज्वाँय् ज्वाँय् तिसां तिया Continue reading →

Posted in नेवारी गीत | Tagged | Leave a comment

व्यङ्ग्य छोक : बाबु लुटिन्छ-छोरा कुटिन्छ

~लक्ष्मण नेवटिया~

शिक्षक ले सोधे,
यस्तो कुन ठाउँ हो जहाँ,
“बाबु लुटिन्छ- छोरा कुटिन्छ” Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : धरहरा र मेरो प्रेम

~तारा पराजुली~

पहिलोपटक
धरहरा चढेकी थिएँ
त्यो पनि तिम्रो उपस्थितिमा।

त्यो घुमाउरो उकालो
तिम्रा आला पदचापहरू पछ्याउँदै
उचाइमा उड्दै गरेको सिमलको फूलझैँ
पौडिँदै अग्लिरहेँ म
साथमा एउटा नौलो अनुभूति Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ज्याद्रो लिगलिगकोट !

~युवराज नयाँघरे~

चारै बजे ब्यँुझायो कोकले कराएर !

हिजोको लम्काइले खुट्टामा कैँडा लागेथे । थिल्थिलाएको जीउ गलेथ्यो झरीले । पानीमा भिजेका लुगा उसिनिएर गन्हाएका थिए । तैपनि यी सबै कुरा थन्किए त्यत्तिकै । आँखाको बिख मरेथ्यो मज्जाले । मैले मनलाई भनेँ, तैँ चुप मै चुप !

बिहानै जङ्गल पसियो र हलुक्याइयो जिउ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : बौलाही

~मञ्जुल~manjul

ऊ संग उसको मन् थिएन
मानिसहरुले उसलाई बौलाही भने

को संग कसको मन
कतिन्जेल सम्म हुन्छ-

म को हुँ ऊ जान्न चाहान्थी
म के गर्छर्ुुm बुझ्न चहान्थी
म के लेख्छु ऊ पढ्न चाहान्थी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानीमा ट्रक

~श्यामल~Shyamal_1

इँटा बोक्छ
सिमेन्ट र फलामका छडहरु बोक्छ
ढुङ्गा, बालुवा र काठ बोक्छ
बोक्छ झ्यालका लागि सिसा
र बोक्छ उज्यालोका लागि
मैनबत्तिको बाकस पनि
ओलम्पिकको तेज धावक झैँ
राजमार्गमा दुगुर्छ ट्रक
कहाँ जान्छ?
थाक्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हामी विदेशमा पनि विभाजित

~विश्वराज अधिकारी~

रमेश दाइ मेरो कोठामा पस्नुभएको मात्र के थियो, मतिर हेर्दै भन्नुभयो–“के यस्तो अचम्म देख्नुपरेको होला ? एक दिन दुई दिन हो, आज छैठौं दिन भइसक्यो माओवादीले अनिश्चितकालीन नेपाल बन्द गरेको र जुलुस प्रदर्शनका लागि हजारौ मानिसलाई ल्याएको, देशभरिका जनतालाई काठमाडौंमा थुपारेको । देशभरिका जनताले कति दुःख पाइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । यात्रीहरू गन्तव्यमा पुग्न सकिरहेका छैनन् । बिरामीहरूलाई अस्पताल पुग्न गा¥हो छ । कृषकहरूले तरकारी बिक्री गर्न नपाएर तरकारी सडकमा फाल्दै छन् । विद्यार्थीहरू स्कूल जान नपाएर घरमैं थन्किएर बसेका छन् । दैनिक मजदूरीको भरमा पेट पाल्नेहरू खान नपाएर यताउता भौतारिंदैछन् । यो आम हडतालले गर्दा यहाँसम्म कि कतिले त आप्mना बाबुआमाको इलाज गराउन पाएनन्, मरेपछि घरमा पुगेर काजक्रिया पनि गर्न पाएनन् । करोडौं Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झझल्को उनको

~जीवराज बुढाथोकी~

हुन्थ्यो उनको, चिठी नआए,
हुन्थ्यो उनको, फोनले नगाए,
विरक्तीमा सधैं, हराएको पहर्,
हुन्थ्यो उनको, मन नपलाए !!

हुन्थ्यो उनको, याद नसताए,
उनको झल्कोले, नअल्मलाए, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पातालको कुरा !

~शेखर ‘अस्तित्व’~

अब छोड़ त्यो आकाश र पातालको कुरा !
आउ मिलेर आज गरौं हालको कुरा !

दुनियाँका कुरा भोलि पर्सि गर्दै गरौंला !
सब भन्दा पहिले गर्नु छ नेपालको कुरा ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : खोल्देहली

~भुवन निस्तेज~

“सिपालु राजा त अंग्रेज, अल्मोडा गाडी चलायो।”“हमरा राजा तीन सरकारका मित्तुर, काँ अल्मोडा है कम?”

“छैबिसी सातगाउँ, मालको बिर्ता, पुर्पुरामा भया सीप कि चाइयो?”

गाउँमा अक्सर राजा या जिम्वालसाबको प्रशस्तिमा यस्तै चर्चाहरू हुने गर्थे। कथंकदाचित अन्यथा भए साह्रै अनिष्टकारी दुष्परिणाम निस्कन्थ्यो। कतिका चारपाटा मुडिएका, कतिका हात–खुट्टा भाँचिएका थिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मर्दा मुस्कुराउने मान्छे

~शमिक्षा थपलिया~

चारै तिर मुजै मुजा परेको अनुहार
जुन अनुहारमा मुस्कान देख्न पाइदैन
सबै मानिस जन्मदा रुदै जन्मिए
पनि
जिवन भरि हासी रहेका हुन्छन
अरु भन्दा पृथक छ
सायद उस्को मन त्यसैले कहिले
मुस्कुराउदैन उ
आफ्नु जन्मनु अघि हल गोरु किन्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक दन्त्य कथा : पण्डितको जुँगा गानाको औषधी

~अज्ञात~

एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए । उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे ।

चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो । व्यासासनमा बसी ती ब्राम्हण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन “लाटाका देशमा गाँडा तन्नेरी” बनी जे मन लाग्यो त्यही सुनाई रहेका थिए । त्यसैबेलामा आचार्य पास गरी घर फर्कंदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पत्रकथा : भोजराजलाई रश्मीको चिठी

~दुर्गा कार्की~

भोजराज,

कथा त राम्ररी नै भन्यौ, तर केही कुरा छुटायौ, केही लुकायौ अनि धेरै चाहिँ ढाँट्यौ। हुन त शब्दको सीमामा बाँधिएर लेख्न थालेको कथामा त्यत्तिको छुटपुट र ढाँटढुँट हुनु स्वाभाविक पनि होला! तैपनि तिमीसित फेरि भेट भए एकपटक तिम्रो गाला दुख्ने गरी तानिदिएर भन्न चाहिँ मन छ, ढटुवा बाहुन बाजे!

“हाई! म भोजराज।”

त्यो दिन मेरो ब्यागको फितामा बाँधेको सलमा तिमी झुक्किएर बसेपछि मैले तान्दा तिम्ले सरी भनेर मुसुक्क हाँसेका थियौ। Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : मेहन्दी

~भानुभक्त~

उससँग दिनमा प्रायः दुईचोटि मेरो भेट हुन्थ्यो। बिहान योगा गर्दा टियुमा र अफिस जाँदाआउँदा बसमा।

महिना दिन भइसकेको थियो देखादेख भएको तर बोल्ने कुनै बहाना जुरेको थिएन।

बोल्ने बहाना नजुरेपनि सल्लाह गरेजसरी एउटै बसमा भेटिने संयोग भने परिरहन्थ्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यौवनको आक्रोश

~अमृत सिङ थिङ~

मर्द हौ भने देखाउ छातीको रौ
एक एक गरी गन्ने छु
पाएँ शिवजीलाई भनी
पार्वती मातालाई भन्ने छु ।।

म पग्लेर निस्केको वाफको बास्नाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के गर्छौ ?

~गेहेन्द्र अधिकारी~

हरचिजमा नक्कल तिमि के गर्छौ,
भाग्यमै छैन भने खोस्न तत्पर किन पर्छौ
जाल झेल र निरङ्कुस छिरेको
यो जाली दुनियाँमा!!
बिश्वासको पसल राखेर तिमि के गर्छौ!!
थिच्नेले थिचेकै छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment