कविता : धरानका चोकहरू

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

अत्यन्त समृद्धचोकहरू
कतै नलर्खरावस्
कतै नबरालियोस्,
उभियोस् अटल छाती
साँगुरी भन्ज्याङ्ग भएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : खोजी

~कात्यायन~dhanwantari-mishra-katyayan

– धेरै वर्षको कोमाबाट फर्किए पछि, ऊ पूर्व-प्रेमिकाहरूको खोजी गर्न हिंड्यो |

– उसले ब्याङ्ककको हवाई ट्रान्जिटदेखि क्यालिफोर्नियाको यअरपोर्टमा देखेकोथियो | लसभेगासको जुवा-घरहरूमा देखेकोथियो | अमेरिकाको विभिन्न सहरहरूको कन्भिनेंटल-स्टोर्सदेखि ठूला-ठूला ब्यापारिक-मलहरूमा पनि देखेकोथियो | पार्कदेखि सामुद्रिक किनाराहरूमा पनि देखेको थियो | डान्स-बारदेखि न्यूड-क्लबहरूमा पनि देखेकोथियो | विध्यालयदेखि व्हाईट-हाउसको वरिपरि पनि देखेकोथियो | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तितो यथार्थ

~छविरमण सिलवाल~

मुहारमा हिलो पोतेर
हिलो-हिलो
पानी-पानीसँग
सम्झौता गर्न
शालीन दस्तावेजहरू
गरिबी लुकाएर
हाँस्छन्
पीडा लुकाएर
बाँच्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

शेर्पा भाषी गजल : औल थोङिनो

~लाक्पा शेर्पा समर्पित~

स्याउ थोङिनो नुब्ला औल थोङिनो
थोगी थीगी सेनकी अकाल थोङिनो

लेका ङेकेबेला रॅगीगोङे खनिङ देरू
लुङ्बाला लेकामेतुमी बगाल थोङिनो Continue reading →

Posted in शेर्पा गजल | Tagged | Leave a comment

भलाकुसारी : अनुवाद काठमाडौंका लागि मात्रै भएको छ – माइकल हट

नेपाली तथा हिमालयन अध्यन विषयमा केन्द्रित डा. माइकल हट युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक हुन् । हिजो र आजको नेपाली साहित्य, समाज तथा बदलिंदो समयमाथि अध्ययन–अनुसन्धान उनका रुचिका विषय हुन् । ३० वर्षयता नेपाली भाषा–साहित्यका निरन्तरका अध्येता बनेका ६० वर्षीय हटले नेपाली साहित्यका केही प्रतिनिधि रचनाहरूको अनूदित कृतिसमेत निकालेका छन् । उनका ‘मोर्डन लिटरेरी नेपाली’ (१९९७), ‘द लाइफ अफ भूपी शेरचन’ (२०१०), ‘अनबिकमिङ सिटिजन्स’ (२००३), ‘टिच युवरसेल्फ नेपाली’ (२००३), ‘मुनामदन’ र ‘बसाइँ’ (अंग्रेजी अनुवाद) लगायतका कृति प्रकाशित छन् । Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

गजल : झुटो हल्ला

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

मनभित्र कता कता एउटा दियो बलिरहन्छ.
त्यै दियोको रापले होला छाती सधैँ जलिरहन्छ..

किनारमा दुइहातले सपना बुन्नु व्यर्थै रहेछ.
छाल आउदा विश्वासको महलहरू ढलिरह्न्छ.. Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा परदेशीलाई सम्झेर

~तारा पराजुली~

प्रभातले सप्को खोल्न नभ्याउंदै
दुइचार धर्का मिरमिरे भुइंमा खस्न नपाउदै
गर्भिणी क्षितिजहरु
चिसो घाम कोरल्छन
लाखिएर पल्लो भूखण्ड  पुग्छन्
अपांग शरणार्थी सपनाहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दोषी

~महेन्द्र महक~

ऊ पत्रकार थियो, यो कुरा सबैलाई थाहा भएको हो ।

म उसको साथी, यो पनि करीब करीब धेरैलाई थाहा छ ।

उसले पत्रिका चलाउनुभन्दा पहिलादेखि नै उसको र मेरो साथ रहेको हो । पत्रिका चलाउन थालेपछि भने उसले मलाई पनि लेख्न उक्सायो । मैले कहिलेकाहीं लेख्न थालें । खास अध्ययन नभएका कारणले मेरा लेखहरु स्तरीय हुँदैनन् । कुनै पनि पाठकले आजसम्म कुनै किसिमको पनि प्रतिक्रिया नदिएकोबाट यो कुराको पुष्टि हुन्छ । तर पनि म लेखिरहेको छु ।

मेरो अफिस सकिएपछि प्रायःजसो हामी सँगै बसी चिया पिउँथ्यौं र यहाँबाट प्रकाशित Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य गजल : ए प्रिय सुन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

ए प्रिय सुन,
कहाँ छ नुन ?

ल्याइदेउन,
प्याज, लसुन | Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : हृदयाघात हुन्छ?

~रामकुमार एलन~

किन धनीमानीलाई मात्र हृदयाघात हुन्छ?
गरिबलाई भने सधैँ दुःख खाताखात हुन्छ

कुरुवा भो बिरामी, सड्छ रोगी अस्पतालमै
फर्के पनि घर अर्को रोगको सुरुवात हुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तेल उघाएर पानी खोजिरहेका बालुवाहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

शाक्तिका भोका लालचीहरु
युद्धमा सल्केको कालो बादलमा रमाउंछन्
युद्ध जितेर जनताको सार्वभौमसत्ता लुट्ने नियती बोकेर
प्रजातान्त्रीक प्रणालीलाई धाराशाही वनाएर
वहुसंख्यक जनताको अस्तित्वलाई मास्ने इरादाले
सारा देश जलाउन युद्धको घोषणा गर्छन् ।
तातो हावाले बालुवाहरु पोलिइरहेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र आँधी

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

समयका सिर्जनाहरू हुन्
यी अग्ला शृङ्खलाहरू
धरती/आकाश, समुद्र मान्छेहरू,
फूल फुलिरहेका छन् ढकमक्क
गीत गाएर नाचिरहेका छन् चराचुरुङ्गीहरू
के छैन यहाँ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न मन छ

~दिपक अभिमन्यू~

अङ्गालेर खुशीहरु हाँस्न मन छ
मलाई त्यहि खुशी मालामा गाँस्न मन छ

मलाई जिन्दगीको यात्रामा दियौ साथ
दुखमसुखम तिम्रो माया छातीमा टाँस्न मन छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : म मर्दिन कमरेड !

~आन्विका गिरी~Anbika Giri

सरोजकी आमा रोएकी थिइनन्। आँखाका डिलहरुबाटै थाहा लाग्थ्यो, उनको एकथोपा आँशु पनि बहेको थिएन। म खबर पाएको एक घण्टामा नै गएको थिए। उनी रुँदै होलिन् भनेर सान्त्वनामा के भन्ने भनेर आधा घण्टाको बाटोभरी म सोच्दै थिए। घर पुग्दा उनी आँगनको कुनामा बाधेको गाइलाई घाँस हाल्दै थिइन। भत्कनै लागेको पिढीमा केहि आइमाइहरु बसिरहेका थिए। उनीहरु सप्कोले सिँगान र आँशु दुबै पुछ्दै थिए। उनीहरुका आँखा कहिले आँगनको विचको लाशमा त कहिले गाइलाई घाँस हालिरहेकी सरोजकी आमामाथि थियो। केहि लोग्नेमान्छेहरु पनि थिए जो आँगनमा उनको छोराको लाशलाई कात्रोले छोप्दै थिए। केहि केटाकेटीहरु पनि थिए जो लाशलाई डराइडराइ हेरिरहेका थिए। अरु पनि केहि मान्छे थिए, जो खासखुस गर्दै थिए।

त्यहि खासखुसबाट थाहा भयो, सरोजले विहान ११ बजे घर मुन्तिरको बकैनाको बोटमा झुण्डिएर आत्महत्या गरेको रहेछ। अनि भिड मै कसैले भन्यो, “धेरै टेन्सन छ भन्दैथियो” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सत्य सुबेला

~कणाद महर्षि~Kanad Maharshi_1

अहिलेभन्दा पहिले राम्रो लेख्थेँ
भनूँ भनूँ लाग्यो
आफूले आफैँलाई सोध्न मन लाग्यो
– हो कि होइन?

अब उत्तर म के दिऊँ
सोधेको आफैँले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश खोजिरहेका हामी

~इन्दिरा प्रसाई~Indira Prasai

तिमीलाई गुमाएका
मर्मान्त मुटुहरू
र तिम्रो अँगालोमा पुग्ने
व्यग्रतामा छटपटिएका छातीहरू
शरणार्थी शिविरमा
भेटेर, देखेर र सुमसुम्याएर
ए देश ।
म तिमी नहुँदाको
अनुभूतिको सूक्ष्म आभासले पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘सरकार ! मैने देश का नमक खाया है’

~प्रदीप लोहागुण~

गब्बर सिंहजस्तै जब्बर छ देश
गब्बर सिंहभन्दा मैलो र घिनलाग्दो छ सरकार
गब्बर सिंहभन्दा क्रूर छ देशको व्यवस्था ।

अधिकार माग्ने जो कोहीलाई शंका गर्छ सरकार
आधारातमा
रोगी आमाको औषधि किन्न निस्केको बेरोजगार युवकलाई
आतंकवादी घोषणा गर्छ देश
सरकार त्यसको कञ्चटमा ताक्छ कानुनको पेस्तोल
र गब्बर सिंहजस्तै खूब अट्टहास गर्छ ।
सरकारको त्यो रहस्यमय अट्टहास Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जात-जातमा टुक्रिएको प्राणी

~अनुष्कर पुष्कर गुरुङ~

साइला दाजु कता कुद्न लाग्यो हौ
सोधेछ मृगले बनेललाई
बनेलले भनेछ तिमीलाई थहाँ छैन र
आज जनसभा छ नि
हामीले जात -जातको झण्डा पाउने छौ
ए……….. सुन्नुस न
घरबार याद गर्दै गर्नुस है
म पर जनसभामा गोएर आउछु है
याद गर्दै गर्नुस है !
मृग पनि कुदेर जनसभामा पुगेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रहरै रहरको ब्वाईफ्रेन्ड

~सविता सापकोटा~

एसएलसी पछिको कलेज लाईफ , रमाईलो नै थियो । बिहानीको कलेज र दिनभरको फुर्सदको समय कहिले चाईनिज गुम्बा त कहिले बेगनास ताल रुपा अनि फेवा । कलेजबाट भागेका ति दिन अनि कहिलेकाही नक्कली हस्ताक्षेर गरेर गेटमा बस्ने मामालाई समेत झुक्यएका ति पल । स्कुले जीवन सकिए पछि आफूलाई पिजडाबाट निस्केको सुगा जस्तै लागथ्यो ।

चारजनाको ग्याङग , सबै उस्तै प्रवितीका हाँसो मजाक अनि खेल ठट्टामा रमाउन खोज्ने ।

सबैको हात हातमा मोबाइल अनि मुख बङग्याउदै खिचेको सेल्फि । फेसबुकमा लेखेको क्यापसन , आज देख्दा ती पलहरुले आन्नद दिलाउँछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कहाँ पुग्छ कुन्नि मेरो जिन्दगानी

~दिनेश अधिकारी~Dinesh Adhikari

कहाँ पुग्छ कुन्नि मेरो जिन्दगानी
म आगो निचोरी पिऊँ भन्छु पानी

हुरीले सिकायो अडिन मलाई
झरीले बतायो नरुझ्ने उपाय
बगरबाट मैले सिकेँ पिउन प्यास Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : शब्द

~ध्रुब सापकोटा~Dhruba Sapkota

छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो देखाउँछु । बोल्दैन । अँध्यारो देखाउँछु । बोल्दैन । दूध देखाउँछु । बोल्दैन । भात देखाउँछु । बोल्दैन । सर्प देखाउँछु । बोल्दैन । उसको लाटोपनले म दिक्क भएको छु । उसको क्षय भएको बालशक्तिले गर्दा मेरी श्रीमती दिक्क भएकी छे ।

“यसको ओखती म गर्छु,” श्रीमती भन्छे ।

बिहानै श्रीमती छोरालाई आँगनमा ल्याउँछे । त्यो राम्ररी ब्युँझिसकेको पनि छैन । त्यसलाई नाङ्गो पार्छे । आँगनमा तुषारो परेको छ । छोरालाई डोकाले छोप्छे । छोरो खोरमा परेको म अनुभव गर्छु । छोरा नउम्कोस् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म पिउने भएको छु

~दीपेन्द्र के.सी. ‘अपजसी’~

हो, नपिउने भन्दाभन्दै
पिउने भएको छु म ।
तिम्रो डोली अन्मिएपछि
सुनसान छ गाउँ;
त्यसपछि
चढ्न थालेको छ
अर्कै नशा मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : तमसो मा ज्योतिर्गमय

~नारायण श्रेष्ठ~

मान्छेको जीवन र नदीमा कुनै समानता छ भने त्यो हो- बहावको उतार-चढाव।

कहीं उर्लंदै, कतै सम्हालिँदै तल-तल झर्दै नदी सौम्य समुद्रमा पुग्छ। त्यसरी नै जीवनको यो काया कहिले उकालीमा, कहिले गोरेटोमा, कहिले समथर मैदानमा। थाहा छैन, कुन मोडमा पुगेर स्थुल बन्नेछ! सायद सामाजिक संस्था, राजनीतिक दल र सिंगो देशको जीवनमा पनि यस्तै हुँदो हो– उकाली-ओराली, घाम-छाया। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ग्रहण

~रजित ओझा~Rajit Ojha

भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले उच्चारण गरेका प्रत्येक मन्त्रहरु उसका लागि दोहोरिएका मन्त्र थिए । त्यो हवनको तापपनि पहिले को जस्तो रापिलो थिएन ,त्यो आगो दाउरा नभएर खरानीनै जलिरहेछ जस्तो लागेको थियो उसलाई , अनि रहरले भरिनुपर्ने मनमा एउटा अनौठो चिन्ता थियो ।

दोस्रो विवाहको लागि उ पहिले राजी थिएन ।सात वर्ष बसेकी उसकी संगिनि भनाउँदी त अचानक एउटा रात उसको कोठाबाट हराई एउटा चिठ्ठि छोडेर भएभरका गालीहरु गरेर, उसको पुरुषत्वको अपमान गरेर ,नयाँ अनुहारमा उ विश्वास गरोस् पनि कसरि ?दुनियाँ स्वार्थी छ !!!!!!!तर उसको राजीखुशिको धेरै मोल हुन छाडेको थियो उसको परिवारमा ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिन्का

~निभा शाह~Nibha Shah

नजोडे–त्यही सिन्का कुल्चिएर
धुलोमाटो हुन्छ
जोडे– त्यही सिल्का गुँड हुन्छ
सृष्टि र सिर्जना हुन्छ ।

नजोडे– त्यही सिन्का Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : रत्नीको सपना

~अमृता प्रीतम~Amrita Pritam

‘पालुंगो मुठाको एक आना, गोलभेडा एक भागको ६ आना र हरियो खुर्सानीको एक आना,’ थाह छैन, तरकारी बेच्ने नारीको मुख कस्तो थियो । तर, मलाई लाग्यो पालुंगोको पातका सारा कोमलता, गोलभेडाको सारा रङ र हरियो खुर्सानीको सबै सुन्दरता उसको मुहारमा पोतिएको थियो ।

एक बच्चा उनको काखमा दूध पिइरहेको थियो । एक हातले उसले आमाको चोली समाएको थियो । र, अर्को हातले बेलाबेला पालुंगोको पात समाउँथ्यो । आमाले कहिले बच्चाको हात पछाडि हटाउँथिइन्, कहिले पालुंगोको मुठोलाई अगाडि सार्थिन् । जब आमा उताउता सर्नुपथ्र्यो, तब बच्चाको हात पालुंगो समाउन पुगिहाल्थ्यो । बच्चाको हातबाट पालुंगो छुटाउँदै आमाले घुरेर हेर्छिन् । अनि, उनको ओठको हाँसो अनुहारभरि भएर छछल्किन्छ । उनले बेच्न राखेको तरकारीमा जब उनको हाँसो पोखिन्छ, मलाई लाग्छ, यस्तो ताजा Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

कविता : छत

~प्रमोद अधिकारी~

बर्खे झरीमा
गरिवीको छतबाट
तप्प चुहिएको
मध्यरातको पानिले
मलाई कहिल्यै छोएन ।
अर्धनिन्द्रामा
कुम्लो बोकेर
ठाउँ सर्नु परेन ।
देखिरहेको सपना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जोडौं संबन्ध हामी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

आजकल मेरो देश एक्लिएको छ
आत्तिएको छ
निस्सासिएको छ
जताततै लुटपाट, अपहरण,हत्याले
कमजोर बन्दै गएको छ
एक अर्कासंगको संबन्ध छुटेको छ
भाइचाराको नाता टुटेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त ऋतु

~सोमनाथ सिग्देल~

उदय भो अब सन्त वसन्तको,
प्रकटभो छवि, चित्र-विचित्रको
कम भयो बल शीतल शीतको,
रुचिर भो अनि सर्ग निसर्गको ।।१।।

सब हिमाल हिमालयका खुले,
नव सरोज सरोजलमा फुले ।
अब पलाश पलाशमहाँ चढे,
तब अशोक अशोक भई बढे ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माया थरीथरीका

~बैधनाथ ठाकुर~

मायाको संसारमा थरीथरीका माया हुादा रहेछन्
कसैको माया आल्मुनियमको भााडोजस्तो
भेटे तातिन्छ छुटे चिसिन्छ
कसैको माया फूलहरुमा घुमिरहने भमराजस्तो
आज एउटासाग, भोलि अर्कैसाग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : राजकुमारी सुकन्या र महर्षि च्यवन

~उमाशङ्कर द्विवेदी~

महर्षि भृगुका च्यवन नामक एक तेजस्वी पुत्र थिए । उनी तपस्या गर्न भनी वनमा गए । ती मुनिकुमार तपस्या गर्ने उद्देश्यले वृक्षको समान निश्चल भएर एउटै स्थानमा वीरासन लगाएर बसिरहे । बिस्तारै धेरै समय बितिसकेपछि उनको शरीरलाई तृण र लहराहरूले छोप्यो । त्यसमाथि कमिलाहरूले आफ्नो वास बनाए । त्यहाँ ऋषिको ढाकिएको शरीर माटोको ढिस्कोभैंm देखिन थाल्यो । यस प्रकारले धेरै समय बितिसकेपछि एक दिन राजा शर्याती वनमा क्रीडा गर्न आए । उनका चार हजार सुन्दरी रानीहरू थिए । एउटी सुन्दर भृकुटी भएकी कन्या थिइन् । उनको नाम सुकन्या थियो । उनी दिव्य वस्त्राभूषणहरूले विभूषित आफ्ना सखीहरूका साथ डुल्दै च्यवनजीले तपस्या गरिरहेको ठाउँमा आइपुगिन् । उनले माटोको ढिस्कोको प्वालमा टल्किदै गरेको आँखालाई देखिन् । यसले उनलाई ठूलो कुतूहल भयो, अनि अल्लारे बुद्धि भ्रमित भएको कारणले उनले तीखो काँडाले टल्किरहेका ती आँखाहरूलाई घोचेर फुटाली दिइन् । आँखा फुटेको कारणले रगत बग्न थाल्यो । यो देखेर तर्सिंदै सुकन्या त्यहाँबाट Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : फलैंचामुनिको केतुकीको नाम्लो

~शान्ति प्रियवन्दना~

१.
थन्कियो धेरै दिन
नाम्लो फलैंचामुनि
नाम्लो थन्किनु यसरी
र बस्नु चुपचाप दबिएर
तिम्रा अध्याँरा जीवनका पाटा
र आर्तनादहरु हुन् हर्कबहादुर दाइ ।

२.
कथन कागको नै जोर्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment