नेवारी कविता : खः जि नेवाः मिसा खः

~दिव्या बज्राचार्य~Divya Bajracharya

जिगु ख्वाः कय् कय् कुन हँ
जिगु म्ह ग्वारामारा जुल हँ
जि प्यम्हमनुया न्ह्योने खः ल्ह्याय मसलं हँ
जि फेशन शोले थें न्यासे वने मसलः हँ

ततःधंपिं मनूतः सः स्यूपिं मनूत
जिगु रुप मखु जिगु कय्कुंगु ख्वाः मखु
जिगु त्याग स्व, जिगु ज्यायात सम्मानं स्व
न्ह्याम्हेसीन्ह न्ह्यागुहे खँ ल्हासां
खः जि छेँ हे च्वनिम्ह मिसा खँ
खः जि नेवाः मिसा खः Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

बगेकी गङ्गाका सात मुक्तकहरु

~गङ्गा सापकोटा ‘बगेकी गङ्गा’~

एक
डुबाईदे ए जिन्दगी किनारमा छु म।
कहाँ भाग्छस् टाढा दिवारमा छु म।
कि रुदैछस् ओइ त पनि म संग संगै ।
सम्झी अभागी भाग्य निधारमा छु म।

दुई
उस्का याद अनि पल सबै मेटाउछु।
आइरहन्छ झलझल सबै मेटाउछु। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : छोरो हरायो

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

छोरो हराको तीन वर्ष बितिसक्यो, खुटखबर छैन । नयाँ नेपाल बनाउन जानुपर्छ भनेर गएथ्यो । एक चोटि पनि फर्केर आ’को छैन।

घरबाट हिंडेको आज सात दिन भो ।

नयाँ नेपाल भनेको यहाँभित्र छ कि ? Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दर्पण

~बिमल गुरुङ~bimal-gurung

अथाह गहमा अबीर छर्केर
चट्टानको तटिनीमा नाच्दा नाच्दै
सहाराजि डिलमा लालीगुराँस रोपेर
निर्मल निर्मल् गंगाजल
रकेटबाट खसाउँदा खसाउँदै
आकृतिहिन मानब आकृतिहिन पञ्जामा
अभौतिक ग्रह,
नचाउनु/हुत्याउनु किन नपरोस्
म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’
लँगुरबुर्जाको गोटी घोल्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : While falling down

~Deepak Samchu~
Trans : Suman Pokharel

I was entangled
like some water hyacinth at a riverbank,
you happened to come carrying handful of rainbow
and tied me like a rope does.

That was everything for me
and, I started to find myself within your fragrance. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : बालक

~भीमनिधि तिवारी~

देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते !
फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी !
देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको !(१)

झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा,
जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा
सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा
टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! (२ ) Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वबन्धु

~माधवप्रसाद घिमिरे~

चहल पहल ठूलो, आज नौलो जमाना
जल गल नभ जेल्छन् रेल जाहाज नाना
मनुज मनुजलाई खाली छल्ने लखेट्ने
अझ पनि अखडा क्यै ? विश्वका बन्धु भेट्ने

बन शहरहरुका वास बस्ती हजार
नरम गरम नाना भावनाका प्रचार
सफल रंग र रेखा आज छन् एक चित्र
प्रकट भुवनदेवी मुस्कुराइन विचित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : वलिरहूँ म बलिरहूँ

~माधवलाल कर्माचार्य~madhablal-karmacharya

भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस,
गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्,
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो संसार !!!

~जनार्दन सम~

ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार !!!
यो पृथ्वी बनायौं झारपात र वृक्ष प्राणीहरु उमार्‍यौ,
रङ्गी चङ्गी चरा उडायौ, भूकम्प बाढी ज्वालामुखी फुटायौ,
आफ्नै घरबार परिवारलाई भत्कायौ मार्‍यो बिगार्‍यौ ।

यो बालक्रीडा जस्तो या उन्मत्तको काम जस्तो हेरें तिम्रो संसार !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुने भएको छ !

~श्यामदास वैष्णव~shyamdas baisrva

जसले जे गरे पनि अहिले
‘हुने’ भएको छ ।

‘गाई’लाई ‘गदाह’
र, ‘गदाह’लाई ‘पदाह’ माने पनि
फरक नपर्ने भएको छ ।

रातलाई ‘दिन’ र
दिनलाई ‘अलच्छिन’
ठाने पनि मिल्ने भएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तामाङ भाषी गजल : ह्याङ्ला माया

~अमृत सिङ थिङ~

ए देन ङाला चु माया खाइमाई आफे गाई
ए ङा आज्याबा तातासी खाइमाई आछे गाई ।।

जम्बु ह्लिङरी ऐ देन ङा ह्याल ह्याल फेतोला Continue reading →

Posted in तामाङ गजल | Tagged | Leave a comment

कथा : त्यो

~मोहनविक्रम सिंह~

त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो ? यो कसैलाई थाहा हुँदैन ।

बिहान…..

घाम झुल्केको केही पछि त्यो बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो घाम अस्ताएको केही वेरपछि त्यो पिपलका रुखहरूबाट उठेर जान्थ्यो ।

फेरि अर्को दिन बिहानै……

त्यो क्रम चलिरहन्थ्यो ।

जङ्गलमा गएर त्यो कहाँ बस्दछ ? के गर्दछ ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नयायुगको कथा

~लक्ष्मण नेवटिया~

जंगलका बीचमा दुई गाउँ । एक खोलापारी एक वारी । खोला पार गर्न ढलेको रुख ।

एक पटकमा एक जना वारी वा पारी गर्न सक्ने । एउटा केटा पारी बाट ठीक त्यही बेला एक तरुणी वारी बाट खोला पार्न गर्न खोज्दा त्यही Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दिन आइसकेको छ

~विक्रम सुब्बा~

झयालहरु खोल शान्ति, ढोका उघारेर पर्दाहरु उठाऊ
उज्यालो जुलुसले उज्यालो हातमा बोकेका
उज्याला झण्डाहरुलाई पस्न देऊ
लोकल हिटलरका कसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने
डेमोक्रेसीका उज्याला नाराहरुलाई कोठामा पस्न देऊ
लर्डाईंका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए
इन्क्लाबी कविता-गीत धेरै गाइए कोठाभित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर बगैचा

~डिल्ली पौडेल~

तिम्रो नामको सानो मुटु छ ,मेरो छाती भित्र म अन्त सार्न सक्दिन।
बिना कारण म कसरी भुल्छु तिमिलाइ ,माया म मार्न सक्दिन।

चाडै फर्केर आउने छु ,म तिम्रो सुन्दर मुहार सम्झी।
लामो पर्खाइको तिम्रो त्याे दिन, टार्न म सक्दिन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनुष्यको विघटनमाथि

~महेश प्रसाईं~

अकस्मात् एक दिन
एउटा प्रेतात्मा
मसानबाट
फुत्त बाहिर निस्कियो
र मानिसको भेषमा
देखा पर्‍यो,

सडकको
बीच चौराहमा,
उसलाई
पार्लियामेन्टमा जानु थियो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जंगलको कुनै कानून हुँदैन

~राजेन्द्र शलभ~

उनीहरू शहर पसेका छन्
र,शहरलाई पनि जंगल ठानिरहेछन्
जंगलको कुनै कानून हुँदैन

आफ्नो अनुहारमाथि
अर्को अनुहार टाँसेर
उनीहरू शहर पसेका छन्

हितैषीको भ्रम पारेर
उनीहरू हाम्रो विश्वास जिस्किरहेछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विहे

~दिनेश अधिकारी~Dinesh Adhikari

(प्रसङ्ग १)

बिहे गरेको भोलिपल्ट
हामी एउटा पैदलयात्रामा थियौं

कहाँ के भयो?
एकाएक आकाश धुम्मियो
एकाएक मेघ गर्जियो
र, झमझम पानी पर्न सुरु भयो
ओत लाग्न
छेउछाउमा कुनै उपाय थिएन
र, हामीसँग एउटै मात्र सानो छाता थियो
ऊ नभिजोस् भनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आज मादल बजेको किन

~धर्मराज थापा~

आज मादल बजेको किन
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२

सानु सानु रानी चरी लेकैबाट झर्‍यो
पल्ला गाउँको नौलो भाका पल्ला गाउँमा सर्‍यो
पर्देशीले खोला तर्‍यो हुँदै दोभानीमा
बैंश चढ्यो लालुपाते फूलको जवानीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लिम्वूवानको खातिर

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

सेवारो आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ
हिउदको ठिही र वर्षाको झरीबादल सहेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आकार

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

ठुलाठुला नक्साहरु माझ
एउटा आकार चेप्पिएको छ
जस्को हातपाउ, ज्यान अनि मस्तिस्क
खिया लागेर पुरानो अनि काम नलाग्ने हुंदै गएको छ
खियिंदै गएको छ ।
उनको हातहरु वाँधिएका छन्
सिमानाका विभिन्न नाकाहरुले वाँधिएका छन्
आप्mनो पाउमा आफै जुत्ता लगाउन सक्तैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा हो!

~प्रणिका कोयु~pranika-koyu

स्पर्श,
“छेमा तिमीले किन भेष्ट लगाएको?”सोध्ने तिमी
मेरो त्यत्तिकै मायालु छोरा हौ
जत्ति तिम्रो मामा र ड्याडीकोहौ

निषाद,
म गएको दिनौं पछि ब्युँझिएको रातमा
“खोइ छेमा” भनेर सोध्ने तिमी
निषाद, तिमी मेरो प्यारो छोरा हौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : मैले हार्न खोजे

~जीवराज बुढाथोकी~

नसोचेकै भयो, मैले हार्न खोजे ।
भयो हारेर के, बाधा टार्न खोजे ।

नजाने पन्थको, सोध्नै हुन्न बाटो,
त्यसैले आज चाहानै मार्न खोजे । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उफ् !

~नबराज घिमिरे~

तिमीहरूलाई दास हुन मन लाग्यो,
कुनै स्वरुपलाइ पुज्न मन लाग्यो हो?
तेसैले त मुर्ती काेर्यौ,
देवता सम्झेर ।
केका लागि कोर्यौ?
बिश्वासका लागी ।
आस्थाका लागी ।
सत्मार्गका लागि।
तर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ल्यापटपको बाबा

~सरगम भट्टराई~Saragam Bhattarai

आज शरद अरब भाँसिएको ठ्याक्कै चार पुगेर पाँच वर्ष लागेछ। यसबीच जिन्दगीका आरोह-अवरोह सबै लेखेर लेखिन्नन् उसका। समयको चक्र घुमिरहँदा कति रात रोएर बिते ऊ आफैंलाई थाहा छैन।

आज शरदको बिदाको दिन। तितामिठा यादहरु फनफनी घुमिरहेका छन्। घर छाड्ने रातभरि ऊ र उसकी श्रीमती सीमा हुँक्क हुँक्क रोएको ती भित्ताहरुले भुलेका छैनन्। ती भित्ताहरु अहिले पनि सीमाको आँशुको साक्षी भइरहेकै छन्। तर आँशुका साक्षी ती भित्ताहरु भोलि न्याय चाहिने बेला केही बोल्ने छैनन्। त्यस्तै त्यो मरुभूमिमा शरदले आँशु बगाएको हेर्ने भित्ताहरु पनि केही बोल्ने छैनन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मौन आवाजहरु…

~कुमारी लामा~

सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु मार्फत पोखिदै जान्छ सामाजिक बिसंगती तब म साच्चै छक्क पर्छु । उनी एक शशक्त सर्जक । माया ठकुरी।

परिचय आवस्यक छ र ?

यति मात्र भन्न मन छ । एक शक्तिशाली कथाकार उनी ।

जानी बुझी नै हात पारेकी हुँ उनको ‘अफ ए लेसर गड’ (हालै अक्षर क्रियसनले बजारमा ल्याएको उनका प्रतिनिधि कथाहरुको अंग्रेजी अनुवादसंग्रह ।) Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : बानेश्वरमा सडक नाटक

~भूपिन~

साहित्यमा झैं अभिनयप्रति पनि मेरो विशेष प्रेम र लगाव थियो, तर गाउँमा अभिनयको लागि कुनै मञ्चहरू उपलब्ध थिएनन्। एउटा पनि साहित्यिक संस्था स्थापना नभएको गाउँमा नाटकमा समर्पित संस्था नहुनु कुनै अनौठो कुरा थिएन।

नाटक मञ्चन र अभिनय मेरा लागि एक सुन्दर सपनाबाहेक केही थिएन। यदाकदा समाजवादी गायक जीवन शर्मा र झोकेन्द्र थापाहरू आएर गायनमार्फत मेरो गाउँको लत्रिन लागेको विद्रोहको शिरलाई उठाएर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सङ्गम घर्तीका दुई मुक्तकहरु

~सङ्गम घर्ती~

१
चार चार वटिको पोइ
कुना काप्चा बसि रोइ
कानुनको धज्जि उडाउने तिमी
तिम्रो एस.एल. सि को प्रमाणपत्र खोइ ?? Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

शेर्पा भाषी गीत : आइलेमु

~लाक्पा शेर्पा समर्पित~

देसुङ देसुङ आइलेमी फोटो ङेसेम्ला देसुङ
थेन्सुङ थेन्सुङ आइलेमी ङे सेमरा थेन्सुङ

आङाला ओरो गोटेला देतुहिन गोठाला
दोजो तिङ्ला ठेसुङ ओरोङ छोर्तेनलाला Continue reading →

Posted in शेर्पा गीत | Tagged | Leave a comment

बाल एकाङ्की : कारको कल्पना

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

(सहरको एउटा एकतले घर छ । भान्छा कोठामा आमा साँझपख खाना पकाइरहेकी हुन्छिन् । पाँच वर्षीय छोरी सबिना टेबलमा गृहकार्य गरिरहेकी छन् अनि उसको दाजु सात वर्षीय सबिन कुर्सीमा बसेर रित्तो सिलिन्डरको रिङ्ग घुमाइरहेको छ । रिङ्ग मानौ उसका लागि कारको स्टेरिङ हो, हुँ… हुँ… हुँ… पपप…। यत्तिकैमा कार्यालय सकेर फर्किएका बुबाको प्रवेश हुन्छ ।)

सबिन – (बुबालाई देख्नेबित्तिकै) बुबा…आज पनि कार ल्याउनु भएन ?

बुबा – यी ल्याएको छु त, हेर त (खेलाउने कार दिँदै) ।

सबिन – (रिसाएर खेलौना कार भूइँमा फाल्दै) चाहिँदैन यस्तो खेलाउने कार । अँ मलाई त बाटोमा कुदाउने ठूलो कार नै चाहिन्छ ।

बुबा – भन्नेबित्तिकै कसरी किन्नु कार ? Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

गजल : नकराऊ दुई–चार दिन

~उज्ज्वल जी.सी.~

भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन
हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन ।

बदला लिने रहर भए मुटुमै किला ठोके हुन्छ
ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी मेरो क्यानभासमा

~मनु मन्जिल~

मैले पहिलो पटक यौटा चित्र कोरेँ
र त्यो पनि तिम्रो ।

तिम्रा आँखाहरू
तिम्रै आँखाको रङले सजाएँ
तिम्रो केशराशिको रेशमी कोमलता उबाएँ,
चहक उबाएँ
र तिम्रो केशराशि सजाएँ ।

तिम्रो मुस्कानभन्दा म्रिदु र सुन्दर रङ Continue reading →

Posted in कविता | Tagged | Leave a comment