Tag Archives: Kumari Lama

पुस्तक समीक्षा : मौन आवाजहरु…

~कुमारी लामा~ सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु मार्फत पोखिदै जान्छ सामाजिक बिसंगती तब म साच्चै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

निबन्ध : जीवन , मोड र प्रवाहहरु

~कुमारी लामा~ बिहानीले झिसमिसे उज्यालोको घुम्टोबाट आफ्नो सुन्दर मुहार चिह्याउदै गर्दा एउटा भर्खरै जुङ्गाको रेखी बस्दै गरेको सुकुमार ठिटो आफूभित्र सङ्गालेको विशाल  सपना जत्रै भारी साइकलमा हाली एउटा किराना पसल अगाडि टक्क अडियो । उसको साइकल पाउरोटी, पप केक र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मटान

~कुमारी लामा~ औंलामा पुतपुताइरहेको छ चुरोट । लुंगी बेरिएको एक मुठीको शरीर । लट्टासरिको जुरो बनाएको कपाल । रहलपहल सपनाहरू दौडिरहेका थकित आँखा । एक आम ग्रामीण महिला । उनको नाम— तारा तामाङ । तर यिनी राई, गुरुङ, अधिकारी, भारती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

~कुमारी लामा~ कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : क्षणिक हाँसोका वीच अलमलिएका मानिस

~कुमारी लामा~ ‘ लौन म बर्बाद भएँ ‘ भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment