मुसलसल गजल : तँ आइज न छोरा !

~शेखर ‘अस्तित्व’~

डलर, यूरो, दीनार चाहिन्न बाबु, तँ आइज न छोरा !
म एक्लै छु, संसार चाहिन्न बाबु, तँ आइज न छोरा !

बुवा बित्नु’भो तेरो, विधुवा भई मृत्यु-शय्यामा छु म !
भयो व्यर्थ श्रृङ्गार चाहिन्न बाबु, तँ आइज न छोरा ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : किरात चाड अर्थात् चासोक तङ्नाम

~अमर तुम्याहाङ~

विषय प्रवेश

शुष्कतामा पारिलो घामको न्यानोपन । अन्नबाली भित्राइएको याम । पल्लो किरात लिम्बुवानका साथै पूरै महाभारत पर्वतश्रृङ्खला अर्थात् पहाडी गाउँका बारीमा पैयौँ ढकमक फुलेको मनोरमता । चराचुरुङ्गीहरू औलतिर लागेका र तितेमाछादेखि अन्य जलपायी प्राणीहरू यसअघि नै आफ्नो अनुकूल तापक्रम भएको दक्षिणी जलक्षेत्रतिर झरिसकेको अवस्था । यही ऋतु परिवर्तन अर्थात् सूर्यको दक्षिणायनसँगसँगै मनाइने चाड हो किरात चाड चासोक तङ्नाम । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ भित्र प्रतिवादी हाँसो

~सुरेश हाचेकाली~

लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् ।

नेपाली साहित्यिक समालोचना परम्पराभित्र सूत्रपरक प्राध्यापकीय शैलीले सिद्धान्तपरक विश्लेषणलाई विकसित हुन दिएन । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले समालोचनालाई सृजनशील पठन भनेर परिभाषित गरिसकेपछि अब साहित्यिक बृत्तमा एउटा जागरणको सुरुवात भएको छ । कुनै साहित्यिक पाठकृतिको बजारीकरण भइसकेपछि त्यसका बारेमा सैद्धान्तिक स्तरका बहस नगरेर Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

डोटेली गजल : घाउ चर्क्यो भणिदिया

~श्रीजन श्री~

छातीमाइ लाग्याको घाउ चर्क्यो भणिदिया।
सोधी भन्या हजारीले मार्ग्यो भणिदिया।

हुन्ज्याइ सम्म जम्माइ आफ्ना नहुन्ज्याइ बिराना,
यै कुरडी सम्झी-सम्झी तर्क्यो भणिदिया। Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कथा : के तिमी मेरी श्रीमती बन्छौ र ?

~दिल थापा~

गाँउतिर बाबा आमालाई भेट्न भनेर सवारी भो कि मेरा गोडाले घरको दैलो टेक्न नपाउदै मेरी आमैको प्रवचन सुरु भैहाल्छ मेरो बिहेको बारेमा । कुन्नी कती अध्याय सकाउनु भो सोध्न पनि भ्याको छैन । बिहेको कुराले मलाई वाक्क बनाईसक्यो । पोहोर साल बेसी फाँटको असारे फर्सी गण्टाको तरकारी खाँदा के वाक्क भाको थिएँ र “छोरा तिमीले अब त बिहे गर । ” भन्ने आमाको मुखबाट सुनिने वाक्यबाट वाक्क मात्र होईन दिक्क पनि भाको छु । त्यसैले आजकाल त घर जादाँ पनि प्रहरी चौकिमा तारिक धाउन गए जस्तो लाग्छ । तर मेरो कानमा नसुन्ने यन्त्र जडित गरेर होला मैले आजसम्म सुन्ने कान लाको छैन । कहिले काँही सुन्ने कान नलाउदाँ रुन पनि पछी पर्दिन मेरी आमा । आमाको त्यो चाला देख्दा बिहे गरु कि जस्तो पनि लाग्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : सहानुभूतिको लोकमार्गमा

~भेषराज रिजाल~

हो, यसरी नै हरेकक्षेत्र मिसिनुपर्छ मुलुकको विकासको गतिमा । तादी खोलो र त्रिशुली नदी मिसिएको देवीघाटमा उभिएर सोचेथेँ मैले ।

देवीघाटको जलमा अनुहार पखालेर स्मरण गरेथेँ नेपाल एकीकरणको इतिहास । आधुनिक नेपाल राज्य विस्तारको थालनी भएको नुवाकोट काठमाडौँको नजिकै भएर पनि दूर्गमजस्तै थियो मेरा लागि । स्थानीय तहको पहिलो चरणको निर्वाचनको अनुगमनमा खटिँदा सम्बत् दुईहजार चौहत्तर सालको वैशाखको अन्तिमसाता नुवाकोटे भूमि टेकेथेँ मैले । स्थानीय तहको निर्वाचनलाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था कार्यान्वयनको पहिलोपाइलो ठानेर आफू पनि मुलुकको एकीकरण अभियानमै सामेल भएको सम्झी चौडा छाती बनाएथेँ मैले । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

रुमानी राईका केही हाइकुहरु

~रुमानी राई~rumani-rai

१) फुल्दछ बुकि
ढकमक जिन्दगी
ढुङ्गा चिरेर ।

२) लामो छ बाटो
उकाली र ओर्हाली
यात्रा जारी छ ।

३) बिझेको काँडा
घरिघरी बल्झन्छ
तिम्रो सम्झना । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : विरहको धून

~अनुपम थामी~

तिम्रो देशमा मेरो देशको, विरहको धून रैछ
तिम्रो महल बन्ने हाम्रो, पसिना र खून रैछ

बाटोभरि माटोभरी अाँखाहरु, बिछ्याई हेरें Continue reading →

Posted in गजल | Tagged | Leave a comment

जि.यश. गेलालका दुई हाइकुहरु

~जि.यश. गेलाल~

१
सम्झिएँ फेरि
अतीतका ती दिन
कुँडियो मन

२ Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : राष्ट्र , राष्ट्रवासी र राहत

~अर्जुन दाहाल~

हिजो,
हो, आज उसको नाम परिवर्तन भएको छ ,
प्रकृतिको वरदान , समयको दाइजो ,
राष्ट्र र सरकारले दिएको उपनाम ,
लाखौं जस्तै , उसले पनि आज नयाँ नाम पाएको छ ,
“भुकम्प पीडित”

आज,
उ नदिहरुले घेरिएको छ ,
गतिशील, शान्त र कलकलाउँदो नदि । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दै शब्द

~डा. उत्तम खनाल~

मैले नदेखेको दिन
लाग्थ्यो, तिमी हाँसेकी छौं
अरुको झै खुसी साँचेकी छौं
र त मुस्कुराउँदै बाँचेकी छौं
त्यो जीवनमा,
ओठको हाँसो र रुपको नासो साँचेर
पवित्रताको निर्मल रंगमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुज्न मन लाग्यो

~अमृत सिङ थिङ~

आज प्रेम बर्षातमा रुज्न मन लाग्यो
त्यो मनको मन्दिरमा पुज्न मन लाग्यो ।।

बटुवा हुँ गोरेटोको बास खोज्दै आएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : घाटा हुन्न तिमीलाई!

~दुर्गा कार्की~

केहि दिनदेखि
दिनहुँ तिमी सपनामा आउछौ
र एक हुल आफुजस्तै मान्छेहरुका
अगाडि पड्कन्छौ- “ए…मरे मर्छ त्यो बूढो!”

केही दिनदेखि
कहिँ कतै केही लेखुँ भन्छु
शब्दै भेट्दिनँ खर्चिने!
सत्ते! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘उपहार आँशुको’ डायस्पोरिक समीक्षा

~मित्र पौडेल~

पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि कथाका विविध प्रयोग हुँदै आएका छन् । सिन्धु उपत्यकाको सभ्यतामा विकास भएको प्राचीनतम ग्रन्थ ऋग्वेद सूक्त यजुर्वेद, सामवेद र अथर्ववेदका मन्त्र हुँदै, कठोपनिषद बृहदारव्यकोपनिषद, विभिन्न आख्यक, सतपथ, ब्राह्मण जस्ता आर्य द्रविड सभ्यताका विकासमा देखापरेका ग्रन्थहरूसम्ममा समेत कथात्मक संरचना स्वरुपको विकास हुन थालेको पाईन्छ । त्यस्तै बौद्धकालिन जातक कथा, ईशाको बाह्रौ शताब्दीतिर पञ्चतन्त्र, हितोपदेश, बेताल पंचविसंतिका, सुकसप्तती आदि ग्रन्थहरुमा पनि कथात्मक संरचनाको विकास भएको छ । साहित्यमा आख्यानात्मक प्रकृतिका उपन्यास र कथाहरुको पनि पृथक पृथक विद्यागत अस्तित्व रहेको छ । कुनै जीवनको व्यक्तिगत परिधिलाई समेटेर अपनाईएको मझौला आकारका आख्यान संरचनालाई कथात्मक स्वरुपको रुपमा विकास भएको देखिन्छ । कथालाई वास्तवमा आख्यानात्मक प्रविधिको रुपमा लिने गरिन्छ । पाश्चात्य जगतमा पनि साहित्यको उदयसंगै कथा साहित्य अघि बढेको देखिन्छ । बाइबलका आख्यानात्मक वचनहरु, ईसपका नीतिकथाहरुमा कथाविद्यागत स्वरुपको विकाश भएको देखिन्छ । नेपाली आधुनिक कथा लेखन परम्पराको Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : एक असारको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
दिनकरको बीउ झन्डै उम्यो
मिरिमिरि–माटो फारी, दृश्य
बदली निशिभर गाइरहिथिन्
प्रकृति, तिनले रोपिन् अवश्य !

ख.
हेर ! टुसाई आउँछ कलिलो,
लाल पत्ती ली दुई बादल !
मानो लुँडेका बीज पलाउँदा
हात ठटाउँदा खुशी बालकदल, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~मनोज बोगटी~Manoj Bogati_1

जतै खने पनि पुर्खाकै हड्डी निस्कन्छ।

यो दॉंत हो
यसले युग चपाएको छ।
समय चपाएको छ र धुलो बनाएर घरको भित्ता टालेको छ।

… यो नलीहड्डी
अशान्ति हुँदा यो फुकेर शान्ति ल्याउँछ गाउँको लामा।
यो बज्दैगर्दा जुलूस आउँछ नगरमा
जिन्दाबाद भन्छ
मुर्दावाद भन्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : मलाई डर लाग्छ

~दुर्गा कार्की~

रेडियोमा सुन्दै छु
टि.भी. तिर हेर्दैछु
बच्चा लिई भागे रे
फिरौती नि मागे रे Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

युद्ध कविता : आदिवासी लाहुरे

~काङमाङ नरेश राई~

युद्ध मोर्चामा
उभिएका अदृश्य बाटाहरू—
जित्नु÷हार्नु
मार्नु÷मारिनु
साहस÷निपुणता
युद्ध–कौशल
जवानीको रहर

मृत्युको लास पिठयुँमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो झुपडी

~चित्र कुमार सुबेदी~

मेरा पुर्खाले
पसिनामा माटो मुछेर
नाम्लोमा खोलाबाट
चप्पल ढुङा बोकेर
चरमा भसाएको
खुकुरीले ताछेर
अग्राखको काठ लाएर
निदाल बनाएको
झ्याल ढोका बनाएको
मेरो झुपडी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : ब्यर्थ हेराइ हुन्छ होला

~रामधन बेदना~

बिहानी नै मधुरो भो दिन उसै रुन्छ होला ।
पहिलो नजर अधुरो भो ब्यर्थै हेराई हुन्छ होला ।

अप्ठ्यारोमा भेट भयो बोल्न उस्तै अप्ठ्यारो भो ।
मनभित्रको पन्तुरो खोल्न उस्तै अप्ठ्यारो भो । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता: अघोषित-जीवन युद्द

~सरस्वती श्रेष्ठ ‘सरु’~

छोरी!
तिमी मेरै मुटुको एक अंश हौ
तिमीलाई
हिउँको चिस्यानमा उभिन
पहाडको ढुंग्यानीमा उभिन
तराइको मैदानी रापमा उभिन
आफ्नै जरा हालिदिएकी छु
आफ्नो जरालाई बलियोसँग
स्थापित गर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अञ्जुलीभरिका फूलहरु

~तारा पराजुली~

ए सप्तकोसीका किनारहरू
कतिन्जेल बस्छौ चुपचाप यसरी
भन न ऊ कहिले आउने होला ?
यो मनको राजमार्गै राजमार्ग भएर

यो बाटोभरि पैतालाले लेख्दै
त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै
हावाका भित्ताहरूमा झझल्कोले पोत्दै
परैबाट सोध्ला ठेगाना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धोको

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

तिम्रो सिउँदोभरि
सिन्दुर हालेर सजाइदिने
मेरो ठूलो धोको छ,

यो उदास ह्रदयबाट
अलिकति भएपनि
माया पाउने
मेरो ठूलो रहर छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रित्तिन सकू म

~निर्मोही व्यास~Nirmohi Vyas

‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते
अद्यैव मे विशतु मानसराजहंसः
प्राण प्रयाणसमये कफवातपित्तै–
र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते’

संस्कृत साहित्यको भक्ति धाराका एक कविले आफ्ना उपास्य कृष्णको भक्तिमा चुर्लुम्म डुबेर माथिको स्तुतिपद्यमा आफ्ना आकाङ्क्षा यसरी प्रकट गरेका छन् ः ‘हे कृष्ण, तिम्रो पाउकमलरूपी पिँजरामा मेरो मनरूपी राजहंस आजै बास गरोस् (तिम्रो भक्तिमा मेरो चित्त आजैदेखि लागोस्) प्राण जाने बेलामा कफ, पित्त र वायुले जेलिएर कण्ठ अवरुद्ध भएपछि त म तिम्रो स्मरण गर्न कसरी सकुँला र ?

यस पद्यबाट मानिसले कुनै पनि सत्कर्मलाई पछिका लागि साँचेर राख्नुहुँदैन, जे गर्ने हो वर्तमानमै गर्नुपर्छ, गरिहाल्नुपर्छ, भविष्यको भर छैन भत्रे प्रेरणा लिनुपर्ने भाव ध्वनित भएको छ र त्यसले मलाई अत्यन्त प्रभावित, Continue reading →

Posted in निबन्ध, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

कार्यपत्र : तामाङ साहित्यिक पत्रिका : स्थिति, चुनौती र सम्भावना

~अमृत योन्जन–तामाङ~

१. परिचय

तामाङ पत्रपत्रिकाको इतिहासमा पहिलो देखा परेको पत्रिका हो म्हेन्दो (फूल) । वि.सं. २०१६ वैशाख पूर्णिमाको दिन भोजपुरबाट निस्केको यो पत्रिका हस्तलिखित पत्रिका थियो । भोजपुरका मोक्तान भाइ र गणेश योन्जनद्वारा सम्पादित यो पत्रिका ११ पृष्ठको थियो र जम्मा २० प्रति निस्केको जानकारी सम्पादकीयमा छ । यसपछि दोस्रो पत्रिकाको रुपमा थ्वीनडेल पत्रिका प्रकाशित भयो । यो छापा पत्रिका थियो । २०३३ मा काठमाडौँबाट प्रकाशित यो पत्रिका २८ पृष्ठको थियो । यसपछि छापा पत्रिकाले निरन्तरता पायो । पछि क्रमशः Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : परिवर्तनका तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~

परिवर्तन भन्दैमा सबै
अग्रगमनको पाइला नहुन सक्छ
हर नयाँ कर्मले
तिम्रो भाग्यको ढोका नखोल्न सक्छ ।

गर्भाधान त दियौ तिमीले
निकै उत्साहले
तर, भोलि जन्मने तिम्रो शिशु
गान्धी नभएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीहरूलाई अहिले

~विष्णु विभु घिमिरे~Bishnubibhu Ghimire

सल्काउन त तिमीले
सजिलै सल्कायौ
अव त्यो आगो भयानक डँढेलो बनेर
बन पाखा ढाक्दै
तिमीसम्म आइपुग्यो
निभाउन कति गाह्रो भो ?
यतिबेला आफैँले सल्काएको आगोले
जव तिमीलाई चिनेन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : When I was a Child

~Birat Anupam~
Trans : Suman Pokharel

When I was a child, I used to
kite the birds,
row the clouds,
hover along riverside in search of its breath,
and, play hide and seek with the fishes.

I used to teach the newborn calf of Koili[1] cow
to say ‘Aama[2]’,
that was me, who taught crow and eagle
to play thief and police.

The tree of my courtyard still waves its leaf Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : यमुनाको चिता

~केदारमान व्यथित~

हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

दन्‌दन् दिनको तिमिरविनाशक
कथा जलेझैं सान्ध्य-चितामा
अवनी, अम्बर टुहुरा पारी
निष्ठुरताको काल-चितामा
हेर, जलेको भारतको
आजादीकी मूर्त कहानी !

भारतसँग गुनको सिरपाउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यिक होली

~तुलसीबहादुर छेत्री~

खैलौं सबले हर्ष मनाई यो साहित्यिक होली ।
‘भानुभक्त’ ले आरम्भ गरे राम नाम रस घोली ।।
‘रघुनाथ’ जी सुन्दर काण्ड ली अघि नै थिए तयारी,
‘वसन्त’ कविका छली कृष्णजी हात लिई पिचकारी,
नेपाली जग उषा कालको स्वर्णिम रंग पसारी,
अलि मुसकाई हर्षित मनले खेले पहिलो होली
त्यो साहित्यिक होली ।।
>
“मोतिराम” ले भानुजीवनी मधुर गीत सुनाई

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्खाई

~सुरेस खनाल~

उसले चुरोटको अर्को लामो सर्को तान्यो।

बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।

३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए।

“पैँतिस हजार…दुबई पठाइदिउँ?”

“कति लाग्छ नि लाग्न चाहिँ?” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सोपान

~कात्यायन~dhanwantari-mishra-katyayan

– नानी ! पहिलो कदम तिमी आफैं चाल !

– दोश्रो कदममा लर्खरायौ भने सहाराकोलागि अंगुली दिउँला |

– तेश्रो कदममा तिम्रो पिंडुलो काम्यो भने पाखुरी समाएर डोराउँला | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment