कार्यपत्र : कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यको अवस्था

~खगेन्द्र जोशी~

१. विषय प्रवेश

कञ्चनपुर जिल्लामा हुने गरेका विविध खाले साहित्यिक गतिविधिका बिचमा प्रगतिवादी साहित्यको अवस्था के कस्तो रहेको छ भनी विमर्श गर्नु नै प्रस्तुत कार्यपत्रको मुख्य विषय रहेको छ । कञ्चनपुर जिल्ला पुरानो संरचना अनुसार नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चलको एक मात्र तराईको जिल्ला हो जुन नयाँ संरचना अनुसार प्रदेश नं. ७ मा पर्दछ । यो जिल्ला यस प्रदेशका पहाडी जिल्लाका तुलनामा शिक्षा, जनचेतना, सामाजिक तथा भौतिक विकासका दृष्टिले केहीे अगाडि देखिए पनि अन्य विकसित जिल्लाका तुलनामा भने हरेक क्षेत्रमा पछाडि नै परेको पाइन्छ । यसरी अन्य क्षेत्रमा पछाडि परेको जिल्लामा साहित्यिक गतिविधिहरू पनि फस्टाउन नसक्नु स्वाभाविक नै हो । त्यसमा पनि झन दर्शनहरूमध्ये वैज्ञानिक तथा समुन्नत Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाका स्वरहरुमा एक नजर

~श्रीजन श्री~

उदाउँदो तारा साहित्य समाज पेनाङ्ग, मलेसियाद्धारा हालसालै मात्र प्रकाशित संयुक्त गजल संग्रह हो,सृजनाका स्वरहरु । जसमा ४६ जना सर्जकहरुका प्रत्येकका ५÷५ गरि जम्मा २२० र एकजना कृष्ण आलोकको सर्जकीय सहित ६ वटा र रशिक शर्मा ‘निश्चल’का ३ वटा समेत गरि जम्मा २२९ वटा गजलहरु समाविष्ट भएका छन्। देवी नेपाल र ज्ञानुवाकर पौडेल जस्ता नयाँ र पुराना पुस्ताका गजलकारहरुको भूमिका रहेको संग्रहको सम्पादन जीतमान राई ‘सविन’, गणेश महतरा हिमाली, दीप दर्शन र कृष्ण आलोक लगायत को मण्डलीले गरेको छ । १४० भन्दा बढी पूर्णकाफिया, ५० भन्दा बढी आंशिक काफिया, एउटा एकाक्षरी काफिया, ५ वटा दैध काफिया, डेढ दर्जन जति मिलित÷मिश्रित काफिया र ८÷९ वटा गजलमा काफिया विचलन रहेको संग्रहमा रदिफका हिसावले १०० भन्दा बढी पदमुलक रदिफ, १०० कै Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

अनूदित कथा : एउटा चोरको कथा

~रस्किन बन्ड~
अनुवाद : अभय श्रेष्ठ

अनिललाई भेट्दासम्म म चोर नै थिएँ। १५ वर्षको अल्लारे भए पनि चोरीमा म नामी र हरामी थिएँ।

म अनिलको नजिक जाँदा ऊ एउटा कुस्ती हेरेर रमाइरहेको थियो। ऊ करिब २५ वर्षको जवान थियो। अग्लो र दुब्लो। ऊ सजिलै ठग्न सकिने खालको, मेरो उद्देश्यका लागि काफी दयालु र साधारण देखिन्थ्यो। केही समयदेखि यस्तो मौका मलाई जुरिरहेको थिएन। मैले सोचेँ, म यो केटाको ‘विश्वास’ जित्न सक्छु। Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

हास्य कविता : च प्रेम

~सुरेन्द्र जोशी~

चौबाटो बीच मा उनि चमक्क चम्किदा
चह-चह चम्किएका तारा हरुलाई
एक चन्द्रमाले च्याट्ट बिर्सिन पुग्यो,
चलमल चछु हरु चन्द्रमाजस्तै चहकिलो भइ
चारैतिर चहक चम्काएको थियो,
जतिबेला Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

डोटेली गीत : आघाइ भयो ब्यात

~उत्तम भट्ट ‘विवेक’~

उमेरु त नाइ भ्यो दादा आघाइ भयो ब्यात
बुढी त छाडी माइत लागी मुइ एकलोइ यात

कोसेलो न सुन्या दिन निन क्यालाई खड्डी हो
छाडी झान्या राणका मुख डिठ क्यानाइ पड्डी हो Continue reading →

Posted in डोट्याली गीत | Tagged | Leave a comment

गजल : उद्यानमा फूल फूलाऊ

~अनुपम थामी~

जितोन्माद मात्र होइन , उद्यानमा फूल फूलाऊ
दिनै हजार माहुरी उडे, आफ्नै वागमा डुलाऊ

उखान पूराण नसुनाउ , काम गरी देखाउनुछ
जताततै समृद्धि र , विकासको द्वार खुलाऊ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पार्टी चलिरहेछ

~विश्वराज अधिकारी~

“पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ ?” नीताको यो प्रश्नले रविलाई झस्क्यायो ।

“किन एक्लै बसेको?” यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्‍यायो, रविलाई । आफूलाई अलि व्यवस्थित पार्दै रविले भने–“त्यता अलि हुने खानेहरूको मपाइँ गफ सुन्न मन नलागेर यता आएको । त्यता कि त ठूलो पदमा पुगेका घुस्याहा कर्मचारीहरू छन् कि त टन्न कमाएका व्यापारीहरू, अनि उनीहरूको म यस्तो म उस्तो, मेरो यस्तो मेरो उस्तो किसिमका गफहरू । तिनीहरूका झ्याउ गफ सुन्न नसकेर यसो वाइन खाँदै सोच्दै बसेको यता ।”

“अनि, तिमी किन यता आएकी नि? सोमेश आइपुग्ला, मेरो वाइफ कता हराई भन्दै, यता”– रविले हल्का मजाक गरे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अचूक औषधि !

~मुकुन्द आचार्य~

धेरै पुराना मित्र एक दिन प्रकट भए । भलाकुसारीको सन्दर्भमा मैले प्याच्च सोधिहालें– “मित्र १ तिम्रो अनिद्राको रोग अचेल कस्तो छ ? केही सुधार भयो कि ?”

“सुधार मात्रै हो र १ रोग त उन्मूलनै भयो नि १”– मित्रले खुशीसाथ विज्ञापित गरे । मेरो उत्सुकता बढ्यो । उनले सुनाए–“साधुको ओखतीले रोग चट भयो । नपत्याउने खोलाले बगायो १” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शान्ति, शान्ति, शान्ति…

~अनिल श्रेष्ठ~

हे बुद्ध, खोजिरहेको छु मैले यहां …… शान्ति, शान्ति
देऊ न हामीलाई यस धर्तीमा एकपल्ट फेरी …… शान्ति, शान्ति
करुणा, दया, मुदिता संगसंगै
हिमाल, पहाडदेखि तराईसम्म जगाईदेऊ न फेरी …… शान्ति, शान्ति

हे कृष्ण, यस दुनियांको कुरुक्षेत्रवाट
खोजीदेऊ न मलाई यहां …… शान्ति, शान्ति Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हेटौडा यात्राका निहुँमा वीरगञ्ज यात्राको प्रतीक्षा

~विभु लुइटेल~

केही दिनअघि नै हेटौंडामा साहित्यिक कार्यक्रम हुने र बाबाहजुरले त्यसमा प्रमुख आतिथ्य जनाउनुपर्ने जानकारी पाइएको थियो । सुरुमा त हामी दुई दिदीबहिनीलाई मामाघरमा छोडेर जाने कुरा भए पनि बहिनीको स्कुलबाट शैक्षिक भ्रमणका लागि लैजाने र म घरमा एक्लै पर्ने हुनाले मैलेचाहिँ हेटौंडा जान्छु भनी जिद्दी गरेँ । मेरो जिद्दी घरमा सर्वस्वीकार्य भयो । कवितावाचन कार्यक्रम पनि हुने कुरा थाहा भएकाले कविता पनि लेखेँ ।

कात्तिक ७ गते बिहानै हामी बल्खुको टाटा सुमो स्ट्यान्डतर्फ प्रस्थान गर्‍यौँ । त्यहाँ साहित्यकार आनन्दराम पौडेल हाम्रै प्रतीक्षामा बसिरहनु भएको रहेछ । सात बजे हिँडाउने भनिएको गाडी आठ बजिसकेपछि मात्र Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जिन्दगी के हो

~बिनोद खड्का~Binod Khadka

जिन्दगी के हो
जिन्दगी एक नशा
केवल एक नशा हो
पियक्कडहरुका लागी ।

जिन्दगी के हो
जिन्दगी एक बहार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बाध्यता

~शेखर ‘अस्तित्व’~

विदेशमा बाँच्नु पर्या छ !
खै कस्तो यो बाध्यता छ !

हर पल मेरो यो मन मुटुमा,
मेरो प्यारो गाँउ-घरकै सम्झना छ ! Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

युुद्ध कथा : तीन कमरेड

~सरल सहयात्री पौडेल~

युद्धकालमा भिन्न प्रविति भएका तिन जना कमरेडहरु आज त्यस्तै अढाइ वर्षपछि एकै ठाउ“मा पाउने भए“ मैले । म उत्सुक छु उनिहरुलाइ भेट्न र उनीहरुको कुरा सुन्न । उनीहरुको नाम क्रमसः लेखक, चट्टान र संयोग हो । उनिरु जनयुद्ध कालमा हिमाल,पहड र तराइको तिनैवटा भागमा मोर्चा सम्हाल्न पुगेका छन । तीनै जनालाइ जोडेर एउटा मान्छे वनाउने हो भने असाध्य सुन्दर मान्छे वन्न सक्छ, तर यो कल्पना मात्र हो । म मेरो यात्राको सम्पुर्ण समयमा लेखकको लेख हेरेर खुसि दुखि र वाक्कपनि छु , सितलमानको कमाण्डमा दर्जनौं पटक मोर्चा लड्दा विजय, हैरान र दिक्क पनि छु Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माफ गर

~विमला तुम्खेवा~

आमाले भनेको
सयौं भाकल गरेपछि
तागेरा निङ्वा भुमाङलाई रात–दिन मागेपछि
बिहे भएको सत्र वर्षपछि
म जन्मिएकी रे।
म,
जन्मिंदा बाउले खुशीले तीनतले घर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मात्र कुलंगार फल्ने

~सुभाषचन्द्र पोख्रेल~

राजनीतिमा बीउ कस्तो परेछ, मात्र कुलंगार फल्ने
चुनिपठायो नेता भनी, भइदिन्छ जो पनि छल्ने।

देशमा मात्र हो ढुक्रने, नेता भाका छन् जो जो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चिबे

~भक्तराज न्यौपाने~

स्वतन्त्र नीलो आकाशको
मन्द पवनमा
निःसङ्कोच उडिरहन्छ चिबे

को सक्छ रोक्न
विचरणको यात्रा
को सक्छ च्यात्न
आकाशको सौन्दर्य । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डोटेली गजल : घांटीलाईका मान्छे

~तिर्थराज भट्ट~

दिउँइ भणी दिना धोका, घांटीलाईका मान्छे ।
मेरा मित्तुर आफुइ भोका, घांटीलाईका मान्छे ।

तखडीमाई केलाई तौलु सुन तौल्या जनी,
क्याको बर्ता क्याको थोका, घांटीलाईका मान्छे । Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

संस्मरण : अतिथिदेवो भव

~निर्मोही व्यास~Nirmohi Vyas

निजी अतीतका अविस्मरणीय प्रसङ्गहरूको कलात्मक उत्खनन् हो संस्मरण । यो उत्खनन् कार्य एकमुष्ट रूपमा नभएर किस्ताबन्दीमा गरिन्छ । अझ त्यो किस्ताबन्दी पनि सिल्सिलेवार ढङ्गको हुन्छ वा हुनुपर्छ भन्ने पनि केही छैन । एकदम विशृङ्खलित तवरमा पनि हुन सक्छ । अनि हुन सक्छ पनि किन भन्नु ! प्रायः हुन्छ नै त्यस्तै। त, आज उत्खनन गरिन लागेको मेरो अतीत-प्रसङ्ग अतिथिसत्कारसित सम्बन्धित छ । झन्डै पचास वर्ष पुरानो प्रसङ्ग हो यो मेरो स्मृतिको भण्डारमा जीवन्त रूपले सञ्चित रहेको । त्यसको बेलिबिस्तार रिट्ठो नबिराई यसप्रकार छ – दुई हजार बीस/एक्काइस सालतिरको कुरा हो । म त्यस्तै दस/एघार वर्षको थिएँ । महिना मङ्सिर, पुस वा माघ खै कुन चाहिँ थियो कुन्नि, जाडो आफ्नो चरम विन्दुमा उक्लेको थियो । घाम अस्ताइसकेको थियो र साँझबत्ती बाल्ने तर्खरमा जुट्न Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : अभिलाषा

~बिमल गुरुङ~bimal-gurung

सूर्यको किरण नपरेसम्म
उज्यालो हुँदैन
स्वदेशको लागि नमरी कोहि
शहिद बन्दैन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~छविरमण सिलवाल~

असन्तोषको
ज्वारभाटामा
रुमल्लिरहेको
यो पापी मन
भो पुग्यो, चाहिँदैन
कहिल्यै भन्दैन
शरीरको भित्री कुनामा
लुकेर
मान्छेहरूलाई
जिउँदै डढाइरहन्छ
डढेलो सल्काइरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फोहरी-खेल

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ फोहरमै जन्म्यो, हुर्क्यो, बढ्यो | फोहरी खेलमै पारंगत भयो | फोहरी शिक्षामा डिग्री पनि हाँसिल गर्यो |

– ऊ यति फोहरी थियो कि, उसलाई देखेर फोहर नै घृणाले नाक थुन्थ्यो |

– सोच्छ एकदिन | कुनै सुन्दर खेलमा भाग लिन पर्यो | क्रिकेटका युवा खेलाडीहरूले सुन्दरता प्रदर्शन गरिरहेकाथिए | ऊ त्यसमा प्रतिस्पर्ध्दा गर्छ | असफल बन्छ | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : भालुको बच्चा

~एडुआर्ड अलेक्सेयेभ~
अनु. कृष्णप्रकाश श्रेष्ठ.

एक पल्ट बैकाल सरोवर क्षेत्रतिर अभियानमा जाँदा हामी पाल टाँगेर बसेको ठाउँमा एउटा भालुको बच्चा ल्याइयो । वनको बीचमा त्यससंग शिकारीहरुको एक्कासि जम्काभेट भएको थियो । आप्mनो बच्चाउपर खतरा उत्पन्न भएको ठानेर भालुनीले उनीहरुमाथि हमला गरी । उसबाट बच्न शिकारीहरुले गोली चलाउनुपर्यो । यसरी त्यो भालुको बच्चा टुहुरो बन्न पुग्यो ।

भालुको बच्चा एउटा मझौला खालको कुकुरको आकारको थियो ः मोटो र डल्लो, झ्यापुल्ले भकुण्डो जस्तो । छिटै नै उ हामीसित रत्तिइहाल्यो र वरपर घुमफिर गर्दै हरेक पालको सामु उभिएर चक्लेट माग्न थाल्यो । शुरु शुरुमा हामीले चक्लेट दिएर उसलाई रत्याउने गरेका थियौं । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : मृत्यु भर्सेज म र हामीहरू

~शर्मिला खडका दाहाल~Sharmila Khadka Dahal

हे निर्दयी मृत्यु,
यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला
यो कठोर बज्र सायद कतै बज्रदैन होला
थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला
नियतिको यो मूल्य सायद आँसुले चुकाउन सक्दैन होला

पशुपतिको आर्यघाटमा मेरी आमा यसरी आलापविलाप गर्दै रोएको मैले देख्नुपर्छ भनेर मैले सपनामा पनि कल्पना गरेकी थिइनँ । मेरी आमा मात्र नभई सम्पूर्ण मेरा आफन्तहरू यसरी भावविहल भएर रुने दिन आउँछ भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ । मेरी जेठी भाउजू आफ्नो पति परमेश्वरको मृत्युमा यसरी हातखुट्टा फ्याकेर विलाप गर्दै रुनुहोला भन्ने कसैको पनि कल्पनाको सीमारेखाभन्दा धेरै टाढा थियो किनभने हामी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरी प्यारीहरूका लागि हनुमानको खोजी

~प्रणिका कोयु~pranika-koyu

योशा, श्रृंखु, मेधु
तिमीहरूका फेसबुक बन्द गर
कसले-कसले रेखी गर्दैछ तिमीहरूलाई
म कस-कसलाई बुझ्न जाअौं?
अँ हो म भन्दैछु यो कुरा
तिमीहरूकी आमाले जस्तै
तिम्री नाना, तिम्रा छेमाले भन्दैछु यी सब Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको भैँसी बेचेर विदेशमा भेँडा चराउन नै किन नपरोस् । भलै घरको दूधे बच्चा छोडेर विदेशमा बेबी सिटिङ नै गर्न परोस्, झर्नुपर्‍यो डलर ।’ यात्रासंस्मरण कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको प्रारम्भिक अनुच्छेद हो यो ।

जब शेखर स्वदेशमा थिए, उनी प्रहरीको जागिरमा थिए । इमान्दार र सीधा विचारमा स्वाभिमानी भएर बाँच्दा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पृथ्वीको लक्ष्य

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

पातमुनि झर्दै गए हरियो हुन्छ पालुवाले
हाँसी थमाइदिन्छु मुटु आज मागे यो देशले
यही देशको ढुङ्गा–माटो, हावा–पानी यो जिन्दगी
छटपटाई रुन्छ मन के दिई जाऊँ देशलाई ?

चल्दो मुटु छातीबीच जन्मभूति यहीँ पाएँ
कदम टाढा लम्किएथे आमा सम्झी फर्की आएँ
आफ्नो लागि मात्र बाँच्ने बाँचेर नि सधैँ मर्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया हुन्छ

~हिमालचन्द्र वराल~

यहाँ सबैलाई आआफ्नो लगानीको माया हुन्छ
एकबार मात्रै आउने जवानीको माया हुन्छ

गाउँ छोडेर बसाइँ हिड्दा को रुँदैन होला र
बगी जाने आँसुलाई आँखाको नानीको माया हुन्छ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बेसुध बनायो आज

~कृष्ण सिंह पेला~

के के पिलाई उस्ले बेसुध बनायो आज ।
कस्तो अचम्म भैगो होशै उडायो आज ।।

यी पाउ डगमगाए यी ओठ थरथराए ।
चुपचाप मुदित पलकमा चुम्बन जडायो आज ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : चुनाव बेग्लै छ

~भुवन निस्तेज~

मेरो सफर अनि पथको चुनाव बेग्लै छ,
फरक छ मोड सडकको घुमाव बेग्लै छ ।

लगाई हिड्दछु काँडाहरू संधै दिलमा
र फूल बन्दछु मेरो स्वभाव बेग्लै छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो गाडी

~बिर्ख ‘क्रान्ति’~

मान सरोवरको ताल नाघ्दै,
सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै,
नाइल नदीको पूल तर्दै,
२१ औं शताब्दीको,
मेरै टोलतिर उडिरहेको छ
मेरो गाडी ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वाभिमान

~प्रह्लाद पोख्रेल~

छन्द : मन्दाक्रान्ता

भाषाभक्ति प्रबल छ जहाँ सुस्तरी छन्द रम्छन्
मन्दाक्रान्तासित सरसिला काव्यवाणी वहन्छन्
गाउँ प्यारो हरबखत नै मृत्तिका चुम्छ पाउ
सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ

कस्तो रूपान्तरण छ यहाँ संस्कृति प्रेम कस्तो Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

Poem : Life’s Like That

~Eagam Khaling~

Sometime, I have to lose a game
For my delicate dreams.
Sometime, I have to leave the battle
For my loving parents.
Sometime, I have to be black,
Red, green and white too—
Just for wining one’s heart
And life passes together with
Joy and sorrow. Continue reading →

Posted in Poem | Tagged | Leave a comment