लघुकथा : अन्त-राष्ट्रिय व्यापारीहरू

~कात्यायन~dhanwantari-mishra-katyayan

– पहिलो ब्यपारी – “रोडा-गिट्टीहरू खोलाको बगरबाट निकाल्थें; बगर नै रित्तियो | अर्को बगर खोजिरहेछु |”

– दोश्रो ब्यापारी – “खोलाको पानी बेच्थें; खोलै सुक्यो | अर्को खोला खोज्दैछु |”

– तेश्रो ब्यापारी – “जडिबूटीहरू संकलन गरेर निर्यात गर्थें; जंगल नै सखाप भयो | अर्को जंगल खोज्दैछु |” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सर, एउटा ब्ल्याकबोर्ड तपाईकै पर्खाइमा छ

~नरबहादुर घिमिरे~

एउटा पुरानो
पाठशालाको सानो कक्षा कोठामा
युग युगदेखि
बदलिँदै न बदलिएको
हजारौं जीवनमा व्यप्त
थोत्रो परम्पराहरू मेटाउन
आज तपाईको पर्खाइमा छ
एउटा ब्ल्याकबोर्ड।

एक ब्ल्याकबोर्ड
तपाईकै पर्खाइमा छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : …रहेछ विदेशमा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

आफ्नै खुट्टाले नहिड्ने
रहेछन् पिलन्धधरे राजनीति जमात
जनमतको कहिलै नगर्ने सम्मान
तेल पानीको सम्वन्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बोलाइ रहेछन् …..

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

आऊ तिमि आऊ, मान्छे बचाउँन आऊ
दिने केही नभए पनि, मन हँसाउन आऊ !

पर्खि बसेका छौ हामी,सबै गुमाएर नि,
हेरी बसेका छौ हामी, घाम अस्ताएर नि, Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : नदुखेको घाउ

~प्रदीप लोहागुण~

घाउ दुख्न थालेपछि
सबथोक बिर्सन्छ मान्छे ।

दुखाइले पराकाष्ठ छोएपछि
एकक्षणलाई ममतामयी आमा बिर्सन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युद्ध संस्मरण : खारा मोर्चामा मेरो अभिभारा

~सुभेच्छा शाही~

प्रथम पटक हारिएको मोर्चामा पुनः दोश्रो पटक दुश्मनसंग युद्ध मोचार्मा जादाँको क्षण वास्तवमै अवस्मरणीय रहेको थियो । पहिलो पटकको हारले दोस्रो पटक थप शसक्त ढंग तथा अत्याधिक तयरीका साथ हाम्रो टोली सल्यानबाट रूकुम खाराको लागि हिंडेको थियो ।

पराजयभित्रको बिजय, हारभित्रको जीत, अँध्यारो भित्रको उज्यालो, ऑशुभित्रको हाँसो यिनै बैज्ञानिक सच्चाईलाई सिरोपर गर्दै प्रथम पटक हारिएको मोर्चामा जीत र बिजयको सपना देखी पुनः दोश्रो पटक

Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : म खेदिइरहेछु

~सुन्दर मानन्धर~Sundar Manandhar

मेरा पुर्खाहरुलाई नेपालको गरिबीले खेदेपछि भारतको पूर्वाेत्तर राज्य आसाम पुगे । म त्यहीँ जन्मिएँ । नेपाल, त्यसैले मेरा लागि पितृभूमि बन्यो । हामीले त्यहाँको बाँझो जमिनलाई जोत्यौँ, खन्यौँ र उर्वर बनायौँ । हामीले त्यहाँ गाईवस्तुहरु पाल्यौँ । अन्न र दूध हाम्रा प्राण थिए, हामी त्यहाँका नजानिदो धर्तीपूत्र बन्यौँ । आफूलाई आदिवासी बताउने त्यहाँका विद्रोहीहरुले हामीलाई खेदे । हामी त्यहाँ बस्नै नसक्ने भयौँ । पराइको माटामा बसेकाले हामी खेदियौँ । यत्रो पृथ्वीमा अन्त जाने ठाउँ कहीँ कतै पाएनौ हामीले, हाम्रा पाइतालाका पदचापहरु कसैले सुन्नै मानेनन् । हाम्रा अनुहारमा कोरिएका राष्ट्रियताका नीला धर्साहरु सबैका परिचायक बने । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नाङ्गाहरूको देश

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

म देखिरहेछु
निर्वस्त्र नाङ्गा छन्
मेरा प्रियजनहरू
यो कारुणिक दृश्य देखिनसक्नु छ
र पनि देख्न बाध्य छु
मेरा प्रियजनहरूका
शरीर मात्र नाङ्गा छैनन्
मेरा प्रियजनहरूका
पेटहरू पनि नाङ्गा छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Selfie

~Shiva Bhusal~

It took us so many years to adjust inside a single frame,
to be under the same umbrella when it’s raining heavily,
to come close and smile together,
to see each other’s face and wonder how easily we fell in love, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

नेपाली भजन : आखिर सब हो माटो

~भीमनिधि तिवारी~

आखिर सब हो माटो
श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो ?
पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो

आखिर सब हो माटो
रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी
गरीबहरुको पनि यसरी नै हुन्छ एक दिन फाटो Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

गजल : चलायर जान्छेउ !

~मौसमजी भण्डारी~

एक्कैछिन यादको हुरी चलायर जान्छेउ !
अनायासै दिलको दुरी बढायर जान्छेउ !!

हिजो जस्तै बेचैनी बढ्दै जान्छ आजपनी
मलाइ तिम्रो जरुरि बनाएर जान्छेउ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कल ब्रेक

~किरण दहाल~

फिँजाएर ओछ्यानभरी
हेरिरहेछ ऊ–
विश्वविद्यालयले दिएका प्रमाणपत्रहरु
र, सम्झन्छ बाबाको अर्ती–
धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ
अनि आक्रोस पोख्छ–
‘पढिगुनी के काम
हलोजोती खाए माम’
एउटा प्रचलीत नेपाली उखान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दोधार

~समीर पाख्रिन~

दीपक र उसको साथी मनोजको सुन्धारानजिकै जम्काभेट भयो । रातोपिरो, हट्टाकट्टा, सुकिलो पहिरन र महँगो चश्मा लगाएर एफजेड बाइकमा सवार मनोजलाई दीपकले चिन्न सकेन । तर मनोजले भने दीपकलाई टाढैबाट चिनेकोले बाइक रोकेर बोलाएको थियोे– “दीपक के छ यार तेरो हालखबर ? यस्तो मध्यदिनमा कता पुगेर ?” अहिले भने बोलीबाट दीपकले मनोजलाई ठिम्यायो– “मनोज होइन ?”

“हो यार, म मनोज नै हो । किन चिन्न गा¥हो भयो कि क्या हो ?”

“होइन, तँ दुबईमा छु भन्थिस् नि त ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिचारको भारी

~विश्वराज अधिकारी~

हिँड्न सक्दैन एक्लै
खोज्दै हिंड्छ आफूलाई डोर्याउने गोठालो सँधै मान्छे
टाउकोको भारी बिसाए पनि
बिचारको भारी बोकिरहन्छ मान्छे
लाख कोशिश गरेर पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गाथाको जीत हो नारी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

इतिहासमा लेखिएको गाथाको जीत हो नारी
सदभाव बनाई राख्ने सबैको हित हो नारी।।

धर्तीलाई भिजाएर सिर्जनामा रमाइदिने
सृष्टीलाई जोगाई राख्ने एउटा रीत हो नारी।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : शिक्षा

~बिमल गुरुङ~bimal-gurung

कक्षा
कोठामा
पिचिक्क थुक्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : देशको परिचय

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

एक जना फ्रान्सेली नागरिकले नेपालबारे थुप्रै कुरा सुने । नेपाल घुमेर आएका उनका साथीले भनेका थिए– “नेपाल बुद्धको देश हो । नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । नेपालका मान्छे साह्रै असल छन् ।” यी कुरा सुनेपछि उनलाई नेपाल घुम्न मन लाग्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सङ्गीत

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

मान्छे किन भो टिन झैँ खोक्रो ?
केवल काँचुली ? केवल बोक्रो ?
वीणा जीवन उसले बुझेन,
सुरसा सङ्गीत एक बजेन,
हजार हवाले तारै टुक्रयो ।

मानवताको मुटु तुम्बा,
गुँज्नैपर्दछ सुरले गम्म,
मानिसप्रति भै मानिस आफु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बादलको तस्विर

~दिनेश अधिकारी~Dinesh Adhikari

होइन भन्नै सक्तिनँ
अबिरको फागु खेल्दै
सडकमा उत्रिएर मैले पनि
अरुले जस्तै
विजयोत्सव मनाएको हँु
जिन्दावाद गाएको हुँ
एउटा सफा तस्विर थियो आँखाअघिल्तिर-त्यतिखेर
रङ्ग भएर तस्विरमा मेरो रहर बिउँझएको थियो
रेखाहरुमा मेरो गन्तब्य प्रस्टिएको थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासको सौन्दर्य

~मञ्जुल~manjul

दुई जना ससाना केटीहरू
हात समातेर हिँडिरहेका छन्

मेरो साथी ती हातहरूतिर औँल्याउँदै भन्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीलाई मानचित्र पढाउँदा

~विजय मल्ल~

रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हेर, हरेक राष्ट्रका फाँटमा!

यो हो भारत, यो हो पाकिस्तान
हिन्दू-मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान्!
यो जर्मनी, यो इङ्गल्यान्ड
यो रुस, यो जापान। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पावरहाउस

~श्यामल~Shyamal_1

समयसँगसँगै थिचिदै गएका सपना
सानासाना आँखामा देखिने इन्द्रेणी
समय सँगसँगै अगोचर हुँदै गएका
कपासका भुवाहरूबाट धागो बनाउँदाबनाउँदै
चिसोले कठ्याङ्ग्रिएका मानिसहरू
आफैँले बनाएको मोटर र रेलले किचेर मरेका आत्माहरू
आफैँले उडाएको हवाइजहाजको
स्वप्नयात्रामा बिताएको जवानी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

शेर्पा भाषी गजल : खतरा हुगु

~लाक्पा शेर्पा समर्पित~

खतराला खतरानेरा खतरा हुगु।।
चेजुङ्माला चेजङ्माने खतरा हुगु।।

मेकीछिके जिबा,लुङ्बी जीबा।।
ङिङ्गजेमेतुमि पालनेखतरा हुगु।। Continue reading →

Posted in शेर्पा गजल | Tagged | Leave a comment

कविता : ऊ

~बिपना ढुङ्गाना~

संघर्षको दौडमा, मानिसहरुकै समुद्र
सडकमा हिँडिरहेका थुप्रै मानिस
एकअर्कासँग सबै अपरिचित
तिनीहरुकै एक हिस्सा थिई ऊ ।

सन्तुष्टिको खोजीमा हिड्दै गर्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी

~रेखा पन्त~

जाडो महिनाको तातो घाम
चियाको चुस्कीमा मकै बदाम
घरको आँगन
या
कौशी
परालले बुनेका
सुकिला
न्याना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : एक हातको तालीको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~

युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्दि्रत छ ।यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ । छुट्याउने आधार विषय र विचार वा भावको सघनता अनि प्रस्तुति र शिल्पको कलात्मकतालाई मानिएको छ । ती बीचको सुसंश्लेषण भएका प्रथम, सुसंश्लेषण त्यति हुन नसकेका द्वितीय र विचार वा भावको सघनता नरहेका, प्रस्तुति र शिल्पको कलात्मकता पनि सामान्य रहेकालाई तृतीय महत्त्वका मानिएको छ । यस आधारमा सङ्ग्रहका अठार हजार जाबो, तिम्रो घरमा देउता, पुलमुनिका घर र एक हातको ताली गरी चारवटा प्रथम महत्त्वका, प्रलयको नाम सुनामी होइन, ध्वाँसो मुनि डेरिडा, सडक स्वाद, चुराको छलाङ, पैराको धावा, कोरसमा एउटा स्वर, जयमाया अर्थात् नेपालीहरू र कोतपर्वको दर्शक गरी आठवटा द्वितीय महत्त्वका अनि अरू तृतीय Continue reading →

Posted in समालोचना | Tagged | 1 Comment

बाल कथा : कमिलाको डाक्टर

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

बिहानको ९ बज्यो । रियाज सधैंझैं घरको पेटीमा बसेर स्कूलबस कुरिरहेको थियो । रियाजसित उसका बाबा पनि हुनुहन्थ्यो । रियाज यताउति हेर्दै थियो । त्यहाँ उसले कमिलाको ताँती देख्यो । त्यही बेला कमिला कहिले रियाजको खुट्टामा त कहिले हातमा उक्लिन थाले । ऊ तिनलाई हल्लाएर फ्याँक्न थाल्यो ।

एकछिनपछि रियाज कमिलाको ताँतीलाई सिन्काले चलाउन पनि थाल्यो । कमिलासित खेल्दा उसलाई रमाइलो लागेको थियो । धेरै कमिला लस्करै हिँडेका थिए । बिहान भएकाले पारिलो घाम लागेको थियो । उसले सोध्यो, ‘बाबा कमिला कहाँ हिँडेका होलान् ?’ बाबाले जिस्कँदै भन्नुभयो, ‘तिमी जस्तै स्कूल हिँडेका होलान् नि ।’ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : रोयो काली पनि

~सरोज घिमिरे ‘कर्कट काश्यप’~

मेची दुख्ता कोशी दुख्यो, रोयो काली पनि ।
बास बस्ने गुँड भत्क्यो, झर्यो डाली पनि ।।

पसिनाले भिजाएर लायौं खेतीपाती,
भाग्यले नै ठगेपछि, मर्यो बाली पनि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बन्धन हो साथी

~पूर्ण बन्धन~

समय बलवान अनि महत्वपूर्ण बन्धन हो साथी ।
जन्म र मृत्यूबीचको भरीपूर्ण बन्धन हो साथी ।।

बुझेर यसको महत्व चल्न सके जमाना झुक्छ,
उसैका लागि मात्रै यो अर्थपूर्ण बन्धन हो साथी ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देश बाहिर

~अजित क्षेत्री~

हो, मैले त्यसरी छाड्नु हुने थिएन
त्यो लागीगुराँसको फूल
जिन्दगीको त्यो घाँसे मैदान
तिम्रो अराजक प्रेमको त्यो न्यानो अंगालो
मैले त्यसरी छाड्नु हुने थिएन मेरो देश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को दिन

~दीपा लिम्बु राई~

बुद्ध र गान्धीलाई नजिक राखेको छु
म युद्धविरोधी मानव
युद्धकालको यो समय
पेट्रोलले मलाई नै खोजिहिड्छ ?
राइफलको व्यारेलले मलाई नै ताकिरहन्छ ।
युद्ध विमानले मलाई नै खेदिरहन्छ ।

के म दुस्मन हुँ ?
के म शत्रु हुँ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं

~वीरेन्द्र नेपाल~

मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं
फोहोरको डङ्गुर बनिसकेको छ,
सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं
अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ ।
संस्कृतिको धरोहर मानिने काठमाडौं
विदेशीहरुको ट्वाइलेट बनेको छ,
विश्व सम्पदाको सम्पत्ति मानिएको काठमाडौँ
हत्या, हिंशा र आतङ्क मच्चाउने स्थल भइसकेको छ ।
खै त त्यो काठमाडौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment