गजल : बन्धन हो साथी

~पूर्ण बन्धन~

समय बलवान अनि महत्वपूर्ण बन्धन हो साथी ।
जन्म र मृत्यूबीचको भरीपूर्ण बन्धन हो साथी ।।

बुझेर यसको महत्व चल्न सके जमाना झुक्छ,
उसैका लागि मात्रै यो अर्थपूर्ण बन्धन हो साथी ।।

लह-लह फल्दछन् फल भकारी भर्दैको शास्ती,
सोरी नसक्नु खजाना अन्नपूर्ण बन्धन हो साथी ।।

हावाले उडाउँदैन कतै पानीले पो के बगाओस्,
बचत गर्नै न मिल्ने खेदपूर्ण बन्धन हो साथी ।।

नानाथरी बहाना बनाएर टाईमपास गर्दैछु म,
कालखण्डमा पछुताउने सम्पूर्ण बन्धन हो साथी ।।

कोपेनहेगेन, डेनमार्क

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.