कविता : मेरो जीवन

~गोपाल पाँडे~

होओस् ‘को?’ नाउँ मेरो अति सरल रहोस् ठाउँको नाउँ ‘कुन्नी‘
हूँ आफू सर्वसाधारण जनहरुको साथमा मात्र खालि
निन्दा सारा सर्वले नचिनिकन गरुन् सामुमा हूँ म चाहि,
त्यो निन्दाबाट शिक्षा अबल अबलका पाउँद हूँ म केही ।

होओस् यस्तो अवस्था कि त म उपरमा चोरलाई दया होस्,
दुःखीलाई मजा होस्, दिल जनहरुको काम देखी खुशी होस्, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कागजको मान्छे तिमी !

~विक्रम तिमिल्सिना~

उड्यौ हूरीबिना नै
सिरिरिरी बतासले !
.
म प्रार्थना त गरुँला,
तर पनि हावाहूरी
बाढीभेल त अवश्य आउनेछ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको शब्दकोष

~प्रमोद स्नेही~

भोलि बिहान उदाउने
सूर्य
म देख्छु
देख्दिनँ, त्यो मलाई पनि
थाहा छैन।
तर यो सत्यदेखि भने
म अनभिज्ञ छैन।
कुनै दिन मैले पनि
यसरी नै जल्नुपर्छ
यो चितामा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै दुख्छ देश यहा पनि

~राजेन्द्र शलभ~

कसैले सोध्नु अघि म आफ़ै भन्छु,
दिक्क लागेर नै बिदेशिएको हो म
खानै नपाएर होइन
तिमीले गरिखान नदिएर
देश छोडेको हुं मैले ।
कसलाई मन हुन्छ र
पराई देश्मा पसिना बगाउन
को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Present pinned in a natucha*

~Sudhir Kwabi~

Today,
Reflecting childish behavior
Bonny hands, with natucha, are searching for bright future
in stinking plastic bags and gloomy rags

Tomorrow,
the called-pillar of the country
will be lying under the unknown bridge Continue reading

Posted in Poem | Tagged | Leave a comment

छन्दबद्ध गजल : रमाएर बाँचौ

~कोमल भट्ट~

(भुजङ्गप्रयात छन्द)

सकेसम्म हामी रमाएर बाँचौ
सधैँ नाम इज्जत् कमाएर बाँचौ

नरोजौं छहारी उपेक्षा जहाँ छ
नछुट्ने सहारा समाएर बाँचौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शिशाभित्रको गीत

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

बादल नफाटि कनै
वर्षात भयो
धर्तीमा गीतहरू
सदियौ”
कठांग्रीएका हिउँदहरू
क्रमश: खुल्दै
कलिलो छातीमा
मुसुक्क हाँसेर
ईन्द्रेणी गीतका रङहरू
शूभकाना छ तिम्रा गीतहरूलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जातको कुरा गर्छु

~आश्रय रवि~

तिमी जे सुकै भन म जातको कुरा गर्छु।
हिजो तिमीले हानेको लातको कुरा गर्छु।

जति लगाउ महायज्ञ देउ मिठा प्रवचनहरू।
धर्ममा भईरहेको अधेरी रातको कुरा गर्छु।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालो विहान बोकेकी सुन्दरी केटी

~सबिना सिन्धु~

झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी
स्वयम् निस्सासिएर घैलाहरूसँगै
नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरूमा
बुनिरहन्छे पसिनाका नीला सपनाहरू,
बाटोभरि निमोठिएर जूनका कृत्रिम
आँखाहरूबाट,
यज्ञको रापिलो अग्निकुण्डमा
चिरकालदेखि होमिएकी
बलिरहेकी शरीरका शून्य मुस्कान बोकेर । Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : बेल्जियम र ‘म्यानाकमपी ’

~धर्मेन्द्र झा~

भौगालिक क्षेत्रफलका दृष्टिले बेल्जियम युरोपकै सानोमध्येको देश हो । अस्तित्व र स्थापनाका दृष्टिले पनि यो देश युरोपको कान्छोमध्येको हो । दोस्रो विश्वयुद्धपछि यसले आफ्नो विकासयात्रा आरम्भ गरेको हो । आज सन् २०१० को जुनको सातौ दिन । युरोप भ्रमणका क्रममा रहेका म र समीरजंग शाह आज सम्भव भएसम्म बेल्जियमको राजधानी ब्रसेल्स घुम्ने मुडमा थियौ ।

हाम्रो मूल बसाई एन्टवोरपनेमा थियो । गोविन्द सुवेदीजीले आतिथ्यता प्रदान गरेका थिए । हामीले गोविन्दजीको यस आग्रहलाई आफूहरुप्रतिको ठूलो सम्मानका रुपमा ग्रहण ग¥यौ र बेल्जियमका प्रत्येक रात उनीसँगै Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : हातहरु

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

हातहरु
हामी उर्ठाईरहेकाछौ धेरै पहिले देखि
किनभने हामीलाई
हाम्रो हात चाहिएको छ
हाम्रो आवाज चाहिएको छ
हाम्रो स्वतन्त्रता चाहिएको छ
जो हिजो सम्म वन्दि थिए ती हातहरु
आज हामी उचाली रहेछौ तिनै हातहरु माथि धेरै माथि
अव फस्दैनन् हातहरु कसैको जालमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी मेरी को हौ काली ?

~शेखर ‘अस्तित्व’~

किन यति मन पराउँछु, तिमी मेरी को हौ काली ?
किन स्वप्नमा बोलाउँछु, तिमी मेरी को हौ काली ?

यति ठूलो संसार छ, किन मैले रूचाउँदिन !
किन तिमीमा हराउँछु, तिमी मेरी को हौ काली ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : जलाएकै हौ त मेरा सपना?

~प्रणिका कोयु~pranika-koyu

मेरा चिम्सा आँखा
थेप्चो नाक
होचो शरिर
के मनपर्यो तिमीलाई मेरो
कि बौलायौ तिमी त्यसरी?
मेरो हाँसो
मेरो बोली
मेरो नाईं
के बिझायो हँ तिमीलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Winter Silence

~Arjun Dahal~

Silence demystified,

Trailblazer,

Tranquilizer,

Transcendental, Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : युद्ध लल्कारिन्छ

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

अहंता कोचिएका टाउकाहरु
अरुबाट सम्मानित हुन मात्र चाहन्छन्
तर आफुले आफैलाई सम्मान गर्न सक्तैनन्
हरपल आप्mनो नजरवाट आफै गिरिरहेका हुन्छन्
अरुलाई सम्मान गर्न जान्न सके एस्तो हुंदैन्थ्यो
र, विचार यस्तो पालेको छ – Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली रङ्गमन्चको एउटा अथक योद्दा : हरिबहादुर थापा

~गणेश खड्का~

” आजभोलि दुख्दैन गोडा मैनाकाँडो टेकेपनि
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखेपनि l “

राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत बहुचर्चित गीतीनाटक ‘मालती मङ्गले’ मा समाविष्ट यो लोकप्रिय गीत सुन्दा त्यो जमानाको झझल्को आउँछ, जतिबेला नेपाली रङ्गमन्चमा उक्त नाटकको एकछत्र राज थियो l त्यहि नाटक, जसमा कालजयी र जिवन्त अभिनय गरेका थिए नेपाली रङ्गमन्चका सिद्दहस्त अभिनेता हरिबहादुर थापाले l मालती मङ्गले नाटक का नायक अथवा मङ्गले, हरिबहादुर थापालाई खासमा त्यहि नाटकले चर्चा,उत्कृष्टता र सफलताको शिखरमा पुर्याइदियो l यद्दपि त्योभन्दा अगाडी नै विजय मल्ल Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : स्वीकारोक्ती

~रुमानी राई~rumani-rai

रातभरीको अनिदो
अंगालोमा च्यापेर संगै सुतेको समय
कतिखेर हो
उठेर कुलेलम ठोकीसकेछ
ब्युँझ्दा त
म मात्रै पो ओछ्यानमा ।

आँखामाथी एकसुर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे बने है तिमी

~शिव अधिकारी~

आफैँमा भरी सिर्जनाहरू सबै आफैँ बनी सक्षम
यौटै लक्ष्य बनाउनु छ सबले यो देश पोखी श्रम
फाल्नु हुन्न कदापि यी दिन सधैँ गल्ली र गल्ली घुमी
यौटा सुन्दर शान्त स्वच्छ छविको मान्छे बन है तिमी ।

मान्छेभित्र छ सीप सागर सधैँ उर्लिरहेको तर
पोखिन्छन् जसरी नदी नद सरी बग्दैछ यो आखिर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खरानी गाउँ

~दिल साहनी~dil-sahani

माओवादी इलाकामा पर्ने त्यस गाउँको नाम भूगोलको किताबमा, नापी विभागको फिल्ड बुकमा, जनगणनाको बही, चुनाव आयोगको फाइल अथवा श्री ५ को सरकारको अभिलेख खातापत्र आदिमा क ख ग जे पनि हुन्छ सक्दछ । तर मान्छेहरू यतिबेला त्यस गाउँलाई खरानी गाउँ भनेर चिन्न थालेका छन् र मैले मेरो यस कथाको प्रयोजनका निम्ति त्यही नामलाई नै प्रयोगमा ल्याएको बेहोरा सार्वजनिक गर्दछु । यसपछि सबैले मैले चर्चा गरेको गाउँ अरू कुनै गाउँ नभएर खरानी गाउँ नै हो भन्ने बुझ्नु पर्दछ । यदि मैले चर्चा गरेको खरानी गाउँको

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुदुर यात्राहरु

~आस्था के.सी.~Aastha KC

र्चिविर र्चिविर कराईरहेछन चराहरु
टाढा कतै नेपथ्यवाट
आईरहेछ आवाज
कुखुरी काँ कुखुरी काँ को भाकामा
भाले गाईरहेछ सु प्रभाती गीत
उठ मेरो प्यारो छोरा उठ,
उघारेर हेर मनका पर्दाहरु
रक्तिम र सुनौलो भईरहेछ,पूर्वी क्षितिज

हेर । चारैतिर हेर। Continue reading

Posted in कविता | Tagged | Leave a comment

शेर्पा भाषी गजल : छिक्पु बेला मिलम

~लाक्पा शेर्पा समर्पित~

खाङ लाजे र मि मिजु,छिक्पु बेला मिलम
पापामामा सुङमेनी देरू,डिलु बेला मिलम

मानाङि रिन जेप्नीसाङ,पाथी सि जोङे सेम
छेतेन्नी थीबा छेछे जहाँज,जुबू बेला मिलम Continue reading

Posted in शेर्पा गजल | Tagged | Leave a comment

कविता : सर र सरकार

~मनोज बोगटी~Manoj Bogati_1

अमलिसो सुकौरो लागेको छेक पारेर
सरकारले हेपेरै मेरो नाम राख्यो सय दिने।

उनीहरू एकदिने
अथवा एक घण्टे।
अथवा…।

जीसीपीको पछिपछि कुद्दै पाक्छ हजिरा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सानो ध्वाँसे केटो गोफ्लेको सपना

~महेश्वर पन्त~Maheswor Pant

सानो ध्वाँसे केटो ‘गोफ्ले’, आफ्नी आमाको पछिपछि दौडिरहन्छ । आमाको सारीको फूर्को नै आज उसका लागि संसारकै ठूलो वस्तु भएको छ । हुन त उसलाई संसार भनेकै उसको झुपडीबाट भँडारे साहुको घर र तल बेँशीमा भएको पानीघट्टसम्म लाग्छ । आमाको सारीको पूmर्कोले नै त्यस संसार वरपर घुमाइरहन्छ, उसलाई । उसका लागि जहाज, गाडी, गोरेटो, घोडेटो जे भने पनि सबै त्यही नै हो । उसका साथी बाबु, आमा, शिक्षक, शिक्षिका वा भगवान् जे भने पनि उसकी आमा मात्र हो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : When The Sun Burns Red

~Arjun Dahal~

The lips blossoms like a flower,

Drawn from the pistils- seven generations long,

Rages the smile,

Grazed by the fingernails polished white,

Hiding the horizons of her etherealness. Continue reading

Posted in Poem | Tagged | Leave a comment

छोक : हरफ थपिदेऊ भूपि

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बारम्वार लेख्दै आयौ भूपि
बन्दैन देश दुईचार सपुत मरेर नगए
कहाँ छौ भूपि अवतरित होऊ Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : साँच्चैको हिरो

~कार्तिकेय घिमिरे~kartikeya ghimire

बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन ।

हात फैलाउँदै केटो मेरो नजिक आइपुग्यो । मैले ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेँ । एकछिन त ऊ मसँग डरायो पनि । मैले मुसुक्क हाँसेर उसको हातमा पचास रुपियाँको नोट राखिदिएँ । केटोले मलाई क्वारक्वार्ती हेर्न थाल्यो । मैले सानो स्वरमा भनेँ – “बाबु ! यो पैसा मैले तिमीलाई नै दिएको हुँ, लैजाऊ । एउटा कुरा भने नबिर्सनु । यो पैसा मैले दुःख गरेर कमाएको हुँ । यसको खर्च सही काममा गर्नु ।” Continue reading

Posted in बाल कथा | Tagged | 1 Comment

गजल : अनि पिउन मन लाग्छ

~पूर्ण बन्धन~

भित्रभित्रै यो छाती जल्छ, अनि पिउन मन लाग्छ ।
वैरागी अनेक शूर चल्छ, अनि पिउन मन लाग्छ ।।

अग्रगमनको नाउँ दिएर गाउँसमाज विगारे अझै,
दिनहूँ उता लास ढल्छ, अनि पिउन मन लाग्छ ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : के उनी नै हुन् ?

~बदरीनाथ भट्टराई~

(१)
हेर्दै कर्के कटु नजरले दक्षिणी भागबाट
झर्दी ज्यादै विमल मुखकी देखिने दूरबाछ ।।
हाँस्दै पार्ने बहुत नखरा यो न गोरी न काली
घुँटो झिक्दी रङबिरङको के उनै हुन् उज्याली ?
(२)
आऊ आऊ भनी दिनदिनै लोकले कल्पिएकी
जा जा चाँडो भनि कुपतिले मत्त भै त्यगिएकी ।।
त्यागी जस्ता सबल दलका शूरले निंतिएकी
ठानें उस्तै सब तर उनै हुन् त के देखिएकी ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिलो प्रेमोत्कर्ष र सम्बन्धबिक्षेद्

~सुरेस खनाल~

प्रेमोत्कर्ष-

तिमीले ढोका खोल्यौ,
म थाहा नपाईकन भित्र पसेछु!
संघारमा एकछिन,
अल्मलिएको त अवश्य हो
तर खै, अनायाशै,
पाइला भित्रतिर बढेछन्! Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Joint Pain

~Padam Gautam~
Translated by Yuyutsu Sharma

First, they burned jungles,
cornfields and hungry huts.
Burnt cots, almirahs and clothes,
and stumps of the remaining trees–
the same ash seekers…
Then they made our children
carry the ashes on their mule backs.

Again they burnt the whole landscape– Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : समदम

~लोकप्रिया देवी~

जगत छ सुखको दुःखको प्याला
खेत बनेको विश्व विशाला ।
बन्दछ सब यो मदिरापनका
जीवनभरमा सुख दुःख जुन हो ।

समदम अतस्बाजीसरिको
हुन्छ ढिलाई क्षणमा क्षण त्यो ।
जग यो भ्रम हो मन पनि भ्रम हो
डरको सुख दुःख पागलपन हो ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : क्रमश: कुरा गर्न म भेट्न आउछु

~राकेश कार्की~

यी आँखामा तिमी जब आइदिन्छ्यौ
संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ
जति दियौ यी ओठमा म मुस्कुराउछु
क्रमश: कुरा गर्न म भेट्न आउछु

यसो छुँदा रमाएर उर्लिएथ्यो जोवन
के गरूँ कसो गरूँ भएथ्यो यो मन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment