~डा. विष्णुप्रसाद पौडेल~
युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्दि्रत छ ।यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ । छुट्याउने आधार विषय र विचार वा भावको सघनता अनि प्रस्तुति र शिल्पको कलात्मकतालाई मानिएको छ । ती बीचको सुसंश्लेषण भएका प्रथम, सुसंश्लेषण त्यति हुन नसकेका द्वितीय र विचार वा भावको सघनता नरहेका, प्रस्तुति र शिल्पको कलात्मकता पनि सामान्य रहेकालाई तृतीय महत्त्वका मानिएको छ । यस आधारमा सङ्ग्रहका अठार हजार जाबो, तिम्रो घरमा देउता, पुलमुनिका घर र एक हातको ताली गरी चारवटा प्रथम महत्त्वका, प्रलयको नाम सुनामी होइन, ध्वाँसो मुनि डेरिडा, सडक स्वाद, चुराको छलाङ, पैराको धावा, कोरसमा एउटा स्वर, जयमाया अर्थात् नेपालीहरू र कोतपर्वको दर्शक गरी आठवटा द्वितीय महत्त्वका अनि अरू तृतीय Continue reading →