कविता : टाईम कार्ड

~जे. एन. दाहाल~

विहान देखी बेलुकी सम्म
टाईम कार्डमा निर्लाप्त
बेलुकी देखी अर्को विहान सम्म
दलीएको छ एउटा मान्छे।

न मान्छे मेसीन हुन गयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : क्याफे गफ

~काशी भुसाल~

ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महिने फेसबुक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका थियौ। ऊ सिन्धुपालचोककी म प्युठानको, ऊ बाहुनकी छोरी म क्षेत्रीको छोरो..

हामी भेट्ने चाँजो गर्यौ.. Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असाहाय आमै

~नारायण पोखरेल~

अफिस को काम सकाएर शर्माजी स्कुटर स्टार्ट गर्दै थिए । उनलाई तब मात्र याद आयो श्रीमतिले एक दर्जन केरा लिएर आउन भनेकी थिईन् । उनले सडकको छेउमा ठुला र ताजा केरा बेच्दै गरेकी बिरामी जस्ती देखीने बुढी आमेलाई देखे । उनले त्यो फल सधै “रामस्वेत फ्रुट्स भण्डार” बाट खिरीद गर्थे । तर आज उनलाई लाग्यो ति बुढि आमैसँग बाट अलिकती केरा खरीदेर जानुपर्यो । उनले आमैलाई सोधे

” आमै केरा दर्जनको कति रुपैया मा दिनुहुन्छ ? “

आमैले भनिन् ” बाबु बिस् रुपैया दर्जन् ।”

शर्माजी ले भने ” आमै पन्ध्र रुपैया दिन्छु ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्षितिज तिर

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

पर पर कुइरी नील किनारा,
स्वर्ग झरीकन जिमीमा छुन्छ,
लामो सडकमा अडी यसबार,
दूर चिहाई दृगले गुन्छ ।

बहुविध पत्थर कङ्कड, काँढा,
बाढी, खाडी, उकाली हुन्छ,
ओर्ली किरण र उक्ली डाँडा,
दूर शिखरमा स्वर्ग नुहुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मानवीय विवेकको वकालत गर्ने कविताहरू

~छविरमण सिलवाल~

गीत मनको सुसेलीबाट बहनुपर्छ, अन्तरहृदयबाट बज्नु पर्छ। तव मात्र गीत बन्न सक्छ। गीतकार भएर उभिनु भनेको सजिलो कुरा होइन। गीतमा मिलन, विछोडका तानावानाहरू रहनु कुनै नौलो पनि होइन। कतिपय गीतहरू संगीत विना पनि निकै सुमधुर हुने गर्दछन्। जीवन भोगाईका अनेकन रुपहरूलाई साहित्यका माध्यमबाट पोख्न सकिए पनि गीत संगीतबाट उत्पन्न हुने तरङ्ग निकै मर्मस्पर्शि हुने गरेको छ। लोकलयमा गाइने कतिपय भाकाहरूले हाम्रो मनलाई आनन्दित गराउँछ। जीवनप्रतिको कर्तव्यबोध पनि गराउँछ। भनिन्छ, साहित्य, संगीत र कला नभएको व्यक्ति केहि कामको पनि हुँदैन त्यस कारण यी चिजहरू हाम्रा जीवन भोेगाईका अपरिहार्य बस्तुहरू हुन जस्तो लाग्छ।

यहाँ गीत संगीतकै कुरा गर्दा अहिले म संग एउटा गीतहरूको संग्रह ‘सम्झनाका तरेलीहरू’ पुस्तक रहेको Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मृत्युपछिको मीठो सपना

~निर्मोही व्यास~Nirmohi Vyas

हाँसूँ खितिखिती भन्दा पर्ने भक्कानिँदै रुन
मर्नुपर्ने ‘जिऊँ’ भन्दा कठै ! कस्तो विडम्बना ?
जन्म जीवनको आदि, मृत्यु जीवन–अन्त्य हो
मृत्युउप्रान्त के हुन्छ ? अनुत्तरित प्रश्न यो।

मान्छन् कोही पुनर्जन्म र कोही ‘हुन्न’ भन्दछन्
ठानिन्छ – “कीर्तिवान् मान्छे–हरू ‘अमर’ बन्दछन्”
के होला, के नहोला खै, नेत्र यी चिम्लिएपछि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो झमेला ब्यहोर्न पर्‍यो

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

किन बल्दैन दीयो
चम्कोस् जगत्मा भन्दै
तेल हालेकै थियौं
धोखेवाज रहेछ धागो
सारा तेल सोशी लीयो
माटोको थिएन पाला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्दाबद्ध गजल : आवास छैन खाना छैन त्यो

~जीवराज बुढाथोकी~

छन्द: कोशी

भूकम्प आयो विनाश गर्यो, आवास छैन खाना छैन त्यो ।
नांगो छ छाती जतापनि यो, ढाकेर हिड्न नाना छैन त्यो ।

ध्वस्तै भयो सव् थियो जति जे, सम्पत्ति माल पत्तो नै नभै,
आकाश हेर्दै विसंगतिमा, सुत्नै पर्यो नि छाना छैन त्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : राहत

~रमेश भट्टराई ‘सहृदयी’~

च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने कुरामा च्याँसे अभ्यस्त भइसकेको छ ।

सुर्के माइलो आफू डकर्मी भएर पनि के गर्नु ! एउटा भएको सानो झुप्रो समेत भूकम्पमा लडेर लथालिङ्ग भएको छ । अलिअलि कमिएको पैसा त लत्ताकपडा र भाँडाकुँडा किन्दैमा सकियो । गाईबस्तु बस्ने कटेरोमा आफू ब Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : साथी

~नबराज घिमिरे~

ए साथी तिमी किन मौन छौ ?
दिनहरू घड्कदै छन।
मानिसहरुको चहलपहल
चर्को छ।
बजारमा हल्ला चलेको छ।
तर ………
तर तिम्रो आवाज कतै सुन्दिन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : विचार नमिलेसी

~रिता खड्का ‘त्रिलता’~

कठिन हुन्छ जिउन विचार नमिलेसी।
दुई आत्माले गर्ने व्यवहार नमिलेसी।

न यताको न उताको भइन्छ आखिरीमा।
सधैँ गर्ने त्यो घमण्डमा प्यार नमिलेसी। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पर्खाइ

~महेन्द्र महक~

‘तिमीले धोका दियौ भने म दुनियाँकी कुनै पनि आइमाईलाई विश्वास गर्न सक्ने छैन ।’

आज पनि मलाई सम्झना छ– उसको भावविह्वल बोली । उसका अतृप्त ओठहरु, जुन ओठहरुले उसले मेरो निधार चुमेको थियो । यो बिछोड मुटु चुडिएझैं भएको थियो मलाई । प्रेमी पतिको बिछोडमा विह्वल भएकी थिएँ । उसलाई अँगालो बाँधेर धेरैबेर रोएकी थिएँ म । उसको रौंले छोपेको छातीमा मुख लुकाएर भक्कानिएकी थिएँ म ।

दिउँसभरि ऊ साथीहरुसँग थियो । उनीहरुसँग बिदा माग्दै थियो । उनीहरुसँग मलेसियामा भएका साथीहरुको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : सुनको सुली गर्ने चरा

~उमाशङ्कर द्विवेदी~

पर्वतीय प्रदेशमा एउटा ठूलो रूख थियो । त्यस रूखमाथि सिन्धुक नामक एउटा चरा बस्दथ्यो । त्यस चराको सुली सुनको हुन्थ्यो । एक दिन एउटा ब्याधा शिकार गर्नका लागि त्यसै प्रदेशमा गयो । चराले ब्याधाको सामुन्ने सुली गर्‍यो । तत्काल त्यसको सुली सुनमा परिवर्तन भयो । त्यो घटनाले ब्याधा छक्क पर्‍यो । उसले मनमनै सोच्यो–हरे, चरालाई पासोमा हाल्ने गरेको यतिका दिन बित्यो तर मैले आजसम्म यस्तो घटना देखेको थिइनँ । कुनै पनि चराको सुली सुन भएको मैले देखेको थिइनँ । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : सम्बन्ध विच्छेद

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

सत्तरी वर्षकी बूढी मायादेवी आफ्नो श्रीमान्लाई रोगले सताएर थला परेर बस्न थालेपछि अब मेरो श्रीमान् धेरै बाँच्न सक्नुहुन्न श्रीमान् मरेपछि काजक्रिया गर्न मसंग खर्च पनि छैन । के गर्ने होला अब मैले भनेर चिन्तित अवस्थामा मन खेलाइरहेर बसेकी थिइन् ।

छिमेकी घरको रमादेवी उनको घरमा आउदा “के सोचेर बसीरहनु भएको आमा तपाईले ? तपाईको अनुहार त साह्रै अँध्यारो पो मैले देखेको छु ” भनिन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : वजन

~सोम खनाल~som-khanal

सब्ले भन्छन् मोटायिछस् बदन् तेरो बढेको छ
जोखी हेर्छु पहिले भन्दा वजन तर घटेको छ
कोहि भन्छन् दुब्लायिछस आँखा भित्र गढेको छ
जोखी हेर्छु पहिले भन्दा वजन तर बढेको छ ।

मोटाउदा चाही घट्दै जाने वजन मेरो अचम्मको
दुब्लाउदा चाही बढ्दै जाने वजन मेरो अचम्मको
बताइ दिये हुन्थ्यो केवल मैले बुझ्ने इसाराले
के ले बढ्छ वजन साथि, बोसोले कि बिचारले ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : कसरी छुटे पिल्मोस् र नाम्लुवास

~सङ्कलक : केडी रेम्नीसीङ~

धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने चालचलन भने कायम नै थियो । यो किराती वंशको समुदायभित्र पनि वंशजीय रुपले फरक फरक वंशका समूह थियो । ती समूहहरुमध्ये खप्दुलुका सन्तानहरु हालको बुङको पिल्मो गाउँमा फैलिएर रहन थाले ।

खप्दुलुका श्रीमती साम्पाङ गाउँकी साम्पाङ थरकी थिइन् । साम्पाङ थरकी श्रीमतीबाट तीन छोराहरुको जन्म भयो । जेठा छोराको नाम ताप्तीमुर, माइलो नारिजन र कान्छा छाम्पानाम् रहेको थियो । ती तीन सन्तान सानै हुँदा बुवा खप्दुलुको देहान्त भएकोले उनकी श्रीमती तीन छोरा साथमा लिई माइतमै बस्न रहन थालिन् । केही समयपछि उमेर छदैँ उनीहरुका आमाले पनि संसार छेडिन् । तीनजना टुहुराहरु हजूरआमाको हेरविचारमा रहन थाले । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

आकाशभरि उज्यालो हुँदै आइरहेछ
मनै रमाउनेगरी
शान्त शितल हावा
देशभरि बहिरहेछ
लेक–डाँडा–बेसी
हिमाल–पहाड–तराई
बत्तीसै दन्तलहर झल्काउँदै
मुसुमुसु हाँसिरहेका छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बर तिमी साँच्ची कै धर्ती हौ

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

अम्बर
तिमीले गाएको गीत जस्तै
दुनियाँको सारा दुखपिडा निलिदिने
अम्बर तिमी
साँच्ची कै विशाल धर्ती भएर वाँचिदियौ
बेदना बोकेर वाँचेका हामीहरुलाई
तिम्रो छातीमा बस्न दियौ
सवै दुखका छालहरुलाई शान्त गराइदियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युगसँग

~मणिराज सिंह~Maniraj Singh

कथाका पात्रहरूझैँ रूप फेरेर
माया लाउने
आँट त छ मभित्र
तर
अप्ठ्यारोमा, हलो अड्काएर
गोरु चुटेझैँ
म आफ्नै उडानहरू
निमोठ्दैछु पटकपटक ।

जताततै अभाव देख्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

जयप्रकाश विवशका पाँच हाइकुहरु

जयप्रकाश विवश

यथार्थ

बजारभरी
बग्रेल्ती पाईन्छन
व्यापारी प्रेम।।

राजनीति Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

संस्मरण : परदेशबाट देश हेर्दा

~भूमि भण्डारी~

नेपाल भन्दा फरक……….. म जोहानेन्सवर्ग बिमानस्थल ट्रान्जिटमा बिमान कुरीरंहदा देखि मेरो जस्तै वा मेरो भन्दा अलिक गोरो छाला भएको मानिस देख्न पाइंन । अग्ला, काला, ठूलो ओठ भएका पुरुषहरु, लट्टा पारिएको कपाल भएका महिलाहरु बिमानस्थल ’round कलयांगमल्यांग गरिरहंदा म त अर्कै ग्रहमा पो आइपुगेंछु कि जस्तो लागि रह्यो । यस्ता मान्छेसंग कसरी बोल्ने होला, कसरी काम गर्ने होला भन्ने धक मनमा लागिरह्यो । लुसाकाको लागि बिमान चढेपछि परिचारिकाले नास्ता के खाने भनेर सोधिन् । मैले थाहा पाएं सबै गाइ र सुंगुरको मासुको परिकार मात्रै थिए । मैले माछा वा कुखुराको कुनै प्रकार खोजें, भाग्यवस साकाहारी स्याण्डवीच रहेछ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : जस्केलो मै ल्याएको छु

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

जस्केलो मै ल्याएको छु एक अञ्जुली माया
सजाइदेउ बिन्ती हजुर राखी मलाई दया ।

शंका गरे संसार शुन्य सापटी लेउ मन
सिउरीदेउ बेली फूलझैं सिरुपाते तन, Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या

~रमेश पौडेल~

‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु ।

‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म ।

‘अरूले सक्छन् होला …,’ अलि अलि हाँस्दै भन्छ ऊ— ‘तर मैले चाहि“ सकिनँ ।’

‘तिमी विवाहित हौ ?’ प्रसङ्ग बदल्दै सोध्छु म ।

‘हुँ,’ यति मात्र भन्छ ऊ । Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

लघुकथा : बोर्डिङ्गे माष्टर

~नन्दलाल आचार्य~Nandalal Acharya_1

अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।

‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।

‘कथी भेलौ बौवा !’ (के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : विश्वास गर

~दिपक घर्ति मगर~Deepak Gharti Magar

माया अनि ममताको खानि बनाएर..
राख्ने छु यी आखामा नानि बनाएर.
विश्वास गर ए मेरो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ

~रजित ओझा~Rajit Ojha

बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र …………. म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन …………. मात्र पहाड बनाउँछु ,बादल का केहि आक्रिति बनाउँछु अनि लाग्छ यी मैले नै बनाएका कुनै पुरानै कुनै चित्र सँग दाँजिदैछन तँ राम्रो कि म राम्रो भन्ने होडमा । मेरा आफ्नै सन्तान हरु एकआपसमा प्रतिद्वन्दि भएर लड्दैछन अनि म चुपचाप धेरै बेर फेरि खाली क्यान्भास लाई हेरेर घोरिएर बस्छु कहिले उ फुरुंग परेर दंग परेर म उसको सामु पुग्ने बित्तिकै चित्र उब्जाउँछ । उसको आगनिमा बासन्ति सुगन्ध छरेर पहिलिएर उजेलिदिन्छ तर कहिले मरुभुमि बनेर जति रंग छरे पनि कहालिलाग्दो,जे पनि निलिदिन सक्ने कालो आकाश बन्छ मेरो क्यान्भास । मलाई मात्र यतिमा सन्तुष्टि छ चाहे उ रिसाओस् , खुसाओस् त्यो मेरो आफ्नो क्यान्भास हो मेरो हक भएको कसैले खोस्न नसक्ने । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शेर्पा भाषी गजल : मिलम्ला ठेसो हारी

~लाक्पा शेर्पा समर्पित~

ङोसुम्बला खुरुङ माठे ,मिलम्ला ठेसो हारी
ख्योरे नाक्साम डिनो हौ,मिलम्ला ठेसो हारी

ख्योर्ला ठेनी ताम किरु,नासाम तगिन होय
फेसबुकला गुसी माठे ,मिलम्ला ठेसो हारी Continue reading →

Posted in शेर्पा गजल | Tagged | Leave a comment

कथा : शानदार प्रयास

~कुमार काफ्ले~kumar-kafle

त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त सेकेन्ड डिभिजनमा एसएलसी पास भएको फूर्ति लाउन पाएँ मैले पनि।गाउँमा क्याम्पस खुलेका थिएनन् त्यसैले सातुसामल पोको पारेर एकदिन पैदल एकदिन गाडीमा चढेर काठमाडौं खाल्डो छिरेँ म।गाउँमा भन्दा सबथोक नौलो र फरक देखेँ मैले ।देखेँ बसगाडीका ताँती,अपरिचित मान्छेहरूको भीडभाड र व्यस्तता।

शहरमा दिनहरू बित्दै गए।घरबाट ल्याएको खर्चपात सकिनै लागेको थियोे।एसएलसी पासको सर्टिफिकेटले खानलाउन नदिएपछि फुलेको नाक सुक्दै जान थाल्यो र यसको प्रयोग काँ गर्न मिल्छ भनेर गम्न थालेँ म। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गरीब

~लक्ष्मी विश्वकर्मा~

एउटा गाउँ थियो । त्यहाँ गरिब एक परिवार थियो । दुई सन्तान पत्नी अनि आफू गरी चारजनाको सानो परिवार थियो । तर पनि उसलाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । अर्काको हली बसेर भए पनि परिवार चलाउँदै थियो । अचानक उसको कान्छो छोरा बिरामी पर्‍यो । औषधोपचारका लागि छोरोलाई लिएर ऊ वैद्यकहाँ जान्छ । आफ्नो बच्चा बिरामी भएकोले दुईचार दिन काममा जान सक्दैन । वैद्यकहाँ गएर आएपछि आफ्नो काममा जान्छ । त्यहाँ गोठमा गोरुहरू देख्दैन । नदेखे पछि साहु भएतिर जान्छ । साहुले पनि उसलाई ‘यसरी दुईचार दिनै हराउने मान्छेलाई यहाँ कुनै काम छैन । मैले अरू मान्छे राखि सकें’ भन्छ । ऊ त्यहाँबाट मन अमिलो पार्दै जान्छ । केही छिन चौतारीको शीतलमा बस्छ अनि सम्झिन्छ फुसको थोत्रो घर, त्य Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : भैंसीको दोहनः लोकतन्त्रको चिन्तन

~कृष्ण वस्ती~Krishna Wasti_1

कुरो २०३२ सालको हो ।मेरो अनन्य मित्र केशव पहाडीकी बहिनीको बिहे धरानबाट हुने भएकाले केशवका बा-आमा धरान आउनुभयो ।अब सात दिनसम्म केशब र मैले धनकुटामा उसको घर कुर्नुपर्ने भयो ।तसर्थ घर कुर्न हामी दुईभाइ चाहिं धनकुटा गयौं ।भान्सामा दाल-चामल नुन-तेल थियो ।बारीमा तर्कारी प्रशस्त थियो ।सुत्नलाई गतिला ओछ्यान थियो ।एक अर्कामा मन मिल्ने साथी भएपछि के चाहियो र ! तर समस्या एउटा पर्यो ।केशवको भैंसी आमाबाहेक कसैलाई दुहुन नदिने एकहाते रहेछ । घरमा भैंसी छ ,तर दूध-दहीविनाको भान्सा मलाई ठीक लागेन ।साँढेको टाँङमुनि बसेर दुहुन खोज्नु जति मूर्खता हो त्यति नै मूर्खता लैंनो भैसी दुहेर खान नसक्नु पनि हो । किशोरावस्था भएपनि छाउरो त Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : नाकाबन्दी

~सिपी गजुरेल~

मेरी चार वर्षकी नातिनीे छ, भेट भए पछि जहिले पनि उसले नबुझेका कुरा सोध्छे र उसका आमा बाबुले उसलाई चित्त दुखाएका कुराको नाली बेली सुनाउँछे । लामो समयपछि म कान्छो छोरा कहाँ पुगेको थिएँ, बस्न नपाई नातिनीले सोधी हाली, “हजुरवुवा, यो नाकमावन्दी भनेको के हो”? मैले उसले सोध्न खोजेको कुरा के हो भनेर अनुमान त लगाएँ, तर प्रष्ट भने भएन । उसको बाबुले भन्यो, ”कालीले खाली यही प्रश्न सोधी रहन्छे । नाकावन्दी भन्न नजानेर नाकमाबन्दी भन्छे..हा हा” उसकी आमाले पनि व्यंगात्मक हाँसो हाँसी । नातिनी रुन थाली ”हेर्नुस् न हजुरबुवा बाबा र ममी जहिले पनि यसै गर्नु हुन्छ”। नातिनीको अवस्था देखेर मलाई मायाँ लाग्यो र उसका आमा बाबुलाई मैले हकारें, “सानी छोरीको जिज्ञासाको जवाफ पो दिनुपर्छ त, उपहास गर्ने हो त ? उसले टिभीमा त्यही सुनेकी छ, रेडियोमा त्यही सुनेकी छ, मानिसहरुले कुरा गरेको त्यही सुनेकी छ, ”नाकावन्दी”, अनि नाकावन्दी भन्ने नबुझेपछि सोध्नु परेन ? अनि उपहास गरिदिएपछि उस्लाई एकातिर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जय शम्भो

~राम श्रेष्ठ~

बाग्मतीको किनार मा,
सानो ए उटा ढुङ्गा छ,
त्यो ढुङ्गा को अलिक् पर,
फूल को ए उटा थुङ्गा छ,

सिढी चढ्दै गए म,
फूल् को थुङ्गा टिपेर,
बाहुन् बाजे बसेको रहेछ,
गाइ को गोबर् ले लिपेर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment