~उदिम किराती~
झुण्डिएको छ
घरको भित्ताहरुमा
बुढो ज्यानमा
नयाँ कपडा लगाएर क्यालेन्डरहरु
पल्टाएर हेरे
एक सर्को क्यालेन्डर
भिन्नता खासै पाइन
पाए केबल पोहोरको साल जस्तै Continue reading
~उदिम किराती~
झुण्डिएको छ
घरको भित्ताहरुमा
बुढो ज्यानमा
नयाँ कपडा लगाएर क्यालेन्डरहरु
पल्टाएर हेरे
एक सर्को क्यालेन्डर
भिन्नता खासै पाइन
पाए केबल पोहोरको साल जस्तै Continue reading
~बलराम तिमील्सिना ‘बिप्लप’~
जमाना ! कहॉबाट कहॉ पुग्यो यार !!
हामीले हेर्दा हेर्दै , हामीले भोग्दा भोग्दै !!
कहॉबाट कहॉ पुग्यो जमाना !
कोही भन्छन जमाना झन खराव आयो रे
जताततै विकृति र विसंगती छायो रे
भन्नेहरू जे जे भन्छन त्यही मान्ने हो कि ? Continue reading
~किशोर दहाल~
आज घर छेउमै एउटा छेपारोलाई ढुङ्गा हानेर मारिदिएँ । मरिसकेको छेपारो जब उत्तानो पल्टियो । मेरो स्मृति पनि त्यसैगरि पल्टियो । छेपारोको सेतो काया जस्तै ‘ब्ल्याक एण्ड ह्वाइट’ भएर ।
* * *
एउटा साथीले भन्यो– आज पैसा भेट्टाएँ ।
उसले थप्यो– बिहानै एउटा छेपारो मार्दिएको थिएँ, फाइदा पो भो । Continue reading
~प्रमोद ढुङ्गाना~
गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु
जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम Continue reading
~दिनेश अधिकारी~
माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो
भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो
हिजोसम्म बेग्लै थियो उसको सुख मेरो सुख
आज एउटै भएको छ हामी दुईको सुख दुख Continue reading
~काङमाङ नरेश राई~
फाक्सुसार्ट र निगालापानी गाउँ
कुलवीर थापा मगर
फोक्सिङ अल केफर र कर्ण बहादुर
रस ईज जोई ट्युनिसिया,
अर्जिया सुम्सा र लाल बहादुर भिसीको तीतो कथा
वारपाक गजे घले र चीन हिल्स बर्मा फ्रन्टको अनुहार
घाइते गन्जु लामा
मायाको साङमो सिक्किम Continue reading
~प्रथा~
यहि माटोका सहस्र रङहरू टिपेर
धर्तीको मन रङ्ग्याउन थियो !
आधा इन्द्रेणी झारेर
लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल !
तर उफ, रामसाइँला !
यो बेला मन दुखेको हो कि माटो ? Continue reading
~जीवराज बुढाथोकी~
अखवारहरुमा छायो, अनौठो समाचार
हवाला अनलाइन, वीवीसीको सदावहार
सन् २०२२ सम्ममा, कोलनी बसाउँने
मंगलग्रहमा योजना, कार्यान्वयन ल्याउँने ।।
मार्स वान नामको, कम्पनीको अनुरोधमा
एकलाख बढी आवेदन, परिसके होडमा
त्यहाँ भनिएको छ जानेमात्र, फर्कने हैन
तापनि मंगलग्रहको आकर्षणमा कमी छैन ।। Continue reading
~छविलाल कोपिला~
नदिनु है बाबा–आमा गाली हामीलाई ।
बरु दिनु राम्रो काममा ताली हामीलाई ।
कलिला यी हात हाम्रा कलम समाउने,
तर दिन्छौ धुन जुठो थाली हामीलाई । Continue reading
~समीर पाख्रिन~
विमानस्थल निर्माण हुने पक्कापक्की जस्तै भइसकेकोले गाउँलेहरूमा प्रसन्नता छाएको थियो । नियमितझैं गौतम बाजे आज पनि आप्mनो घरको छतमा चिया पिउँदै दक्षिणतिरको विशाल फाँटतिर एकोहोरो हेरिरहेका थिए । “अब त देश विदेशका बडेमानका विमानहरू उडेको र अवतरण भएका दृश्य आप्mनै छतबाट अवलोकन गर्न पाइने भयो ।” खुशीले गद्गद् गौतम बाजेले चियाको लामो चुस्की लिए ।
नभन्दै सरकारले विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने सूचना जारी Continue reading
~रुमानी राई~
हामी बाँचिञ्जेल वास्तै गर्दैनाैं
अाफू बाँच्ने ध्याउन्न मै अल्मलिईरहन्छाैं
यतिसम्म कि,
हामीसंग अलिकति पनि फुर्सत हुँदैन
अरुकाे बारे साेच्ने
र,केही गर्नेर
बरु,
हामीमा काे भन्दा काे कम काे घमण्ड हुन्छ
तँ वा ऊ भन्दा म के कम काे अाडम्बर र दंभ हुन्छ Continue reading
~विश्वराज अधिकारी~
नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने छुटयाउन र तिनलाई च्यात्न एक दिन नै लाग्न सक्छ । काम लाग्नेहरूलाई पढ्न अर्को थप समय लाग्ने त कुरै नगरौं । होइन, मेलहरू पनि कति आउन सकेका ? अमेरिकामा दिनका दिन मेल न पढेर थुपार्ने हो, काम नलाग्ने नच्यात्ने हो भने एक महिनाको मेलले एक जनालाई छोप्न पुग्ने जति कागत जम्मा हुन सक्छ । क्रेडिट कार्डका अफरहरूले त धुरुक्कै पार्छन् । अनि प्रचारका कागजहरूको त झन् के कुरा गर्नु र ?
मैले अहिले यहाँ उल्लेख गर्न खोजेको भने नित्यानन्द अंकलले पठाउनुभएको चिठ्ठी हो । चारपाँच पानाको चिठ्ठी भएकोले तपाईंलाई पढ्न अल्छी लाग्ला, म नै पढिदिन्छु । हुँदैन ? Continue reading
~योगेन पौडेल~
जुन ताराको कुरा छोड, जुही फूल सिउरीदिउँला,
जुन-तारा भन्नु मात्रै, फूलकै सुवास मीठो लाटी।
झुम्के फुली बिर्सिदेउन, जाली-रुमाल ल्याईदिउँला,
सुन-चाँदि भन्नुमात्र, “माया-पिरेम” ठूलो लाटी।
आँखाको यो भाका बुझी, दिलको गीत सुनिदेउन, Continue reading
आज भोली धनमा सबको फल्छ जीन्दगी
फल्दा फल्दै कुहिएर गल्छ जीन्दगी।।
धनी गरीब जे भएनी भोक उस्तै हो
एकै छाक खाए पनि चल्छ जीन्दगी।। Continue reading
~दिनेशराज पुरी~
शान्ति ! शान्ति !! शान्ति !!! गाउँने आफन्तकै मेला आओस्
विज्ञान बिछ्याई, विज्ञान ओढी, गर्व गर्ने बेला आओस् ।।
‘जननी जन्मभूमीश्च सोर्गादपी गरियसी’
यस्तै भाव बोकी अघि कुद्न आँतुर मेला आओस् ।। Continue reading
~उमाशङ्कर द्विवेदी~
कुनै नगरमा वीरवर नामक एकजना सिकर्मी बस्दथ्यो । उसको स्त्रीको नाम कामदमनी थियो । कामदमनी व्यभिचारिणी स्वभाव भएकी सार्है बदनाम आईमाई थिई । आफ्नी पत्नीबारे छिमेकीहरूको कान खाने कुरा सुनेर वीरवर सधैं दिक्दार रहन्थ्यो । एक दिन उसले आफ्नी पत्नीको चरित्र जाँच गरूँ भन्ने अठोट गर्यो । मनमा यस प्रकारको अठोट गरेर पत्नीलाई भन्यो – प्रिय, मलाई आवश्यक कामको सिलसिलामा भोलि बिहानै टाढाको गाउँ जानुछ । त्यहाँ मलाई केही दिन लाग्न सक्दछ अत: तिमीले मेरा लागि केही खाने कुरा बनाइदेऊ जसलाइ साथमा लिएर म जान सकूँ । लोग्नेको कुरा सुनेर उसकी स्वास्नी मनमनै निकै प्रसन्न भई । घरको अन्य धन्दा छाडेर घीउ र चिनीबाट राम्रो–राम्रो पकवान बनाउन थाली । Continue reading
~Nakul Silwal~
Translated by Yuyutsu Sharma
Sparrows peck at the grains
spread out to dry in the courtyards.
Monkeys plunder the golden
profusion of our ripe maize fields.
Squirrels nibble at the walnuts
in the gardens of our festive valleys. Continue reading
~समीरबाबु कट्टेल~
केही लेखक यथार्थ घटनालाई काल्पनिक शब्द-शिल्पीले सिँगारेर औपन्यासिकता प्रदान गर्छन् त केही अनुसन्धानमा डटेर तथ्यपरक एवं विश्वासिलो सन्दर्भ सामग्री बनाउँछन् । यहाँ उपन्यासकार हरिमाया भेटवालले ‘कल्ली’ उपन्यासको माध्यमबाट समकालीन नेपाली समाजको चित्र उतार्न खोजेकी छन्।
महिलाका पीडालाई पाठकसामु ल्याएकी छन् उनले । आफ्नै गति र लयमा हिँडिरहेको पूर्वी पहाडी समाजदेखि व्यस्त काठमाडौं सहरलाई जोडेकी छन् । उपन्यासमा जोडिएका कुथुंग्रीमा पाठकले कतै न कतै आपूmलाई भेट्टाउँछ ।
उपन्यास गाउँले जीवनको प्रतिनिधित्व ग Continue reading
~गोपालसिंह ‘नेपाली’~
ओडारसित, सोधें, “मान्छे कहाँ गयो ओडार ?”
ओडारले भन्यो, “कुन्नि तलतिर ओर्ल्हेको मात्तै म जान्दछु ।“
“कुटी, मान्छे यहाँ अएको थियो ?”
“हो, किन्तु पानी खाएर आउँछु भनेर गएको मान्छे, अहिले- सम्म केही पत्तै छैन !”
“मूलधारा, मान्छे कहाँ गयो भन त ?” Continue reading
~रमेशचन्द्र घिमिरे ~
झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर
हातमा छडी घुमाउँदै आउनु भयो सर
“दायाँ-बायाँ नफर्कनू, मुन्टो तल झार्नू
हिजो सार्न नभ्याएको पाठ आजै सार्नू” Continue reading
~ध्रुब सापकोटा~
छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए।
‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका थिएनन्। त्यो चोट निको हुनुको सट्टा पश्चात्ताममा उक्लिएको थियो। यो कष्ट भोग्ने ऊमात्र थियो। उसको कष्ट कसैले देखेको थिएन। गल्ती थियो। निर्णय लियो, अबदेखि म कुनै पनि हालतमा गल्ती गर्दिनँ, यही समयमा दुर्घटनाको खबर आयो।
डा. भास्कर दुर्धटनामा परेका थिए। नराम्रोसँग जीवनमृत्युको सन्मुख हात जोडिरहेका थिए। डा. भास्करको Continue reading
~त्रिभुवनचन्द्र वाग्ले~
सुत्केरीले ज्वानोको झोल
र लाज ढाक्ने खोल पाइन् वा पाइनन्
बिरामीले नुनपानी पायो कि पाएन
अथवा
मृत्युशय्यामा सुत्नेले सुनपानी पायो कि पाएन
यी अखबर घटनाहरू
अखबारहरूले किन पाउँछन् ?
डोल्पामा अहिले नुनको सङ्घर्ष छ Continue reading
~श्रीरामेश्वरजी टांटिया~
राजस्थानमा चुरू एक पुरानो गाउँ हो । आजभन्दा सवा सय–डेढ सय वर्ष पहिले यहाँ प्रतिष्ठित वैश्य परिवार बस्थ्यो, जसको मालवामा ठूलो व्यापार पनि थियो । जब अफीमलाई लिएर ब्रिटेन र चीनबीच युद्ध भयो उनलाई घाटा लाग्यो, काम बन्द भयो र देनदारी रह्यो ।
त्यसपछि परिवारका स्वामी सेठ उजागरमललाई घर बाहिर निस्केको कसैले देखेन । कथम्कदाचित केही व्यक्ति उनीसँग भेट्न पनि गए तर उनको अनुहार देख्न पाउँदैनथे, किनभने उनी आफ्नो अनुहार ओढ्नेले छोपिरहन्थे । यसै शोकले कमै उमेरमा उनको देहान्त भयो । परिवारमा उनकी विधवा पत्नी र १३ वर्षका पुत्र रामदयाल मात्र रहे । Continue reading
~दीपक कुमार ज्ञवाली~
अब फाट्ला बादल भन्थें
झन् कालो हुँदै देशलाई ठाक्यो
आखिर सबै झूटो रहेछ
एक अर्काका माया पिरतीका कुरा
सम्मोहन एक अर्काको Continue reading
~बिपना ढुङ्गाना~
आमा भन्ने गर्थिन्:
छोरा मलाई धेरै नसताउनु
घाम अस्ताउनु अघि नै तिमी घर आउनु,
उनको कुरा सुनेको नसुनेझैँ गरी
रमाएर घरबाट फुत्त निस्कन्थे म,
त्यो बेला बाहिरी दुनियाँ नै
रंगमञ्च जस्तो लाग्थ्यो ।
घडीको सुइरो, Continue reading
~दिङ्लाली कान्छो~
१.
लाग्छ मलाई
सुवास् आइरहेको
केवल तिम्रो !!
२.
रहर भयो
सागर पारी जाने
सकिएला र ? Continue reading
~हरी गौतम~
साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!!
निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले ….,
त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!! Continue reading
~भुपी शेरचन~
जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रवडका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै Continue reading
~हृदयचन्द्रसिँह प्रधान~
मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई चाहेको थिएँ । मेरो पिताज्यू मलाई ज्यादै प्रेम गर्नुहुन्थ्यो । उस बेला उहाँको काखमा म एक्लै थिएँ, त्यसैले पनि उहाँको हृदयमा भएभरको रस म एक्लैमा मात्र पोखिन्थ्यो । फुर्सद पायो कि उहाँ मेरा दुवै गालामा म्वाइँमात्र खाइरहनुहुन्थ्यो, यो पनि मनभरी–भरी । उहाँको म्वाइँ मलाई मीठो त खूब लाग्थ्यो, तर उहाँको मुठे जुँगाले साथसाथै घोच्ने पनि भएको हुनाले उहाँको म्वाइँदेखि म अलि तर्सन्थे पनि ।
~बिस्नु प्रवा सापकोटा~
जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो ।
उ राम्रो कबिता लेख्थी । उसका कथाहरु पनि उस्तै राम्रा थिए तर उसको असली चिनारी त गीतकार थियो । साह्रै राम्रा गीतहरु रचना गर्थी उ । तर उसका गीतहरु केबल सिरानी अग्लो बनाउने बस्तुहरु बाहेक केही हुनसकेका थिएनन किनकी न उसले कुनै संगीतकारलाई चिनेकी थिइ, न कुनै साहित्तिक पत्रीकाको सम्पादकलाई । Continue reading
~सन्तोष चिमरिया~
काठमाडौ मेरा निम्ति पुनः एक पटक नयाँ शहर भएको छ । शहरसंग अभ्यस्त नभई मलाई निन्द्रा पर्दैन । घडीले १:२० हान्यो तर निन्द्रा टाढा सम्म छैन । मन अति सक्रिय ,चंचल र अतितमुखी भएको छ । आफ्ना चारै भाइ मरेपछि युधिस्ठिरलाई सोधिएका यक्षका प्रश्नहरु मध्ये एउटा मनको द्रुतता र चंचलतासंग संबंधित छ । संसारमा सबैभन्दा तीब्र के छ भनेर यक्षको प्रश्नमा युधिष्ठिरले मन भनेका छ्न । यसरी सबै प्रश्नको ठिक ठिक उत्तर दिएर युधिश्ठिरले आफ्ना चारै भाईलाई यमलोकबाट फिर्ता पनि ल्याएका छ्न । तर यहाँ प्रसंग पांण्डप र यक्षको हैन मनको हो । क्षणभरमा हजारौं पात्र खडा गर्न सक्ने मन । ती माथी परिकल्पित कथाहरू थोपर्न सक्ने मन । आफू अनुकुल तिनको आत्माकथा र चरीत्र चित्रण नै बदल्न सक्ने मन । कुनै पनि परिभाषा र ब्याख्याहरुले समेट्न नसकिने मन ।
मन…………. Continue reading