कविता : पद

~हरि अधिकारी~hari-adhakari

के हो पद ?
अनी कहा हो पद ?
थाहा छैन मलाई
वाह वाह कस्तो मज्जा को पद प्रधान मंत्री, सेना पति ,राष्ट पति ,बिबिध पद ,
किन हो त्यों पद ?
थाहा भयन मलाई !
हो मात्र रहेछ पद नाम को लागी
हैन रहेछ पद काम को लागी !
वाह वाह सकिन मैले कस्तो पद भनेर छुटाउन को लागी ?
किन हो भनेर छुटाउन को लागी , मात्र मैले सुनेको पद
देखेको छैन आझ सम्म मैले त्यों पद|
अचम्म को नै हुदो पो रहेछ त्यों पद .
बिचरा छ है त्यों पद |
.. चुक्क चुक्क गर्छु आफु नै भित्र Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाली माकुरो

~पारसमणि प्रधान~

वरिपरी सब घेरी जाल राम्रो बुनेर
नजर गरि चनाखा चाल राम्रो सुनेर,
दलिन मनि कुनामा माकुरो एक बस्थ्यो,
घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १

“भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्,
लटपट भइ चाँडै जालमा नै ति मर्छन,
अरुहरु पनि पर्छन् जालमा धेर हेर,
बसि बसि अनि खाँला मासुको भोज धेर ।” २ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डाँडाखोला तर्दा

~दिलिप योन्जन~Dilip Yonjan

डाँडाखोला तर्दा पनि भेटिन देउराली
बस्यो माया केसारो याद आउछ झल्-झली
बनै फुल्यो फुल
डबलीमा रुमाल साट्नु गरे मैले भूल !

ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले
बन है पाखा न्याउली रुन्छ मनैको पिरले Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Leaving Myself

~Bishwa Sigdel~

1. Happiness with myriad arms could fly to me
on the wings of the wind,
from where I left it,
at a fork in the road.
Instead, I lifted Sorrow,
waiting at the fork of two roads, with amputated, mutilated limbs, into the
crook of an arm.
Sorrow,
that wanted to fasten herself to children, widows and the old.

2. I left Happiness, Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : बहादुरशाहको आखिरी तरङ्ग

~नयराज पन्त~

कुन तवर त आफ्ना भूपको देश बढ्ला
सकल निज प्रजामा सौख्यले वास गर्ला ।
यति दिन तक सोझो चित्तले ज्यान फाली
हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। १

प्रतिदिन सय छोडी गेहको सौख्य-वास
हरघडि म रहन्थें भूपकै आसपास ।
विविध विषय खोली चार विद्याहरुको
उनकन मत गर्थे शिक्षण जो बुझेको ।। २ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कुहिरोभित्रको काग

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर ।नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आँखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिर्सट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयम्सेवकहरू सेवा गर्न तल्लिन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभ्रि्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘धूपीको गीत’ भित्रका धुनहरू

~छविरमण सिलवाल~

युवाकवि तथा नाटककार रोशन सुवेदीको कवितासङ्ग्रह ‘धूपीको गीत’ २०४३/०४४ सालदेखि छापामा आएका कविताहरूको सङ्ग्रह हो । सुवेदीका कवितामा उनका प्रजातन्त्रसँगै मौलाएका विकृतिहरूको प्रतिनिधित्व पनि गरेका छन् । कवि पनि यही समाजको एउटा अङ्ग भएकोले पनि उसले समाजको हरेक कुराहरूलाई भोग्नु पर्दछ, केही सुखद भोगाई र केही दुःखद भोगाईका द्रष्टाको रूपमा रहने भएकोले समाजका हरेक पक्षहरूमा उसको उपस्थिति रहेको हुन्छ । यही भोगाईहरूलाई कविले कविताको माध्यमबाट पोख्ने गरेका भावनाहरूलाई ‘धूपीको गीत’मा भेट्न सकिन्छ । सङ्गत विसङ्गतहरूलाई कवितामा केलाएका छन् रोशनले ‘धूपीको गीत’मार्फत् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कमजोरी

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
कमजोरी हुन् दुःखकी बहिनी,
श्रमकी छोरी !
दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु
फींज सोहोरी,
विधिले रचे रे कमजोरी !
इन्द्रधनुषको रङ्ग क्यै जोरी !
साँवली छन्, छैनन् गोरी !
तैपनि छन् फेनील हुरी ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यान्त्रको जाल

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

धेरै पटक
फाली सक्यौ
धमीलो पानीमा
षड्यान्त्रको जाल
अव नसोच
त्यसै गरी माछाहरु
जालमा पर्लान भनेर
समयले
कोल्टे फेरि सक्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : लाहुर गएको देश

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

बिहानले बिस्तारा नछोड्दै हामी बसपार्क पुगिसकेका हुन्छौं। बिहानी चिसो बतासले जाडो मौसम आउँदै गरेको सङ्केत दिन्छ। सिद्धबाबाको गल्छेडोबाट हुर्रिएर आइरहेको ताजा हावाले फोक्सो भर्दै हामी बुटवल छोड्ने तरखरमा हुन्छौं। दशैंको टिकाको अर्कोदिन बसमा खासै मान्छे भरिइसकेका छैनन्। हामीजस्तै गाउँ जानेहरूलाई बोकेर बुटवल बसपार्कबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जाने बस गुड्न सुरु गर्छ।

म झ्यालनेर बसेको छु। तीव्र गतिमा गुडिरहेको बसको झ्यालबाट देखिने दृश्यहरू नियालिरहेछु। लामो पुलमनि बगिरहेको तिनाउलाई छोड्दै बस कुदिरहन्छ। ठाउँ–ठाउँमा रोकिंदै मान्छे चढाउँदै गर्दा बस भरिन थाल्छ। सिटभरि मान्छे। गल्लीभरि मान्छे। कोचाकोच। बसभित्र दशैं महकिन थाल्छ। बुढाबुढी। केटाकेटी। महिला। पुरुष। सबै–सबैलाई कोचेर पनि बसको कण्डक्टर भन्न छोड्दैन– ‘आउनुस् आउनुस्। सिट खाली Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चन्द्रोदय

~सोमनाथ सिग्देल~

थियो भव्य शोभा वसन्ती निशाको,
सुगन्धी थियो देह सारा दिशाको ।
सफा कीर्ति जस्तो जुनेली प्रभाले,
सुधा-स्रोत वर्षा गरी भर्न थाले ।।१।।

रसीलो अवस्था थियो दूरसम्म,
भयो शान्ति-पूर्ण प्रभाले अचम्म
पर्योा लोक आलोकमा मस्त गम्म,
रह्यो चित्त आनन्दमा तृप्त डम्म ।।२।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुर्पुरो

~लक्ष्मी नन्दन चालिसे~

के उद्योगी मरी रहून ?
जरुर
त्यो होइनसक्ने कुरा
देख्तैनस् कति टा६ उल्टिन गए ?
द्खीरहेछू पुरा ।
के भन्छस् तब ?
ढङ्ग कम्ति तिनको
वेढङ्ग वैरन्छ को ?
हुन् ती ब्कुफ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

खण्डकाव्य अंश : वनबाला

~भवदेव पन्त~

हा ! झमक्क पर्योन साँझ गए दूर दिवाकर
औंसीको रजनीमा यो आउँथे के सुधाकर

अनन्ताकाशमा हाय अन्धकार अपार छ
दशै दिशा भरी कालो मेघको अधिकार छ Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कविता : रिङटोनको देश

~मनोज बोगटी~

हेल्लो…
-क्याफेमा ?
-ओके, ल ल…
मल्टिकलर्ड हेल्लोहरूको
माकुरी जालबीच
मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई
जीउ जोगाउन साह्रो
यो रिङटोनको देशमा।

गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र
बिलाइरहेछ
रायोको साग उम्रिने गाउँको सातो। Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मुलुकका बेथितिप्रति सशक्त प्रहार :  ‘महाकवि बन्नोस्, व्यङ्ग्य कविता संग्रह, २०७२’

~भेषराज रिजाल~

वरिष्ठकवि सूर्यनाथ सापकोटा बहुआयामिक साहित्यिक व्यक्तित्वका धनी हुनुहुन्छ । बागलुङबाट प्रकाशित ज्योति पत्रिकामा कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाएका कविका कविता संग्रह, कथा, निम्बन्ध, उपन्यास, गीत, यात्रा संस्मरण, आत्मवृतान्त, हास्य व्यङ्ग्य आदि नेपाली साहित्यका विविध विधाका कृति प्रकाशित भएका छन् । कविका प्रकाशित कृतिहरूमा पक्रैया (खण्डकाव्य, २०५२), बिन्तिपत्र (व्यङ्ग्य, २०५४), घायल मुटु (कथा सङ्ग्रह, २०५६), आगोभित्रको मान्छे (उपन्यास, २०५८), रातमाटा कालापानी (गीति खण्डकाव्य, २०६०), झर्दै फुल्दै फुल्दै झर्दै (सूत्रकथा, २०६०), श्रीलङ्का यात्राका अनुभूतिहरू (यात्रा संस्मरण, २०६५), सोमनाथलाई चिठ्ठी (पत्र गीतिकाव्य, २०६७), जागिरभित्र (आत्मवृतान्त, २०७०), मेरी आमा दिलभरि (गीत सङ्ग्रह, २०७१), एक दृश्य मेरो झुपडीको (कविता सङ्ग्रह, २०७२), महाकवि बन्नोस् (व्यङ्ग्य सङ्ग्रह, २०७२) आदि एकदर्जनभन्दा बढी कृति रहेका छन् भने विभिन्न विधाका थुप्रै कृतिहरू प्रकाशोन्मुखसमेत छन् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : महामन्डल साहित्ययात्रा

~डा. खगेन्द्रप्रसाद लुइटेल~

कहिले एक्लैदुक्लै त कहिले समूहमा यात्रा प्रशस्तै गरिएको छ। यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो, महाम8डल साहित्ययात्रा। नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो। गाउमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले स्वीकारेको थिए। यात्राको तिथि आइपुग्यो। प्रथम गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बिहान थालिएको थियो हाम्रो साहित्ययात्रा।

गणतन्त्र दिवसका दिन बिहान साढे छ बजेतिर यसो चुच्चो पखालेर म एकजोर फेरफारसहितको सानो झोला Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जीवन-जुवा

~चक्रपाणि चालिसे~

लामो खाल, विशाल विश्व छ, खुला खानी खजाना अरु
विद्ध्या खेति किसानि कौशल कला वाणिज्य धन्दाहरु ।।
थापिन्छन जितहार हुन्छ यिनमा जित्नेहरु हाँस्तछन्
हार्ने छाति पिटेर रुन्छ बिचका टोलाउँदै हेर्दछन् ।।१।।

पन्जा कोही जमाउँछन् कति तिया पारी मजा लुट्तछन्
चोकैमा कति मस्तछन् अझ कुनै छक्का छ की आफुछन् ।।
च्याँखेकै घत लाग्छ खूब कहिले खालेहरु टाट भै
खौलिन्छन् कतिसम्म उठ्न नसकी बुड्छन् विपत्ता हुँदै ।।२।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : साहसी सोनाम

~ललिता ‘दोषी’~lalita-doshi

बुटवल तिनाउ नदीको किनार भन्दा केही पर सडकको छेउमा जस्ताले छाएको एकतले घर छ । आँगन नजिकै केही केराका बोटहरू छन् । मूलढोका नजिकै ठोकिएको किल्लाहरूमा एउटामा माछा मार्ने जाली र अर्काेमा पेरुङ्गो झुण्ड्याइएको छ ।

त्यही घरको ढोका उघार्दै दस-एघार वर्ष जतिको दुब्लो पातलो सोनाम खुसीले चिच्चायो – ‘बा ए बा … ।’ बोल्दाबोल्दै सोनाम रोक्कियो ।

काठको खटियामा सुतिरहेको कनैयाले सोनामतिर हेर्दै भने, ‘मलाई थाहा छ, तँ छ कक्षाको परीक्षामा पनि पहिला नै भइस् होइन त ?’ Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : चाचा : निरन्तर संघर्षशील, निरन्तर क्रान्तिकारी

~किशोर दहाल~

माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन् । शान्तिप्रक्रियामा उसको अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए । अनेक कोणबाट अनेक तथ्यहरु खोतलिए । तर, जनयुद्ध कालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको उपलब्धताको प्रक्रिया र स्रोतको यथार्थ कथा भने आमजानकारीमा छैन । तिनै सामाग्रीको आपूर्तिको मुख्य जिम्वेवारी लिएर कुशलतापूर्वक भूमिका निर्वाह गरेका भक्तिप्रसाद पाण्डे ‘चाचा’को आत्मकथा ‘चाचा’ प्रकाशित भएको छ । पत्रकार सीताराम बरालको सहयोगमा पुस्तक तयार भएको हो र पाण्डेको निधनपश्चात पुस्तक प्रकाशित भएको हो । पाण्डेको केही साता अघि क्यानसरबाट निधन भएको थियो । पाण्डेलाई पार्टीभित्र चिनिने नाम ‘चाचा’बाट पुस्तकको नामाकरण गरिएको छ ।

प्रकाशित पुस्तक चाचामा सँगसँगै कुदिरहने दुईवटा जीवन छ । पहिलो, पाण्डेको सरल जीवनशैली,  Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Story : A Beautiful Teacher

~Eagam Khaling~

Apurva Pradhan was a first year’s English honours student of Saint Augustine’s College, in Darjeeling. She had lost her mother twelve years ago. She was provided many things that she demanded but there were some demands which her father, Mr. Arjun Pradhan, was unable to fulfill. He had always considered them almost impossible demands. She had ignorantly developed in her many irritating habits and they were only known by their former servants.

It was a Sunday evening; Apurva was playing her piano, a man with most known voice, shouts for permission from outside after rapping on the door of the room Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : अात्मा को खण्डहर

~विमल निभा~Bimal Niva

एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ

म इतिहास लेखिरहेछु
यो मिस्र देशको उपाधिकारी राजा ‘फराओन’ र उसको
देउता ‘प्ताह’ र ‘ओसिरिस’को सहस्रौं वर्ष
पुरानो इतिहास होइन
न क्यालिफोर्नियाको भयङ्कर दानव ‘गोबिला’को
प्राचीन अमेरिकन इतिहास हो
र इङ्गल्यान्डको जैरो मठमा रहने ‘बिड’को मध्ययुगको धार्मिक इतिहास
Historia Ecclesiastica पनि होइन
हामी यस विश्वकै मानव हौं
र यहाँको मानव इतिहासमा हाम्रो पनि स्थान हुनुपर्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ढाल्न दिनु हुन्न

~लोक लामा~

हो आफ्नो स्वाभिमान ढाल्न दिनु हुन्न
बेइमानिहरुलाई चाल चाल्न दिनु हुन्न ।

अर्को रोम र निरो साबित गर्लान यहाँ
कसले झोस्यो आगो अब बाल्न दिनु हुन्न । Continue reading

Posted in गजल | Tagged | Leave a comment

छोक : कलम तरवार

~बिमल गुरुङ~bimal-gurung

कलमको मसीको महत्व
पढ्नमा होइन लेख्नमा छ
तरवारको धारको परिभाषा
युद्धमा छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्ष

~किशोर के सी~

बैशाखी चेपेर काखीमा
ज्येष्ठता जोड्न अरु एक बर्ष ,
असफल अनुभवहरु बोकेर ,
श्रापित एउटा आगन्तुक स
भद्रता मञ्चन गर्दै नाटकीय ,
आइ रहेछ यतै , वर वर । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~भिम दुमि ‘माक्पाली कान्छा’~

तिमि
मरेर बाँचेकाहरु
जीवन बलिदान दिएर
निशब्द
सडक, गल्लि, कोठा,
चोटा र सिरानी भित्र
उभिरहेका छौ
अहिले बाँचेर पनि
मरि रहेकाहरुलाई
हेरेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : वास्तविकता

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कबि राधाकृष्ण पत्रिका पसलमा उभिएर दैनिक पत्रिकाहरु पढिरहेका थिए | त्यसै बेला एकजना ठूलै नेता आइपुगे | पत्रिका पढिरहेका राधाकृष्णलाई देखेपछि नेताले सोधे – ‘ कविजी ,पत्रिका त पढ्दै हुनुहुन्छ , किनेर पढ्नुभएको हो कि फोकटमा ?’

‘देशमा दिनहुँ महंगी बढिरहेको छ | पत्रिका किनेर पढ्न पनि नसकिने भइयो | त्यसैले यसो हेरेको मात्रै हुँ |’ राधाकृष्णले भने |तपाई कलम चल्ने कविहरुले यसै विषयमा लेखेर सरकारलाई घचघचाउनुपर्यो नि ! होइन र Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मैले देखिन : मुलबासि शक्ति देखिन

~एभ्लेट फुङ~

ए , नेवारहरु हो !
के तिमिहरु किर्तिपुरको युद्धमा
सुर प्रताप शाहको
आँखा फोड्ने नेवारहरुको संन्ताहरु हौँ र ?
तर मलाई शङ्का लाग्छ क्कि ,
तिमिहरु उन्निहरु कै , संन्तानहरु हौँ भनेर !
किनकि
मैले तिमिहरु भित्री
ती किर्तिपुरे नेवारहरु देखिन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी र सडक

~कमल कुमार~kamal-kumar

पहिले यहाँ नदी थियो
एउटा लामो
निकै लामो
जीवनजस्तै लामो नदी,
बगिरहने नदी
बजिरहने नदी । Continue reading

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : भाग्यवाद

~कुमार काफ्ले~kumar-kafle

•रमेशलाई भाग्यमा परम् विश्वास छ।

•नाम चलेका ज्योतिषी,जान्ने र माताकोमा गएर चिनाटिपन र हात हेराईरहन्छ।

•शहरमा अर्का एक नामूद ज्योतिष आएको कुरा उसले पनि सुन्छ। Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : तुहाउ त्यो गर्भ

~प्रणिका कोयु~pranika-koyu

“आमा भएर हेर् अनि कुरा गर्”
कति सुनें मैले यस्ता कुरा
ए घरिघरि त तह लगाउन तिम्रा नानी भन्दा
ए त्यसो नभन न, बुझ्छन् त तिनले पछि भन्दा
प्रतिउत्तरमा मैले कहिले आमा त कहिले नानीलाई तह लगाएँ

हिजोआज अखबारमा जति पढ्छु नानीहरूको कथा
जति सुन्छु उनीहरूका आपतविपत
अनि देख्छु राज्यको उदासिनता
सम्बन्धितको लाचारि Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गाड़ी पुरानो भयो…

~कनकधारा स्वामी स्वदेशानन्द~kanakdhara-swami-swadeshanand

छन्द : शार्दूलविक्रीडित

ऐना हेर्दछ बार बार मुखमा देखिन्छु राम्रो भनी,
गाला खुम्चिसके फुल्यो शिर सबै कालो दले तापनि।
पोता दागहरू मुहारभरि छन् काका र जीबा भयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।01।

फोटा हेर्छ अतीतका रहरले पन्ना निकालीकन,
ऐलेको अनुहार छैन रसिलो कालो बनायो मन। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : नेपाल देख्दा कतै देखेको झैँ

~भिमदर्शन रोका~Bhim Darshan Rokka

नेपाल देख्दा कतै देखेको झैँ,
बिहान कतै आँगन टेकेको झैँ,
यस्तो लाग्यो हृदयमा मेरो,
सपनामा कतै भेटेको झैँ,
नेपाल देख्दा कतै…। Continue reading

Posted in कविता | Tagged | Leave a comment