गजल : ठिक छैन

~शुशिला निनाम~

हामी भन्छौं संविधानको अनुसूचि, भाग ठिक छैन
उता सिँहदरबारले भन्छ तिम्रो माग ठिक छैन ।

सबै फुलले सङ्गैसङ्गै फुल्न पाउनुपर्छ यहाँ
साच्चिकै साझा फुलबारी बनाऔँ यो बाग ठिक छैन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : महाकवि देवकोटाप्रति

~निर्मोही व्यास~Nirmohi Vyas

कविकुलगुरु हाम्रा ! आज तिम्रो जयन्ती
सबतिर छ फुलेको कीर्तिको वैजयन्ती
प्रिय ! उदित अमा* मा हौ शशी, चन्द्रिकाले
जगमग जग पार्‍यौ दिव्य सोह्रै कलाले

चिरिबिरि ध्वनि तिम्रो, भाव-सङ्गीत दिव्य
हृदयभरि चुल्याई मक्ख पर्दै छु नित्य Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : श्री गढी माई

~अभिषेक सुवेदी~

श्री गढी माईको महिमा छ अपरम्पार
सिधिन्न महिमागाएपनि बारम्बार
साक्षात मामता हुनुहुन्छ गढी माई
मनोकामना पूरा गरी, रक्षा गर्छिन् हामीलाई

उनीको लीला छ न्यारी र प्यारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बस्तीको पुरानो छाप्रो

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

केही थान मानव आकृति लुकाएर
ब्रह्मबोधी सन्त झैँ सदा शान्त हुन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

उषाकालीन भानु-रश्मिले
बाँसका भाटाहरू चहकिला हुन्थे
खरको छानो उज्यालो हुन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~रेखा पन्त~

गैरी खेतको रोपाइँ
जमदार बाको मेला
उखेलेर धानको बिउ
झमझम पानीको वर्षा
वर्षा संगै
सुमधुर आवाजमा गाएको असारे गित Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिलाषा

~गोविन्दप्रसाद ढुङ्गाना

भैगो, जन्म गरीबकै सुकुलमा होस्, किन्तु त्यो शुद्ध होस्
कोरोस् अङ्गहरु परन्तु तन यो अत्यन्त साह्रो बनोस्,
आउन् कष्ट करालरुप सहसा कुल्चून् सबैले, तर –
छाती यो नफुटोस् विशाल कहिल्यै थामोस् सहोस् केवल ।

फैलोस् बुद्धि सुकर्मकै तरफमा, यो चित्त एकाग्र होस्
आँटेमा पर जन्ममा फल पनि इच्छा गरेको फलोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : मैले थाह नपाएका मलाई मनपर्ने चिजहरू

~नाजिम हिकमत~
अनुवाद : सुमन पोखरेल

आज उन्नाइस सय बैसठ्ठी मार्च अठ्ठाइस
प्राग-बर्लिन रेलको झ्यालमा बसेर हेरिरहेछु म ।
साँझ ढल्दैछ ।

हुस्सुले भिजेको फाँटमा
कुनै थकित चरो जसरी रात पर्दै गएको मलाई मनपर्दोरहेछ
मलाई थाह थिएन ।
साँझ पर्नुलाई एउटा थकित चरोसँग तुलना गर्नु
ठीक लागेन मलाई । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : माया भनिदेऊ

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

प्यार गर्दै नजिक आउछु माया भनिदेऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।

छातिभित्रै पसूँ लाग्यो अलि वर सर
फूलझैँ फुलिदिन्छु शीत बनि झर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी

~लाल्शा कुशवाहा~

हुँ म नेपालको आश
पहिचान छ विद्यार्थी एक आम
गर्ने छु यस्तो काम
जसले बढ्नेछ मेरो सान ।

कलम हो विद्यार्थीको हतियार Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : चेलीबेटी बेचबिखन

~नेहा अग्रवाल~

आज हामी गर्छौं समाजमा चेलीबेटीको काम
थाहा छैन के हुन्छ त्यसको परिणाम

कसैको खुट्टा समात्छौं, कसैको हात
लैजान्छौं कसैको जितेर आत्मविश्वास Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : छोरीसँग अनलाइन च्याट

~सुबेश घिमिरे~subesh-ghimire

छ बर्षकी मेरी छोरी
हरेक साँझ अनलाइन हुन्छे ।
कम्प्युटरको अन्तर-जालोमा
थरी-थरीका एनिमेसन पठाई
खित्का छाडी छाडी
उन्मूक्त हाँसो हाँस्छे
घरी मायाको चिन्ह साट्छे
घरी रीश अनि घुर्कीको संकेत फाल्छे ॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : छेपारो उही स्वभाव उही

~विष्णु विभु घिमिरे~Bishnubibhu Ghimire

जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठूलो भारी पनि बोक्नै पर्दो रहेछ । कहिलेकाहीँ यसबाट वाक्कदिक्क भएर भाग्न खोज्दा पनि बाटो हराएर फेरि उहीँ फर्कन बाध्य हुँइदो रहेछ । मनभित्र हज्जारौँ कोलाहल बोकेर एकान्त ठाउँमा बस्ने कल्पना गर्दा पनि ठाउँ मात्र एकान्त हुँदो रहेछ, मन त उही भीडभाड र कोलाहलबीच निस्सासिँदो रहेछ । कहिलेकाहीँ भीडमा पनि एकान्त पाइँदो रहेछ र कहिलेकाहीँ एकान्तमा पनि हल्ला, होहल्ला र जुलुसको सामना गरिरहनु पर्दो रहेछ ।

मानिसमा निरन्तर सोचको विकाससँगै अपशोचको मात्रा पनि बढिरहेछ । सुन्दर विचारहरूसँगै त्यत्ति Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : तिमीप्रति

~दीपेन्द्र के.सी. ‘अपजसी’~

माफ गर मलाई !
सुवासना र सौन्दर्य एकैचोटी छर्दै
जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा
सँधै मुस्काइरहेको एक थँुगा मुहार
तिम्रो सौन्दर्य र गुणको
बाराम्वार वयान र चर्चा गर्न चाहदिन म ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव आयो

~पुजा पराजुली~

मुखिया बाको पिंढिमा रेडियोले समाचार फुक्दै थियो,
देशमा चुनाव आउन लागेको ।
त्यसैले पो रहेछ गुन्यु-चोलीमा
अविरले रङ्गीएका अनि फूलमाला भिरेका,ढाकाटोपी
दौरा-सुरुवालमा सजिएर
सुकिलामुकिलाहरु ‘गाम’ छिरेका ।

हिजोसम्म भेडाबाख्रा,गाई र भैंसी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरक्षित देश राम्रो

~आशीष द्विवेदी~

ललाइफकाइ पैसा दिएर
संसार खुशी लिएर
लग्छन् चेली विदेश
राखी टाढा स्वदेश

मेरो यो समाज कसको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यवस्था परिवर्तन

~पदम गौतम~

“प्रजातन्त्र”र परिवर्तन”-को काष्टिङ हेर्दा-हेर्दै,
मस्त निदाएछु
कता! भाषण सकिएछ
राशन सकिएछ
अाश्वासन सकिएछ
प्रशासन सकिएछ
नारा सकिएर पनि………. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युहरू

~विप्लव ढकाल~

पार्कमा बसेर
घाम तप्दै
रूँदै
बदाम खाँदै
मरिरहेको छ
तिम्रो कायर बाबु !
सोध उसलाई
ऊ किन जुलुसमा जाँदैन ?

जंगलमा
घाँस र दाउराको भारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–१

~गोविन्दप्रसाद आचार्य~

कोठाभित्र योजना बनाउँदै
यमराज तल्लीन भैरहेछ
मान्छेहरू भेट्न खोज्छन्
पहरेदार दूतहरू बाटो छेक्छन्
यमराजभन्दा ठूला दूत हुँदा रहेछन्
मुद्धा–मामिला आफै छिनोफानो गर्दा रहेछन्

दूतहरू मिजास अनि मिठास बिनाको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित लघुकथा : नाटक

~पवित्रा अग्रवाल~Pabitra Agrawal
अनु : मनोज न्यौपाने

‘बुहारी, भोलिका लागि चना भिजायौ ? पूजाको अरु तयारी पनि गर्नु छ … । कुन कुन कन्यालाई बोलाउने हो ? तिनलाई पनि खबर गर्नु छ ।’

सबै कुुरा बुझेर पनि नबुझेझैं गरेर बुहारीले सोधी, ‘भोलि केको पूजा हो र आमा ?’ Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

लघुकथा :वर्तमान

~कात्यायन~dhanwantari-mishra-katyayan

– ठूलीनानीले चटपटे खाईसकेपछि कागजमा लेखिएका केही कविताहरू पढ्छिन् |

स्पर्श :
आँगनको टर्कटीमा बसेर भ्यागुताको टर्र-टर्र सुन्दै थियो ऊ,
टलक्क टल्कने पोशाकको रंगिन सपना बुन्दै थियो ऊ,
श्रीमतिले, भोकले पिल्पिलाएकी नानी काखमा राखिदिइन्, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : बहकिँदो मन तँ

~बच्चु कैलाश~

बहकिँदो मन तँ बहकी न जा
मायाको देश कहाँ छ कहाँ
आश नदेखा ए चञ्चल हवा

लहलह यो फूलमा छ फुलेको के Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिमी ठूला राजधानी

~केडी रेम्नीसीङ~

म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी,
आज छु मोफसलमै भोली पुगुँला राजधानी ।

पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म,
मोफसलकै भरमा चल्ने लुला राजधानी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : एकलै, तर परेवाको साथमा…

~आन्तोनिना रिझ्कोभा~
अनु. कृष्णप्रकाश श्रेष्ठ

हुन सक्छ, यो सब एकलोपनाबाट शुरु भएको हो… तर यो शव्द नै अनौठो खालको छ । त्यसमा किञ्चित् निर्णयात्मकता पाइन्छ ः एकलै रातमा … त किञ्चित आशंका पनि ः एकलै, तर … जे भए तापनि यही एकलोपनाले मानिसहरुलाई अनौठोभन्दा अनौठो काम गर्न लगाउँछ …

म पनि नजानिंदो किसिमबाट उससित सखाभाव बढाउन पुगें । यसको लागि मैले घरबाट बाहिर निस्कने समेत कष्ट उठाउनु परेन, ऊ नै मकहाँ उडेर आउन थाल्यो । मैले उसप्रति ध्यान दिएँ, किनभने उत्तिकै खैलाबैला गर्ने परेवाहरुको बथानमा ऊ कैलो र कुरुप किशोरभैंm लाग्दथ्यो ः आँखामा फुलो परेको भए तापनि ज्यादै चनाखो । म भने सामान्यीकरणको हाबी भैसकेको थिएँ ः शान्तिवाहक परेवा निकै सुन्दर र निक्खर आकाशी रंगको हुनुपर्दथ्यो । त्यसैले त्यस अपांगको प्रतीक्षामा रहँदा रहँदै पनि Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : कमरेड अन्जना

~बिना थिङ तामाङ~Bina Theeng Tamang SUNGAVA

धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । सायद यस्तै नौ वर्ष जति भयो कि ? अन्तिमपटक मैले उनलाई डाँडागाउँको पोष्ट सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपता भएकी उनलाई अहिले डाँडागाउँ कै आर्मीपोष्टमै भेटेको थिएँ । झन् राम्री पो देखेँ उनलाई । साथमा लगभग सात वर्ष जतिको चञ्चले छोरा पनि थियो । त्यो देख्दा भने मन एकतमासको हुन पुग्यो । कताकता खल्लो महशुस पनि भयो । यतिका वर्षपछि भेट्दा पनि उस्तै रूप, रङ्ग र हिडाइँ देखेर म अचम्मै भएँ । गोरी, अग्ली, लामो कपाल, निलो आँखा सबै उस्तै थियो । फरक थियो त मात्रै उनको शरीर अलिक पैmलिएछ । अलि मोटी भए पनि झन् सुन्दर भइछिन् ।

‘रोहिनी कहिले आयौ ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मानबहादुर बाजे

~अनुप जोशी~

मानबहादुर बाजे
गाउँ छोडेर कहिल्यै कतै गएको छैन

गएको त छ
हजारौंपल्ट मर्स्याङ्दी तरेर
पारीको बजारसम्म
जहाँ ठूला -ठूला मोटरहरुबाट
(जसमा ऊ चुनावप्रचारमा जाँदाबाहेक कहिल्यै बसेको छैन)
चिल्लाचिल्ला खुट्टाहरु निस्कन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँदको गीत

~तारा पराजुली~

हावाका भित्ताहरुमा
चिसो बिज्ञापन टाँसेर
भर्खरै गएको छ एउटा बालक।

यसबेला ओसिएको छ जीवनको किताब
डायरीमा शीर्षक मात्र टिपेर
थन्क्याएको छ कविले कविता
घुम ओढेर बसेका असारका खेताला जस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मेरो फेसबुक परिधीमा देखिने साहित्य उपाषकहरुः एक सन्दर्भ

~पूर्ण बन्धन~

फेसबुकको सदुपयोग, दुरुपयोग के गनें? यो प्रयोगकर्ताको नियतमा भर पर्ने कुरा हो । देशविदेशमा छरिएर रहेका आफन्त तथा मित्रजनहरुका साथ सापिप्यता बढाई सामाजिक सञ्जालको सदुपयोग गरेका उदाहरणहरु पनि छन् । अतिरञ्जित राजनैतिक गुटबन्दी र यौनजन्य अपराध बढाउने खालका खुराकहरु सम्प्रेषण गरेर दुरुपयोग गरेका उदाहरण अझ धेरै छन् । प्रयोगकर्ताले कस्ता सामग्रीलाई अंगाल्ने र कुन समुहमा आवद्ध रहने? यस क्रियाको छिनोफानो पनि स्वयम्ले गर्ने हो । मेरो फेसबुक सञ्जालका आधारमा भन्नु पर्दा, नेपाली फेसबुक प्रयोगकर्ताहरु मध्ये यी सदुपयोग र दुरुपयोगको परिधीका अतिरिक्त मनोरञ्जन र साहित्यका खुराकहरु पस्कने प्रयोगकर्ताहरुले नेपाली समुदायको बेग्लै पहिचान बनाएको मेरो अनुभव रहेको छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : सोझी मैयाँको कमाल…….

~सन्तोष रोकाया~

“नछुनु है भाउजू मलाई,मैले मन्दिरमा पूजा गर्न जानुछ,फेरी बुवा रिसाइसेला नि” । यसरी नै टारिदिन्थिन उनी आफ्नो भाउजूलाई जो रजस्वला भएकी भनिएर घर परको खरले छाएको गोठमा राखेकी थिइन । सबैले उहाँको परिवारलाई शास्त्री परिवार भनेर चिन्ने गर्दथे । गाउँघरमा पुजाआजा गर्दा सबैले शास्त्रीबाजेलाई नै बोलाउने गर्दथे ।

इज्जत,प्रतिष्ठा अनिमान, सम्मानथियो, शास्त्री परिवारको त्यो गाउँलगायत त्यस क्षेत्रमै । शास्त्री घरायनकी भएर होला सरु उर्फ सोझी मैयाँ, हो सोझी मैयाँ नै भनेर उनलाई सबैले चिन्ने गर्दथे । पढाईमा दख्खल मेहनती भएकी सरु एस।एल।सी।मा पनि पहिलो श्रेणीमा पास भइन ।झनै सुनमा सुगन्ध भनेझै भयो । गाउँमा अनुशाशित,सोझी भनेर चिनिने सरुले यस्तो उत्कृष्ट नम्बर ल्याउँदा सबैको खुसीको सीमा नै थिएन । तर कसैले पनि थाहा नपाएको कुरा शरु गाउँको स्कुलमा पढ्दा १ जना स्वरुप भन्ने युवकसँग सम्बन्ध रहेछ । तिनीहरूले यस्तो पनि बाचाकसम गरिसकेका थिए कि जहाँ गएपनिसँ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनएक्सपेक्टेड वे अफ लव !

~केशव प्रसाद पाण्डे ~

“लु अव केशब  ‘केशुबाबा’ भयो है केटी हो ,कन्याहरुले लसपस नगर्नु!”

कक्षाभरि हाँसो चल्याो गललल..

“अोई ! केशुबाबा त भईस अब ‘केशुबुबा’ चैँ कैले बन्छस  त? “

“हुनत अहिलेसम्मकीलाई …….को भएत कतिवटा को पो हुँदो हो !” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : तापैतापको राप ताप

~माधवप्रसाद नेपाल~

व्यक्ति, परिवार र समाजले विगत र वर्तमानमा भोगेका मानसिक सास्ती, पीडा र दुःखहरूलाई समेटेर लेखिएको उपन्यास हो ताप । हिन्दूशास्त्रअनुसार मानिसले जीवनमा मुख्य तीन प्रकारका तापबाट मुक्तिको कामना गर्छन्, ती हुन्— आध्यात्मिक, आधिदैविक र आधिभौतिक । प्राचीन मनिषीहरूले तीनै तापबाट मुक्तिका लागि कठोर साधना गरेको पाइन्छ । भौतिक जीवनबाट निवृत्त हुनका लागि तापमुक्त हुनुपर्छ भन्ने उनीहरूको जीवनदर्शन थियो । प्रस्तुत उपन्यासमा तीनैवटा तापले छपक्कै ढाकेको समकालीन र विगतका केही पाटाहरूलाई खोतल्ने प्रयास गरिएको छ ।

जीवनमा दुःखको कारण छ भने त्यसबाट समाधानको उ Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : आत्माग्लानी

~बसन्त श्रेष्ठ ‘क्षितिज’~

धोएर सुकाए झै खुम्चिएर मुजा मुजा परेको निधारको रेखीसँग ऊ मेरो सामुन्ने उभिएको थियो ।

“हजुर दुई दिनदेखि भोकै छु” याचिकाको कटौरा फैलाई हाल्यो ।

‘म पनि भोकै छु’भनिदिउ झै लाग्यो । अभावले,सरापले खर्लप्पै निलेको शरीर देखेर केही बोलिन । दुनियाँको नजरमा ऊ माग्ने थियो । आफ्नो नजरको गणनामा म माग्ने थिए ।

“के खान्छौ ?” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : सुजन उडे आकाशमा

~कृष्ण शाह यात्री~

सुजन जिज्ञासु स्वभावको थियो ।

“चराजस्तै आकाशमा मान्छे उड्न सक्ने भए कति रमाइलो हुन्थ्यो होला ? हात्ती जस्तै पढ्न नपरे कत्ति मज्जा हुन्थ्यो ।” ऊ यस्तै–यस्तै कुराहरु सोच्ने गथ्र्यो ।

एक रात ऊ सुतिरहेको थियो । अचानक उसको शरीरमा पखेटा पलाउन थाल्यो । हेर्दा हेर्दै उसको शरीरको कपडा गायब भयो । अनि कपडाको ठाउँमा प्वाँखैप्वाँख पो उम्रियो । ऊ छक्क प¥यो ।

“यो के भइरहेछ मलाई ? यो त अचम्म भयो ।” उसले सोच्यो । ऊ बोल्न खोज्यो । तर आवाज निस्केन । बरु चराको जस्तो चिरबिर आवाज पो निस्कियो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment