पुस्तक समीक्षा : नारीप्रधान उपन्यास ‘रातकी रानी’

~मेनका पोखरेल आचार्य~

रूपमतीले आधुनिक नेपाली उपन्यासका क्षेत्रमा आफूलाई परिचित गराएपछि विविध धारा र मोडमा विकसित हुँदै आएको नेपाली औपन्यासिक क्षेत्रमा भर्खरै मात्र उदाएकी छिन्, बाबा बस्नेत स्त्रीलिङ्गी शब्दको शीर्षक रहेको ‘रातकी रानी’ उपन्यासमार्फत् । प्रस्तुत उपन्यासले नारी समस्याको चित्रण अत्यन्त जीवन्त ढङ्गबाट गरेको पाइन्छ ।

हाम्रो समाजका नारी हरतरहबाट पुरुषद्वारा शोसित र पीडित छन्, चाहे ती विपन्न र अशिक्षित वर्गका हुन् या सम्भ्रान्त र शिक्षित वर्गकै किन नहुन् जाहीँतहीँ उनीहरू प्रताडित छन् । शारीरिकरूपमा होस् या मानसिकरूपमा उनीहरू थिलथिलो बनाइएका छन्, जुन कुरा यस उपन्यासकी मूल नायिका किनाराका साथै उसकी घरकी नोकर्नी चमेलीले आफ्नो पतिद्वारा पाएको यातनाले प्रष्ट्याएको छ । जसमध्ये आफ्नो प्रेमी Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : अविजित प्रदेशका अविजेय योद्दाहरु

~गणेश खड्का~

अग्घोर मानवेतर मान्छे जस्ता आकृतिहरु
युद्दोन्मादमा आकाशको फैलावट र
धर्तिको विशालता सिमातिक्रमण गरेर
मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’ को
खण्डित भागबण्डा लगाउँछन्
र ईप्सित एकलकाटे इमारत प्राप्तार्थ
ओठ निचोर्दा दुध आउने भुराभुरिलाई रक्षा कवच बनाएर
निहित स्वार्थको अडबाङ्गे युयुत्सा कुर्लिरहन्छन्
खोइ, मान्छेको जात नै कहाँ होला र मान्छे बाहेक ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खुट्टा-मन संवाद

~हरिवंश आचार्य~

मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ

खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ

मन- त्यहाँ गएर केटी हेरौं न

खुट्टा- बरु घरमै गएर आराम गरौं न

मन- त्यहाँ गएर ‘इस्क’ लडाउन

खुट्टा- मनतातो पानीमा खुट्टा ढड्याउन Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हिमाल र नौलाख पुत्रको सभ्यता

~भूपाल राई~

एउटै शिखर
एउटै हिमाल
र, एउटै चुचुरो
कसैले सगरमाथा चढे
कसैले माउन्ट एभरेष्ट
कसैले थर्ड पोल चढे
कसैले पिक फिप्टिन
चढ्नेहरुले
एउटै हिमालको यतिविध्न नाम चढे Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विषाक्त वर्तमान

~विवेक दुलाल क्षेत्री ‘दमक’~

अहो पराक्रम तिम्रै छ
निर्दोश पशु बध गरेर महाभारत ब्युझाउछौ
राता सेता तुल टागेर सधै झिलिमिली
भएको छनक दिन्छौ

बाटै भरी सडक मर्मत नगरेर केही नथापाएको
ढ्वाङ्ग पिट्छौ
र आफ्नो आत्म रतिको साम्राज्य बिस्तार गर्न
अबिर लगाएर एफ बि का भिताहरूमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : दिपीका “अन्तरद्वन्द”

~नारायण पोखरेल~

कहानिहरु धेरै पढेँ , र धेरै सुनेँ पनि । कोहि साँचो हुन्छन् कोहि काल्पनिक । केहि कहानि बन्छन् र केहि शब्दहरुले बुनेर बनाउनुपर्छ । कहानि राजा र रानिको हुने हो भने धेरै ले मन पराउछन् । बचपनमा सुनेको कथा ” एक राजा थिए , एक रानि थिईन् , दुबै जना मिले र कहानि खत्म ..”

यो कहानि बनेको होईन बुनेको हो । शब्दहरुको तुनाबुना लाई जोडेर । र यस कहानिमा राजा रानि पनी छन् । यो कहानिमा राजा रानि त मिले तर अन्तमा मिल्दैनन् पनि । किनकी हाम्रो राजा हुन्छ कोहि दोश्रो रानीकी र रानि हुन्छीन् कोहि दोश्रो राजाको ।

-“फेरी के भयो ? कहानि खत्म ? “साथि सोध्दै थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कति खेर

~मणिराज सिंह~Maniraj Singh

तिम्रो आँखाको डिलमा
टलपलाएका ती आँसुले
बगाएर
कति खेर मेरा रहरहरू
वाफझैँ उडेर अनन्त समयसँगै विलाए
मलाई
पत्तै भएन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : धरान पोखरा

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

माछापुछ्रे हासिदिदा सप्तकोशी नाचिदिउकी
धरानसित पोखराको चोखो प्रित गासिदिउकी

भेडेटारको चिसो कुहिरो गुप्तेश्वरलाई ओढाईदिउला
सर्दु सेउती सुक्दाखेरी सेतीको जल पैचोलिउला Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : भोको राक्षस

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

‘अब म तिमीहरुलाई खान्छु’, लामो कपाल, दाह्री र दाह्रा भएको अग्लो मोटो राक्षस छेवैमा आएर गर्जियो। चउरको कुनामा बसेर खाजा खाइरहेका रमेश, नरेश, स्तुति र स्मृति डराए, अतालिए र रुन थाले।

बस्तीभन्दा केही परको सरस्वती प्राथमिक विद्यालय जंगलको छेउमा थियो। खानेकुरा नभेटाएपछि त्यो बडेमानको राक्षस स्कुल पुगेको थियो। उसले यसैगरी दुई वर्षअघि पनि सोही स्कुल पुगेर दुईजना ससाना छात्रालाई खाएको थियो। डरलाग्दो राक्षस अचानक आफूसामू देखेपछि कक्षा दुईमा पढ्ने चारैजना  छात्रछात्रा रोइकराई गर्न थाले। तर उनीहरुको रुवाई कसले सुन्ने? Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

नियात्रा : नेपालको स्वीजरल्यान्ड

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ – तेज राई, आनन्द डङगोल, चन्द्र वाङँदेल, र म लामाखले ।

त्यो कून ठाउँहोला जहाँबाट नियाल्दा ज्युरीच को सम्झना होस ? “जिरी”लाई नेपालको स्वीजरल्याण्ड भन्ने गरिदोरहे Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : पैयुँको फूल

~सञ्जीवनी शर्मा~

सदा झैं यसपालीको हिउँदमा पनि पैंयुँ फुल्यो । आरुको फूल खेलुञ्जेल माइत बस्न आउने मैतालु चेली फर्कलान् र बाल्यकालका सम्झना मुर्झाउँला भनेको कोही देखा परेनन् । आहा, त्यो बेलाको बाल्यकाल ! हामी त्यहीं तलको बेंसीमा रहेको खहरेमा लुकिछिपी जान्थ्यौं र छेप्पा खेल्थ्यौं । अलि अलि पौडी खेल्न पनि जान्न लागेका थियौं । गट्टा त हाम्रो नियमित खेल जस्तै थियो । अनि हुतुतु सबैको प्रिय खेल । त्यहीं परको पाखामा गाई बाख्रा चराउँदा बिहे गरेको खेल खेल्थ्यौं । ढुङ्गोलाई छोराछोरी मान्थ्यौं । केटीहरूले छातीमा लगेर दूध चुसाएजस्तो गर्थे । खेल खेल्नेहरूमा केटाहरू थोरै हुँदा मैले धेरैपटक दुलाहा हुने अवसर पाउँथें र कहिले काहीं त यस्तो हुन्थ्यो मसँग बिहे गर्न तीन चारवटी केटी तँछाडमछाड गरेर आउँथे र एक पटकमा एउटी बाहेक बिहे गर्न Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाइ

~लेखनाथ काफ्ले ‘राजन’~

जेठको मध्य दिनको टन्टलापुर घामको प्रभाव सिम्ले बेसीमा पनि परेको थियो । सिम्ले बेसीका कणकणमा तप्तताको अनुभूती पाइन्थ्यो । ओखरबोटे गाँउको खेतीयोग्य जमिनको रुपमा सिम्ले बेसीलाई लिइन्थ्यो । बेसीमा काम गर्ने सम्पूर्ण व्यक्तिहरु विश्राम गर्न आ–आफ्ना घरतिर गइसकेका थिए ।

त्यसै गाँउका गंगाराम सिग्देल भने बारीमा एकोहोरो कोदाली चलाइरहेका थिए । पसिनै पसिनाले उनको कमिज लिपिक्कै भिजेको थियो । कहिँलेकहिँले कमिजको फेरोले अनुहारमा रहेको पसिना पुस्दथे अनि लामो सुस्केरा हाल्दै आलीमा टुसुक्क बस्दथे । गाँउभरि नै उनी ‘माइला बा’ भनेर परिचित थिए तर पाकाहरु भने उनलाई ‘माइला’ मात्र भन्दथे ।

“ए माइला बा , माइला बा” कतैबाट आवाज गुन्जियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविताको सन्दर्भमा

~सुको साइबर~

मेरो आँखाको कुकुर
रातभरि भुकिरहन्छ

कविताको नोकर हुँ ।

अन्धो सहरको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : घाइते रातको एउटा कथा

~रजित ओझा~Rajit Ojha

“तिमीलाई अझै खोज्दै नै होलान् भागेर आएका होलाउ , आज को रात यतै बस !!!!” उसले म माथि दया देखाई ।खोई के भनि चिनुम म उसलाई । अँध्यारोमा राम्ररी देखिसकेको थिईन ।तर ठिकठाकनै लाग्थि ।

मलाई उसमा भन्दा आफुलाई बचाउनमै ज्यादा ध्यान थियो । गाउँ देखि धेरै तल भएको त्यो घरको बारेमा त्यो बाटो हिँड्दा चियापसलमा धेरै सुनेको थिएँ उ बेचिन्छे अरे भनेर !!!

“होइन म पुगिहाल्छु आजै आफ्नो गन्तव्य सम्म !!”मैले उसको आग्रह टार्न खोजेँ । अथवा भनौ मलाई उसको संसर्ग सँग डर थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : खासखुस

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म पनि छु । सामूहिक होस् वा एकल, दलगत होस् वा व्यक्तिगत, ऊध्र्वगत होस् वा भूमिगत, लैङ्गिक होस् वा भाषिक, वर्गीय होस् वा जातीय सबै क्षेत्र खासखुसका उर्बर भूमि हुन् । त्यसैले यी लगायत राजनीतिक होस् वा अराजनीतिक, राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय, शैक्षिक होस् वा धार्मिक, समर्थन होस् वा विरोध कहीँ कतै पनि भएगरेको खासखुसको गन्ध बाहिर आउनेबित्तिकै मेरा अन्तरात्मामा खसखस सुरु भइहाल्छ । तपाईंका दिलको भविष्यवाणी म गर्दिन । समाजमा जति बढी खासखुस चल्न थाल्छ, खसखस त्यति नै मौलाउन थाल्छ । अनि, जति बढी खसखस व्यक्तिन थाल्छ, खासखुस त्यति नै झाँगिन थाल्छ । यसरी हेर्दा खासखुस र खसखसको अन्योन्याश्रित सम्बन्ध छ र आन्द्राभुँडी पनि एउटै हो कि जस्तो भान हुन्छ । त्यसैले यसको डिएनए खुट्ट्याउने र आन्द्राभुँडी छुट्ट्याउने जिम्मा लेखन्तेले लिनुभन्दा चिकित्सकलाई दिनु बेस होला भत्रे मेरो ठम्याइ छ । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : फेरि अर्को खोक्रो शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

पोहोर सालको शुभकामना
जस्ताको तस्तै चाँग लागेर वसेको छ
पुरा गर्नपर्ने कामहरु त्यसै उब्रिएर अधुरै छ
फेरि पनि पोहोर साल जस्तै
आज पनि
नयाँ वर्षको शुभकामना भिरेर आइपुग्यौ ।
उज्यालो वाटोहरु खन्ने योजनाहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : टोकियो सहर

~दिलिप योन्जन~Dilip Yonjan

टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !

बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा
दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

तामाङ गजल : बिसी छिबा सेम तजी !

~खोजराज गोले तामाङ~

हल्ला माया ल्हाना बिसी छिबा सेम तजी !
एलन् फिरी उपन्यास गी ब्रिबा सेम तजी !!

युङ्बा ह्रङ्बा एला थे सेम ङ्ह्युकै म्हर ङ्ह्युते !
ङोSसी-ङोSसी मायाला मे दिबा सेम तजी !! Continue reading

Posted in तामाङ गजल | Tagged | Leave a comment

कविता : हषिर्त

~कुमार आङदेम्बे अबि~

तिमी मुस्कुराएको बेला,
म भित्र हर्षित कम्पन हुन्छ,
मेरो सोचको समर्थन हुन्छ ,
म संघर्षरत छु,
म आफुलाई
तिम्रो फुलबारीमा फुलाउन चाहन्छु ।

तिमी मुस्कुराएको बेला, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाजी

~मन्दिरा मधुश्री~

अप्रत्यासित रुपमा उसले सोध्यो, “यदि एउटा केटामान्छे र केटीमान्छे एउटै कोठामा रात बिताए भने के हुन्छ ?”

“केही पनि हुँदैन ।” मैले सजिलै उत्तर दिएँ ।

“किन हुँदैन…। सबैथोक हुन्छ । एक रात हैन मात्र दुई घण्टा सँगै बसेपनि रहनु पर्ने बाँकी केही पनि रहँदैन ।” दृढ बन्छ ऊ ।

“के को रहन्न ..? त्यो आइमाइमान्छे र लोग्नेमान्छे बृद्ध–बृद्ध र बालक–बालक पनि त हुन सक्छन्” मैले उडाइदिएँ हाँसेर ।

“मेरो मतलब जवान हो क्या… ।” ऊ स्पष्ट पार्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुल

~जयराज भट्टराई~Jayraj Bhattarai

हात समातेर रुँदै भन्यौ– नतर्नू पुल
पुलपारिको सपनाको संसारमा
स्वतन्त्र उफ्रिने आशामा
तिमीले समाएको हात झड्कारेर
मैले तरेँ पुल
अझ,
तिमीले पछ्याउने डरमा
भत्काइदिएँ पुल । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथुराम गोड्सेको अनुहार

~घिमिरे युवराज ‘कर्जुना’~

हिजो राज्यलक्ष्मी
जङ्गबहादुर
महेन्द्र
वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा
त्यो भन्दा नालायक छ आजको सत्ता ।
चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन
यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ ।
यो मुलुकको सत्ता र प्रतिपक्षको भ्रष्टाचारी अनुहार त ठ्याक्कै उस्तै छ
फोटोकपी
नत्र किन मिल्थ्यो मत यिनीहरुको गोबिन्द केसीलाई मार्ने योजनामा ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाभित्र तिमि

~योगेन पौडेल~

हिजो सपनामा तिमि आयौ
र, फेरी एकपटक त्यसरी नै मुस्कायौ,
म उडेँ आकाशमा त्यसरी नै
चँगा उडे जसरी।
ठुल्ठुला आँखाले निश्चलता त्यसरी नै पोख्यौ,
अनी, म फैलिएँ समुन्द्रमा त्यसरी नै
छाल फैले जसरी,
हो, हिजो सपनामा तिमी मुस्कायौ। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो एउटा घर

~विश्वराज अधिकारी~

शान्ति नै शान्ति छाएको एउटा सानो घर थियो
त्यसमा बस्ने जति सबैको नेपाली मात्र एउटा थर थियो
अलिकति भोक थियो अलिकति प्यास थियो
आफ्नै पाखुरीले अन्न पानी जुटाउने तर अटुट एउटा विश्वाश थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोष कैदी

~प्रद्युम्न चौधरी~

संसारमा मैले के गरें
यसले मलाई दोषी बनायो
हित कर्म गर्न अग्रसर हुादा
सबैले मलाई दोष लगायो

कर्म गर्ने अधिकार हरायो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : छोरा श्रवण कुमार

~समीर पाख्रिन~

वरिष्ठ साहित्यकार सञ्चमान राई विगत केही वर्षदेखि छोरा–बुहारीसँग काठमाडांैमा बस्दै आएका थिए । श्रीमती बितेपछि एक्लो बनेका सञ्चमानको सहारा नै छोरा–बुहारी भएकाले उनले गाउँको घरखेत बेचेर चाबहिलमा एउटा चार कोठाको घर बनाएका थिए ।

नेपाली साहित्यका मूर्धन्य श्रष्टा सञ्चमान राईको चार दशक लामो साहित्यिक जीवनमा थुप्रै कथा सङ्ग्रह, कविता सङ्ग्रह, निबन्ध, गजल आदि कृति प्रकाशित भइसकेका थिए । उहाँ सादा जीवन उच्च विचारका पक्षपाती थिए । परिवारमा उहाँ अनुशासन, संस्कार र नैतिक जिम्मेवारी हुनुपर्छ भन्ने मान्यता राख्दथे तर उहाँकी बुहारी प्रिया भने बिल्कुल आधुनिक विचारधाराकी थिइन् । यसैले बूढा सञ्चमानको बेलाबेलामा बुहारीसित मनमुटाव र वादविवाद हुन स्वाभाविक थियो । तर उहाँले यसलाई गम्भीर विषय कहिल्यै मानेका थिएनन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : बालश्रम

~पूजा सिंह~

बालकहरू होटल र फ्याट्रीमा काम गर्दै
उनीहरूको समय बिस्तारै बिस्तारै छ बित्दै
तिनीहरू के गर्छन् अगाडि बढेर
बस्छन् त्यही दु:ख, कष्ट र मर्म सहेर ।

जन्म दिएर देऊ तिनीहरूलाई आकार Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

संस्कृति परिचय : नेपाली राजदरबारमा भोजपुरी भाषा

~उमाशङकर द्विवेदी~

बाइसे चौबीसे राज्यहरूलाई जितेर पृथ्वीनारायण शाहले वर्तमान नेपाल राज्यको स्थापना गर्दासम्म नेपालमा नेपाली जस्तो कुनै खास भाषाको जन्म भइसकेको थिएन भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पुराना कवि र कविता’ पुस्तकमा सकारेका छन् । त्यसै पुस्तकमा उनी अगाडि भन्छन्–कविता लेख्दा प्राय: संस्कृत भाषा नै व्यवहार हुन्थ्यो। यी कविताहरूबाट सर्वसाधारणलाई विशेष लाभ हुँदैन्थ्यो। कुनै ठूला मानिसको दिल बहलाउनाका लागि उनले बुझ्ने गरी लेखी दिनुपर्‍यो भने अवधि वा भोजपुरी बोलीमा लेखिदिन्थे। नमूनाका निम्ति उन्नाइसौं शताब्दीका नेपालका बडा पण्डित वाणीविलास पाण्डेलाई अघि सार्न सकिन्छ। तिनले काजी धौकल सिंहका बयानमा निजका महलको अगाडि जो शिलापत्र लेखिदिएका थिए, त्यसमा संस्कृत भाषा र भोजपुरी, अवधि मिसिएको खिचडी भाषा Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : किन ?

~इन्दिरा थापा~

यदि भावनाभित्र देवता भेटिन्छ भने
सधै मन्दिरमा धाउँछौ किन

खहरेको पानीले तिर्खा मेटिन्छ भने
सधैँ सागरमा जान्छौ किन

दीयोको उज्यालोले अँध्यारो छिचोलिन्छ भने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली हुँ

~भिमसेन थापा मगर~

म जात हैन
म धर्म हैन
म लिङ्ग हैन
म खास हुँ
म हिमाल हुँ
म पहाड हुँ
म मधेश हुँ
म देश हुँ ।

म ब्राहमण हैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : टाटा सुमो हाईवे

~प्रदीप नेपाल~

बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न पाए ढिलोमा पनि साढे ११ बजे त हेटौँडा पुग्ने टुंगै थियो। कार्यक्रम २८ मंसिर ०६७ को थियो।

तर, पाँच दिनदेखि सिमरा विमानस्थल १२ बजेअघि खुलेको छैन भन्ने जानकारी २८ गते बिहान मात्रै पाएँ मैले विमानस्थलबाट। एकपल्ट हेटौँडामा सम्पर्क गरेँ। आयोजकहरूले पनि ढुक्कको जवाफ दिन सकेनन्। सिमरा पनि सम्पर्क गर्न लगाएँ मैले। १२-१ नबजी आज पनि हवाईजहाज उत्रिन सक्दैन भन्ने जानकारी पाएपछि Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : प्रताडित युगको निर्दोष भानुभक्तहरू

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

हाँस्न बिर्सेका मनहरू
मुस्कानमा पीडा संवेग्छन्
आँसुमा आँखा रित्तिरहेका छन् भानुभक्तहरू !
।।१।।

हो माटो बुझेँ
बाटो चिनेँ,
आइन्दा यी ज्यानदावा काँडाहरूलाई
पैतलामा प्ेरम खेर फाल्दिनँ भन्छन् भानुभक्तहरू
र, हिउँलाई हिमालझैँ अग्ल्याएर
फूलमा जिन्दगी रमाइलो देखिरहन्छन्
हरदम हृदयमा वाणीवागेश्वरी मुस्कुराएर,
घामका झुल्का मुस्कुराइरहन्छन् परदेशमा भानुभक्तहरू ! Continue reading

Posted in कविता | Tagged | Leave a comment