पुस्तक समीक्षा : ‘एक दृश्य मेरो झुपडीको’ : नेपाली गाउँबस्तीको यथार्थ चित्रण

~भेषराज रिजाल~

कवितालाई भूमिगत राखेर शुरुमा जागिरे बाध्यतालाई आत्मसात गर्दै जन्मघर छाडेका वरिष्ठकवि सूर्यनाथ सापकोटा जीवनभर राष्ट्र सेवा र साहित्य सेवामा क्रियाशील हुनुहुन्छ । सम्बत् २००५ सालमा रातमाटा, बागलुङमा जन्मेका कविले आफ्नो पसिना पोखेर सिर्जनाको थलो बनाउन खोजे पनि दाङलाई बागलुङ बनाउन नसकेको पीरले विरक्तिनुभएको छ । कविताबाट उदाई कथा, निम्बन्ध, उपन्यास, गीत, यात्रा संस्मरण, आत्मवृतान्त, हास्य व्यङ्ग्य आदि नेपाली साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाउँदै आउनुभएका सापकोटाका पक्रैया (खण्डकाव्य), बिन्तिपत्र (व्यङ्ग्य), घायल मुटु (कथा सङ्ग्रह), रातमाटा कालापानी (गीति खण्डकाव्य), आगोभित्रको मान्छे (उपन्यास), झर्दै फुल्दै फुल्दै झर्दै (सूत्रकथा), श्रीलङ्का

यात्राका अनुभूतिहरू (यात्रा संस्मरण), सोमनाथलाई चिठ्ठी (पत्र गीतिकाव्य), जागिरभित्र (आत्मवृतान्त), मेरी आमा दिलभरि (गीत सङ्ग्रह), एक दृश्य मेरो झुपडीको (कविता सङ्ग्रह), महाकवि बन्नोस् (व्यङ्ग्य सङ्ग्रह) आदि कृतिहरू प्रकाशित भइसकेका छन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : एकान्तको खलबलीले

~यादव खरेल~yadav-kharel

एकान्तको खलबलीले मन भो भरंग
सम्झनाको भूमरीमा उठ्यो तरंग
कसलाई भनूँ मनको कुरा के भो भनेर
आफ्नै मान्छे बिझ्यो मलाई काँडा बनेर

के भो भनी सोध्छन् मलाई साथी संगिनी
माया गर्ने आफन्त छन् भाइ बहिनी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्दबद्ध गजल :  उस्तै छु काले

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : भुजङ्गप्रयात

तिमी बिघ्न काली म उस्तै छु काले
सबै “ट्याक्क जोडी मिल्यो” भन्न थाले ।।

“बतासे कुरामा नअल्झौँ” म भन्छु
तिमी भुर्र उड्छ्यौ कसैले उचाले ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कुमारीको जीवनयात्रा

~इन्द्रेणी शर्मा “जलद”~

जीवनका आफ्नै रंग हुन्छ सामाजिक जीवनमा भेटिएका कैयौ कुराले मानिसलाई अत्यन्त प्रभाव पार्दो रहेछ | हो म आज त्यहि कुरालाई बताउदैछु |

गत साल नेपाल गएको बखत मेरो पुरानो साथी कमलपतिलाइ भेटे | हाम्रोरमाइलो बाल्यकाल संगसंगै बितेको थियो | हामी दौतरी साथी थियौ, बाल्य जीवनका हरेक मोडमा उनीसंग धेरै हेलमेल थियो | हेर्दा जस्तो सुकै सोझा देखिए पनि प्रेमको बिषयमा अत्यन्त चलाख थिए ,उनका किशोर जीवनमा थुप्रै,युवतीको नाम आइ रहन्थें कमला उर्मिला सरिता बिमला निर्मला शिला सबैले कमल्पतिलाई हुरुक्कै गर्थे मिठो मोहनी बोलीमा नयाँ पुराना जो कोही किशोरी ,युवतीहरु पनि मुसुक्क मसक्क हुन्थे | सबै भन्दा यो रोचक काहनी सुन्दा अचम्म लाग्छ | Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समय र यात्री, प्रेम र गन्तव्य

~सुशान्त घिमिरे~

घडीमा घुमिरहेको सुईहरु ट्क्क रोक्किएर
समय सोध्यो भने,
-के मैले समय बताईदिनु?

एकोहोरो बगिरहेको बतासले पछाडी फर्किएर
प्रेमिल नजरले हेर्यो भने,
-के म त्यसको यात्री बनिदिनु?

निरन्तर अगाडि बढिरहेको बाटो अलमलिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुवाएर गयो दशैं

~कोमल भट्ट~

परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं
घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं

अर्चना र पूजा आजा टिका टाला भन्दै
सजाएका सपना हरु तुहाएर गयो दशैं Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : महाकाव्य को सपना

~कृष्णशरण उपाध्याय~

छन्द : भुजङ्गप्रयात

चहारेर डाला मुना फूल पात !
म लेख्दै छु संसार का व्यर्थ बात !!
कुरा सत्य देख्थें म द्रष्टा भएमा !
महाकाव्य लेख्थें म स्रष्टा भएमा !!
 
महाकाव्य लेखूँ त लेखूँ म यस्तो !
कि होस् व्यास वाल्मीकि को काव्य जस्तो !!
पुरानो नहोस् गेय उस्तै बनोस् त्यो !
समाधिस्थ को ध्येय जस्तै बनोस् त्यो !! Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मन

~तोया गुरुङ~

दुख्छ मानिसको नदुख्ने छाती
यति कोलाहल
यो बीभत्स
त्यहां घाम
र, यहां म

उनको पोटिलो शरीर
तर उनको पातलो शरीर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राम्रो ‘म’

~अवतार ढकाल~

आउनुहोस महासय
मसँग आउनुहोस,
एउटा आदिम समयको
अविश्वासिलो कथा
सुन्नुहोस र अरुलाई सुनाउनुहोस ।

ऐनाको आविस्कार नभएको बेलाको कुरा
आफ्नै छायाँ चिन्न नथालेको बेलाको कुरा
‘म’ राम्रो थियो –
‘म’ मात्र राम्रो थियो त्यो बेला
र ‘तँ’हरु
‘तँ’हरु सबै नराम्रा थिए
किनकी – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जिन्दगी यो यस्तै छ

~दिनेश अधिकारी~

जिन्दगी यो यस्तै छ
किस्ताबन्दी साहुको रिन तिरेजस्तै छ

उसको चित्त दुख्ला भन्यो
आफ्नो इच्छा मार्दै गयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बैगुनीलाई…

~ज्ञानेन्द्र गदाल~

भन्छन् हजुर बैगुनीलाई, गुनैले मार्नु
विपत्तिमा पनि कैले, हिम्मत नहार्नु
यति गर्न सकेदेखि, स्वच्छ हुन्छ मन
जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन ।

विश्वास जित्न सकिंदैन, कुरा काट्नेको
झुटो कुरा गरी–गरी, माया साट्नेको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मिर्मिरेमा लाली छरी…

~विपिन किरण~

मिर्मिरेमा लाली छरी किरण खुलेसरि
मनको सगरमा तिमी हुन्छौ सधैंभरि
तिम्रो मेरो यो नाता नटुटोस्
मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्छन मान्छे अरे

~जय प्रकाश ‘विवश’~

म जस्तो तिमि होइनौ भन्छन मान्छे अरे
रित्तिएको मन पनि अझै खाली भयो अरे

कता कता तिमि पनि बजार जस्तै फेरिन्छेउ
खै कुन्नि के भाको हो रुप खाली चल्छ अरे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : रात सम्झें

~सूर्य चापागाईं~

तारा खसेको रात सम्झें
माया बसेको बात सम्झें ।

धेरै भएछ नछामेको
सुकोमल तिम्रा हात सम्झें । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : नोटको नक्कल

~राजेन्द्र तारकिणी~

धेरै थरी मान्छे चिन्न सकेँ ।

कुरा के भने, भरखरै मैले एउटा कलाको रचना गरेथेँ । पाँच सय रुपैयाँको नोट हुबहु नक्कल गर्न तम्सिएँ । दुरुस्तै आएन । अलि फरक परिगो ।

त्यो नोट सक्कली थियो । यन्त्रद्वारा छापिएको । हातले उस्तै त कहाँ बनाउन सकिन्थ्यो र ? त्यसमा लेखिएका अक्षर पनि सक्कली नै थिए । यन्त्रबाटै छापिएका । यद्यपि, त्यसमा पोतिएको रङ्ग सक्कली हुन सक्तैनथ्यो । त्यसलाई म प्रकृतिको नक्कल भन्छु । हामी प्रकृतिको नक्कल त गर्छौँ तर प्रकृतिलाई जित्न कदापि सक्तैनौँ । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक अंश : कमरेडलाई कुन रुखमुनि भेट्ने ?

~रामकुमार एलन~

प्रहरीले स्याउलीबजारबाट छेगु मुक्तानलाई फेरि समात्यो । उनलाई ठकुरीको घरमा माओवादी हुलेको मुद्दा छ । प्रशासनले ९० दिनको नजरबन्दमा वीरगन्ज पठायो । विद्रोह र निराशामा बाँचेको पिचुर गाउँ छाडेर हिँडेको थियो । एकातिर अपमान र अभाव । अर्कातिर म्हेन्दो हराएको पीडा । त्यसमाथि बाबु नजरबन्दमा । उसले रिस थाम्न सकेन । बदलाको भाव जन्मियो १६ वर्षे ठिटोमा । साँच्चै उसले माओवादीमा जाने विचार ग¥यो । कतै माओवादीमा भेटिन्छे कि म्हेन्दो पनि । उसलाई आशा पनि जाग्यो । बाबु जेल परेपछि तातेको रगतले पिचुर माओवादी भएर बन्दुक बोक्ने तयारीमा पुग्यो । आमा र बहिनी छाडेर ऊ हिँड्यो पार्टीमा ।

पिचुर मात्र होइन, गाउँका धेरै ठिटा हराए । पक्कै माओवादीमै गए होलान् । गाउँमा बूढाबूढी मात्र हुन थाले Continue reading →

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

पुस्तक समीक्षा : साँचेको सम्झना– एक नजरमा

~उमाशङ्कर द्विवेदी~

नेपाली साहित्यका प्रखरचेता स्रष्टा निर्मोही व्यासद्वारा लिखित “साँचेको सम्झना” नामक संस्मरणसङ्ग्रह साझा प्रकाशनले हालसालै प्रकाशित गरेको छ । बहुमुखी प्रतिभाका धनी निर्मोही व्यासका यसअघि बेहुली अन्माएको घर (कवितासङ्ग्रह), सरिता (काव्य), एलबमका पानाहरू (उपन्यास), नौ पाइला (यात्रासंस्मरण), स्वयम्भूका आँखाहरू (कथासङ्ग्रह), ठोरीको एलबम (यात्रासंस्मरण), झलझली आँखामा (यात्रासंस्मरणसङ्ग्रह), सम्भवामि युगे युगे (संस्मरणसङ्ग्रह), सेरोफेरो सबै मेरो (यात्रासंस्मरणसङ्ग्रह) जस्ता साहित्यिक कृतिहरू विभिन्न प्रकाशनबाट पूर्वप्रकाशित छन्। सद्य: प्रकाशित “साँचेको सम्झना” मा गरिमा, मधुपर्क, समकालीन साहित्य, नवप्रज्ञापन, शब्दयात्रा, प्रतीक, द बड, दायित्व, मिर्मिरे जस्ता नेपाली साहित्यिक पत्र पत्रिकाहरूमा समयसमयमा प्रकाशित पन्ध्रवटा संस्मरणहरू सँगालिएका छन्। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मुस्कान खोलिन् उनले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

त्यति लामो यात्राभरि न एक शब्द बोलिन् उनले,
अधरभरि संगालेको न त्यो मुस्कान खोलिन् उनले ।

यौवनको बगैंचामा बैंश फुले’थ्यो ढकमक्क,
फूलैफूलको बास्नाभित्र कसलाई राख्या होलिन् उनले । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : गाउँ, बाउ र छोराहरु

~कमल कुमार~kamal-kumar

रातो सूर्यास्तका बेला
गाउँ एक्लो छ
बाउ एक्लो छ
दिनभरि कामबाट फर्केर
ढोका उघार्न आइपुग्दैन कुनै छोरो ।

नजिकै छिमेकमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिमीले

~निर्मोही व्यास~Nirmohi Vyas

कतै उर्लिँदो वेदनाको नदीमा
डुबी छट्पटाईरहेको थिएँ म
बनी स्नेहले जिन्दगीको किनारा
दियौ हात मीठो मलाई तिमीले
०
तिमीसङ्ग ‘यायावरी’ स्वप्न मेरो—
‘लगाऔंँ दुवै सृष्टिको लाख फेरो’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पहिचानको यात्रा

~कृष्ण वस्ती~Krishna Wasti_1

प्रत्येक कार्यक्रमको शुरुमा ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ अनि एकै जात-जाति धर्म भएपनि धनीले गरीबको शोषण गर्छ भन्ने भावको गीतले छोयो ।त्यसैले बाहुनको जात जनाउने टुप्पी-जनै फालेर म अभियानको हिस्सा बन्नपुगें।पहिरोमा बारी तानिएजस्तै तानिएकामध्ये गाउँकै भाइ, सुदीप मगर र बहिनी,निरु तामाङ पनि थिए ।स्वरका धनी दुबैजना त्यस अभियानको साँस्कृतिक यात्राका ढुक्ढुकीझैं थिए ।

देश द्वन्द्वमा फसेको बेला अर्को विचारमात्र अघि आएन बरु युद्धस्वार्थका लागि चाँडो मात्रात्मक विकास गर्न जातिवादको हावा चलाइदियो ।जात-जाति र धर्मको अफिमले जतिसुकै बलियो विचारलाई पनि हल्लाउँछ ।यसको अपवाद सुदीप र निरु पनि भएनन् ।त्यसैले सोही कित्तामा बसाइँ सरे । युद्धले धेरैको सर्वनाश गरेपनि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

भलाकुसारी : लेख्नभन्दा छपाउन गाह्रो

वि.सं २००७ माघ १६ गते काठमाडांैको डिल्लीबजारमा पिता तथा साहित्यकार भीमनिधि तिवारी र माता भुवनेश्वरी तिवारीको सुपुत्रीको रूपमा जन्मनुभएकी सर्जक मञ्जु काँचुलीनेपाली साहित्यमा चिरपरिचित हुनुहुन्छ । साहित्य सिर्जना र लामो समय प्राध्यापन गर्नुभएकी काँचुलीका ‘किरणका छालहरू’, ‘मेरो जीवन मेरो जगत’ र अङ्ग्रेजीमा ‘टु सिस्टर्स’लगायतका कवितासङ्ग्रह प्रकाशित छन् । ‘केही माया, केही परिधि’, ‘मञ्जु काँचुलीका कथा’, ‘विश्वाभित्रको सुहागरात’लगायतका कथासङ्ग्रह, ‘आकाश विभाजित छ’ र ‘होम’ शीर्षकको अङ्ग्रेजी उपन्यास प्रकाशित छन् । देवकोटा काव्य पुरस्कार, पारिजात मितेरी साहित्य सम्मान, अन्तर्राष्ट्रिय लेखक सम्मान, अमेरिकालगायत दुई दर्जनभन्दा पुरस्कार तथा सम्मान प्राप्त

Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कथा : शाल्मलीजस्तै

~राजव~Janardan Pudasaini Rajab

अघिल्लो बिहान ऊसँग फोनमा कुरा भएको थियो । उसले सोधेको थियो’भोलि के छ ‘

‘केही छैन किन ‘

‘तँलाई फुस्रद छ कि भनेर…’

‘छ किन? ‘

‘काम छ…’

‘के काम ‘ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन : एक दृष्टिकोण

~भेषराज रिजाल~

तिमीले दिएको अभिशप्‍त जीवनले
मलाई जतिसुकै पछार्न खोजे पनि
त्यही अभिशापलाई वरदान ठानेर
युगौँयुगसम्म बाँचिदिन सक्छु
तिमीले आँखाभरि आँसु दिएर
मलाई जतिसुकै रुवाउन खोज
सबै आँसु तनतनी पिएर
तिमीभन्दा बढी हाँसिदिन सक्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम, वेदना र पर्खाई

~वसन्त कट्टेल~

हराउदै कल्पनामा
नियाल्दै तिम्रा तस्विर
बोलाउँछु सुस्तरी..
तर बोल्दैनन् !
छिचोल्दै सन्नाटा चिर्नुछ उदासिपन,
दिलभित्र सल्केको आगो निभाउन
खोज्दैछु रापले, जलाउँदै आफैलाई ।।
छिन्नभिन्न हुँदै कोरिने यी शब्द तिम्रै प्रेरणा हुन्
स्रोत उद्धृत गर्न नसकुँला
तर मनमनै तिमिप्रति कृतज्ञ छु,
आज एकान्तमा यो मन रम्न सिक्दैछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नग्नता

~विपुल सिजापति~

आर्ट ग्यालरीमा घुम्दाघुम्दै राजा साहेबको नजर एक नग्न नवयुवतीको आकर्षक पेन्टिङ्गमा पर्यो । पेन्टिङ्गमा नवयुवती निर्वस्त्र झरनामा पानीसँग खेल्दै गरेको देखाइएको थियो । पेन्टिङ्ग हेर्दा चित्रकार सिद्धहस्त नै प्रतीत हुन्थ्यो, जसले ले पेन्टिङ्गमा नवयुवतीको अनुहारको  भावभङ्गिमा बडो कुशलतापूर्वक उतार्न सफल थियो । नवयुवतीको अनुहारमा कतै कुनै लाज, संकोच या डर थिएन । उनी प्रकृतिवत् झर्दै गरेको पानीको प्रपातसँग स्वच्छन्द भएर जिस्किरहेकी थिइन्, मस्किरहेकी थिइन् ।

त्यहाँ प्रकृति थियो र प्रकृतिवत् सम्पूर्ण रूपमा चोखो एक जीव । प्रकृति र प्रेमको अनुपम संयोगलाई चित्रित गरिएको त्यो पेन्टिङ्गमा चित्रकारले पानीले भिजेका युवतीका लामा कपालका केही लछ्छीलाई ल्याएर वक्षको उभारमा थोरै छेलो मात्र पारेर यसरी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलावती

~दिनेश कोइराला~

काठमाडौँ, श्रद्धेय पिताले जुराइदिएको त्यति प्यारो नाम कलावतीका टोल छिमेक कसैलाई थाहा छैन र कसैले सोध्दैनन् पनि । खासावाला चप्पल प्याट प्याट पड्काउँदै गलामा नक्कली सुन टल्काएर चोर बजारको आसपास बार्गेनिङ गर्दै सामान खरिद गर्ने अधबैँसे आइमाईलाई सबैले मास्टरकी स्वास्नी भनेरै चिन्दछन् ।

दश वर्षअगाडि मास्टरको जीवनमा एउटा परिवर्तनकारी घटना घट्यो । कहिल्यै विद्यार्थीलाई एक लौरो नपिट्ने मास्टरले एक दिन कक्षामा अपत्यारिलो लौरो आतङ्क मच्चाए । हातभर लौराका सुम्लै सुम्ला बोकेर पिल्पिलाउँदै विदार्थी घर फर्किएको भोलिपल्ट स्कूलको कम्पाउन्डमा अभिभावकको नाराबाजी चल्यो । जसोतसो अभिभावकलाई शान्त पारेर आएका प्रिन्सिपलले मास्टरलाई झपारे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो मसिले जवानीमा लेखिएको एउटा डायरी

~दिया चन्द~

पुराना किताबहरु मिलाउदै जाँदा एकदिन मैले एउटा ठिक्कको डायरी भेट्टाए । त्यो दिन सानो भाइ र म पुरानो दराज सफा गर्दै थियौं, दिदि यो डायरी हजुरको हो ? भन्दै भाइले मलाई दियो । सरर भित्र पाना पल्टाएर हेर्दा कतै – कतै प्रेमका कुराहरु लेखिएका थिए ।
जसको भएपनि पढ्नुपर्ने रहेछ भन्ने लाग्यो र भाइलाई भने हो मेरै हो, जा गएर मेरो सिरानीमुनि राखेर आईजा । ‘हस्’ भाइले आज्ञापालन गर्यो । ‘पुरानो दराजमा क- कसका किताबहरु छन् रु आज राख है, हैन भने बेचेर म बदाम खाइदिन्छु !’ हजुरआमाको यस्तो धम्की आएपछि भाइ र म सनिबारको दिन पारेर पुराना किताबहरु नयाँ दराजमा सार्ने भन्दै लागेका थियौं ।

खासमा त्यो पुरानो दराज हजुरआमालाई आफ्नो समान राख्न चाहिएको थियो । मलाई नयाँ चाहिदैन पुरानो खाली गरिदे भन्दै आमासँग कराएको सुनेपछि मैले त्यहाँको सबै समान सिफ्ट गरे र दराज हजुरआमालाई जिम्मा लगाइदिए । खुशी हुदै त्यतिबेला हजुराआमाले आफ्नो गोजीबाट तानेर ३ गोटा मिश्री मलाई र २ गोटा भाइलाई दिनुभयो ।

बक्सिस हो हजुरआमा ? मैले जि Continue reading →

Posted in नेपाली कथा | Tagged | 2 Comments

स्रष्टा परिचय : चूडामणि खनालको खानतलाशी

~शेषराज भट्टराई~

१. परिचय
वि.सं. २००९ वैशाख १५ गते तनहूँ जिल्लाको जामुने गा.वि.स. को वडा नं. १, मानहूँ, गुणादीमा पिता पशुपतिनाथ खनाल र आमा खगमाया खनालको कोखबाट जन्मिएका चूडामणि खनालले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३२ सालमा मीमांसा दर्शनमा आचार्य र नेपाली विषयमा वि.सं. २०३३ सालमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका छन् ।

रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा वि.सं. २०३४।१।५ को अस्थायी नियुक्तिसँगै सहायक प्राध्यापकको रूपमा शिक्षण पेशाको सुरुआतसँगै वि.सं. २०३६ भदौ ५ गतेबाट पृथ्वीनारायण क्याम्पस, पोखरामा सोही पदमा सरुवा भई पुनः अस्थायी सेवामा कार्यरत रहँदा रहँदै वि.सं. २०३६ माघ ३ गते त्रि.वि.से. आयोगको परीक्षा

Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : नैतिकता कहाँ पाउनु

~राजुराम मुनंकर्मी~

“चाचाचु” काे जमानामा, नैतिकता कहाँ पाउनु
नक्कली रहेछ ईमान्दारिता,भाे जहांतहीं नधाउनु !

सत्यलाई पाखामा राखी, कमाएकाे इज्जत नै हाे
कसैगरी बचाउन, गीत बनाई उतै गाउनु ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : झुसिलकिरे पुराण

~मोमिला~

स्मृतिमै सही, आप्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आपूलाई आपैले दर्शक बनेर हेरिरहँदा आप्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन नपर्दो क्रियात्मक भाव व्यक्त गर्दछ र त्यसको असर स्वरूप वरिपरिको पर्यावरणीय रङ्ग पनि बदलिन्छ ।

त्यसरी नकारात्मक बदलिएको पर्यावरणीय रङ्गले पुनः परावर्तित असर झुसिलकिरे अभिनेतालाई नै पार्दोरहेछ । यद्यपि त्यसरी झुसिलकिरा बनेर घस्रिरहँदा एक दिन पुतली बनेर उड्ला नउड्ला त्यो प्रश्न भने आप्नै ठाउँमा सुरक्षित हुनुपर्छ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का नौ मुक्तकहरु

~उज्ज्वल जी.सी.~

न कसैलाई अनादरले हेर्न चाहन्छु म
न कसैलाई समस्याले बेर्न चाहन्छु म
हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ?
सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म ।

**************0**************

भाषा र कला हरायो भने रहन्न देश नै
बिर्सियौं भने संस्कृतिलाई मेटिन्छ भेष नै
बुझेनन् भने युवाले यदि लुकेको रहस्य
चन्द्र र सूर्य झण्डाको भोलि भेटिन्न शेष नै । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment