~विपिन किरण~
मिर्मिरेमा लाली छरी किरण खुलेसरि
मनको सगरमा तिमी हुन्छौ सधैंभरि
तिम्रो मेरो यो नाता नटुटोस्
मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्।
बोलूँ भने सबले सुन्लान डाक्छु परेलीले सुन्लान
छातिभित्रै पस छोप्छु भन्छ कलेजीले
जुनी जुनीसम्म खोजेर थाकोस् भगवानले पनि तिमीलाई नभेटोस्।
धड्कनमा पनि आज कस्तो चाह जाग्छ
प्यासविनै तिम्रो हातको पानी पिउँझैं लाग्छ
धर्ती आकाश बरु डाहले जलोस् पिरति यो हाम्रो अजम्बरी होस्।