नियात्रा : अतिथि देवो भवः

~भीष्म उप्रेती~Bhishma Upreti_1

हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो ।

बाटो उकालो थियो । घाम विस्तारै गर्दै बेस्सरी तात्न थालेको थियो । उकालो बाटोमा हामीलाई छोप्न सीधै आइपुग्यो घामको प्रकाश । तर्तरी पसिना र्झन थालेपछि कुलपाते भन्ने ठाउ“को चौतारोमा पसिना ओभाउन्जेल बस्यौ“ । चौतारोको पीपलका पातहरूले कत्ति धेरै मायाले हम्केर हाम्रा पसिना सुकाइदिए । हामी फेर िउठेर हि“ड्न थाल्यौ“ । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कात्यायनका केही हाइकुहरू

~कात्यायन~dhanwantari-mishra-katyayan

चीर हरण
बुभुक्षुको बुभुत्सा
काम देवता !

देव दानव
मानव अमानव
धर्म अधर्म !

प्रलयंकारी
विनाशकारी शमा
बाँकी छ भोग्न !

शमाको बीज
खोजेर कहाँ खोज्ने Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

बाल कथा : बादलको देशमा नेपाली जुनियर जेम्स

~कार्तिकेय घिमिरे ~kartikeya ghimire

सगरमाथा हिमालको काखमा एउटा रमाइलो गाउँ थियो । त्यही गाउँमा बस्थ्यो जीवन । भर्खरै–भर्खरै बोर्डिङ स्कुल खुलेर अंग्रेजी पढ्ने रहर जागेका केटाहरूले जीवनको नाम जेम्स राखिदिएका थिए । कोही कोही उसलाई जुनियर जेम्स भनेर पनि भन्थे । यो त्यही जेम्सको कथा हो । जो एउटा असाध्यै प्रतिभाशाली बालक हो । उसले जीवनमा हार्न जानेको छैन ।

हिमाली वातावरण जेम्सको प्रिय वातावरण हो । उसलाई आफ्नो नेपाल र आफ्ना नेपाली असाध्यै मन पर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशमा जन्मन पाउँदा ऊ आफूलाई गौरवशाली भएको महसुस गर्छ । यही आदर्शले गर्दा गाउँका सबै उसलाई असाध्यै माया र आदर पनि गर्छन् । खतरनाक गुरुहरूको चेलो जेम्स असाध्यै बलवान् र बुद्धिमान् पनि छ । उसको बल र बुद्धि देखेर शत्रुहरू थर्कमान हुन्छन् । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीति कविता : गिज्याउँछ किन काँच

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

गिज्याउँछ किन काँच, विरुप अनुहार बनाई
सुकाउँछ किन हाँसो, चैते खडेरी आई !

मर्दछु क्यारे अब, लाग्दैन केही राम्रो
लग्यो नि कसले खुसी, दुई मुटु खोसी हाम्रो Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : फूलै फूलमा

~दिलिप योन्जन~Dilip Yonjan

फूलै फूलमा सजाउछु भन्नेले,काडाको बास पारी दियो
जन्म२ सगै जिउने मर्नेले, आधा बाटोमा छाडी दियो !

जुन तारा दिन्छु भन्नेले, घर न घाटको बनाई दियो
हासो खुसी दिन्छु भन्नेले,आसुको सागारमा डुबाई दियो ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : यस्ता मान्छे

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कार्यालयमा काम गरिरहदा मेरो साथीले मलाई मोबाइलमा फोन गरेर ‘टि.आइ.ए.को हाकिमसाहेब अहिले को हुनुहुन्छ ?’ भने ।

‘खै मलाई थाहा भएन ?’ मैले भनें ।

‘आज दिनभरिमा जसरी हुन्छ पत्ता लगाएर मलाई खबर गर्नु होला’ साथीले भने ।

‘मलाई एकघण्टा पछि फोन गर्नु म एक घण्टाभित्र टि.आइ.ए. अफिसमा गएर सोधेर पत्ता लगाउँछु नि’ मैले भनें । आफ्नो काम सकिएर फुर्सद भएपछि म टि.आइ.ए.मा पुगें । टि.आइ.ए.मा पुगेपछि बेला–बेलामा घरबाट Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : संबिधान

~निर्मला अवस्थी~Nirmala Awasthi_1

संबिधान किन लेख्ने? कसले लेख्छ?

संभव भए सम्म सबै देश विदेश घुम्ने
बिहानको समयमा हावा खान डुल्ने
धाम धुम जसरी नि पैसा कमाउने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आपतकाल

~बिमल गुरुङ~bimal-gurung

राँकेभुत
छट्पटाउँछ/ अत्तालिंन्छ/ टेबुल ठटाउँछ ।

कन्चटमा हात राख्छ
तातिएको खप्परलाई एक टिन रगतमा
भिजाएर निकालेको रुमालले
हलुका बनाउन खोज्छ
चिच्याउँछ/ कराउँछ/ रिसाउँछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सम्बन्ध बिच्छेद

~ज्ञानेन्द्र कुरुम्भङ ‘पखेरे कान्छा’~

करिब डेढ दशक अगाडि विवेक र प्रभा बिच प्रेम बिबाह भएको थियो। माया,ममता र स्नेह का साथ अगाडि बढी रहेको ऊनीहरुको सम्बन्धमा अचानक तुषारापात पर्न थाल्यो । ज्वई, पोई बिच शंका र उपशंका हावी हुँदै गयो। बिश्वास र भरोसा का सबै बाटाहरु टुट्दै गए।एकअर्का प्रतीको दोषारोपणले परिवारमा कलह र अशान्ति फैलियो । भगवान जस्ता बा-आमा भित्र एकाएक राक्षसिपन देखेर भर्खरै किशोरी अवस्थामा टेकेकी छोरी पनि आजित थिइनँ । बुढा-बुढीको झगडा परालको आगो हो भन्दै छर छिमेकीले सम्झाउने प्रयास नगरेको पनि होईन तर ती प्रयास सबै विफल हुँदै गए।

ऊनीहरुको आन्तरिक कलह उत्सर्ग मा पुगिसकेको थियो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा: पुरानो डायरी बाट…

~बिष्णुमणी अधिकारी~

एस एल सि सकाएपछी…..
घरमा बुढा भएका बा आमा दिदिको बिवाह अनि मेरो पढाईको ऋण सबै चपेटामा हुँदै गर्दा बर्खा नथेग्ने छानो मुनि त्यत्ती बस्न मन लागेन गाउँमा! रहर पलायो काठमाडौं जाने अनि काम गर्ने अनि पैसा कमाएर बर्खामा घर भित्र भाँडा थाप्न नपर्ने बनाउने अनि बाबा आमाको चाउरी परेको निधारमा अलिकती भए पनि खुशी छर्ने! त्यस्तै सोच बोकेर काठमाडौं निक्लने सोच बनाएर खल्तिमा २०० रुपियाँ त्यो पनि ऋणमै बोकेर लागेँ काठमाडौं! पहिला एक दुई पटक आएको भएपनी खासै अनुभव थिएन मलाई ! तैपनी मनभरी सपनाको डोको बोकेर लागियो धार्के, नौबिसे, थानकोट, कलंकी हुँदै सपनाको शहर काठमान्डौ! गाँउकै एक जना दाजु एक दुई बर्ष अगाडि देखि काठमाडौं मै हुनुभएकोले उहाकैमा जाने सोचका साथ कलंकी झरेर फोन गरेँ र सोधपुछ गर्दै पुगेँ लैनचौर | Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अझै अघि बढ शुभकामना तिमीलाई

~दिपक अभिमन्यू~

अझै अघि बढ शुभकामना तिमीलाई |

पुरुषले मेरी प्यारी अर्धाङ्गीनी
मेरी प्यारी जीवन सङ्गीनी
वा मेरी प्यारी ममतामयी आमा
प्यारी दिदी वा प्यारी बहिनी
वा मेरी रानी महारानी दिलकी रानी
वा हृदयकी रानी मेरी प्रेमिका
वा मेरी प्यारी साथी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: अर्को भ्यालेन्टाइनमा तिमलाई चुम्बन

~सविता सापकोटा~

वर्षाै भइसकेछ प्रिय तिमी बिदेशियकाे
तिम्रै हातमा हात समातेर भ्यालेन्टाइनमा
सँगै दुनियाँ नघुमेकाे
जहाजमा उडेर तिमी गएजस्तै
म तिमीसँग उड्न सकिन्
यसमा मेराे के दाेष प्रिय ?
याे भ्यालेन्टाइनमा पनि तिमीलाई चुम्न सकिन् ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्वुवान

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

लिम्वुवान
युगौ देखि
थियो
नेपाली मानचित्र भित्रै
काहा मेटिएको छ र?
छ अहिले पनि
उस्तै
र रहिरहने छ
धरतीको अस्तित्व रहुन्जेल Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल मजदुर

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

आज श्रमिक दिवस
जताततै हार्षोल्लास छाएको छ
सारा दुनियाँका मजदुरहरु रमाइरहेका छन्
संसार निर्माण गर्न सफल भएकोमा
नाचगान गरिरहेका छन्
संसारलाई अझ सुन्दर वनाउने संकल्पहरुका साथ
एकआपसमा शुभकामनाहरु वाँढिरहेका छन् । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेपत्ता

~रमेश क्षितिज~

अझै मेटिएका छ्रैनन्
ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू
पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा
अचानक आएर हतियारधारीले
बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल
र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास

गाउँमा – चाडपर्व, उत्सवहरूमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : रट्दैछ यहाँ

~सन्तोष रोकाया~

सानो नाबालक, तिम्रा सिद्धान्त, रट्दैछ यहाँ
अनि तिम्रै, भोजभतेरको कहानी, पढ्दैछ यहाँ

तिमी भन्छौं मात्र, सर्वसुलभ अनि गुणस्तरीय शिक्षा Continue reading

Posted in गजल | Tagged | Leave a comment

Story: Yes i am selfish

~Sopneel Badal~

“I haven’t searched shortcuts tools to be happy in life as I never concern others to make me happy”. Thus I am selfish. I learned where selflessness doesn’t work selfishness work. Why bother in this world who always desires magic but dares to hear a simple logic from me? Why waste my effort awakening them who never had been in sleep? Let this world curse me, condemn my desires, disgrace my self-respect; rather I will be waiting for the day when my selfishness will sanctify this world.

My selfishness did not need any background to act; so it made me straight-forward in my position, harsh in my word, rigid i Continue reading

Posted in Story | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुब्बिनी बज्यै

~चूडामणि खनाल~

दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन् । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ अनि अन्टसन्ट बर्बराएको पनि थाहा पाउँछौँ । हाम्रो रात्रिकाजस्तो दैनिकी भने हुँदैन । उनी दिनभरि घरमै बस्छिन् र गृहिणी हुन्छिन् म भने दिनभरि कार्यालयको नोकर र रातभरि आफ्नै घरको मालिक हुन्छु । दिनभरिको कार्यव्यस्तताले गर्दा मैले घरमुलीले निर्वाह गर्नुपर्ने भूमिका रातको समयमै गर्नुपर्छ । मेरी गृहिणीले पनि दिनभरिको सारा वृत्तान्त सुनाउने समय बाँडेकी छन् खाने र सुत्ने बेलामा । त्यसैले होला मलाई अहोरात्रमा सबैभन्दा कष्टकर समय यही सुत्ने बेला हुन्छ । म सुब्बिनी बज्यैसँग दुई हात जोडेर बिन्ती गर्छु, “बज्यै ! मलाई सुतिन्जेल, पढिन्जेल, खाइन्जेल र कतै हिँड्ने साइत गरेको बेला कचकच र करकर नगर न ।” तर, मेरो यस करजोरी बिन्ती गराइको कुनै सुनुवाइ हुँदैन किनभने सुब्बिनी बज्यैलाई आफ्नो दुःख बिसाउने सबैभन्दा सजिलो समय यही सुत्ने बेला नै जुरेको हुँदोरहेछ । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एक टूक्रा घाम

~प्रेमा शाह~

सुन फुल्ने देशमा
एक टुक्रा घाम
छुनै डर लाग्ने
कोपिला घाम

वरीपरी फैलिएको
पातलो घाम
पछी पछी लाग्दा लाग्दै
कता हराउछ घाम

कस्तुरीको बास्ना झै
छोप्ला जस्तो घाम Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : थारू साहित्यको अवस्था

~कृष्णराज सर्वहारी~

बिभिन्न इतिहासकारहरूले थारू जतिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका छन् । ‘यस जातिका कृषिमा समर्पित परिश्रमी मानिसहरू नेपालको मेचीदेखि महाकालीसम्मका तराई र भित्री मधेशका समथर भूभागमा वसोवास गरेका छन् र आफ्नो जीवनलाई हिलो धुलोमा घोलेर खेतीवारी लहलह पारेका छन् । यिनीहरूको वोलीचाली, रहनसहन  र लवाई खवाईमा वृmत्रिमताको छनक  पाँईदैन । यिनीहरूमा पाईने सरलता, हार्दिकता र सामूहिक भावनाले आजको सभ्य (?) मानवका नाकमा टिमुर लगाईदिन्छ (गिरी २०५७) ।’

२०५८ सालको जनगणना अनुसार थारूहरूको जनसंख्या १५ लाख ३३ हजार ८ सय ७९ रहेको छ । Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : सिता वाणी

~प्रणिका कोयु~pranika-koyu

सिता वाणी
सदियौंसम्मको मौनता तोडेकी छु
मेरो जिवनगाथा तपाईको जानकारी जाँच्दैछु
शिवधनु?
राम बलशाली थिए, वा
हतियारले लडाकु चिन्यो?
कि मैले खुसुक्क थाहा दिए
आखिर पूजा त म गर्थें नि दिनानुदिन
वनवास?
कहाँ दरबारिया किचलोभित्रको बुहार्तन Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : हाम्रो छाती र लिलामको बहादुरे

~आन्विका गिरी~

जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा भोली त्यो अझ गाढा हुनेछ!

उपन्यासको ´नायक´ बहादुरे हो । गरिब छ । भन्न त मर्ने बेलामा उसको बाउले ऋण छैन भनेको हो तर गाउँका ठालुहरूले ऋणको शीर्षकसहित तिर्नुपर्ने रकमको हिसाब सुनाए । पढेको थिएन, खोइ हेरौं त हिसाब किताब भन्न सकेन । ठालुहरूका मुख लाग्न पनि सकेन । अनि जायजेथा लिलामीको अवस्था आइलाग्यो । लिलामी हुने पक्का भएपछि माइली छोरीले आफैं बिहा नगरेकोमा उसलाई पीडा हुन्छ। स्वास्नी अरूसँग नसल्किएकोमा रिस उठ्छ । मर्न खोज्छ, त्यो पनि सक्दैन । लिलामीको बिहानीमा ठुलाबडालाई अटेर गर्न पनि उसलाई रक्सीको सहारा चाहिन्छ । जाँडले के सहारा देओस्, पछारिन्छ ।

कथा यत्ति हो, जगदीश घिमिरेको चर्चित उपन्यास ´लिलाम´ को! सरूभक्तको ´पागलवस्तीको जस्तो कथा हुँदै नभएको बस्तीको होइन । त्यसैले पाठक आख्यानकारको कल्पना भनेर तर्किन सक्दैन । हामीले Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : यो जिवनको सार भो

~शालिकराम मुसाफिर~

तिक्तता र रिक्तता नै, यो जिवनको सार भो
लुकिछिपि धाउदा नै, यो जिवनको हार भो ।

कछुवा र खरायोको, कथा सुनि थाकि सके
यथार्थलाई नबुझ्दा नै, यो जिवनको हार भो ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तर

~ बिना थिङ तामाङ ‘सुनगाभा’~

मन त लागेकै हो
कालो गाउन
र दोहोरो त्रिकोणिय घेराको स्काफ
कहिल्यै नलम्बिएको यो घाँटीमा
सर्लक्क भिरेर
बडेमानको तस्वीर खिचाउँ
त्रि.बि.को दिक्षान्त समारोहमा
रंगशालाको प्राङ्गणमा

इच्छाहरुको पहाड छैन म संग Continue reading

Posted in कविता | Tagged | Leave a comment

महावीर विश्वकर्माका पाँच मुक्तकहरु

महावीर विश्वकर्मा

१)
न आगोले रुवायो, न पानीले रुवायो ।
मलाई त मेरै जीन्दगानीले रुवायो । ।
जसलाई परेलीले ढाकेर राखेँ
पछि त्यही आँखाको नानीले रुवायो । । ।

२)
नदी बनायो कसले अनि डुङ्गा कसले बनायो ?
डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ? Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाँस्नु कि रूनु

~टंक आचार्य~

औँलो दिँदा
डुँडुलो निल्नु
‘सु’ गर्ने बाहेक
केहीमा मन नमिल्नु ।

कर छल्नु , नतिर्नु
विदेश पुगेछि घर नफिर्नु
ऋण लिनु
तिर्ने कुरै नगर्नु Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अनौठो सजाय

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

अंकितले भने “मैडम, म एक किसिमले पागल जस्तो भएको छु। न त ठीकसँग बाँच्न सकि रहेको छु, न त मर्न सकेको छु, आत्म हत्या गरेर। तपाँईले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई। मैले त बिचार गरेको थिएँ तपाँईले अवश्य पनि प्रहरीलाई खबर गर्नु हुनेछ। अनि मैले जेल मै बसेर भए पनि आफ्नो पापको प्रायश्चित गर्न पाउनु छु, तर तपाँईले त्यस्तो केही पनि गर्नु भएन। मप्रति अति नै असाधारण किसिमको गाँधीवादी दृष्टिकोण राख्नु भयो।”

दिलाशा मैडमले अंकित कुरा सुन्नु भयो तर उसलाई केही पनि भन्नु भएन। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Translated Poem : Shaking Palms

~Mani Lohani~
Translated by Yuyutsu Sharma

This evening
and the birds returning to their nests.

The burning moon
and like our youth
flowing waters of the brook. Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

छन्द कविता : छन्द र म

~डा. लेख निरौला~Dr Lekh Niraula

छन्द : उपजाति

हो छन्द बुझ्ने क्षमता भएन
बुझ्दै नबुझ्दा ममता भएन
सिकेर झट्टै पनि जानिएन…
गाह्रो हुनाले अनि मानिएन ।।

बुझेर भित्री जब मर्म सारा
लेख्ने ममा छैन कुनै इसारा
के छन्द कस्तो कसरी रचिन्छ Continue reading

Posted in छन्द कविता | Tagged | 1 Comment

कविता : गणतन्त्र

~पशुपति कर्माचार्य~

जनआन्दोलनको आलो घाउबाट जन्मेकी,
रजस्वला नभएकी,
कलिलो बालिकाको
घाँटी थिची-थिची
सामुहिक बलात्कारको शिकारमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शेरको काँधमा प्रचण्ड

~कृष्णराज खनाल~krishnaraj-khanal

अब हामी सुन्न चाहान्नौँ
बन्दूकको नाद
तिमी ढाडमा चढेर
टाउकोमा नहान !
प्रिय प्रचण्ड,
तिमी अहिले शेरको काँधमा सवार छौ
ढलिमली गर
त्यसमाथि लगाम कस
उसलाई कुन्दा हान
यो ‘बहादुर’ छ
किनकि यो बुद्धु छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बिधिको बिधान

~मीरा मन थापा~Mira Thapa Man

समर्पण अरु केटाहरु भन्दा अलि फरक थियो उ अरु झैँ सबलाङ्ग थिएन सानैमा पोलियोले एउटा खुट्टा कमजोर भएको रे उसकी बहिनी यसै भन्थिन्। किशोरावस्थामा हुने सबैखाले स्वाभाविक चंचलता भने उसमा पनि विद्यमान थिए, जसरी अरु युवाहरुमा हुने गर्छन,शुन्दर सुगठित शरिर । हँसिलो मुहार अनि निकै मिठो बोली बचन थियो उसको ,उ भारतीय मुल को थियो ।

म अध्ययनको शिलशिलामा बिराटनगर प्रवेश गरेकी थिएँ निकै जोश जागर अनि उत्साह बोकेर । समर्पण घर मेरोडेरा नजिक थियो, त्यो पुरै बस्ति नै मधेसीहरुको थियो । पहाडे मुलका मान्छे डेरा गरी बसेको म नै पहिलो पटक थिए रे घरबेटी आमै बिचबिचमा नेपाली मिसाउँदै आफ्नै भाषा मा भन्थिन् । क्रमस: कक्षाहरु शुरु हुन थाले, सुरूका दिनमा शिक्षकहरुको अभाबका कारणले पढाई त्यति राम्रो सँग हुँदैन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment