Tag Archives: रन्जु ‘मार्ग’ – Ranju Marga

लघुकथा : परामर्श

~रन्जु ‘मार्ग’~ उनी अर्कोसँग विवाह गरेर गए पछि उनलाई नदेखेको धेरै भैसकेको थियो। एक दिन उनी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो कार्यालयमा आइपुगिन्। उनलाई एक्कासी त्यसरी देखेपछि मेरो मानसपटल तरङ्गित भयो। उनको पहिले जस्तै गोरो अनुहार, सलक्क परेको नाक, चन्चल आँखा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पराजित समय

~रन्जु ‘मार्ग’~ एक लिखित निर्देशनको पालना नहुदै अर्को आदेश आएको छ फैसलाको , जारी छन् जाहेरीहरु अनुशासनविहिन हस्ताक्षरको अभिलेखालयमा सम्पादित हुन् बाकी छ फूलले हालेको मुद्दा , सुनुवाई कहिले हुने हो थाहा छैन , अझै फूलले कति रगत बगाउनु पर्ने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म हेरी रहेछु …..

~रन्जु ‘मार्ग’~ म हेरी रहेछु – त्यो घामलाई को बोकी आउँछ भनेर म सोधी रहेछु – ती रामलाई कसले उज्यालो ल्याउँछ भनेर ! रुँदै छिन् आमा, हिउँ जमेर बग्दै छिन् आमा, आँशु बनेर

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बोलाइ रहेछन् …..

~रन्जु ‘मार्ग’~ आऊ तिमि आऊ, मान्छे बचाउँन आऊ दिने केही नभए पनि, मन हँसाउन आऊ ! पर्खि बसेका छौ हामी,सबै गुमाएर नि, हेरी बसेका छौ हामी, घाम अस्ताएर नि,

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : गिज्याउँछ किन काँच

~रन्जु ‘मार्ग’~ गिज्याउँछ किन काँच, विरुप अनुहार बनाई सुकाउँछ किन हाँसो, चैते खडेरी आई ! मर्दछु क्यारे अब, लाग्दैन केही राम्रो लग्यो नि कसले खुसी, दुई मुटु खोसी हाम्रो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : समय

~रन्जु ‘मार्ग’~ अचानक, मेरो पोस्टबक्समा यस्तो पत्र आयो पत्रमा लेखिएको थियो प्यारी साथी, सायद, तिमीले बुझ्छयौ होला मेरो पिडा! उमेरले हामी धेरै फरक छौं … तिमी भर्खरकी छौ, म बुढी भै सकें… मलाई थाहा छ – तिमी मलाई बुझ्छयौ,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : घन

~रन्जु ‘मार्ग’~ निकै दिन भै ‘सकेको थियो उसले त्यो कारखानामा काम गर्न थालेको | ऊ फलामबाट घरायसी हतियारहरु हँसिया ,खुर्पा ,बन्चरो ,तरबार -खुँडाहरु बनाउने काम गर्दथियो | ऊ त्यही काममा दिनभरी ब्यस्त हुन्थियो |उसलाई यता उता जाने फुर्सद पनि हुदैनथियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : ठेला हत्केलाको

~रन्जु ‘मार्ग’~ हेर न ठेला हत्केलाको हेर न पसिना निधारको तै पनि भन्छन पुग्दैन खान पल्लाघरे जेठा बा’को ! जाँदछन उनी खेतमा हलो र जुवा बोकी बढदछ दम श्वास पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : धरहराले भनिरहेछ …..

~रन्जु ‘मार्ग’~ ए मान्छेहरु ! म धरहरा , मलाई बनाउँदा- कतिका औंलाहरू खिय होलान् – कतिका रगतहरु बगे होलान् – कतिका पसिनाहरू तप्के होलान् भोक -भोकै कतिले इँट्टा र माटो ओसारे होलान् एक पल्ट सम्झ त तिम्रा ती निरीह पुर्खाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : असल मान्छे

~रन्जु ‘मार्ग’~ +’तिमी के खोजिरहेका छौ ?’ -‘एउटा मान्छे |’ +’कस्तो मान्छे ?’ -‘असल मान्छे |’ +’कस्तो असल मान्छे ?’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ल्याप्चे

~रन्जु ‘मार्ग’~ सायद …..त्यो दिन उनले घरपेटीले भाडा मागेका छन् भनेर छोरालाई नसुनाई दिएकी भए ……! छोरा घरमा नआएको तीन दिन भैसकेको थियो | आमाको मन भतभती पोलिरहेको थियो |उनी कहिले कौसीमा जान्थिन, कहिले झ्यालबाट हेर्थीन| उनलाई न भोक थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : किरा

~रन्जु ‘मार्ग’~ +’ए डल्ले, ल हिड बेसी |’ -किन र बा ? +त्यहाँ हामीले धान रोपेका छौं | -‘धान भनेको के हो बा ?’ आठ बर्षिय छोरा डल्लेको जिज्ञाशा बढछ | +’सेतो चामल क्या !’बाबु झर्किदै भन्छन | -‘सेतो चामल … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेतृत्व

~रन्जु ‘मार्ग’~ +’तपाई को हो ?’ -‘म नेता हुँ !’ +’कस्तो नेता ?’ -‘देशलाई नेतृत्व दिने नेता !’

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : कसरी म बाँचु ?

~रन्जु ‘मार्ग’~ मझेरीमा बस्छिन उनी पिई गहको आसुँ आउने जानेलाई भन्छिन ,कसरी म बाँचु ? सखारैमा गाग्री च्यापी ढुङगेधारो झर्छिन छाँया केही देखिन भने टोलाएर हेर्छिन

Posted in गीति कविता | Tagged | Leave a comment

बाल एकाङ्की : मुक्तिको बाटो रोज

~रन्जु ‘मार्ग’~ पात्र परिचय – गीता : डेरामा बसेकी एक नारी हरि : गीता बसेको घर मालिकको घरमा काम गर्न राखेको एक बालक । दृश्य : छिंडिको सानो अँध्यारो कोठामा १०-११ वर्षको बालक हरि रोइरहेको आवाज आउँछ । गीता हरिलाई … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तथाकथित

~रन्जु ‘मार्ग’~ धेरै वर्ष पछि उनीहरुको भेट भएको थियो |उनीहरु दुवै स्कूल पढदाका साथीहरु थिए |उनीहरुको जीवनमा धेरै परिबर्तनहरु भैसकेको थियो | +’तपाईको बारेमा सुनेको थिएँ |सुनेर मन चिरा चिरा भएको थियो |’-उसले सहानुभूति दिदै भन्यो | उसले आँखा रसिलो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पूर्ण मानव

~रन्जु ‘मार्ग’~ +सुर्य भन्दापनि धेरै माथि के छ ? -ताराहरु | + सुर्य भन्दापनि धेरै ठुला के छन् ? – ताराहरु |

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रायश्चित

~रन्जु ‘मार्ग’~ उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजायं भोगी सकेको थियो | त्यसैले ऊ  अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो | यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो | आज पनि उसलाई एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आयोग

~रन्जु ‘मार्ग’ ~ फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !! अस्पतालमा खैलाबैला मच्चियो । एक पल्ट होइन, दुइ पल्ट होइन । पाँच पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शिकारी

~रन्जु ‘मार्ग’~ ईश्वरी देवी एक सामाजिक कार्यकर्ता थिईन् । उनी गाउँ गाउँमा जनचेतना फिजाउँदै  हिँड्ने  गर्थिन । समाजमा उनको निक्कै नाम र इज्जत थियो । त्यो दिनपनि उनको  जनचेतना  फिँजाउने  एक  महत्वपूर्ण कार्यक्रम थियो । उनी सुदूरपश्चिमाञ्चल क्षेत्रमा  विधमान विभिन्न प्रथाहरु  मध्ये

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आगोको लप्का

~रन्जु ‘मार्ग’~ ‘ए बाबु ! जा जा, पल्लो घरमा मोही पारेका छन् क्यारे, मागेर लिएर आइजो । ‘अगेनोमा ढिँडो ओराल्दै गरेकी ठकुर्नी आफ्नो दश बर्षिय छोरालाई अह्राउँछे । आँगनमा खेल्दै गरेको छोरा आमाको आदेश भुईमा खस्न नपाउँदै फुरुङ्ग हुँदै भाँडो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डाँडामाथिको जुन

~रन्जु ‘मार्ग’~ नरनाथ प्राय: मन अशान्त भएको बेला डाँडाको चौतारीमा गएर बस्ने गर्दथे । आज पनि उनी सबेर घरबाट त्यतै तिर जान भनि निस्किए । हिँडदै गर्दा बाटोमा उनको गाँउका एक जना साथीसँगजम्काभेट भयो । तर उनी आफ्नो शुरमा लुरुलुरु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment