कविता : नयाँ नेपाल

~इन्दिरा थापा~

नयाँ नेपाल सिंगार्नु छ देशको मुहार फेर्नलाई
सबै जनता हतारमा छन दिगो शान्त्ति हेर्नलाई

राजा होइन देशको शासक जनता आफै हुने भयो
तानाशाही बिगत सम्झी धुरुधुरु रुने भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भैंसीहरू भैंसी जस्तै छन्

~हाङयुग अज्ञात~

जताबाट जसरी हेरे पनि
भैंसीहरू भैंसी जस्तै छन्

काठमाडौं जस्तो आहालमा डुबेर
कालो छालामा घाम ताप्छन्
जुवाले रगडेर
कसैको काँधको छाला मरेको छ
मधेसको गाडा तान्दातान्दा
कसैको मुखबाट फिंज निस्किरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नारा

~राजेन्द्र पराजुली~Rajendra Parajuli

‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’

क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए ।

‘कुन मण्डलेले फेर्यो नारामा पिसाब ?’

उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत गरे । समाधान निस्केन, पिसाब फेर्ने क्रम पनि रोकिएन । त्यसपछि दुवै संगठन अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णयमा पुगे ।

‘हाम्रो नारामा पिसाब फेर्ने व्यक्ति पत्ता लगाउन नसक्ने क्याम्पस प्रमुख राजीनामा दे !’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दिने पाली बन्न पाए

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिमीलाई ओत दिने पाली बन्न पाए
तिम्रो खाना राखिदिने थाली बन्न पाए।।

दु:ख सबै उखेलेर फालिदिने थिएँ
हेरचाह गर्ने तिम्रो माली बन्न पाए।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मन्दिर

~प्रमोद अधिकारी~

तिम्रो आलिंगनमा
कस्सिएर पनि
कठ्याङ्ग्रिएर कयौँ प्राण उडे
एकमुठ्ठी सास
थपिने आशमा
भोको पेट नाम जप्नेको
समय नपुगी सास खोसियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बाचा म गर्न सक्दिनँ

~उषा शेरचन~

साक्षी राखेर आँसुलाई बाचा म गर्न सक्दिनँ
बन्धकी राखेर मनलाई कसम खान सक्दिनँ

मेरो हाँसो मेरो खुसी तिमीलाई दिन सक्छु म
तिम्रो पीर तिम्रो व्यथा आफैँ लिन सक्छु म Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नारीलाई नै भिराऊछ्न यहाँ

~सबिता बिष्ट~

इमान्दारिताको बिल्ला सधैं,नारीलाई नै भिराऊछ्न यहाँ,
टुप्पामा चढाँउदै फेद ढाल्दै ,नारीलाई नै गिराऊछ्न यहाँ !!

अाफ्ना खुशी सारा रित्याई,अरुकै लागि बाँच्छिन् नारी,
पवित्रताकि धनि नारीलाई,अपबित्र भन्दै पिराऊछ्न यहाँ !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अब कहिले शहर जान्नँ

~विश्वराज अधिकारी~

“अँ हँ, म त कहिले अब शहरतिर जान्नँ, बरु यै गाउँमा जीवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर । कति आनन्द आउँछ यो बाटो हिंडेर शहर पस्नेहरू र शहरबाट गाउँ झर्नेहरूको कुरा सुन्न, यो चिया पसलमा बसेर उनीहरूले चिया खाँदै गफ गर्दा। यहाँ कति रमाइलो छ कति। बिनासित्ति मुग्लिन झरेर दु:खमा मात्र पाएँ। मलाई त अब शहरको मान्छे देख्यो कि डर लाग्छ। तिनीहरूले ठग्लान् कि भनी म त पिरोलिन थाल्छु, शहरका मान्छेहरू मेरो अगाडि पर्‍यो कि। अँ हँ, म त एक दुई तीन, अब कहिले शहर झर्दिनँ” म सुन्तलीको कुरा कतै न अलमलिएर सुन्दै थिएँ। सुन्तलीको कुरा सुन्दा मेरो चिया सेलाएको पत्तै पाइनँ।

शहरको मान्छे देख्यो कि डर लाग्छ, अब म शहर कहिले पस्दिनँ भन्ने सुन्तलीको भनाइले, उनको त्यो भनाइ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन परेको साथी

~सुबिन भट्टराई~Subin Bhattarai

तिमीसितको त्यो पहिलो भेट भएको दिन, मलाइ अहिले पनि याद छ । त्यो दिन हाम्रो जाँच रैछ । म सम्पुर्ण जाँच सिद्याएर कापी बुझाउने तरखरमा थिएँ । जाँच सकेर उक्त तरखरमा लाग्ने बेलामा, मैले अलिक ठुलै आवाजमा बोलेको रैछु—सकियो । तिमी त्यसबेला पूर्ण अपरिचित थियौ मेरा लागि । नजीकै कसैको उपस्थिति भएको मलाइ थाहै रैनछ । तिमीले मतिर हेरेर मुसुक्क हाँस्यौ र नचिनेकै भएपनि सोधेकी थियौ—सकियो ? मैले टाउको हल्लाएँ । तिमीले त मैलेभन्दा अगाडि नै सकेकी रैछौ, जाँच सकेको मान्छेको अगाडि आएर त्यसरी मैले सकियो भनेर फुर्ति नगरेको भएपनि त हुन्थ्यो । तर त्यहाँ तिम्रा अगाडि लज्जित हुनु शिवाय मेरा लागि अरु कुनै बिकल्प थिएन ।

तिमीले पनि हाँस्दै मलाई सोधेकी थियौ— अनि जाँच कस्तो भो त ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : हरे! आफै नजानी त्यो

~जीवराज बुढाथोकी~

कसैको जालमा बल्झें, हरे! आफै नजानी त्यो ।
उठाएँ कष्ट ती कैयौ, अझै केही नठानी त्यो ।

कहाँ भन्ने कता पोख्ने, गुनासोका थुप्रै भारी,
दुखेसो को सुनी दिने ? नसोचेको कहानी त्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : स्वतन्त्रता आएको छ

~दिनेशराज पुरी~

निरङकुशता ढलाइ देशमा स्वतन्त्रता आएको छ
इतिहासमा लोकतन्त्रले छुट्टै स्थान् पाएको छ ।।

इतिहासलाइ पल्टाएर देशले कोल्टे फेर्दा बल्ल
शान्ति आउँछ भन्ने आशा नेपालीमा छाएको छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दोबाटोमा भेटे जस्तो

~अशोक ‘खलानको मान्छे’~

दोबाटो मै छोडे जस्तो
एउटा यस्तो प्रेम काहानी
थाहा भई भुले जस्तो
तिम्रो मेरो माया पनी
मुटु सँग धड्के जस्तो
नजिक हुँदा थाहै थियन
टाढा हुँदा बल्झे जस्तो
दोबाटोमा…. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनका कथा

~गोपालप्रसाद पौडेल~

जुन रोहेको
ताराहरु हाँसेका
तैपनि फेरि उज्यालो लिएर
जुन चियाउँछे
घाम रिसाउँछ
झोक्केर तताउँदै
डाँडापारि गएर निदाउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आत्माहत्या गरेको लास

~हरी भुसाल ‘स्याटलाइट’~Hari Bhusal 'satellite'

उसले hanger बाट झिकेर एउटा सर्ट लगायो ! कुनै समयमा उसको दाइले दियको सर्ट थियो ! नाडिमा टाँक लगाउदै उसले जिन्सको zeeper बन्द गर्यो ! मनमनै सोँच्यो Pee गरेर जाँउ कि भनेर तर भैगो उहिँ अस्पताल पुगेर गरौँला भन्ने सोँचेर झर्यो तल !काठमाडौँमा पेट्रोलको हाहाकार थियो ! केहि दिन त रिजर्वमै चलायो तर जब गन्धले पनि बाइक चल्न छाडेयो केहि बिकल्प थियन उसँग ! डबल Stand मा घरमा बाइक पार्क गरेको पनि आज तेस्रो दिन भैसकेको थियो ! wallate हेर्यो ! एउटा पाँचसयको नोट देखेपछि ल ट्याक्सिमा जाँदा हुने रहेछ भनेर अशोकहलको गल्लिबाट ट्याक्सिमा चढेओ ऊ !

“टिचिङ हस्पिटलसम्म जाँउ सर” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : चित्रग्रीव परेवा

~उमाशङ्कर द्विवेदी~

कुनै ठाउँमा एउटा विशाल बटवृक्ष थियो । त्यसको फल खाएर नानाथरि चराहरू रमाउँथे तथा त्यसको टोड्कामा विभिन्न चराहरूले गुँड बनाई आफ्ना बचेराहरूका साथ सुखपूर्वक निवास गर्दथे । त्यसको शीतल छहारीमा बसेर टाढाबाट आउने बटुवाहरू आराम गर्दथे । त्यसै रूखको एउटा हाँगामाथि लघुपत्तनक नाम गरेको एउटा काग पनि बस्दथ्यो । एकदिन चाराको खोजीमा काग यताउती भौंतारिइरहेको थियो । त्यतिकैमा उसले एउटा कुरूप तथा यमदूत जस्तै मानिसलाई देख्यो, जसले हातमा चरा समात्ने पासो लिएर त्यसै रूखतिर आइरहेको थियो । त्यसको भयानक रूप देखेर काग मनमनै निकै भयभीत भएर सोच्न थाल्यो– Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

गीत : जूनेली रातमा दिल खोली

~बच्चु कैलाश~

जूनेली रातमा दिल खोली
दोहोरी गाउन मन लाग्यो
यो ठाऊँमा नमर्ने
पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हर्के साइलाले सम्झेको कथा

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

साइलाको घरमा जाड ओथारींदा
मर्चा नसालु पदार्थ हुन्छ !
बन्छ नसालु पेय पदार्थ,
मातेर लट्ठ बनाउँछ मान्छे,
बियर र रमको बिगबिगीमा (आधुनिक युग)
५००० वर्ष अघी मर्चाको कथा,
बाँकी ५० वर्ष पछि,
एउटा कथा भित्रको
दन्तेकथा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो कस्तो छ खेल

~दिनेश अधिकारी~Dinesh Adhikari

नियतिको हेर यो कस्तो छ खेल
खने झैं छ खाल्टो सबैले मिलेर

कहाँ छ यहाँ कसैको भरोसा
बेतालको वस्तु झैं भएछ नाता Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : परिणाम

~रुमानी राई~rumani-rai

अरु केटाहरु भन्दा खाइलाग्दो,भाषा बुझ्ने,बोल्न पनि सक्ने,अलिक चलाख र चारैतिर राम्रो लिंक भएकोले केही फाइदाको माध्यम बन्न सक्ने विस्वासमा कम्पनीले रामबहादुरलाई पाँचजनाको समुह लिडर बनाई दियो ! उसै त केटाहरुसंग त्यति नबोल्ने,मै हु भन्ने खालको मान्छे-झन लिडर भएपछी त उसको रवाफ नै बेग्लै,बोलीचाली,बसाइ,उठाई र हिडाई नै बेग्लै !

विशेष सुत्रानुसार,रामबहादुरले नेपाल छोडेको दश/एघार बर्ष नै भईसकेको हो !बिचमा एक पटक पनि घर फर्केको होइन ! ” अर्को साल आउंछु ” भन्दाभन्दै पांच/छ साल बितिसक्ता पनि घर नफर्के पछि छोरीलाई भान्जीकोमा छोडेर उसकी श्रीमती जयकला मलेसिया छिरेको पनि दुई बर्ष नाघिसक्यो ! अहिले उनीहरु संगै छन् ! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आदिवासी बयान

~पदम राई ‘युद्धविराम’~

उकालो उक्लिन खोजें
ओरालै झरें
अगाडि बढ्न खोजें, झन् पछाडि परें
हन्डर खाएँ, बिनाकसुर
युगौंदेखि बाटो बनाउँदै हिँडेको मान्छे
आफैं हिँड्न पाइनँ, आफूले बनाएको बाटोमा ।

असाध्यै तीखा आँखाहरू छन्
बिछट्टै छिटा खुट्टाहरू छन्
उत्पातै चलाख टाउकाहरू छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~सौगात सापकोटा~

बर्खे खोलाको वेग झैँ आशा छ ।
मनमा पिडा तर मुखमा हाँसो छ ।।
जहाँ कङ्गाल त्यहाँ चण्डाल छ ।
मनका भावनाहरु अनुहारमा छर्लङ्ग छ ।।

कहिँआँखा बोल्छन् कहिँ मुख बोल्छन् ।
हेर ती गल्लीमा जहाँ ती उत्पीडा खोल्छन् ।।
कोहि यहाँ अमृत त कोहि यहाँ विष घोल्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : बजारहल्ला

~कुमार काफ्ले~kumar-kafle

•बद्रीलाल साहू नाम चलेको व्यापारी थियो।

•उसको होलसेल पसलमा खानेतेलको स्टक उच्च थियो।

•तेल अभाव हुने हल्ला जोडतोडले चलाईयो। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : किन होला ?

~रविन गिरी~

लाग्छ,
म तिम्रै न्यानो ओढिरहेछु
तिम्रै सास फेरिरहेछु
तिम्रै आवाज बोलिरहेछु
तिम्रै दृष्टि देखिरहेछु

बाँचेको त म यसरी पो रहेछु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : असामभित्र नेपाली

~मेनका पोखरेल आचार्य~

प्रभातझैं हृदय जहाँ खुलेर मुस्कुराउने
प्रत्येक ढुक्ढुकी अपार प्रेममा रमाउने
पवित्र व्रहमपुत्रको नदी सरी पवित्रता
असामभित्र भेटिने रहेछ त्यो असीमता

हरेक शब्द स्नेहले भिजेर बर्सने सधैं
रहेछ जो विशिष्टता नपाइने अरु कतै
जताततै सुसभ्यता झलल्ल झल्कदै थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कुरा धेरै देखिएछ

~पूर्ण बन्धन~

नचाहेरै लौ जमानामा, कुरा धेरै देखिएछ ।
कथा व्यथा गजलमा, आफ्नै धेरै लेखिएछ ।

चोक्टा खाने आस गरी झोलमा डुब्नभनी
हाम्फाल्ने ती वैगुनीको, बाटो धेरै छेकिएछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : अशान्तिको बादल ओढी

~सुवास संगम राई~

अशान्तिको बादल ओढी नेपाल बसेको छ ।
जागौं युवा जन्जिरमा राष्ट्र हाम्रो फसेको छ ।

अत्याचारिहरुले देशै नि:श्लथ पारेका छन्
स्वार्थ पुरा गर्नलाई राष्ट्र प्रेमी मारेका छन् । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हुरी पछि गृहगमन

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
मीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो !
सूघँ बडो सरसरायो !
चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दाना
त्रिकणी ओजोन्,
माछा, माछा गह्नायो !
स्वर्गमा आज डीनर छ !
क्रान्तिपछि ! कि ? क्या हो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : हिसाब

~सरिता शर्मा समादर्शी~

सबैसँग मिल्न थाल्दा
साथी बड्न थाल्यो
रिसराग फाली दिदा
शत्रु घट्नु थालयो ।

राम्रो बानी गुणा गर्दा Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

Poem : Fragrance of Jasmine

~Pemba Norbu Shepa~

Night is about to cease her length
Empress moon begins to dim
Silent is the dawn
Trees still

In the lonely dim street
Maneuver I
With the several quick steps Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : कविता र फोहोर लुगा

~विमल निभा~Bimal Niva

अब म कविता लेख्न
स्थगित गर्छु
र लुगा धुन थाल्छु
किनभने तमाम लुगाहरु
फोहोर भइसकेका छन्
कमिज, प्यान्ट, गन्जी
र मोजाहरु
फोहोरैफोहोरका बीचमा
कविता लेख्न बस्नु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रमायो त के भो ?

~शिवप्रसाद उप्रेती~

डाह किन, कोही रमायो त के भो ?
संसारमै बर्चस्व जमायो त के भो ?

सर्वहाराका लागि भन्दै कसैले,
अकूत पैसा कमायो त के भो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : छोरीको वेदना

~बिपना ढुङ्गाना~

वास्तविकता भन्दा अलि अलग उसको सोचाइ थियो,
हो छोरी थिई ऊ,
जन्मदेखि मृत्युपर्यान्त
यात्रामा उसको आफ्नै संघर्ष थियो,
भोगाइ थियो,
पीडा थियो,
त्रास थियो,
आँसु थियो ,
तैपनि जिन्दगी बेग्लै थियो ।

बाबु-आमाको काखमा पुल्पुलिएर हुर्केकी ऊ,
आज एउटा मैदानमा
हजारौंको भीडमा एक्लै उभिएकी छे,
स्वभावैले उचाल्ने पछार्ने र यातना दिने
मानिसहरूको कमी यहाँ पनि थिएन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment