~डा.शास्त्रदत्त पन्त ~
पाल्पाको सुन्दर श्रीनगर डाँडाको बिचममा ठाडोगल्लीबाट पद्योदय हाइस्कूल जाने बाटोमुनि उहाँको सानो घर थियो । तिनताक त्रिभूवन कलेजको आप्mनो घर थिएन । त्यही बिद्यालयमा बिहान कक्षा संचालन गरिएको थियो । कबि माधबप्रसाद देबकोटाले त्यही कलेजमा नेपाली पढाउनु हुन्थ्यो । म उहाँको बिद्ययार्थी हुन पाउँदा गौरब लागेको थियो । प्रवेशिकाको गद्यसंग्रहमा उहाँले लेखेका कबिता पाठ्यांशमा पढ्नु पर्दथ्यो । आफुले पढेका कबिता लेख्ने कबिलाई भेट्दा मलाई देवतै पाए जस्तो लाग्दथ्यो भने उहाँले नै पढाउने कक्षमा पढ्न पाउँदा कति भाग्मानी ठाने हुला बर्णन गर्न नै सक्दिन ।
कवि माधव प्रसाद देवकोटा आत्मसंम्मानी, सरल, सरस र आत्मप्रसंसा नरुचाउने स्वभावका हुनु हुन्थ्यो । त्यसकारण उहाँले लेखेका कृति, काव्य, कविता तथा प्राप्त Continue reading →