Tag Archives: Chhabilal Kopila

बाल गजल : गाली हामीलाई

~छविलाल कोपिला~ नदिनु है बाबा–आमा गाली हामीलाई । बरु दिनु राम्रो काममा ताली हामीलाई । कलिला यी हात हाम्रा कलम समाउने, तर दिन्छौ धुन जुठो थाली हामीलाई ।

Posted in बाल गजल | Tagged | Leave a comment

कविता : ‘भन्सरिया’हरु

~छविलाल कोपिला~ त्यो मध्यरातमा जब, उत्तर–पूर्वको कुनामा सप्तऋषि तारा उदाउँछ उसंगै उठ्छन्, ‘भन्सरिया’हरु छोट्की, खझ्ली, सँझ्ली र मझ्लीहरु पनि कोइ ‘कुठ्ली’ छाम्दै कोइ ‘भर्कन’ सुमसुम्याउँदै कोइ ‘चँचरा’ समाउँदै कोइ बच्चा कुल्चिदै कोइ यता ठोक्किदै, कोइ उता लड्दै यी सबैका कहानी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भेटिन्छन् गफारीहरु

~छविलाल कोपिला~ अचेल चोक–चोकमा भेटिन्छन् गफारीहरु । अनि भेटिन्छन् सडक–सडकमा भिखारीहरु । हेर्नूस् यहाँ लुट्नसम्म लुट्छन् माथिकाहरु, तर, तल जाममा पर्छन् विचरा ! सवारीहरु ।

Posted in गजल | Tagged | Leave a comment

कथा : बुख्याँचा, दुखनियाँ र लाटोकोसेरो

~छविलाल कोपिला~ साउन–भदौको महिना । कतै धान पसाउँदै थियो, कतै बाला झुल्दै थियो । यता मकैबारीमा मकै दाना लाग्दैथ्यो । जब मकै खान लायक भयो । बगालका बगाल चराहरु आउन थाले र मकै खाएर सताउन थाले । चराहरुको रखवारी गर्नका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल गजल : जुनुमामा जुनु

~छविलाल कोपिला~ आँगनीमा हेर्न आऊ, जुनुमामा जुनु पापा दिनु हुन्छ ल है, मामाले न रुनु बुबु खान छोड अब, खेल्न जाऊ तिमी हेर बाबु चिचि मारी, ल्यायो मुनु मुनु ।

Posted in बाल गजल | Tagged | Leave a comment

कविता : ‘ब्वाँसा’ र ‘बाँदर’हरु

~छविलाल कोपिला~ अचेल किन हो खै ! हामी भ्रममा छौं या शब्दकोष यहाँ त हरेक पाइलाहरुमा शब्दहरु झूठ बोल्न थालेछन् । ‘ब्वाँसा’हरु साच्चिकै जंगलतिर हुनुपर्ने ‘ब्वाँसा’हरु गुफाभित्र हुनुपर्ने तर, उनीहरु जंगलतिर छैनन् गुफाभित्र पनि छैनन् ‘ब्वाँसा’हरु त अचेल

Posted in कविता | Tagged | Leave a comment

कविता : हे ! गाउँघर

~छविलाल कोपिला~ हे ! गाउँघर, आऊ तिमी प्रत्येक गाउँ–गाउँ र घर–दैलोमा नव उत्साह, जोस र उमंग लिएर त्यस्तै नव–सुवास र नव–रंग लिएर, अनि, प्रत्येक मानिसहरुको हृदयमा विकास र उन्नतिको कोसेली लिएर र ज्ञानको दियालो बालेर आऊ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : साथीहरु

~छविलाल कोपिला~ आफै लाउनु, अकल साथीहरु । अनि भन्नु यो, गजल साथीहरु । शील बन्दी खाम, जब लाग्छ खात, त्यही ठान्नु है, फसल साथीहरु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बर्षा

~छविलाल कोपिला~ जब म, वाफ बनेर शिखर चुम्छु अनि, वायुसंगै शितल छुन्छु र गर्वले ढकमक्क फुल्दै अक्टोपस झै विभिन्न आकारमा सयर गर्छु अनन्त आकाशमा । सूर्य र ताराहरु छल्दै जूनसंग लुकामारी खेल्दै जहाज झै ब्रह्माण्डमा जब म,

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~छविलाल कोपिला~ सुन कसैको कल्पनामा फल्दैन, कसैको सपनामा पनि फल्दैन, न त फल्छ, कसैको भावनामा ऊ त फल्छ, पसिनाको उर्लिदो भेलको मझ्धारमा । + + + + भोको पेट पसिना चुहाएर जमीन उर्वर बन्न सक्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : खोला

~छविलाल कोपिला~ मेरो घरको छेउमै बग्ने खोला छङ–छङ बग्ने खोला अनि, मीठो निद्रसंगै सुसाउने खोला होे, उही खोलामा ढुङ्गासंगै कति आनन्दसित पानी खेल्छन् पानीसंगै मिलेर बालुवाहरु पनि खेल्छन् त्यस्तै कैयौं वनस्पति÷कैयौं जीवहरु पनि, यसरी, ऊ हजारौकों भविष्य लेखिरहन्छ संधै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रंग र हामी

~छविलाल कोपिला~ अचेल, मेरा नयनका अदूर पर्दाभरि पोतिएका छन् रंगी–विरंगी वैचारिक रंगहरु हरियो, बैजनी, रातो अनि के–के हो के–के । हरेक बिहान निस्कन्छन् विकासका नारा लिएर सानेपाका हरियो जुलुसहरु, बल्खुका बैजनी किरणहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : म मृत्यु स्वीकार्न सक्दिन

~छविलाल कोपिला~ म, मेरो खुशीको लागि ईष्र्याको कम्बल ओढेर कसैको सुख चोर्न सक्दिन, वेदनाको शूल बाँडेर कसैका सहानुभूतिहरु जोड्न पनि सक्दिन । म त आँसु पिएर बाँचेको मान्छे यो जिन्दगीसंग म हार स्वीकारेर मृत्यु स्वीकार्न सक्दिन । थाहा छ मलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : तार हौ कि तिमी

~छविलाल कोपिला~ गीत उन्ने सारंगीको तार हौ कि तिमी थाहा छैना खुकुरीको धार हौ कि तिमी राती फुल्ने कमल हौ, तिमी फूल रानी थाहा छैन पोखरीको झार हौ कि तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : हराएका देवताहरू

~छविलाल कोपिला~ निष्पट्ट अँध्यारो रातमा एक हूल मानवाकृतिहरू सीमानाको डिलसंगै खोलाको बहाव जस्तै हिडिरहेछन् । यता, डेहुरारिक–पातामा, बेटका–लाठी, सोनमुठ्–बर्हनी यथावत थियो, गुर्बाबा, सौंरा, खेँखरी–मैयाँ र ढमराज पनि आ–आफ्नै सिंहासनमा विराजमान थिए, र चारैतिर सेनाहरु तैनाथ थिए ।

Posted in कविता | Tagged | Leave a comment

गजल : सराब पिएर

~छविलाल कोपिला~ स्याल यहाँ बाघ बन्छन्, सराब पिएर मदहोसमा के के बोल्छन्, सराब पिएर बनाउँछन् आफै, दुनियाँका नियमहरु लाज बिना आफै तोड्छन्, सराब पिएर

Posted in गजल | Tagged | Leave a comment

छविलाल कोपिलाका दश मुक्तकहरु

~छविलाल कोपिला~ हाँसियो कति, त्यो शीश मञ्जिलसंग गरेर मीठा कुरा, प्रेमको त्यो दिलसंग स्वर्ग हो, मरुभूमि त्यो माउण्ट आबु रमाऔ एकैछिन, यो झिलमिलसंग । धेरैबेर देखि यी आँखा निदाएका छैनन् । सायद, हेरेर ती अझै अघाएका छैनन् । बचेराहरुसंग, बिहानै … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छविलाल कोपिलाका पन्ध्र मुक्तकहरु

~छविलाल कोपिला~ बचपनका ती सबै प्रहर विरानो लाग्दैछ । उसैगरि बसेको त्यो घर विरानो लाग्दैछ । के गर्नू ? समयले सबै भत्काएपछि यहाँ, कैयौं पिपलहरुलाई वर विरानो लाग्दैछ । सोच्दैछु भोलि बिहान हुन्छ या हुँदैन । यसैगरी यौटै शिरान हुन्छ … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

थारू भाषी मुक्तक : सडकमे अइठाँ

~छविलाल कोपिला~ कबो जाति विरोधी कबो अतिजाति सडकमे अइठाँ देखो यहाँ घेंघा फुलैटी उहे राष्ट्रघाती सडकमे अइठाँ यी देशके शासक ओस्ते हम्रहिन भेंरी नै कहल हुइही

Posted in थारू मुक्तक | Tagged | Leave a comment

थारू भाषी बालकथा : पश्तो

~छविलाल कोपिला~ ‘अई ! ऊ लवन्डा हेरो कैसे–कैसे करटा ?’ ‘अई ! के हो ?’ ‘के रही, सझ्लान बर्किक छुट्की दुलरुवा छावा हुइन्, उहे हरबरिया, के रही ।’ ‘यी, दबवा पैनाहस्, यकर दाई–बाबा कुल नै हेर्ठुइस् कि का ?’ ‘हेर्हिस् … Continue reading →

Posted in थारू बालकथा | Tagged | Leave a comment

कविता : अनिता तिमी एक्ली छैनौ

~छविलाल कोपिला~ अनिता ! जब तिमी आँशुमा जीवन खोज्छ्यौ तिमी, तिम्रै आँशुमा बगिरहेकी हुन्छ्यौ अनि, तिम्रै आँशुमा तिमी जस्तै हजारौं अनिताहरु बगिरहने छन् । यसरी, अनिताहरु बगिरहँदा यहाँ हजारौं–हजार मनहरु भावविह्वल हुन्छन् अनि, हजारौं सपनाहरु पनि स्तब्ध हुन्छन् त्यसैले, अनिता … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : देउखुरी उपत्यकाका थारू भाषी स्रष्टा र कृतिहरु

~छविलाल कोपिला~ थारू भाषाको छापा साहित्यलाई हेर्ने होे भने बढवा थारूको ‘बढक्क जोर्नी’ पहिलो प्रकाशित कृति मानिन्छ । जुन २००९ सालमा प्रकाशित भएको थियो । त्यसपछि २०१५ सालमा जीवराज आचार्यको ‘हम्र व, हमार वन्वा’ गीत संग्रह, २०१६ सालमा रूपलाल महतो÷बद्रीनाथ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : पराग हत्याराहरु

~छविलाल कोपिला~ देश जलिरहेछ तिमी भने, प्रणय स्थलमा बसेर प्रकृतिले दिएका सृष्टिका लाखौं पराग हत्या गर्दै कलिला फूल दिएर अनि फूल लिएर प्रणय साटिरहेछौ अनि भन,

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी मुक्तक : बञ्जरभूमि

~छविलाल कोपिला~ बिना कारण हमार वस्ती बगाजाइठ् ओस्ते यहाँ रातारात आगी लगाजाइठ् हेरो ! यी बञ्जरभूमि,

Posted in थारू मुक्तक | Tagged | Leave a comment

कविता : रातो गुलाब

~छविलाल कोपिला~ यतिबेला, ग्रहण लागेको सूर्यको घाम ताप्न धोद्रो सिमलको रुखमुनि बसेर गिलास सोमरस पिइरहेछ । यता, मंसिर भित्र्याएर हँसिया र हटौडा चीर निन्द्रमा सुतिरहेछ भने, तिमी कालरात्रिको भजन गाइरहेछौ । ठीक यसैबेला,

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी कथा : झुक्का

~छविलाल कोपिला~ सावन भादोके महिना । धान कहुँ गाम्हँर रहे, ते कहुँ फुटके बाला झुले । यहोंर डिह्वामे मकै अर्रायल् रहे । जब मकै खैना भर्याली हुइल् । डह्गिक–डह्गिक चिरैं आइलग्लाँ ओ मकै खाके सन्त्वाइलग्लाँ । चिरैनके अखवारी करक लग … Continue reading →

Posted in थारू कथा | Tagged | Leave a comment