गजल : भेटिन्छन् गफारीहरु

~छविलाल कोपिला~chhabilal-kopila

अचेल चोक–चोकमा भेटिन्छन् गफारीहरु ।
अनि भेटिन्छन् सडक–सडकमा भिखारीहरु ।

हेर्नूस् यहाँ लुट्नसम्म लुट्छन् माथिकाहरु,
तर, तल जाममा पर्छन् विचरा ! सवारीहरु ।

सीमा अनि भूगोल, धर्म र जातको भयो रे,
यही भन्छन् आवरणभित्रका राष्ट्रधारीहरु ।

कित्ता–कित्तामा उभिन्छौ हामी हाम्रै सम्झेर,
यही, भ्रममा पारेर मोटाउँछन् भ्रष्टाचारीहरु ।

अचम्म ! सिध्याउँदैछन् देश किस्ता–किस्तामा,
आखिर, यिनै त हुन देश बेच्ने व्यापारीहरु ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.