Tag Archives: Subash Khanal

कविता : पुस्तान्तर पछि

~सुवास खनाल~ उसको आँखामा मैले जीवनको उद्गम कथा पढेँ उसको खुसी फुल्ने मुहारमा म मुस्कुराएँ रोइदिएँ र खसिदिएँ उसका आँखाहरुदेखि तोतेबोलीमा लर्बरिएँ बनेर जिब्रो कमजोर हिँडाइका पदचापहरुमा लडेँ कैयौँपटक

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आउनुको प्रतीक्षा

~सुवास खनाल~ दुर्घटना थिएन तिमी आउनु निश्चित हो तिम्रो आगमन तिमी आउनु ,आउनु जस्तो रहेन कुनै नियोजित षडयन्त्रकारीले बन्देज गरेजस्तो तिम्रो बोली कुनै पुरातन संस्कृतिले छोपेजस्तो तिम्रो अनुहार वा नआउनु जस्तो यो आउनु ……निकै दिक्दार लाग्दो रह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : यन्त्र

~सुवास खनाल~ यान्त्रिक कविताहरूको जुलुसमा पठाउनु छैन मैले मेरो कविता यन्त्र कवितामा : शब्दहरू ध्वाँस देखाउँछन् र उभिन्छन् कविताका रङ्गहरू बदलिन्छन् र

Posted in कविता | Tagged | Leave a comment

कथा : …..अर्थात् स्वत्व

~सुवास खनाल~ यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शून्य समय ,मान्छेहरू र बस्ती

~सुवास खनाल~ भयले चड्कन हानेको अनुहार बोकेर जब ओरालो झर्न लागे मान्छेहरू सपनातिरको बस्तीहरूबाट र हिँडिरहे चुपचाप अँध्यारो फैलिरहेको निर्जन जङ्गलको मुख ताकेर त्यसपछि किनकिन मेरो बोली नै रोक्किएजस्तो भैरहेछ किनकिन मेरो सास तलको तल हुन खोजेजस्तो लाग्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीतिक दूव्र्यसन,ईश्वर,समय,प्रकृति

~सुवास खनाल~ “जब म भत्किन्छु र जोडिन्छु आस्तित्विक काँचका पर्दाहरूमा मेरो अनुहार सर्वसुन्दर भएझैँ लाग्दै जान्छ मेरो सर्वप्रिय पात्र म मेरो सर्वाधिक सत्य पनि म र मेरो आदिम मौनता सर्वशक्तिशाली मेरो आवाज हो ”

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरूको सहर

~सुवास खनाल~ बर्खास्त बादशाहको भग्नावशेष दरबार त्यो नजिक आकाश छोेऊँझैँ उभिरहेको क्रान्तिकारी नेताको आवासगृह आवासगृहअघि आँसुको मोलमलाई र पसिनाको किनबेच झेलिरहेका सर्वसाधारण सहरको एक कुनोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरू र मान्छेहरू

~सुवास खनाल~ स्वर्गबाट झरेका कोमलकोमल सपनाहरू तिनकै बारीमा उम्रिनेछन् त्यसैले नपढाऊ मान्छेलाई बारुदका अक्षरहरू बरू बनाऊ स्वप्नहरूको ताजमहल झिलमिलझिलमिल र सजाऊ ध्वजापताका रहरहरूको नौलानौला इच्छा र उच्छवासहरूको

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्तनको पिनास

~सुवास खनाल~ यो भयानक हुँदोरहेछ चिन्तनको पिनास पिनास लागेपछि प्रिय हुँदोरहेछ –एकै किसिमको मात्र गन्ध भुलिँदोरहेछ – दुश्मनले पनि कहिलेकाहीँ गाउन सक्छ सुमधुर गीत वैरी मानिनेको आँगनमा पनि हुर्किन्छ भन्ने –विचारको सयपत्री

Posted in कविता | Tagged | Leave a comment

कविता : डेथ नोट्स र आशाहरू

~सुवास खनाल~ ए ! क्याप्सनमा ‘डेथ नोट्स’ लेखिएको लुगा लगाउने मान्छे चिन्यौ तिमीले मृत्युलाई ? यो कुन बाटो आउँछ र कतातिर जान्छ ? यसको बास र ठेगाना कुन हो ? यसलाई किन मन पर्दैन सपनाहरूको घर ? वा रहरहरूको हिमाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याल,बगर र कथाहरू

~सुवास खनाल~ जबजब झ्यालमा पर्दाहरू हट्छ न्तब त देखिन्छ डाइनिङ्ग टेबलमा खान तयार गरेर राखिएको मासुका टुक्राहरूजस्तो एकटुक्रा आकाश एकटुक्रा जमिन एकटुक्रा सडक एकटुक्रा बगर र सडकमा लापर्वाह सुतिरहेको रक्सीले मातेको मान्छे

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : म रोबर्ट

~सुवास खनाल~ म मान्छे भएर बाँच्ने अभीप्सा कुनै समय पूरा हुनेछ । शायद यही सोच्नु नै समस्याको सुरुआत रहेछ । समस्या, यो कुनै मेरो पि्रय साथीको नामझैँ बारम्बार मेरो मानसपटलमा निर्धक्क हिँडडुल गर्ने कुनै विकिरणीय तरङ्गजस्तो एब्स्ट्रयाक्ट आकृति हो । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : १०४ ज्वरो

~सुवास खनाल~ र उसैगरी किन आउँदैन उनीहरूलाई १०४ को ज्वरो ? जब हेर्छु बाबाको अनुहार चिम्सा आँखाहरूले लुकाउन सकेका छैनन् आँसुका भुल्काहरू हजुरआमा उनको प्यारो दम खोकिलामा उसैगरी च्याप्दै बसेकीछिन्

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : गालिबको चिहानमाथि श्रद्धानत उभिएर

~सुवास खनाल~ मलाई सपनाजस्तो सुन्दर यथार्थ र सत्यजस्तो सुन्दर सपना सर्वाधिक प्रिय लाग्छ । यस्तै यस्तै कल्पनामा रम्दै रहनु मेरो दैनन्दिन पनि हो । यति नै पूर्ण छ ? यो म जान्दिन । म यतिखेर भावातिरेक आनन्दित छु – गालिबको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : जाजरकोट

~सुवास खनाल~ तस्वीर खिच पत्रकार हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान् तिम्रा बिकाउका सामान बन्नेछन् सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ – ……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ ….. रेडियो नेपाल तिमी केही हिन्दी गीत सङ्गीत र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : झार

~सुवास खनाल~ कसले झिकी लग्यो तिम्रा आँखा र मान्छे किनबेच हुने बजारमा उभिएर सोध्दैछौ दृश्यको मोल कुन प्लास्टिकको बट्टामा बिर्को लायौ तिमीले तिम्रो मष्तिष्क ? र मक्किएको त्यान्द्रोझैँ उभियौ आत्महत्याको एक प्रहर अघिझैँ । कुन चिहानमा गाडिएको छ तिम्रा इन्द्रियहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलेज : एक यातना–शिविर

~सुवास खनाल~ मलाई कलेजको भित्ता भरिभरि यातना–शिविर लेख्नुको रहर छ म कलेज अध्ययन खप्न गइरहेछु हरेक प्रोफेसर पोडियम अघि उभिन्छ र बाँड्छ स्लिपिङ ट्याबलेट

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मयुर टाइम्स : भयहरूको एउटा कोल्याज

~सुवास खनाल~ मान्छेहरूसँग अनगिन्ति आशाभावहरू हुन्छन् नै । यो अपरिमेयजस्तै हो । स्वतन्त्रताका गुलाबहरूजस्तो सुन्दर र प्रिय कुन त्यस्ता वस्तु छन् , यता कतै ? सिङ्गो आकाश अँगालेर उड्ने चराका बथानहरू र बगैँचामा निर्बाध डुल्दै गरेका पुतलीहरू जस्तो कथाहरू बोकेर … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : उर्गेनको घोडा,एउटा विषम समयको अनुवाद

~सुवास खनाल~ सेतासेता घोडाहरूका हजारौँ आकृतिहरू हिउँ फुस्फुसाएझैँ कोठाभरि रङमङिएका थिए ,सम्पूर्ण कोठा त्रिआयामिक क्यान्भासझैँ लाग्थ्यो , र यो घोडा हो उर्गेनको घोडा । एउटा अमुर्त पोटे«टजस्तो घोडाको बयान छ यहाँ ,कथाको शुरुवाततिर । यो कथा होइन वास्तविकता हो । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : राष्ट्रप्रेम

~सुवास खनाल~ मलाई जप्नु छैन हरेकक्षण सन्ध्या मन्त्रजस्तो अन्धराष्ट्रवादको नारा वा कन्ठ गर्नु छैन रुढ राष्ट्रिय गानको हरेक शब्द र वर्णहरू के यसपछि म

Posted in कविता | Tagged | Leave a comment

कविता : समय मुर्दावाद

~सुवास खनाल~ छाला उद्योगको चिम्नीबाट निस्केको धूवाँ मेरै पसिनाको बाफ हो त्यसैले तिमी भनिरहेछौ यसले आकाश मैलो बनाउँछ । ओई साहू ! एक सय पेस्की नदिएको झोकमा तीन सयको उधारो रक्सी खाएछु अब भन तिमी कि म दोषी ? हेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment