गजल : झरिको दिन याद आयो!

~अशोक ‘खलानको मान्छे’~

हिजो संगै भिजेको झरिको दिन याद आयो!
भिर पाखा हिंडेको पशिना को स्वाद आयो!!

चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै!
स्‍मृति मा छरिएर झझल्कोको नाद आयो!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : फूल फुल्यो

~यशोदा अधिकारी~Yasoda Adhikari

फूल फुल्यो काँडाबीच टिप्न गाह्रो भो
निष्ठुरीको याद आउँछ मेट्न गाह्रो भो

जति जान्छु परपर आउँछिन् उनी वर
सम्झाउँछ हल्लिएर पीपलु र बर
फूल फुल्यो…॥ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पौराणिक कथा : हिरण्यक ताम्रचूड

~उमाशङ्कर द्विवेदी~

चित्रग्रीव परेवाको बन्धन हिरण्यक मुसाको जहान परिवारका सदस्यहरूले सजिलैसित काटी मुक्त गरिदिएको घटना हेरेर लघुपत्तनक काग छक्क पर्‍यो । उसले मनमनै विचार गर्‍यो–हिरण्यक मुसो आपत आइपरेको बेला धेरै उपयोगी छ । अत: जसरी भए पनि यस मुसासँग मैत्री गर्नु आवश्यक छ । यो कुरा विचार गरेर लघुपत्तनक काग चित्रग्रीवझैं मुसाको दुलोको ढोकामा गएर कराउन थाल्यो–हे मित्र हिरण्यक मुसो, तपाईं छिटो दुलोबाट बाहिर निस्कनुस्, तपाईंसित काम छ ।

कागको आवाज सुनेर हिरण्यकले दुलो भित्रबाट सोध्यो– Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गीत : आँखैभरि दुई ओठै भरि

~बच्चु कैलाश~

आँखैभरि
दुई ओठै भरि
मायालुको माया बस्यो छातिभरि
रातैभरिऔ दिनैभरि
दर्शनको प्यास बस्यो जिन्दगी भरि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रहर परदेशीको

~बिमला शर्मा ढुङ्गाना~

पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको ।
अनौठा छन् यस्ता कति,खबर परदेशीको।

मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल ,
नठान्नु है हुन्छ मुटु,पत्थर परदेशीको। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बाच्ने आधार देखिन

~रिता खड्का ‘त्रिलता’~

सिन्दुर मैले पाएकै थिएँ बाच्ने आधार देखिन
पलपल मेरो जस्तो उनको मन बारबार देखिन

समाजले हेर्दा हकअधिकार पाए जस्तै देखिने
बिडम्बना नारीलाई साथ दिने कारागार देखिन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आफैलाई चिट्ठी

~प्रमोद अधिकारी~

आँखा चिम्म गर्दा
संसार सुन्दर देख्छु म
निस्पट्ट अन्धकारमा
सबै एकै रङ
सबै समान
सबै एकैनाश ।

आँखा खोल्न तर्सिन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कहाँ खाेजिएन ?

~जीवराज बुढाथोकी~

सवै ठाउँ माया, कहाँ खाेजिएन ?
जहाँ खाेजुँ भन्थें, कहीं भेटिएन ।

अधूराे रह्याे त्याे, अपेक्षा सधैंकाे,
नभेटे नि चित्त, बुझेकाे थिएन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : माया गरे हुन्थ्यो

~निर्मला अवस्थी~Nirmala Awasthi_1

मैले जस्तै तिमीले पनि माया गरे हुन्थ्यो
कहिले काहीं साँझपख बेसी झरे हुन्थ्यो।।

स्थीर छैन यो मनलाई कति डुलाई राखु
त्यो मन पनि बरु अब यतै सरे हुन्थ्यो।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : डा.सी-फुडको पुनर्जन्म

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

समय । त्यस समय भित्रको एउटा लामो समय । त्यस लामो समय बिचको धेरै पलहरु भित्रबाट छुट्टिएको एउटा छोटो समय । अनगीन्ती भ्रमहरु । अनगीन्ती सपनाहरु । अनि असिमीत जन्महरु जसलाई समयको त्यहि छोटो बाटोमा रेखाङ्गन गरिएको थियो । अर्ध जिबित आशाहरुलाई समयको फेरो समाउन लगाएर मैले बाँचेको भ्रम । मैले बाँचेको समय । बु–साओ जिआङ र मैले बाँचेको समय । उ मेरो कुटिको ब्यबस्थापक । भक्तजन हरुले लेराएको फलफुल र सामान ब्यबस्थापन गर्नु बाहेक अन्य थुप्रै जिम्मेवारीहरु बु–साओ जिआङकै थियो । कतिपय घटनाहरु अनौठा हुन्छन् र हामिले नचाहाँदा नचाँहादै ति घट्न पुग्छन् । त्यस्तै बु साओको मृत्यु पनि परिकथाहरुमा सुनाईने परिघटनाहरु जस्तै अनौठो गरि भएको थियो । उसलाई कुटि छेउको जङ्गलमा फेला पारिएको थियो । त्यो बिभत्स मृत्यु थियो । प्रकृतिको elusiveness ले मैले मित्र बु साओलाई गुमाएको थिँए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : उही छ !

~राजुराम मुनंकर्मी~

चुनावकाे कदर नगर्ने नेताकाे जात उही छ !
अझै पनि सत्ता माेहकाे बात उही छ !

अब त घैंटामा घाम लाग्ने अाशा थियाे
गजबै भयाे अझै पनि मात उही छ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : रक्सी

~विवेक दुलाल क्षेत्री ‘दमक’~Bibek Dulal Chhetri Damak

लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ .सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती च्यापेर आउने गर्थि .ज्वाई चाहिँ इन्डियाको लाहुरे भएकाले बेला बेलामा मात्र लेप्चा लेप्चिनी बज्यैसित गफ हुने गर्थ्यो .

लेप्चा बाजे पनि पहिलेको भू पु शैनिक भएको हुदा अझै पनि हट्टाकट्टा नै लाग्थे . उनी शहरको एउटा प्राइभेट कम्पनीमा चौकीदार काम पनि गर्ने गर्थे .लेप्चा बाजे रक्सीका अम्मली थिए .ड्यूटी सकेर Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

किशोर रेग्मीका पाँच हाइकुहरु

~किशोर रेग्मी~

जीवन

फेरि भूकम्प
अस्थीपञ्जर थुप्रो
जीवनको बाटो ?

कार्यकर्ता Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कवि, कविता र टिकट

~राजकुमार रेग्मी~

एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म कहाँ छाड्छु ?’ यो चर्चित चुट्किलाको भाग दुई पनि छ ।

भाग दुईमा पनि पनि ‘समात, समात’ भन्दै एउटाले अर्काेलाई लेखेटिरहेको हुन्छ । तर, भाग्नेलाई कसैले समातिदिँदैन । बरु, लखेट्नेलाई नै समातेर वटुवाहरूले भन्छन्, ‘छाड्दिनुस् उसलाई, उसलाई तपाईको कविता सुन्न मन छैन भने किन जर्बजस्ती गर्नुहुन्छ ?’ लखेट्ने मानिस ट्वाँ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : छोरीलाई विद्यालय भर्ना गर्दा…

~करुण ढकाल~

केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ कामलाग्दो नभएको उनको निष्कर्ष थियो। त्यसैले छिमेकी मित्रलाई साथ लिई म राम्रो पढाइ हुने स्कुलको खोजीमा निक्लें ।

घट्टेकुलोस्थित निवासबाट भित्री गल्ली हुँदै अनामनगरतिर लागेका हामी दस मिनेटपछि नाम चलेको एउटा विद्यालयको लेखाभवनभित्र थियौं । त्यहाँ खटिएका कर्मचारीसँग भलाकुसारी भएपछि ला Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु

~केशु बिरही~

हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्वेदारी संहालेका बुढा गाउँघरमा पनि त्यही शासन चलाउन खोज्थे ।

वुढा खरा स्वभावका थिए । शारीरिक सुगठनमा प Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : पप्पी सेम सेम

~लक्ष्मण गाम्नागे~

हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी
भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी ।

सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कुटिल शासनशैयामा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

धर्मको नाममा,
अधर्मलाई नष्ट गर्नको लागि
धर्मलाई साछी राखेर
अधर्मको युद्ध गर्नेहरुको
समाजमा पूजनीय अवस्थाले
वारम्वार प्रेरित गरिरहेकोछ
यूद्धआमन्त्रणरुपि जुवाको खालमा बस्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म्यादीमाइला

~डा. ऋषि बस्ताकोटी~

मधुमाइला
हिजै जस्तो लाग्छ-
जोत्दजोत्दैको हलगोरू फुकाएर,
चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर
तिमी म्यादी पुलिस भएको।

हिजैजस्तो लाग्छ–
देशको मुहार फेर्ने
चुनाव गराउन भनेर
तिमी रातो टोपी लगाउँदै
कटबाँसको लाठी टेकेर
सातदोबाटो भञ्ज्याङमा गएको। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : दुर भए आज

~डम्बर सिंह~

हिजोका ति संगी साथी दुर भए आज
समय र बाध्यताको मजदुर भए आज

कोही कता कोही कता आफ्नै खेलो तिर
बिछोडिइ बिर्सनलाइ मज्बुर भए आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

युद्ध कविता : जसमान राई

~काङमाङ नरेश राई~

पेन्सनविहीन ९७ औं जन्मदिन…
सापेक्ष धर्म
निरपेक्ष अभाव
म्लेच्छसँग उठबस
किट ब्यागमा दाग होला जसमान राईको

देशका शासकहरूको हुकुम
पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी
जातीय रीतितिथि किल्चेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : झरी

~स्नेह सायमी~

पात्र १. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परी हाल्यो भने काम पाइँदैन । केटाकेटीलाई के खुवाउने हो ?”

पात्र २. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परे हुन्थ्यो । खेत भिज्यो भने तरकारीको बोटहरू हुर्कन्थे ।”

पात्र ३. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी पर्यो भने लुगा सुक्दैन । नपरे हुन्थ्यो ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भोट माग्दिनै पर्‍यो

~वैद्यनाथ ठाकुर~

एकजना अभिभावक रिसले आँखा तर्दै सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई हकार्दै थिए– “हैन दश दिन भो म आप्mनो छोराको जन्ममिति सुधार्न सिफारिस लिन धाएको तपाईं चाहिं कहाँ बेपत्ता ? कम्तीमा सहायकलाई दराजको साँचो त दिएर जानुपर्छ ।”

हेडसर शान्तचित्तले हाँस्दै भने– “हजुर बस्नुस्, किन रिसाउनुहुन्छ ? म र मेरा सहयोगी शिक्षकहरू कामले ससुराली गएका होइनौं । हजुर जस्तो सचेत अभिभावकले यसरी कुरा नबुझी रिसाउन सुहाउँदैन ?” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नारी

~निर्दोष प्रबिना~

जब नारीकाे पैतालाले
पहिलाे पटक धर्ती टेक्छ
त्यसपछि
कसैकाे छोरी बन्छे
कसैकाे बुहारी, कसैकाे श्रीमती हुँदै
काेही न काेहीकाे आमा बन्छे ।

नारी दुर्गा हुन् – जाेगाउन सक्छे मातृत्व Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : हिउँफूलको देशबाट

~डाइमण्ड राई~

हिउ फूल्ने रुखहरुमा
गुलाब खोज्दै हिड्दा
सग्लो बैश रित्ती सकेपछी
आज जीबनको अर्थ
अलिकती बुझ्दैछु ।
हो आमा !! तिम्रो ममता नबुझेकै रहेछु
तिमीले भने जस्तो आफ्नै आगनका
मखमली र सयपत्रीको सुगन्धमा
रमाउनु पथ्र्यो मैले
औँशीको रातमा पुर्णेको जून खोजेर कहाँ हुन्छ र ?? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कम्मरमा खुर्पा खुरुम्मी भिरी उठौ नारि हो

~लक्ष्मिकला राई ‘जुनकिरी’~

चुल्हो र चौकामा मात्रै सिमित होइन,
अव,
कम्मरमा खुर्पा खुरुम्मी र खुकुरी भिर्ने
दिदि बहिनि पनि चाहियो,
मनोमानी अरुको सेवा गर्दै मात्र बस्ने होइन,
अव आफ्नो लागि लड्नु पर्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाहरू

~शान्ति प्रियवन्दना~

कहिलेकाहीँ सपनाहरू बिद्रुप बन्ने गर्छन्
र पछ्याउने गर्छन् डोबहरू पहिल्याउँदै
उज्याला अँध्यारा पाटाहरू जीवनका
बौरिन्छन् रोदन गर्दै र अट्टहास गर्ने गर्छन् ।

सपना दोहोरिनु कुनै नियति होइन
नियति आकस्मिकता पनि त मानिँदैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुदूर गाउँको कथा

~हाङयुग अज्ञात~

गल्लीको
अन्तिम कुनामा पुगेपछि
यो शहरको विसर्जन हुँदो रहेछ
र शुरु हुँदो रहेछ
कुनै सुदूर गाउँको कथा !

पुतलीहरूसित खेल्दा(खेल्दै
कतिबेला आवश्यकताहरूले
उसका कोमल भावनाहरूमा
जिन्दगीका ढुंगाहरू थुपारिदिएछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कथा जन्मास्त घामको

~टीका चाम्लिङ~

म मङ्गोलिया
झुल्किन्छु पहिलो प्रहर
पोखिन्छु पौरखी प्राण प्राचीन छातीभरि
दौडिन्छु बोकेर ताजा सपना आँखाभरि
उघार्छु नवीन दैलो हरेकदिन
मुस्कुराउँछु युगीन सभ्यता
र, छरिन्छु सर्वत्र आधुनिक चीन

चढ्छु चोमोलुङ्मा चेतना
देख्छु घुर्मैलो यलाखोम, निदौरो बुद्ध, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : को हौ तिमी ?

~बलराम तिमिल्सिना ‘बिप्लब’~

यो गर त्यो गर भनी को हौ तिमी अह्राउँने ?
लाज सरम पचाएर को हौ तिमी कराउँने ?

तिम्रो अंश(वंश केही विगारेको छ र हाम्ले ?
न ताक्या छौं हस्तिनापुर को हौ तिमी डराउँने ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : लेनिनको पत्र कमरेड किरणलाई

~सङ्गीत श्रोता~

कमरेड किरण !
रुसमा बाग्मती थिएन
भोल्गा थियो

भोल्गामा पानी थियो
पानीमा माछा थिए
के तपाईंलाई माछा मन पर्छ ?

माफ गर्नुहोला कमरेड किरण ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यादहरु

~रोहित खतिवडा~

यादहरु
कहिले आउँछन् बिहानै सिरानीमा
सुस्तरी हटाएर झ्यालको पर्दा
र, पोखिन्छन् उमंग/उत्साह
कहिले आउँछन्
आँधी झैं आवेग लिएर
र, छोडिजान्छन् मनभरी पीडा र निराशा Continue reading →

Posted in कविता | Tagged | Leave a comment