कविता : राष्ट्रिय धून

~प्रणिका कोयु~pranika-koyu

चटकेको चटक कत्ति मनपर्दैन
मदारीको बाँदर हैन म
मेरो सोचमा दासता छैन
मेरो आकाश निर्भिक छ
प्रत्येक धडकनमा
प्रत्येक नशामा
देश, देश, देश गुञ्जिरहन्छ,
र त म
उज्यालोको चमकमा
सपना बाँच्ने मृगतृष्णामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सत्कार हजुरको

~पवन लामिछाने~

कसरी गरौँ म, सत्कार हजुरको
के गराउँ त, जिउनार हजुरको

क्रान्तिले शान्ती कहिल्यै आएन
ब्यर्थ गरिएछ, पत्यार हजुरको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?

~निर्मोही व्यास~Nirmohi Vyas

१
यता हेर्यो — लथालिङ्ङ, भताभुङ्ङ उतातिर
हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !
मारेर जनतालाई कसरी लोकतन्त्र भो ?
नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ?
२
न छ राष्ट्रियताको ‘र’ न कहीं लाजको ‘ल’ नै
छ भष्मासुर साम्राज्य, ‘त्राहिमाम् !’ जनजीवनै
शान्तिको देशमा आज शान्तिकै आर्तनाद छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : छापामारसंग एक रात

~भूमि भण्डारी~

‘ऊ त्यो डाँडाको टुप्पामा म सात दिन बसेको छु ।’ उत्तरपट्टी आङ नै सिरिङ्ग हुने अजङ्गको डााडो ठडिएको छ । ऊ त्यो डााडो तिर लक्षित गरेर बोल्दैछ । पूणिर्माको चन्द्रमाले हरियो डााडो कालो देखिएको छ र छ्याङ्ग खुलेको आकाश । ‘अनि लेक लागेन त त्यहाँ बस्दा ?’ –
मेरो जिज्ञासा छ । ‘अरे सर, हामी कि मर्न कि मार्न भनेर हिडेको मान्छे, हामीलाई लेकको के डर’ -उसको सहज उत्तर छ ।

६६ सालको बैशाख पूणिर्माको रात पश्चिमी सुर्खेतको राकममा म थिएं । भेरी नदि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चमत्कार कस्को

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

न धुलो मैलो न कालो घनघटा बादल जस्तो ।
न ईर्ष्या राग द्वेष न बिद्वेषको अंकुर विज ।

शिष्ट ल्किष्ट अति सुन्दर मन भुवा कपास जस्तो ।
बादलको रुप कहिले घनघटा कहिले स्फटीक जस्तो ।

दिल मानवको सुन्दर धोई पखालेको नैनसुत जस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिताप

~डा. उत्तम खनाल~

सुन्दरिहरु हो
अहंकारको धंधङिमा
सूर्य, छेकिन्छ भन्छौ
प्रेम वासना भेटिन्छ भन्छौ
र…
दुनियको राज मेटिन्छ भन्छौ
त्यसो हो त ?
भोकाएकाहरु अघाउँथे भने
नाङ्गाहरु रमाउँथे भने
ताली ठोक्दै डिस्को र वारहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उदास साँझ

~प्रदीप नेपाल~

रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो ।

घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै गढी वा भूतबङ्गला थिएन । त्यो थियो मिस्टर निर्मल थापाको चार करोड ४५ लाखको घर ।

बाहिर अँध्यारो थियो तर भित्रको घर उज्याला बिजुलीबत्तीहरूबाट सिँगारएिको थियो । लामो समयसम्म मन्त्री भइखाएका मिस्टर निर्मलले कुस्तै कमाएको पैसाको एकचौथाइ नै खर्चिएर बनाएको घर थियो त्यो । भुइँतलाको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : म लहरा भएँ

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

अहा ! म लहरा भएँ मनहरा हरा भू जरा
चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,
रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : भुइँमान्छे पहिलोदेखि पाचौँसम्म

~राजेन्द्र थापा~Rajendra Thapa

१
जस्का नाममा नेपाली नोट छापिन्छ
जस्का नाममा चुनावी भोट छापिन्छ
भोको छ नाङ्गो छ, हो त्यै त हो नि भूँई मान्छे
जस्का नाममा विदेशी भिख मागिन्छ

२
लोकतन्त्र भन्दा खेरी लुगातन्त्र सुन्छ
संविधान भन्दा खेरी नयाँ धान बुझ्छ
गलित छ, दलित छ, हो त्यै त हो नि भूइँ मान्छे Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : पवन र पसलको सम्बन्ध

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

पवन आफ्नो घर नजिकै किराना पसल भएर पनि केही सामान किन्नु परेमा घरदेखि टाढाकै पसलमा पुगेर किनेर ल्याउने गथ्र्यो । उसका छिमेकीहरु पनि अचम्म मान्दथे उसले टाढाको पसलमा गएर सामान किनेर ल्याएको देख्दा एकदिन उसले बिहान टाढाको पसलबाट सामान किनेर ल्याउदै गर्दा उसको छिमेकी रमाले पवन दाइले घर नजिकैको पसलमा सामान नकिनेर किन टाढाको पसलबाट किनेर ल्याउनु भएको – भनिन् । “आफूलाई जहाँको पसलमा किन्न मन लाग्छ त्यहीको पसलमा गएर किन्ने त हो नि” पवनले भन्यो ।

“टाढको पसलमा सामानहरु सस्तो पाइने भएर टाढादेखि किनेर ल्याउनु भएको त होइन -” रमाले भनिन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दलदल भित्र राज्य

~कुन्दन काफ्ले~

अकूपाई वालुवाटार खवरदारी थियो राम्रो ।
हत्या–हिंसा बढेकोमा निन्दा विरोध थियो हाम्रो ।
यो मुद्धामा चासो हैन, सरकार थियो चिसो चाम्रो ।
हिंसा रुपी दलदल भित्र छ है राज्य रथको पाङ्ग्रो ।

टाउको र टाउके प्रति छैन मलाई रोष रति । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Love Song

~Pramod Snehi~
Translated by Yuyutsu Sharma

From the winter trees
leaves fall to the ground.

When you walk over
these dry leaves a music escalates…

Sa-re-ga-ma
Pa-da-ni-sa Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : सन्ताप

~शुषमा मानन्धर~Shushma Manandhar

भद्रकालीबाट सिँहदरबार आउने मोडमा उभिएको थियो ऊ। उसले घडीमा आँखा दौडायो,रातको आठ बजिसक्यो। माइक्रोबसको पर्खाइमा ऊ दश मिनेटदेखि त्यहीँ थियो। कुन्नि किन आज त्यति धेरै माइक्रोहरु चलेको देखिएको थिएन।

चिसो हावा सँगसँगै चम्किरहेका बिजुलीका लहरहरुले घनघोर पानी पर्नसक्ने सम्भावना डोर्‍याइरहेका थिए। ‘माइक्रो कुरेर साध्य नहोला जस्तो छ’,उसले आफ्नो खल्ती छाम्यो। टयाक्सीमा बस्ने बित्तिकै केही नभए पनि सय रुपिँया झवाम् हुन्छ,उसलाई थाहा थियो। एक त आफूसँग छाता नभएको अर्को कुरा महिना दिनअघि मात्र आफू बिमारीबाट तँग्रिएको हुनाले पैसाकै लोभमा माइक्रो कुरेर बस्नुभन्दा,उसले टयाक्सीबाट जाने निधो गर्‍यो। पुतलीसडकबाट आइरहेको टयाक्सीलाई उसले रोक्यो, “टयाक्सी!” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : उत्कृष्ट संस्मरणात्मक शोक गन्थ : ननिख्रिएका आँसु

~भेषराज रिजाल~

वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिता कुमारी गुरुङ र पिता कप्तान दीर्घसिं गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको छ । २०६३ सालदेखि निर्वाचन आयोगको आयुक्त हुँदै कार्यवाहक प्रमुख आयुक्त पदबाट वि.सं. २०७२ साल भदौ १० गते सेवानिवृत हुनुभएको छ । २०२३ देखि २०२६ सालसम्म परोकार आदर्श मावि, जौबारी, गोरखामा र २०३० सालदेखि २०३२ सालसम्म भानु मावि, दरबारहाइस्कुल, रानीपोखरीमा अध्यापन गरी जागिरे जीवन शुभारम्भ गर्नुभएका गरुङले २०३३ सालदेखि २०३६ सालसम्म माध्यमिक विद्यालय निरीक्षक रही मुगु र सिन्धुपाल्चोक Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : हेमोफिलीयाको शहरमा

~गोविन्दप्रसाद आचार्य~

मान्छे छैनन् भनौं भने म उल्लु हुन सक्छु
मान्छे छन् भनौं भने म जिल्ल पर्छु
मान्छेको भींडमा मान्छे नदेखेर म अचम्म मानिरहेछु
यो हेमोफिलीयाको शहरमा म हराईरहेछु ।

यो हेमोफिलीयाको शहरमा कसैले हात खुट्टा नचलाउँदोरहेछ,
यो हेमोफिलीयाको शहरमा छुच्चो मुख मात्र चलाउँदा रहेछ
रूखो बोलीलाई मीठो मान्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नीतिगत निर्णय

~कात्यायन~dhanwantari-mishra-katyayan

– प्रश्न नं. १) – राष्ट्रिय अनुसन्धान ब्यूरोको अनुसन्धान घेराभित्र नपर्ने अनुसन्धान के हो ?

– प्रश्न नं. २) – राष्ट्रिय अख्तियार आयोगको अख्तियारीको दायराभित्र नपर्ने अख्तियार के हो ? Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : सापटी मागेर

~केडी रेम्नीसीङ~

भमराको चुम्ने ढंग सापटी मागेर,
इन्द्रेणीको सातै रंग सापटी मागेर ।

बेहद प्यार दिउँला तिमीलाई सधैं,
रोमियो र मज्नुसँग सापटी मागेर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : बचाऔं नेपाललाई

~मीना पुमा राई~mina-puma-rai

नेपाली हौँ हामी आफु बाँची बचाऔं नेपाललाई
नेपाली हौँ हामी आफु हाँसी हसाऔं नेपाललाई

नगरौं है हेला हिङसा धर्म अनि जात जातिको
रक्क्षा गरौँ बरु सधै हामी हाम्रो भाषा भाषीको
नसा नसा काटी हेरौं उस्ता उस्तै छ रातो रगत Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : पागल प्रेमी

~दिपक घर्ति मगर~Deepak Gharti Magar

सदा तिमीलाई माया गर्ने पागल प्रेमी..भन..
तिम्रो ओठमा मुस्कान छर्ने पागल प्रेमि भन.
देखाउन सक्ने भए Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीति कविता : अरुको दुखमा

~दिलिप योन्जन~Dilip Yonjan

अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए !

बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने
आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : चेतनाका मुट्ठीहरू

~मणिराज सिंह~Maniraj Singh

निस्तब्ध अँध्यारो परिवेशभित्र
जूनको कलिलो आभा
सुसाइरहेकै थियो
तर आफ्नै परिधिभित्र
आगो सल्काएर
क्षितिजभरि नाङ्गो
आक्रोश छरेपछि
कतै केही चर्केजस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जिन्दगी

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

जिन्दगी कहिले दियो भै बल्छ,कहिले आफै आँधी झैँ चल्छ
बुझ्न खोज्दाखोज्दै यसले ,हरमोड़मा आफ्नो रुप बदल्छ

युगौदेखि जन्म्यो तर हरेकचोटी मरेकै छ
अजम्बरी बन्छु भन्दै भ्रमको खेति गरेकै छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : विलक्षणी शिशु

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

डाक्टरहरु हस्याङफस्याङ गर्दै घरी यो सामान ल्याऊ भन्थे, घरी त्यो औषधि ल्याऊ भन्थे । आत्तिनु पर्ने त खासै केही थिएन । तर पनि डाक्टरले तोकेको समयभन्दा झन्डै एक महिनाअघि नै अनुजा आमा बत्र लागिरहेकी थिइन् । त्यसैले डाक्टरहरु सतर्क थिए ।

अनुजा ‘आमा’ बत्रे पर्खाइमा अस्पतालको बेडमा छट्पटाइरहेकी थिइन् ।

**

अनुजाका सासूससुरा लगायत घरपरिवारका सबै मानिस Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

कविता : थुम्को, क्षितिज, म र सूर्य

~भेषराज रिजाल~

एकदिन
सूर्य टिप्न
सूर्योदय हुनुपूर्व
घरपछाडिको
पूर्वी क्षितिजको थुम्कोतिर
झिसमिसेमै दौडेँ
जसै थुम्को नजिक पुगेँ
थुम्कोसँग छुट्टिएर क्षितिज
अर्को डाँडापल्तिर हाम्फाल्यो
सूर्य आकासमा नपुग्दै
छोपेर खेलाउने अभिलासाले
बालसखाको हात समात्दै
अर्को डाँडामा पुग्दा नपुग्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रष्टाचारीहरुलाई ताली

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

मेरो देशमा
भ्रष्टाचारीहरुलाई अदालतले समाउँदा
सत्यतथ्य जनता सामु ल्याउने संचार माध्यमहरु
डराएर मौनब्रत बस्छन्
डर कानून देखि हो कि भ्रष्टाचारी देखि
वुभ्mन त्यति कठिन छैन ।
गलतलाई गलत भन्न नसक्नेहरुले
मौन बस्नु सिवाय विकल्प पनि त छैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्ग र देवता

~बालकृष्ण सम~Balkrishna Sama

झरीको एक दिन थियो,
रुपौला किनारे विद्धुत सितारे रेशमी
बादलको घुम्टो हाली
पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन,
जगबन्धु सूर्यले त्यो देखे ।
अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो
चियाए ।

सँधैकी सुत्केरी पृथ्वीका
गढेका कन्चट बसेको गाला खोक्रा कोखा सारामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~विक्रम सुब्बा~

एउटा देउराली थियो
पसिनाको पाती चढाउने
एउटा चौतारी थियो
थाकेको मन बिसाउने
एउटा सानो बस्ती थियो
सुख दुःख बाँड्दै मिलेर बस्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : किचकन्या

~श्यामल~Shyamal_1

हरेक साझ
यसरी नै प्रकट हुन्छे ऊ
झ्यालको सानो छ्रि्रबाट
जूनको धमिलो किरण कोठामा पसेजस्तै
तन्द्रामा परेको युवकलाई कस्दछे, आफ्नो बाहुपासमा
प्रेमले पागल युवकलाई कहिल्यै थाहा हु“दैन
किन टोलाइरहन्छ ऊ
र किन उसलाई एक्लै छाडेर सुन्दरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँकी समय : म तिम्रो साथ हुनेछु

~विमल कोइराला~Dr Bimal Koirala

सुविधाका मीठा प्रहरहरूमा
तिमी आफैबाँच
आफ्नै खुसीहरू आफ्नै निम्ति बाँच,
बाँकी समय
जुन कष्टकर छ, पीडादायी छ
जहाँ प्रत्येक पलले घोच्ने गर्छ
निद्राका डोबहरूलाई
जहाँ चिसा पाइतालाले टेक्ने गर्छ—
पुसको ठिहीमा आरामको तकियालाई
मलाई सम्झ— म तिम्रो साथ हुनेछु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कतै सुसेली-कतै सुस्केरा

~लक्ष्मण नेवटिया~

चुनावी नतिजाको धुवाँधार वर्षामा,
कोहि डुबिरहेका छन्,
कोही पौडीरहेका छन्
हिजोसम्म आश थियो धेरैनै,
यस्तो के भयो खास रातभरीमै,
चुनावी बुद्धिचाल खेलेर ,
जसले भरेको थियो भोटको डोको,
भयो धोखा पूरा भएन मनको धोको,
हिजो सम्म जो संगै थियो रेला- जस्तै मेला,
घरदैलो गर्दा उठेका थिए पाइंताला भरी ठेला,
अब हार्ने कुबेला- कहाँ जित्नु ?- Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मलाई समाउ र रंग भर

~राजेन्द्र शलभ~

थाहा छैन
तिम्रा आँखाको सम्मोहनले
सम्मोहित छु म
या ओठको मुस्कानले ।

पहिले – पहिले त
तिमीलाई देख्दा मात्र
म सम्मोहित हुन्थेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिकति उज्यालाको गति हिँडिदिन्छु

~महेश प्रसाईं~

अलिकति उज्यालाकोगति हिँडिदिन्छु।

कुनै शान्त–प्रशान्त धुनसित
अलिकति अँध्याराको पाइला चपाएर
कोलाहलमा पनि उज्यालाको गति हिँडिदिन्छु
अलिकति स्पर्श उज्यालाको, अलिकति कलशको
अलिकति टहक जूनको, अलिकति मधुमासको
कतिपय रातले पोखेको चुकलाई नङ्ग्याएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment