कविता : घण्टी

~मञ्जुल~manjul

हावा आउँछ
र सुस्तरी छुन्छ घण्टीलाई
घण्टी थरर्र काँप्छ
स्पर्शले, मीठो स्पर्शले
मायालु स्पर्शले
र मीठो गरी बज्छ
म चाहन्छु मेरो देश पनि यस्तै होस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले प्रेम गरेकी केटी

~प्रमोद प्रधान~

तिनी चुपचाप थिइन्;
मैले तिनको हात नियालेँ—
भालेको पहिलो डाकसँगै सचेत तिनका हात ।
रात्रिको प्रथम प्रहरसम्मै सक्रिय तिनका हात ।।
पानीले खाएका औँलाका कापहरू
सुमसुम्याई हेरेँ— कठोर चट्टान झैँ हत्केला
र, भान्सा र बारीका काममा प्राप्त पारिश्रमिक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेल्सन मन्डेला–२

~डा. दुबसु क्षेत्री~dubasu-chhetri

उज्यालोका फूलहरू कहीँ–कहीँ फुल्दा रहेछन्
अँध्यारामा, औँसीमा र जङ्गलमा
शासनका निस्पट्ट काला रातमा
एउटा सानो जूनकीरीले पनि
अन्धकार चिर्न सक्ने रहेछ
त्यति हो
जूनकीरीको पखेटा लाग्नुपर्छ
जूनकीरी उडुन्जेल पर्खनुपर्छ,

उज्यालोका लाभाहरू जहाँतहीँ सल्किँदा रहेछन्
एसियामा, अमेरिकामा, नेपाल वा दक्षिण अफ्रिकामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आफ्नै लागि ज्युन गाह्रो

~दिनेश अधिकारी~Dinesh Adhikari

आफ्नै लागि ज्युन गाह्रो, तिम्रो भई के गरूँ म ?
कहिलेसम्म आफू भई आफैँलाई नहेरूँ म ?

तिम्रो कुरा सुन्न खोज्दा मैले बोल्न रोक्नुपर्छ
तिम्रो खुसी विचारेर आफ्नो घाउ छोप्नुपर्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल गजल : जुनुमामा जुनु

~छविलाल कोपिला~chhabilal-kopila

आँगनीमा हेर्न आऊ, जुनुमामा जुनु
पापा दिनु हुन्छ ल है, मामाले न रुनु

बुबु खान छोड अब, खेल्न जाऊ तिमी
हेर बाबु चिचि मारी, ल्यायो मुनु मुनु । Continue reading →

Posted in बाल गजल | Tagged | Leave a comment

कविता : मानव! हे मानव!

~सुरेस खनाल~

मानव! मानव! हे मानव!
कति मानवताको हत्या गर्छौ?
तिमीलाई पुगेन अझै?

तिमीले हिरोशिमा पोल्यौ
र मुर्दा शान्तिको बिगुल फुक्यौ!
तिमीले पोलपोट जन्मायौ
र मानव खप्परको संग्रह गर्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : झरेर फुलेको छहराको पानी

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

झरेर फुलेको छहराको पानी
पढेर भुलेको म एउटा कहानी

सहरतिर नौलो माया भेटिएर हो कि कुन्नि
रोदीघरमा लाको माया मेटिएर हो कि कुन्नि
हिजोआज चिठीपत्र आएको नि छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : प्रवाश

~दिपक घर्ति मगर~Deepak Gharti Magar

कहिले मन खुशी भएन प्रवाश हिडने बानिले..
हो अझ टाढा नजाउ भन्छ यी आँखाका नानिले..
जिवन भरी सँगै बसि Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कविता : नाजायज सन्तान

~हुल्लड मुरादाबादी~Hullad Muradabadi
अनु : मनोज न्यौपाने

चिन्तित बाउले
जनताको अस्पतालमा फोन ग¥यो
‘डाक्टर साहब
मेरो सम्पूर्ण परिवार बिरामी भए

जेठो छोरो ‘आन्दोलन’लाई रुघा Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

एकाङ्की : दाइजो

~नन्दलाल आचार्य~

पात्रहरू:
दीपेश : (विज्ञान शिक्षक) वर्ष ४५

प्रिन्सिपल : (विद्यालयका संस्थापक) वर्ष ५२

हेडम्याडम : (विद्यालयकी संस्थापिका) वर्ष ४८

लेखापाल : (विद्यालयका कर्मचारी) वर्ष २८

जुनु र मुनु : (दीपेशका छोरीहरू) ९ र १० वर्ष

(निजी विद्यालयका प्रिन्सिपलको कार्यकक्ष । प्रिन्सिपल आफ्नो कुर्सीमा विराजमान छन् । नयाँ नियुक्ति हुन लागेका विज्ञान शिक्षक दीपेश सोही कक्षाको एकापट्टि छन् । टेबलमा ठूलो ग्लोब छ । घरिघरि प्रिन्सिपल ग्लोब घुमाउँछन् । टेबलमा रहेको चन्द्रसूर्य अङ्कित राष्ट्रिय ध्वजाले सुन्दरता थप्ने काम गरेको छ । झ्यालनजिक राखिएको गमलामा फुलेको फूलको बासना आइरहेको छ । स्कुल छुट्टी भइसकेकोले कसैको खलबल र आवतजावत छैन । जुनु र मुनु भने कार्यालयनजिकै खेलिरहेका छन् । लेखापाल नजिकै रहेको आफ्नै कक्षमा काममा व्यस्त छन् । केही पर हेडम्याडम आफ्नै धुन र काममा व्यस्त देखिन्छिन् । Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : यन्त्र

~सुवास खनाल~subash-khanal

यान्त्रिक कविताहरूको जुलुसमा
पठाउनु छैन
मैले मेरो कविता

यन्त्र कवितामा :
शब्दहरू ध्वाँस देखाउँछन्
र
उभिन्छन्
कविताका रङ्गहरू बदलिन्छन्
र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यो पहिलो भेट..

~पूर्णिमा प्रतिबिम्ब~

नयाँ वर्षको दिन पोखरा बजारै रमझममा थियो । रमाइलो यति सम्म थियो की मेरो मन फलाम हो भन्नेलाई पनि पगाल्ने खालको । तालपारि हाम्रो घर , बजारमै सरेको डेढ बर्ष जति भएको थियो । सिला मेरि बच्चै देखिकि मिल्ने साथि साह्रै बोलक्कड । कुरा दायाँ बायाँ जताततै घुमाउथि । जे बोलेनि साच्चै हो कि झै पारेर बोल्थि । प्राय गुलाबि रंगको लिपिस्टिक लगाउथि । आखामा गाजल टुट्दैन थ्यो मेरो आखामा झै । त्यो दिन हामी पिंक कलरको कुर्तामा थियौ ।
बिहानै तालबराहि दर्शन गरेपछि दिन भरि संगै थियौ । स्टेट फेसटिबलको माहोल गुञ्जयमान थियो ।

“आज राति पनि फेस्टिबलमा रमाइलो गरौँ ल पूर्णिमा !”

सिलाले भनि ” दिन भरि हिडेको थाकिसके मत । नजाम् भो ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत सहर

~ध्रुब सापकोटा~

ऊ ठिङ्ग उभिएको छ। सहरको पुछारमा छ। ऊ आफ्नो स्थान खोजिरहेको छ। ऊ यहाँसम्म एक्लै आइपुगेको छ। आफ्नो स्थान पाइरहेको छैन। त्यसैले एक्लै सहरलाई हेरिरहेको छ।

‘यता आऊ। मलाई ढोग। मलाई पुज। मलाई माया देऊ। मेरो आरती उतार। मेरो आराधना गर। म एक्लो भएँ। म नितान्त एक्लो भएँ।’ मन्दिरको देवता करूण क्रन्दन गर्छ।

‘अहँ। म आउन्न। म कसैको पुजारी हुन चाहन्नँ। म कसैको आरती उतार्न चाहन्नँ। म कसैको भाकल पनि गर्न चाहन्नँ। तिमी आफ्नो पुजारी आफैँ खोज।’ ऊ प्रस्ट भन्छ।

‘म पुजारी खोज्न कहाँ जाऊँ ?’ देवता रुन थाल्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिउँडीको जंगल

~हरि अधिकारी~hari-adhakari

आकाशको नीलो चँदुवामा टाँगिएका
एक मुट्ठी निस्तेज ताराहरूसँग
म के बात मारुँ ?
चीसो शीतमा निथ्रुक्क भिजेको
अधमरो बताससँग
म कसरी अभिसार गरुँ ?
घुँडामा टाउको लुकाएर झोक्राइरहेका
उदास पहाडहरूसँग
म कुन मुखले बास मागूँ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना तिम्रो र मेरो

~घनश्याम प्याकुरेल~

हजार सपना तिम्रो र मेरो
सपनाकै धरातल सपनाकै महल
सुन्दर शान्त बिशाल
आकाश भन्दा फराकिलो
पाताल भन्दा गहिरो
त्यो क्षितिज भन्दा नि परको अर्को शहर
हो त्यही छ हाम्रो सपनाको संसार |

तिमी निदाए पछि देख्छौ सपना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : नयाँ खबर

~बिमल गुरुङ~bimal-gurung

खै,
के नयाँ खबर बताऊँ तिमीलाई
कसरी बताऊँ तिमीलाई कि
बुबा बिरामी छ
हिंजोदेखि चामलको टोकरी रित्तो छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : लज्जाबोध

~कृष्ण वस्ती~Krishna Wasti_1

अरुसँग लागेको लाज समयको बोक्रा फेरिएसँगै पचेर जान्छ ।तर स्वयंसँग लागेको लाजचाहिं जीवनपर्यन्त नपच्ने रहेछ ।आजभन्दा चारदशक अघि धरानमा पढ्दाको लज्जादायी कुरो हो ।प्रवेशिका परीक्षा सकेपछि केहीदिन धरानमा फुकेको भोटे कुकुरजस्तै स्वन्त्रतापूर्वक घुमेपछि मात्रै पहाड घर जाने विचार गरियो । अन्तिम पत्रको परीक्षा दिएर छात्राबासमा आएपछि मैले पढ् विद्यालयका कर्मचारी धिमाल-बा(धिमाल,कसैले धमाल र कसैले धमला लेख्छन्)की छोरी माइलीले कुरै-कुरामा बाबुले तान्ने गरेको गाँजा केही दिनअघि तान्दा नशाले शब्दले वर्णन गर्न नसकिने रमाइलो सन्सारको अनुभव भएको सुनाई ।मीठो र राम्रो कुराले कसलाई तान्दैन ?मैले पनि त्यो सन्सारको रमाइलो पाउँन माइलीलाई गाँजाको व्यवस्था Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : फूल बेच्ने केटी

~रजित ओझा~Rajit Ojha

“भन त म आज कस्ती देखिएकि छु होला ?”

फोन सुधाले नै गरेकी थि ।बिहानै त मैले उसलाई देखेको हो ! अब तिन घण्टा मै के परिवर्तन आयो होला र उसमा ? उ अझै पनि गोरी चौडा निधार भएकै होली , त्यहि निधारमाथी सानो टिका लगाई होली । सँधै जस्तै स्ट्रेट गरेको कपाल लाई खुल्लै छोडेकै होली , अनि कुनै हिन्दि सेरियलको रोमान्स हेरेर त्यसैमा डुबेर भावुक भएर मलाई फोन गरेकी होली । मलाई भने यस्तो प्रदर्शन देखि झर्को लागेर आउँछ । अब अफिसमा काम गरिरहेको बेला पनि के म आफ्नो प्रेमको प्रदर्शन गर्दै चिच्याउँ म तिमीलाई एउटा मुर्ख जत्तिकै माया गर्छु , पक्कै तिमीलाई सहने मान्छे मुर्ख नै हुनु पर्छ भनेर ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : स्वदेशको समझनामा

~रबिन पुरि~

स्वदेश छोडे , प्रदेश पुगे रहर थिएन !
स्वदेसी थीए , प्रदेशी बन्ने चाहन थिएन !!
प्रभासमा बसे , आमालाई सम्झे , आमालाई पाइन !
बाबालाई सम्झे , दादालाई खोजे , कोही पाएन !!

बिदेसी भेटे , स्वदेशी खोजे कहिलै पाइन !
मान्छेहरु देखे , मित्र भेटे , मित्रता थिएन !!
मान्छेहरुको हुल धेरै हुन्थे , आफन्त मिल्दैन थिए !
प्राए सबै मान्छे जाली र फट्टा भेटिन्थे ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यो प्रेम दिवसमा

~शुकराज लिम्बु~

आउ रमाऔं यो प्रेम दिवसमा
माया लगाऔं यो प्रेम दिवसमा

भुलेर रिस,राग अनि डाह ईष्र्या
स्नेह जगाऔं यो प्रेम दिवसमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : गित गाउनु छ मैले

~मनि लामा “आँसु”

उस्को सामु प्रेमिल गित गाउनु छ मैले
मुटु भरी उस्लाई नै सजाउनु छ मैले

क-कसका लागी कति माया छ भनेर
हतियार ले छाती चिरी देखाउनु छ मैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : गुलाबको फूल..

~सविता सापकोटा~

आजकल मेरो मुहार हेरेर केटीहरु प्रश्न गर्न थालेका थिए । के हो आजकल त खुब फुरुङग देखिन्छेस नि ? कही होईन भनेर टार्थे । म आफ्ना कुरा हतपत अरुलाई भन्न रुचाउँदिन । झन माया प्रेमका कुरा त कसैलाई खोल्नु हुदैन् भन्ने लाग्थ्यो ।

एउटीले अफिसमा थाहानै पाएझै प्रश्न गरी के हो माया प्रेमको जालमा परिस कि के हो ? जा, रत्नपार्कमा गएर खुट्टा हेराएर बस । उसको कुरा यसरी टारे । एकपटक यस्तो भनेपछि अर्काे प्रश्न राख्न डराउथँे केटीहरु । म जालमा परे या मलाई अरुले जालमा पार्याे ? त्यसको म जवाफ आफैसँग थिएन् । राजसँग सम्पर्क कम हुन् थालेको थियो । सिन भएपनि म्यासेजको रिप्लाई आउदँैनथ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेलको चार भित्ता नाँप्दा..

~सिजन गिरी~

घडीको सुइ घुमे जसरी घुमिरहेकाे जिन्दगी जेलभित्र न चैन, न आराम ,न निद्रा, न भोक न ,प्यास !जेलको हावा खाँदा थाहा भयो कसरि मान्छेले जेलमा पाप कराएको कसरी  देख्दो रहेछ, जसरी एेनामा आफ्नो प्रतिबिम्ब देखे जस्तै !

सुनेको थिँए जेल को भोगाई पछि मान्छे सुध्रिन्छ यसरी नै मेरो मनमा पनि  सुध्रिने  टुसा पलाँउदै छ ।हुन त बिग्रेको भन्नु आफैले आफ्नो अपमान गरेजस्तो  होला तर  अब गम्दैछु नराम्रा साथी संगत छाड्नु पर्ला !मनमनै  अठोट गर्दै रहेँ  जेल बसाईमा यहाँको चारकुनाबाट। जब बाहिर पाईला टेक्छु यो सबै नसाहरु  छाड्छु  र असल भाई , असल छोरा अनि सबैको असल.. हुन्छु।अाज पनि बिहानैदेखि  मन मा यस्ता-यस्तै अनेकों कुरा खेल्दै थिए ,अकस्मात फलाम को  ढोका खुले को आवाज आयो ध्वार्र……… Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अभिमान मेरो

~स्वप्नील बादल~

तिमी मेरी हौ भन्ने, अभिमान मेरो |
तर तिमी छौ र त उदाउछ बिहान मेरो |

जिबनमा धेरै कुरा पाए अनि गुमाए
अब तिमी पाउनु नै अभियान मेरो | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : कविसँग

~राजव~Janardan Pudasaini Rajab

कविसँग
क्रुरताको बारेमा धेरै कुरा
कविलाई थाहा छ
कविसँग
अरू सौन्दर्य छैन
यातना, पीडा, दुत्कार, त्रासका
भयानक रूपहरू कविले भोगेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्लु बन्छ को ?

~कुन्दन काफ्ले~

निर्धालाई दुर्जनले सकेसम्म सताउँछ ।
डरपोक हो त्यो डर धम्की दिई सज्जन डराउँछ ।
कायरले नै मौका छोपी धाक आफ्नो जमाउँछ ।
भेदपाई पिठ्युँ पछी छुरी उसले चलाउँछ ।

नैतिकताको स्खलनमा पत्रु झनै रमाउँछ ।
लाचार बाघ हुँदा शत्रु श्यालले त सताउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमिप्रतीको प्रतिबद्धता

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

म जन्मे आफ्नै देशमा
हुर्कन पाए यही देशमा
देशका लागि केही गर्न
साहस छँदैछ मेरो मनमा ।

सुन्दर शान्त र विशाल
मेरो प्यारो देश नेपाल
कति राम्रा छन् ल हेर
सेता अग्ला हिमाल । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : रेमिटेन्स, महोत्सव र महायज्ञ

~चूडामणि खनाल~

‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको औषधिजस्तो भएको छ ।

देशको आर्थिक उन्नयनका लागि हाम्रा युवाहरूले सङ्कीर्ण राष्ट्रिय घेरा नाघेर अन्तर्राष्ट्रिय बजारमा पदार्पण गरिसकेका छन् । तथ्याङ्कशास्त्रीहरूले दिएको जानकारी मिथ्या छैन भने प्रतिदिन औसत ७५० जति युवाहरू वायुयानबाट र करिबकरिब २५० जति युवाहरूले भूमि विमानबाट राष्ट्रिय नेटो काट्छन् रे ! यसरी प्रतिदिन चारअङ्कका दरले युवाशक्ति बाहिरिनु भनेको मुलुकका लागि शुभसङ्केत हो भन्ने कुरा किताबी कीरा अर्थशास्त्रीका ठिटाको सोचभन्दा परको कुरा हो । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्रतिउत्तरमा

~रुमानी राई~rumani-rai

मेरो,
जीवनको घुर्यानभरि
तिम्रा प्रश्नहरुको चांग लागेका छन्
म हैरान छु
तिम्रा प्रश्नहरुको प्रतिउत्तरमा……
घाम चरक्क चर्केको छ
तिम्रो कठोर हृदय जस्तै
र,पसिनाले खलखली छु म

जीवनका गर्तहरुमा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ईको

~रुमानी राई~rumani-rai

अझै पनि ऊ निर्धक्क भन्ने गर्छ कि,”मेरो साहित्य लेखन नि:शूल्क समाज सेवा हो ।” हुन पनि हो,आजसम्म उसले जे जति लेखिरहेको छ-मात्र लेखिरहेको छ निर्वाध । दुईचार साहित्यिक संघसंस्थामा आवध्द छ । अर्थात दाम नभए पनि नाम छ ।

“साहित्यकार ज्यू तपाईंको लेखनलाई मान्नै पर्छ ।”

“मेरो लेखनलाई मनपराई दिनु भएकोमा धन्यबाद ।” ऊ गौरव गर्दै आफ्नो तारिफकर्तालाई भारी भाव-विभोरता प्रदान गर्छ-ता कि ऊ एक साहित्यकार नै हो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : भवानी घिमिरेसँग बिताएका केही क्षण

~गोपाल बराल~

म जोरपाटी गा.वि.स. कार्यालयको अध्यक्षको हैसियतले सेवाग्राही जनताहरूसँग छलफल गर्दै थिएँ । मैले कहिले काँही टेलिभिजनको पर्दामा झल्याकझुलुक देखेको अग्लो फूर्तिलो कमिज-सुरुवाल, स्टकोट लगाएर शिरमा नेपाली ढाका टोपी लगाएको पाको मान्छे मेरो अगाडि उभिएर “नमस्कार अध्यक्षज्यू,” भनेर हात मिलाउन अघि सर्नु भयो । मैले भवानी घिमिरे दाइसँग हात मिलाएर अगाडिको सोफामा बस्न अनुरोध गरेँ । सोफामा बस्तै उहाँले आफ्नो परिचय दिनु भयो । “म भानु मासिक साहित्यिक पत्रिकाको प्रधानसम्पादक भवानी घिमिरे । घर झापा हाल कुमारीगाल” यो छोटो मीठो परिचयपछि मैले पनि आफ्नो परिचय दिएँ । उहाँले मलाई पहिलादेखि नै चिन्नु हुँदो रहेछ । खाली हामीबीच आम्ने-साम्ने मात्र नभएको रहेछ ।

उहाँले हातमा भानु प्रकाशनले प्रकाशित गरेको “महानन्द, देवकोटा विशेषाङ्क बिक्रीका लागि रोचक घिमिरे दाइले सिफारिस गरेकाले म कहाँ आएको भनेर बताउनु भयो । रोचक दाइलाई म अत्यन्त सम्मान गर्ने मान्छे भएकोले उहाँले सिफारिस गर्नेको पुस्तक मैले नकिन्ने कुरै भएन । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य गजल : मात्तिए झैं लाग्छ

~जीतु खड्का गाउँले~

हाम्रा भेना आजभोली मात्तिए झैं लाग्छ
भेना भन्दै छेउमा जाँदा पात्तिए झैं लाग्छ !!

कस्तो होला ब्याहोरा नी बोली राख्नु पर्ने
उन्ले बोल्दा बोराको मुख च्यातीए झै लाग्छ !! Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment