कविता : म आधुनिक पत्रकार

~वि.के. पाण्डे~

म आधुनिक पत्रकार
सडक छापलाई
महलछाप बनाई दिन्छु
मूर्खलाई विद्वान बनाई दिन्छु
विद्वानलाई लठ्ठु घोषित गरिदिन्छु
यसको लागि मेरा मालिक पत्रकारको
मन खुसी भएको हुनु पर्छ
अथवा मेरो घरमा तिम्रो
लक्ष्मी माताकी जय ! भन्ने फोन आएको हुनुपर्छ ।

जस्तोसुकै भ्रष्टाचार गर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमानाका डिलहरु

~विजय चालिसे~

ऋषिमन सामु छन् सिसीमन लम्पसार
अनावरण तिनका इच्छा सवासुन्दरीको स्पर्शसार
सिके,डिके खटिएका छन् राजेन्दरहरुका गणसेना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : क्या फसाद !

~वासुदेव लुइँटेल~

श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल गथ्र्यौं ।

उहाँकै अनुरोधमा एक दिन बेलुकी पख बसन्तपुर पुग्यौँ । भक्कुलाई राँगो दिने ठाउँनिर उभिएको एउटा मान्छेले हामीलाई बाटो देखाउँदै भित्र चोकतिर लग्यो । एक तल्लामाथिको कोठामा पुग्दा धेरै लेखकहरू सुकुलमा पलेँटी कसेर बसेका देख्यौँ । हामी पनि ढोकाको छेउमै बस्यौँ ।

लीलाध्वज थापाले कमलबाबुको कोटलाई लिएर छड्के हान्न थाल्नुभयो– ‘यस्तो फोहर मुलुकमा बस्ता तपाईंको कोटको इज्जतै रहेन के गर्ने ?’ इ. कमलबाबुले हाँसेर जवाफ दिनुभयो– ‘थापाजी तपाईंले कोटको बारे कुरा कोट्याउनुभन्दा पेटीकोटलाई लिएर कविता सुनाउनु भए सारै राम्रो र रमाइलो पनि हुन्थ्यो, हैन र ?’ थापाले उत्निखेरै कथेर पेटीकोटको कविता सुनाउनुभयो । हामी सबै हाँस्यौँ । मेरो हँसाइ अल्लि चर्को थियो । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : माटोका कुरा गरौं !

~उत्तमकृष्ण मजगैयाँ~

सधैं त होटेलमा विदेशी खानाकै कुरा भो
विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो
घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन
साथी ! आज फाफरको साग र आटोका कुरा गरौं
धेरै टाढा आइएछ, घर–आँगन पुग्ने बाटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

नशाले मात्तिएपछि जीउँतो ? नाच र पपगाना भो सधैं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Teaching Maps to My Daughter

~Bijay Malla~

Blood marks the red borderlines,
of plains that belong to every nation
like terraces in the field!
This is India, and this Pakistan
and this, the great line ‘tween
marked by the blood of the Hindus and the Muslims!
This is Germany, and this England,
this Russia, and this Japan. Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

कथा : पहेंलो गुलाफ

~प्रेमा शाह~

दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ ।कस्तो खाली हो म आफैं पनि जान्दिन । म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत । मलाई टी.बी. भएको रहेछ । हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही सेनेटोरियाममा छु । धेरै भइसक्यो मेरो छातीको एक्स-रे गरेको, डाक्टरले भन्थ्यो, मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे । साँच्चै मलाई पनि यस्तै लाग्छ, मेरो फोक्सो अब कुहिएर फतफती र्झन मात्र बाँकी छ । मैले उहाँसित मेरो एक्स-रे फोटो हेर्न मागेकी थिएँ, तर उहाँले हुन्छ हुन्छ भन्दै अझसम्म मलाई त्यो देखाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे । ओह, मलाई आश्चार्य लाग्छ, किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ, अब के बाँकी छ र ! छकिनेजति म पहिले नै छकिइसकेकी छु नि ! यो थूकसित लत्पतिएको रगत, यो कुहिएको, फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति म छकिउFm, कति घाटा परू ! उहाँले मलाई कति माया Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिचरा बाख्री !

~शारदा रमण नेपाल~

नाचि रहेको छ जङ्गलबीच चउरमा
एक निरीह पाठो
जसलाई अहङ्कारजस्तै भयङ्कर ब्वाँसोले
कुनै पनि क्षण कुनै पनि बहानामा झ्याप पार्नसक्छ !

नजिकै छ आमा उघ्राएर बसेकी छ
आफ्ना दुई अाँखा प्रिय पाठोमाथि खन्याएर बसेकी छ
आमाप्रति अगाध आस्थावान् छ पाठो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लाशहरु उठ

~बैरागी जेठा~

जमिनमा टाँगिएका
लाशहरु उठ
क्रान्तिको आरोहण हुन लागेको छ
भँगेरीबाट
पसिना पिएर
यस पाला चढेको छु
शिखरहरु
हाम्रो दल आएको छ
मेरो साथ
झरिरहेछ तामाकोसीझै
हिमाल बाट
युद्ध जित्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अरब, आर्यघाट र अरथी

~केशरी अम्गाईं~

म महानिर्वाणको सागर छेऊ उभिएको छु । देख्छु, ब्रम्हनाल नजिकैको मलामी घरमा आधा दर्जन मान्छेहरूको रुवाबासी । मन एकतमासको हुन्छ र सम्झन्छु भजनको एक अंश, ‘‘दुई दिनको पाहुना हौँ यो संसारको नाट्यशालामा…’’

मलाई थाहा छ जीवनलाई निस्सार देख्नु निराशाभाव हो तर त्यस ठाउँमा पुग्दा मनोवेग त्यसै त्यसै वेगिँदो रहेछ ।

वारि र पारि मानवसागर शोकसन्तप्त अनुहार लिएर उभि Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सपनाका बिम्बहरु

~नारायण पोखरेल~

उस्ले गितहरु गाउँछे ,
त्यो मेरा लागि हुन्छ !
उस्ले हातमा रंग लगाउँछे
त्यो पनि मेरा लागि नै हुन्छ !
उस्ले ताराहरुलाई छोडेर
मेरा लागि तरंग स्वयं पैदा गर्छे !
मेरा सपनाहरुलाई ,
ईच्छाहरुलाई बुनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आयौ र त रसिलो भयो

~सावित्री सिलवाल सापकोटा~

उराठिलो जिन्दगीमा तिमी आयौ र त रसिलो भयो।
त्यसैले त जीवन जिउन सहज र सजिलो भयो।

जस्तो सुकै कठिन समय र परिस्थिति आए पनि
समझदारीले सामना गर्यौ र सम्बन्ध कसिलो भयो। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले पनी आगो खाएँ!

~अशोक ‘खलानको मान्छे’~

अग्निबर्षा हुँदा फेरी मैले पनी आगो खाएँ!
रातभरी काम्दै काम्दै मैले पनी आगो खाएँ!!

लाशको पहाड बनाउँदा आफ्न हरु गुमे!
आशुँका भेल बगाई मैले पनी आगो खाएँ!!। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : रुने मान्छे म

~बिरही लक्ष्मी~

फेरिएका नाता सम्झी रुने मान्छे म
आफ्नाबाट सधैं एक्लो हुने मान्छे म !!

हास्छु हास्नलाई वनावटी आफ्ना सग
आसुले नै सिरानी ती धुने मान्छे म !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’

~कृष्णप्रसाद कोइराला~

‘साहित्य हो, सभ्यताको प्रतीक । मानव सभ्यताको विस्तृत क्षेत्रबाट एक मुट्ठी माटो लिएर त्यसलाई मात्र सभ्यताको नाम दिनु कूपमण्डूकता हो । आंशिक सत्यता सबैमा विद्यमान छ, पूर्णसत्यता कसैमा पनि छैन । साहित्य जीवनजस्तो व्यापार होइन, त्यसको क्रय पनि छ । आजको सभ्यता लामो इतिहासको सञ्चित फल हो । साहित्य पनि त्यस्तै हिजोको सभ्यतामा आज निर्मित हुँदैछ’ – विश्वेश्वरप्रसाद कोइराला

म सूर्यसँग सम्भोग गर्छु
आऊ मलाई सम्भोग गर !

नेपाली साहित्यको समकालीन पुस्ताकी हट्टाकट्टा, साहसी, निर्भीक, दृढ र सक्रिय नारी स्रष्टा प्रेमा शाहको मार्मिक उद्गार हो, यो । कथाकार प्रेमा शाह अन्तर्मनकी कथाकार हुन् ।

१. कथाकार प्रेमा शाहको जीवनी Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : बसन्तको फुल

~अर्पण तामाङ~

बसन्तको फुल सङ्गै फुल्न पाएह् उन्थ्यो
बिहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो

कोहिलि सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो
गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मन परेनकी ?

~वाग्ले प्रकाश ‘बगर’~

मेरो मायाको भाग मन परेनकी ?
नढाँट दिलको बाग मन परेनकी ?

खै के सोच्यौ लाजवाब भयौ
साँच्चै भन मेरो अनुराग मन परेनकी ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्वदेश गान : हेर हाम्रो देश कति राम्रो

~बच्चु कैलाश~

हेर हाम्रो देश कति राम्रो
जहाँ धरती गगन मिलेको छ
जहाँ एकले अर्को सँग
अमर माया गाँसेको छ

हामी यहाँको ढुङ्गालाई
टुक्रा हीराको सम्झन्छौ Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : माटो मुनीका सपनाहरु

~दिवाकर सिग्देल~

मध्य रातमा ,एकान्त कोठामा ,
इट-काठ मसंग बोल्दै छन् ।
जुटेका छौ हामी साथ ,
गारो ठाडो पार्न आज ।
छौ तिमी किन घोर निराश,
देश ठाडो पार्न आज ।

सोची सोची ब्याकुल छु म ,
रुन लाई आशु छैन , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : चाहना

~कुमार काफ्ले~kumar-kafle

-धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो।

-उनीहरूले एकापसमा बिहे गरे,रमाए।

-उनीहरूका नदी,खोला,झरना,ताल र पोखरी सन्तान पैदा भए। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : अतिथिहरु

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
दूरदेशका आए अतिथि
भारत–सागरका यी दूत !
लच्की आए, मुस्की आए,
चिरपरिचित झैं, किरणप्रसूत !
पथ जानेका मेरा घरको
नील अचलका चुली वार !
आए, आए !
मेरा स्वदेशी नीलिभ वनतिर
जल कोमल छन्, चुहिन तयार !

ख.
ज्येष्ठ मासको ज्वलन निभाउन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर हेर्दा आफैलाई

~आस्था के.सी.~Aastha KC

एकैछिन त म अलमल्ल परें
कस्तो कस्तो भएँ,कुहिरोमा हराएको काग झैं भएँ ।
फूल बिनाको बाग झैं भएँ
सुरताल नै नभएको राग झैं भएँ ।

बिगत सम्झिन खोजें,
आफु को थिंए चिन्न खोजें
आहिले म आफू उभिएको धरातल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आँखाभरि पानी

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

तिमी रुँदा ब्यथा मलाई आँखाभरि पानी
रुप सुन्दर, मीठो बोली वानी झनै ज्ञानी ।

तिमी हाँसी कुरा गर्दा सारा संसार खुसी देख्छु
रुँदा तिमी संसार यो पूरै अँध्यारो देख्छु
भन मात्र तिम्रो लागि यो ज्यान दिन सक्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मडारीएको उच्छृंखलता

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

मैले अझै बुझन सकीन
मेरा जिबनका रसहरु,
जुन जताततै पोखीएर
छताछुल्ल भएका छन् ।
हार्दीकताले उनका ओठहरुले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
र्सबत्र अंठ्याउन भ्याएका छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो डायरी

~त्रिभुवनचन्द्र वाग्ले~

मेरो आत्मकथाको निलो डायरी
भयो भो उसमा जिल्दा नलगाऊ
ता कि उसलाई
कृत्रिमता बुट्टेदार जिल्दाभन्दा
सादा एक रङ्गी रहनु गर्व हुनेछ ।
कृत्रिमताः मेरो बैठकको गमला
जसमा जीव छ, चराचर छैन
भो तिम्रो गालामा जिल्दा नलगाउ पाउडरको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली दिमाग

~मनोज बोगटी~Manoj Bogati_1

त्यही पुरानो आँखा टोड्कामा हालेर उसले हेर्योव
देख्यो त्यही झन्डा हल्लिरहेको छ पाखामा
झन्डामा हल्लिरहेको छ त्यही च्यातिएको लुङ्गी
लुङ्गीमा सुकेको रगतको टाटो
हल्लिरहेछ
समय।

झन्डा हल्लिनु भनेको चिहानमाथि बिसाउने बुद्धले हाई काड्नु हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टेलिभिजन

~विमल निभा~Bimal Niva

एक थान आयातित बाकस
जसभित्र बन्द छ
इलेक्ट्रोनिक सपनाहरुको
अन्तहीन सिलसिला
रिमोट कन्ट्रोलको बटम थिच्नोस्
तुरुन्तै हाजिर
सेक्सी एल्बमकी पपस्टार मेडोना
अथवा इजरायलको फाइटर विमानचालक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आखिर मोडिन्छ कतै

~घनश्याम प्याकुरेल~

हिडेको बाटो आखिर मोडिन्छ कतै।
नचाहेरै धेरै कुरा छोडिन्छ कतै।

चर्चा त भयो कृष्ण र राधाको तर
मायाँ यता नाता अन्तै जोडिन्छ कतै। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : कला हो जीवन एक रसको

~सुबोध सुधाकर रिजाल~

कला हो जीवन, एक रसको, रचेथे भवले
जोडेको पिरती, मर्दैन त्यसै, ससाना तीरले
अत्याउँछ मन, कहिले काहीं, आफनै मान्छेले
चुनौती झेल्छ, जटिल् पथमा, उतिर्ण हुनेले
नदीले पनि, भुल्दैन बाटो, बाडीनै आएनी
रोकिन्न बझ्न, जीवन गीत, मौसमै फेरीएनी|| Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अदब

~डा. उत्तम खनाल~

हजार फूलका पत्रहरु
ललाटमा परे पनि
एक दुई पत्र एत्र तत्र
दोबाटोमा झरे पनि ।
शुवाष कहाँ नमिल्ने थ्यो
झमराले फूल छुँदा
अत्तर विच सुन्दरताको
नओईलिने माला हुँदा ।।

घण्टाहरु मन्दिरमा
आफै किन बज्थे होलान् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मन मेरो त्यसै-त्यसै दुख्छ

~रवि प्राञ्जल~Ravi Pranjal

आजभोलि मन मेरो त्यसै-त्यसै दुख्छ
रोऊँ भने आँसु मेरो गह भित्रै सुक्छ

वसन्तमा मधुमास छैन आज भोलि
न्याउली रुन्छे बिरहमा मुटु मेरो पोली Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कमरेडको प्रेम !

~शोभा शर्मा~

सिमसिम पानी परिरहेको बेला म भौतारिदै छु सडकमा । एउटा गल्लीभित्रको चियापसलमा पसेँ।

दूध चिया मागेँ । बाहिरै टुल रैछ । बसौँ ? मान्छेको भिडमा पानी परेको हेर्नु कम्तिको मज्जा हुँदैन । रुझेका मान्छे बेपत्ता हतारमा देखिन्छन्।

म आकृति हुँ । मलाई कसैले चिन्दैनन् यो सहरमा ! खैर, म आफैं पनि घरिघरि अल्मलिन्छु । म को हुँ ?

यो त अध्यात्ममा लागेको सिकारुले सोध्ने खालको प्रश्न भयो । म अध्यात्मिक हुँ ? प्रश्नहरुले मलाई बौलाहा बनाउँछन्  । उत्तरहरु कहाँ छन्? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लाहुरे दाई

~सन्तोष रोकाया~

नरोऊ जानु म छिट्टै आछुनी अनि हाम्रा सुन्दर सपनाहरु सँगै साकार गरौंला नरोऊ है । मल्लो घरको काकालाई मंसिर लगाईदिनु भनेको छु । आमालाई सघाउनु,छिमेकीको प्यारी बन्नु,हन्छ है ? म जान्छु ल जुनु ?

यसरी आफ्ना मुहारबिन्दुबाट यी कोमल शब्दहरु उफार्दै भारत हानिएको थियो दिले दाई । जानु भाउजुले भने आफु सँग शब्द भण्डार नै नभए जसरी घुक्कघुक्क रुदैँ आफ्ना हातका दश औंला दिले दाईको पाउमा विसार्दै-ढोग्दै पछारिएकी थिईन् ।

९ वर्षको छँदा बुवालाई गुमाउन पुगे Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment