~सङ्गीत श्रोता~
महेन्द्र पुलिस क्लब अगाडिको सडकमा
फेला परेको छ इच्छुकको इमेल
इमेल तिन बुँदे छ
पहिलो बुँदामा छ कमरेड प्रचण्डको नाम
र कोरिएको छ पहेंलो मसीमा
राष्ट्रपति भवन जस्तो लाग्ने अमूर्त रेखाचित्र Continue reading
~सङ्गीत श्रोता~
महेन्द्र पुलिस क्लब अगाडिको सडकमा
फेला परेको छ इच्छुकको इमेल
इमेल तिन बुँदे छ
पहिलो बुँदामा छ कमरेड प्रचण्डको नाम
र कोरिएको छ पहेंलो मसीमा
राष्ट्रपति भवन जस्तो लाग्ने अमूर्त रेखाचित्र Continue reading
~गोविन्ददेव आचार्य~
छन्द :- शिखरिणी
हटे कालामैला अति मुदित वातावरण छ
सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ
उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले
उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।।
उठे सेता खास्टा तलतल बढाई नगहरू
खुले चोखा बन्दै क्षितिज, नद, सारा जगहरू
खुला ज्योत्स्ना छर्दै प्रकटित हुँदै छिन् प्रिय शशी
“मही”मा हाँस्दै छन् कुसुम रसका अत्तर घसी ।। Continue reading
~यादव खरेल~
के भनुँ म कसो गरी परें
मोहिनीको मायाजालैमा
बोलाइरहने टोलाइरहने
त्यो आँखाको नीर तालैमा
रुपै कस्तो परी जस्तो
दन्तै लहर खोली हाँस्दा Continue reading
~शेखर ढुंगेल~
अस्पतालको आपद्कालिन कक्षमा दुर्घटना को कारण टाउकोमा गम्भीर चोट लागेको एक युवक का आमा बाबु र आफन्त हरू सम्बन्धित विज्ञ डाक्टर को तिब्रतापुर्बक प्रतीक्षामा थिए ।
कोही नर्स लाई बारम्बार कुन बेला आइ पुग्ने हो रु डाक्टर भन्दै थिए त् कोही अस्पतालको व्यवस्थापन लाई गाली गर्दै थिए । आपद्कालिन कक्षको वातावरण अतिनै तनावपूर्ण थियो ।
आमा बाबु डाक्टर लाई गाली गर्दै रुदै थिए । केही समय पश्चात् डाक्टर हत्तार हत्तार गर्दै आपद्कालिन कक्षमा प्रवेश गरे । Continue reading
~नेत्र एटम~
आएकी छे
बैंसालु ऋतु
नवीन शृंगारमा सजिएर
स्फूर्तिका पाइलाहरु
टकटक टकटक टेक्दै
र धर्तीमा टेकेका डामहरु छोड्दै
अनि
चढेकी छे
नदीका किनारदेखि
पहाडका उत्तुङ्ग टाकुरासम्म
आकाशबाट झरेका Continue reading
~निश्चल काउचा~
साउने सिमसिम झरीले कान्छा भिज्यो मेरो पछयौरी!
आजभोली लाग्दैन बाडुल्की कतै मलाई भूलीसक्यौकी !!
नलाउनु रैछ टाढाको माया भेटघाट हुन गाह्रो भो !
पल पल याद आईरहने मन बुझाउन साह्रो भो !! Continue reading
~सदिप कुमार लम्साल~
धेरै दिन पछि अनलाइन आउने मुड चल्यो । दिउँसो कामको ब्यस्तता अनि साझ साथी भाइ सङ्गको जमघट्ले गर्दा अनलाइन , फेसबुक तिर ध्यान नगएको पनि हप्ता दिन हुन लागेछ। मलाइ काम र साथि हरु सङ्गको जम्घट भन्दा अरु खास्सै केही कुराको चासो लाग्दैन आजकाल ।
झोला बाट ल्यापटप निकाले , चार्जमा लगाएर अन गरे , सिधै गुगल क्रोम मा गएर फेसबुक खोले, हप्ता दिन अपडेट नगरेकोले होला नोटिफिकेसन टन्नै थिए । फोटो मा लाइक गरेको, कमेन्ट , आफु समाबेश भएका कुनै ग्रुप को पोस्ट यस्तै यस्तै थुप्रै ।
नोटिफिकेसन चेक गरेपछि पालो मेसेज तिर को आयो बिस्तारै माउस क्रसर ला Continue reading
~केशरमान बिसी ~
साहित्य समाजको वास्तविकता देखाउने दर्पण हो । जसले समाजका उतार चढावहरुलाई रोचक तथा तार्किक शैलीमा आम जनमानसलाई चेतना प्रदान गर्ने गर्दछ । वास्तविक साहित्य सदैव समाज सापेक्ष हुनुपर्दछ । समाजमै बस्ने सर्जकहरुले साहित्य विधाद्वारा समाजका विकृति विसंगतिहरुलाई मुख्य विषयवस्तु बनाएर समाजलाई प्रगतिउन्मुख बनाउने गर्दछन् ।
त्यस्तै एक अथक सर्जक राप्तीको साहित्य आकाशमा उदाएका नवयुवा साहित्यकार तथा जाज्वल्यमान तारा हुन् सविन प्रियाशन । समाजलाई नजिकैबाट बुझ्न सक्ने अवस्था भएदेखि साहित्य सृजनामा लागेर समाजका विसंगतिलाई औंल्याउँदै कलंकित काम गर्न लालायित समाजका काला सर्पहरुलाई औंला ठड्याउँदै पीडितका आवाज बुलन्द पार्न प्रेरित गर्ने नव साहित्यकार प्रियासन भुमरीका साथ आम पाठकसामु उपस्थित भएका छन् यतिखेर ।
कुनैबेला रोदन पछिको… उपन्यास र सपना भित्रको सपना Continue reading
~दिलिप योन्जन~
अन्धकारमा डुबेको अभाबको जिन्दगी
कालो रातमा उज्यालो छर्न झुल्किएकी जून
सुनसान सुनसान सडक बस्ती हुँदै
कोठामा निर्बस्त्र नागिए झै
सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै
दुख सुख सगाल्दै, निसासिदै
समुद्र, मरुभूमी ,हरियाली हुदै
एक क्षितिजबाट अर्को क्षितिज चाहार्दै Continue reading
~जीवराज बुढाथोकी~
सुन्दर एउटा मन’को घर होस !
सधैंभरि गृहलक्ष्मी’को भर होस !!
थकाइले चुर भई, पुग्दा घरमा,
भरि गिलास दुधमा’थि तर होस !! Continue reading
~समीर पाख्रिन~
शिवधुनी गाविस आन्दोलनका कारण तनावग्रस्त थियो । आन्दोलनकारीहरूले गाविस भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि शाखा सबै आगजनी गरी ध्वस्त पारिदिएका थिए । करिब पन्ध्र दिनसम्म चलेको हिंसात्मक आन्दोलन सरकारसित ६ बुँदे सम्झौता भएपछि फिर्ता भएको थियो । आन्दोलन फिर्तापछि वरपरका अवस्था सामान्य बन्दै गए पनि गाविस शिवधुनीको अवस्था भने सुध्रन सकेको थिएन । आगजनीका कारण गाविस भवन ध्वस्त भएपछि जन्मदर्ता, विवाहदर्ता, नागरिकता सिफारिस, वृद्धभत्ता वितरण जस्ता कार्यहरू अवरुद्ध भएका थिए । यस्तै, स्वास्थ्य चौकी भवन आगजनीका का Continue reading
~विश्वराज अधिकारी~
डियर स्नेहा,
काठमाडौं आएको एक महिनापछि यो इमेल लेख्दैछु । डिसेम्बर महिनाको दोस्रो हप्ता भइसक्यो । केही हप्तापछि नयाँ वर्ष २०१५ शुरू हुन्छ । ओक्लहोमाले त सेतो सिरक ओढ्न शुरू गरिसकेको होला । चिसो निकै बढेको होला ।
काठमाडौं आउनासाथ तिमीलाई इमेल लेख्ने सुरमा थिएँ तर यस्तो डरलाग्दो घटना भयो कि सारा ध्यान र शक्ति त्यै घटनाले तान्यो । मलाई विचलित पनि तुल्यायो । म अमेरिका आउन अझै दुई हप्ता जति लाग्छ । म एक मनोचिकित्सकलाई देखाउँदै छु । अनि त्यो डरलाग्दो घटनाको असरबाट बाहिर आउन मलाई एउटा समूहले परामर्श पनि गरिरहेको छ । म काठमाडौं आएको तेस्रो दिन, मेरै घरमा मेरो बलात्कार भयो । Continue reading
~काङमाङ नरेश राई~
ऊ—
थुम
गढी
पुर
र किल्ला छोडी
मायाको लुकुनी ओढी
काँधमा थोत्रो झोलो बोकेर
झिसमिस नहँुदै
अगुल्टो हल्लाउँदै
सिमसिम पानी ओढ्दै
लालकिल्ला हिँडेको हो
Continue reading
~उमाशङ्कर द्विवेदी~
कुरुक्षेत्रमा मुद्गल नाम गरेका एकजना ऋषि बस्दथे । उनी बडो धर्मात्मा र जीतेन्द्रिय थिए । उनी सदैव सत्य बोल्दथे र कसैको पनि निन्दा गर्दैनथे । अतिथिहरूको सेवा गर्ने उनले व्रत लिएका थिए । उनी बडो कर्मनिष्ठ तपस्वी महात्मा थिए । शिलोञ्छवृत्ति (खेतमा खसेको अन्नको बाला टिपेर त्यसको अन्नको सङ्ग्रह गरेर जीविका चलाउने वृत्ति)ले उनको जीविका चल्दथ्यो । पन्ध्र दिनको सङ्ग्रहपछि एक द्रोण (अन्न राख्ने भाँडोविशेष) अन्न जम्मा हुन्थ्यो । त्यसै अन्नले उनी ‘इष्टिकृत’ नामक यज्ञ गर्दथे तथा पन्ध्रौं दिन प्रत्येक औंसी र पूर्णिमाको दिन ‘दश–पौर्णमास’ यज्ञ गर्दथे । यज्ञमा देउता तथा अतिथिहरूलाई दिनमा उब्रेको अन्नले उनी आफ्नो परिवारसहित निर्वाह Continue reading
~रवि थापा~
प्रकृतिको नियम
जसलाई चाहेर पनि बदल्न सकिन्न,
कति कठोर अनि निर्दयी छ !
जसले स्वयमलाई गुमाएर
उसको पलपलमा साथ दिने गथ्र्याे
आज उही टुहुरी भएकी छे । Continue reading
~जिबिहाङ राई~
मेरो भित्तामा
सिसा कोरिएको, भाग्य फोरिएको
घडी घुमिरहन्छ सधैं सुल्टैतिर
मैले जानेदेखी जान्दासम्म
कहिले उल्टो घुमेन यो
भाले बास्दा ऊ अंक चारलाई धाप मार्छ
घाम उदाउँदा ऊ अंक छमा अंगालो सार्छ
पालेदाईको घण्टिको आवाज संगै
ऊ नौ लाई बजाउछ Continue reading
~रामशरण श्रेष्ठ~
हासेर दुख पिडाहरू लुकाइन्छ।
यस्तै जीन्दगी चित्त बुझाइन्छ।।
परदेशको बसाइ भन्नु यस्तै रैछ
बेदनाहरू पोख्न आखा रसाइन्छ। Continue reading
~मनुषा राई~
मौन
म बोल्दिन
मलाई देखनेले लाटी घुस्घुसे
अनतर्यामी भनेर आरोप लगाए
मलाई थाहा छ
बोलेर केहि हुन्न्
तेसैले म मौन छु
किनकी
तिनीहरु लाइ के थाहा
म अबोधको पिडा ?
कतिखेर थाहै नपाई
पसिनाले साटेको पिठो Continue reading
~करुणा राई~
पुर्व आकाशमा शुक्र झुल्कदा
पधेरावाट पानी भरेर
घर ल्याइपुराएको खबर
पश्चिम् डाडामा बाँस बसेपछि घाम
मेलो छाडेर भरिलो डोको
अंगरक्षक बनाएर
घर फर्केको खबर
पठाउछिन मेरी आमा
गाउबाट
म बसेको शहरको एक गल्लिमा Continue reading
~किरण दहाल~
बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली लभर’ । भरत गौतमले भर्खरै बजारमा ल्याएका यस उपन्यासको मुल बिषयबस्तु एउटा बेरोजगार प्रेमीको सुन्दर सपनामा केन्द्रित छ । आफ्नै सपना प्राप्तीमा एउटा मध्यमबर्गीय युवाले गरेको संघर्षमय कथा उपन्यासमा छ । त्यसकारणले पनि यो उपन्यास भर्खरै बिश्वबिद्यालय भर्ना भएका वा छाडेका युवाको निम्ति प्रेरणादायी हुन सक्छ ।
सरकारी जागिरमा धेरैको रुचि छ । त्यसकारण प्रतिस्पर्धा पनि तिब्र छ । बिकल्पमा एनजिओ पनि प्रशस्तै छन् यो देशमा । भ्याकेन्सी खुल्लु अगाडि नै जागिरवालाको नाम टुङ्गो लागिसक्ने त्यस्ता अफिसतिर कमाई भने राम्रै हुन्छ । हातमा डिष्टिङ्सन र फष्ट डिभिजनका लोभलाग्दा सर्टिफिकेट बोकेर प्रतिष्ठित एनजिओ अफिसतिर धाउने बेरोजगारको लाईनमा राघव पनि थपिन्छ । प्रेमिका र उसको बाउको भनसुन र सोर्सफोर्समा जागिर पाएको ऊ त्यसमा अडिन सक्दैन । पे्रमिकाको सल्लाह बमोझिम ‘स्वाभिमानको ग्रन्थीलाई लुज’ गर्न नसक्दा ऊ Continue reading
~दिलिप योन्जन~
बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा
हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा !
सुख दुख सग-सगै बाडे स्वर्गे पाइन्छ
मायामा छुरा मायाले हाने कलंकित भईन्छ ! Continue reading
~कमल कुमार~
हामीसँगै हुर्केको थियो
किम्बुको बोट
तिम्रो आँगनको छेवैमा
छेलिएर किम्बुको बोटमा
म हेर्ने गर्थेँ
लुकेर
तिमीले नुहाएको
थाहा छ मलाई पनि Continue reading
~निर्मोही व्यास~
पसेछु म विनापत्तो आयुको उत्तरार्धमा
यही सङ्केत गर्दै छ जिन्दगीले जहाँतहाँ
चौँसट्ठी वर्षको लामो यात्रा मैले तुरीसकेँ
यत्रो अवधिमा जे–जे सकेँ कर्म गरीसकेँ
सम्झिँदा आज ती सारा चल्छ अत्यासको हुरी
साथसाथै छचल्किन्छ तृप्तिको रस–माधुरी
जति हेरूँ, अझै हेरूँ लाग्छ सृष्टि मनोहर Continue reading
~शर्मिला खड्का दाहाल~
कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु ।
मेरो पात्र भन्दै छ – कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी छु । त्यसै पनि तपाईँले मलाई आफ्नो कथाको प्रमुख पात्रमा नराखेर मलाई अन्याय गर्नुभएको थियो । जसरी तरकारी बेच्ने पसलले मूल्य विनाको तरकारी थोरै छेउमा राखेको हुन्छ, जसरी एउटा फिल्म निर्देशकले् सानो भूमिका दिएर चलचित्रमा खेलाएको हुन्छ, जसरी एउटा मासु पसलले मासुको भाउ बेग्लै तोकी मूल्यविनाको टाउको र खुट्टा बेग्लै बेच्ने गर्दछ । हो त्यहीस्तरमा तपाईँले मलाई आफ्नो कथामा Continue reading
~रितु खनाल~
चर्केको निद्रालाई आँखाले खिसाएको हुनसक्छ
दुख पीडा आँसु मसङ रिसाएको हुनसक्छ ।
ताता सपनाका घाउ खाटा सकेन देख्न आँखाले
जानीजानी पीडा माथी पीडा मिसाएको हुनसक्छ । Continue reading
~लता कार्की~
मेरो आमाको छातीमा रोपिएका
सुन्दर फुलहरु कुल्चिदै
एक हुल बन्दुकहरु
क्रुरताले उदण्ड मच्चाउँदै
आँगन मै आईपुग्यो
र,विभत्स मृत्यू सरप्राईज दीएर गयो।।
यति बेला म,ठिङ्ग उभिएकोछु
मेरो आमाको छातीको सिमानामा
लतपतिएर टाटो बसेको रगतले Continue reading
~भीष्म उप्रेती~
सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो। ताइवानका अल्पसंख्यकभाषी लेखकको अनुभव ज्यादै रोचक थियो। उनी मछुवारका छोरा रहेछन्। त्यसैले उनको पेसा पनि समुद्रको भित्रसम्म गएर माछा मार्ने रहेछ। पानी नै आफ्नो जीवन भएको बताए उनले। उनले मूलधारको चिनियाँ भाषा हुँदै बहुमत चिनियाँ जनतासम्म आफ्नो अनुभव र भावनालाई पुर्याउन निकै कठिनाइ भोग्नुपरेको बताए। उनले पनि लेखेनन् भने उनको हृदयको भाषामा कसले लेख्छ त? उनको प्रश्न थियो। त्यस्तै, बेलायतमा बसिरहेका चिनियाँ लेखकले बेलायतमा चिनियाँ भाषामा साहित्य लेख्दाको पीडा पनि खपिनसक्नुको थियो। ज्यादै मार्मिक। नेपालमै पनि अल्पसंख्यक भाषामा साहित्य लेख्ने लेखकहरूका लेखन, प्रकाशनसम्बन्धी कतिपय पीडा यी दुई लेखकका अनुभवसँग मिल्दाजुल्दा होलान्। सम्भे“। Continue reading
~चन्द्रबहादुर थापा~
निषेध छ तिमीलाई आउन
मेरो प्रदेशमा प्रीत लाउन
आयौ भने द्वारमा छ भाला
छ बाटोमा बम पाइलै नहाल।
सम्बन्ध गाँस्न यहाँ पाइदैन Continue reading
~दिनेश अधिकारी~
तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी
तिमीबाट शुरु हुन्छ मेरो खुसी उन्नति
तिमीलाई भेटेपछि मेरो जिन्दगीमा
देउतासँग माग्ने पनि कुरै सिध्धियो
सबै दुख सबै पीर भुल्छु तिम्रो साथमा Continue reading
~प्रतिभा पौडेल ‘एकता’~
झुपडीमा बस्ने कालु दाईदेखि लिएर
उच्च महलमा बस्ने गोरे दाइलाई हेर्छु
फेरी आँखा चिया पसल्नी कान्छी दिदीमा पर्छ
अनि रेष्टुरेन्टवाली ठुल्दिदीलाई हेर्छु
चारैतिर हेर्छु ।
कालु दाइलाई महल बनाउने पीर Continue reading
~मीरा प्रसाईं~
‘बहिनी ! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई । कहाँ हो घर ? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी ? धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन् । तिमी कुनै पनि बेला सिकार बन्न सक्छ्यौ । दिदी सम्झेर केही त भन ! ’
त्यो केटीका आँखामा आँशु टिल्पिलाए । ‘काम गर्न बसेको घरमा मालिकले गिद्धे दृष्टि लगाउन थालेपछि म त्यहाँबाट भागेर जाने ठाउँ कतै थिएन अनि…।’ Continue reading
~बादल देबि चाम्लिङ~
राम्रो मिठो, गुलियो जति सवै कुराहरु आफैलाइ राख्छ ।
र मलाइ,
बचेखुचेको रहलपहल बटुलेर खानु भन्छ ।
वरिपरि नजर डुलाएर यो धर्तिमा जन्मिएको आनन्द लुटौँ है भन्यो ।
ठुलाठुला पहाडहरु उभ्याएर छेकिदिन्छ ।
ऑखा अगाडि फगत २,४ झरनाहरु देखाइदिन्छ ।
म मख्ख परेर एकोहोरो झरनामा आफ्नै अनुहार हेर्दै गर्दा
छेवैमा ज्वालामुखीको लाभा पोखिदिन्छ ।
यहॉ रात पसेको वेला
Continue reading