~प्रेमा शाह~
दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ ।कस्तो खाली हो म आफैं पनि जान्दिन । म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत । मलाई टी.बी. भएको रहेछ । हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही सेनेटोरियाममा छु । धेरै भइसक्यो मेरो छातीको एक्स-रे गरेको, डाक्टरले भन्थ्यो, मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे । साँच्चै मलाई पनि यस्तै लाग्छ, मेरो फोक्सो अब कुहिएर फतफती र्झन मात्र बाँकी छ । मैले उहाँसित मेरो एक्स-रे फोटो हेर्न मागेकी थिएँ, तर उहाँले हुन्छ हुन्छ भन्दै अझसम्म मलाई त्यो देखाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे । ओह, मलाई आश्चार्य लाग्छ, किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ, अब के बाँकी छ र ! छकिनेजति म पहिले नै छकिइसकेकी छु नि ! यो थूकसित लत्पतिएको रगत, यो कुहिएको, फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति म छकिउFm, कति घाटा परू ! उहाँले मलाई कति माया Continue reading →