Tag Archives: उत्तमकृष्ण मजगैयाँ – Uttam Krishna Majgaiyan

कविता : माटोका कुरा गरौं !

~उत्तमकृष्ण मजगैयाँ~ सधैं त होटेलमा विदेशी खानाकै कुरा भो विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन साथी ! आज फाफरको साग र आटोका कुरा गरौं धेरै टाढा आइएछ, घर–आँगन पुग्ने बाटोका कुरा गरौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कथा सन्दर्भ र नित्यानन्दको ‘बाँच्ने रहर’

~उत्तमकृष्ण मजगैंयाँ~ १९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका दृष्टिले आज निकै विस्तृत स्वरुप पाइसकेको छ । वर्तमान समयमा जीवन जति–जति जटिल र व्यस्त हुँदै गइरहेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~उत्तम कृष्ण मज्गैंया~ क्यालेण्डरमा सिंगारिएर कालको पलायनको निष्कर्ष आयो पुनः नयाँ वर्ष ! गन्नेछन् पुनः स्नातकले भोकै बसेका रातहरू विदेश ओह्रालो झर्नेछन् छानिएका जातहरू हुनेछ सुनौला वर्ष यो इतिहासको पानामा गुनासो स्वयम् दब्नेछ साँझ-बिहानको मानोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्षको शुभकामना !

~उत्तम कृष्ण मज्गैंया~ नववर्ष निकै सुखसंग बितोस् तकरार विवाद कुनै नरहोस् भय कष्टहरू सब दूर रहून् मनका दुविधा अनि भ्रान्ति हटून् ! युगकै प्रिय गीत बजून् लयमा जयकार पुकार रहोस् जगमा रचनात्मक भै शुभ काम बनोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्ता र चिन्तन !

~उत्तम कृष्ण मज्गैंया~ बोकेर राष्ट्रको चिन्ता, सपना लोकतन्त्रको थापेर ज्यानकै बाजी क्रान्तिमा होमिए हिजो भोकभोकै लडेका हुन्, मरेका कति हुन् कति समर्पित थिए सच्चा क्रान्तिकारीहरू जति ! तर हिंसा र पैसा औ विदेशी-शक्तिसामुमा बिकेका ती सबैको भो प्रवेश राजनीतिमा स्वार्थी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हास्य पात्र !

~उत्तम कृष्ण मज्गैंया~ नृप फालेर के नौला बनेका भूप हौ तिमी ? यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ तिमी ! गरेनौ काम क्यै मौका तिमीसंग थियो जब भरोसा गर्न सक्ने खै रह्यो आधार के अब ? योग्यता भन के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घुर्की

~उत्तम कृष्ण मज्गैंया~ झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ ढाँटेरै जनतालाई गुमराह बनाउँछ ! स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा उन्मुक्तिका कुरा गर्छ आफैँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment