गीत : आँखाभरि पानी

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

तिमी रुँदा ब्यथा मलाई आँखाभरि पानी
रुप सुन्दर, मीठो बोली वानी झनै ज्ञानी ।

तिमी हाँसी कुरा गर्दा सारा संसार खुसी देख्छु
रुँदा तिमी संसार यो पूरै अँध्यारो देख्छु
भन मात्र तिम्रो लागि यो ज्यान दिन सक्छु
त्रि्रै लागि दुःख कष्ट सबै खप्न सक्छु ।

हाँसी खुसी तिमी रहे मन खुसी हुन्छ
तिमी रोए मन मेरो कल्पिएर रुन्छ
हाँसिदेऊ न तिमी सधैँ मलाई हेरी-हेरी
जीवनभरि राख्छु तिमीलाई अंगालोमा बेरी ।

-केदार श्रेष्ठ”गगन”
भिमस्थान-५,सिन्धुली

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.