कविता : बसन्तको फुल

~अर्पण तामाङ~

बसन्तको फुल सङ्गै फुल्न पाएह् उन्थ्यो
बिहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो

कोहिलि सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो
गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो

तारा बनि जुन सङ्गैलुक्न पाए हुन्थ्यो
छितिज पारि मिर्मिरे मा रम्न पाएहुन्थो

जुनकिरिले मलाइ पनि मित लाए हुन्थो
जुनि जुनि नछुटिने पृत लाए हुन्थो

सहि दिन्थे बिर्सिएर सबै सबै घात हरु
बिर्सि दिन्थे चोट पनि थामिदिन्थे हात हरु

गैदिन्थे ढुङ्ग पुज्ने मन्दिर बरु लाने भए
खाइ दिन्थे बाचा कसम भए भरको खाने भए

उमङ्ग छन मनभरि रहर छन तन भरि
सपना धेरै साचेको छु सजेको छ आखा भरि

नत मैले दौलत मागे नत मागे सुनचादि
नत मागेऐस आरम नत लाएबिन्ति

खालि एउटामन मागे मागे एउटा माया
लुटपुटिने काख मागे मागे एउटा छाया

त्यसैले नै बिन्ति गर्छु माया पाए हुन्थ्यो
जुनि जुनि सङ्ग सङ्गैजिउन पाए हुन्थ्यो

त्यसैलेनै जुनकिरिले मित लाए हुन्थ्यो
जुनि जुनि नछुटिने पृत लाए हुन्थ्यो

सुन्सरि,तरहरा-२
November 7, 2006

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.