स्वदेश गान : हेर हाम्रो देश कति राम्रो

~बच्चु कैलाश~

हेर हाम्रो देश कति राम्रो
जहाँ धरती गगन मिलेको छ
जहाँ एकले अर्को सँग
अमर माया गाँसेको छ

हामी यहाँको ढुङ्गालाई
टुक्रा हीराको सम्झन्छौ
माटोको सानो चुलीलाई
मुटुको टुक्रा सम्झन्छौ
जहाँ पुर्खाहरु शहीद भए
त्यहाँ आज फूल फुलेको छ

हामीलाई हाम्रै भर छ
कसैको आड चाहिन्न
वीरको छाति लाख छ
कसैको केही चाहिन्न
जहाँ आज हामी टेकेका छौं
त्यहाँ रगतले भिजेको छ

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.